काठमाडौं : चितवन जिल्लामा यसवर्ष मकै उत्पादन ३० प्रतिशतले घट्ने अनुमान गरिएको छ। लामो समयदेखि परेको खडेरीका कारण उच्च तापक्रम हुँदा उत्पादन घट्ने भएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ। केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनका अनुसार जिल्लामा ६ हजार ७३० हेक्टर क्षेत्रफलमा मकैको खेती गरिएको छ। तर, लामो समय पानी नपर्दा मकैका बोट सुकेका छन्। सिँचाइको व्यवस्था नभएको र…
बुटवल : दाङ प्रहरीले किर्ते नागरिकता बनाएको अभियोगमा ८ जनालाई पक्राउ गरेको छ। राजपुर गाउँपालिका-५ का ५६ वर्षीय ज्ञानबहादुर विश्वकर्मा र उनकी श्रीमती ५६ वर्षीया जोगिनी विश्वकर्माले छोरीको छोरालाई आफ्नो छोरा बनाएर नागरिकता दिलाएपछि साक्षी बस्नेसहित ८ जनालाई प्रहरीले आइतवार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमका अनुसार उनीहरुले बैशाख २८ गते इलाका…
काठमाडौं : पाँचथरको याङवरक गाउँपालिका-१ फेदीमा पहिरोमा परेका १२ जनाको सकुशल उद्धार भएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट सोमवार बिहान उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई च्याङथापुस्थित विष्णु माविमा ल्याई सुरक्षित राखिएको छ। उद्धार गरिएकाहरुमा पाँचथर याङवरक गाउँपालिका-१ बस्ने नरमाया गुरूङ, सन्दीप गुरूङ, हिमा गुरूङ, कृष्णबहादुर गुरूङ, डिकमाया गुरूङ, काजुहाङ गुरूङ, सुनिता गुरूङ, मनबहादुर गुरूङ, मनकुमारी गुरूङ, सुस्मा गुरूङ, पदम बहादुर खालिङ…
काठमाडौं : फिल्म वितरण कम्पनी ब्यांकटेस फिल्म्सले नेपालभर 'आदिपुरुष'को प्रदर्शन रोक्ने निर्णय गरेको छ। काठमाडौं महानगरले हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएसँगै सिनेमाघरमा आज हिन्दी फिल्म चलेका छैनन्। बिना कुनै आधिकरिक पत्र फिल्म हटाइएको भन्दै वितरक कम्पनीले देशभर आदिपुरुषको प्रदर्शन रोक्ने निर्णय गरेको हो। देशव्यापी रुपमै हलबाट ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने निर्णय गरेको यस फिल्मका वितरक मनोज राठीले जानकारी दिए। ‘सबैतिर धमाधम फिल्मको प्रदर्शन रोकिँदैछ। जसकारण…
काठमाडौं : बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ। प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। उनका साथमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र सहरी विकासमन्त्री सीता गुरुङ पनि निरीक्षणमा…
काठमाडौं : नेपालले क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बावेसँग पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको छ। आइतवार टेस्ट राष्ट्र जिम्बावेविरुद्ध सानदार सुरुवात, बीचको मध्यम प्रदर्शन र अन्तिमको फितलो प्रदर्शन नेपालको ब्याटिङमा देखियो। बलिङमा भने नेपाल निरिह नै बन्यो। नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले खेलबारे कुरा गर्दै 'मोमेन्ट' बनाएर पनि जिम्बावेको अनुभव सामु नेपालले संघर्ष गर्नुपरेको बताए। 'हामीले यहाँ पहिलो खेल खेल्दै…
काठमाडौं : ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ। साथै सोही पहिरोमा परी घाइते भएका सुरेश राईको पनि निधन भएको छ। स्थानीय कला कडरियाका अनुसार घाइते भएका राजकुमार राईको अवस्था गम्भीर छ। उनलाई हेलिकप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ। पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै…
विराटनगर : अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए। सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न उनले आग्रह गरे। 'कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन। जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला,’ उनले भने। उनले बजेटले…
फुङ्लिङ : ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परी छोराको मृत्यु भएको छ भने बुवा बेपत्ता भएका छन्। सोमवार बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो। सुरेशका बुवा ६७ वर्षीय वृद्ध केशर बहादुर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको…
काठमाडौं : वर्षायामको सुरुवात भए पनि गर्मीले घट्ने संकेत दिएको छैन। यसपाला मनसुन ढिलोगरि भित्रिँदा गर्मी अत्याधिक बढेको छ जसले तराईका जिल्लामा 'हिट वेभ'को जोखिम बढेको छ। त्यसैलाई लिएर सरकारले हिट वेभबाट बच्न सबैसँग आग्रह गरेको छ। तराईमा गर्मी कति छ भन्ने कुरा त्यहाँको तापक्रम ४० डिग्रीभन्दा माथि नै अडिनुले देखाउँछ। काठमाडौंमा पनि तापक्रम मनसुनमा हुनेभन्दा माथि नै छ। नेपालका तराईसँग जोडिएका…
सिमकोट : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-२ स्थित च्याछरा भिरबाट सोमवार बिहान जीप कर्णाली नदीमा खसेको छ। हुम्लाको सदरमुकाम सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश २ २२२६ नम्बरको जीप च्याछरास्थित कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीम भट्टराईले जानकारी दिए। जीपमा चालकसहित १३ यात्रु सवार थिए। जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन्। उनको जिल्ला…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोका कारण देशका विभिन्न भू-भागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन्। सोमवार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले…
ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा सोमवार बिहानको पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन्। पहिरोमा परी स्थानीय राजकुमार राई र सुरेश राई घाइते भएको स्थानीय शिक्षक कमल कडरियाले जानकारी दिए। उनका अनुसार सुरेशका बुवा केशर बहादुर राई सम्पर्कमा नरहेको बताइएको छ। मेहेलेको मुकुभञ्ज्याङ क्षेत्रमा पहिरो गएको थियो। घाइते भएकाको उपचारका लागि अन्यत्र…
नेपालमा दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को चर्कँदो विवादबिच भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले पत्र पठाउँदै प्रष्टिकरण दिएको छ। चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई लेखिएको पत्रमा ‘आदिपुरुष’ का निर्माताले नेपालीहरूको भावनालाई ठेस पुर्याउने कुनै सोच नराखेको उल्लेख गरेका छन्। साथै नेपाली जनताको भावनामा ठेस पुर्याएको भए पात्रमार्फत् माफी समेत मागिएको छ। कम्पनीका तर्फबाट राधिका दासद्वारा हस्ताक्षरित…
भारतीय फुटबल टोलीले इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा लेबनानलाई २-० गोलअन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो। प्रतियोगितामा भारत, लेवनान, भानुआटू र मंगोलियाको सहभागिता रहेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४६ औँ मिनेटमा भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो गोल लल्लियांजुआला छाङटेले ६५ औँ मिनेटमा गरे। भारत पछिल्ला ६…
यूईएफए नेशन्स लिगको उपाधि स्पेनले जितेको छ। गएराति सम्पन्न फाइनल खेलमा क्रोएसियालाई हराउँदै स्पेन च्याम्पियन बनेको हो। नेदरल्याण्ड्सको डे कुइप स्टेडियममा निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर, अतिरिक्त समयमा पनि कुनै गोल हुन नसक्दा खेल पेनाल्टीसुटआउटमा पुग्यो। पेनाल्टी सुटआउट क्रोएसियाका ब्रुनो पेटकोभिच र लोभरो मरेच चुक्दा स्पेनका ऐमेरिक लापोर्टे चुकेका थिए। बाँकी क्रोएसियाका…
काठमाडौं : पोखरा महानगरपालिकाले पनि महानगरभित्रका हलहरुमा भारतीय फिल्मको प्रदर्शन रोक्ने भएको छ। भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश संवाद नहटाएसम्म महानगरले उक्त फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको हो। पोखराका मेयर धनराज आचार्यले विज्ञप्ति जारी गर्दै भारतीय चलचित्रको प्रदर्शन रोकिएको जानकारी दिएका हुन्। ‘'आदिपुरुष'मा समावेश गरिएको जानकी भारतीय छोरी हुन् भन्ने शब्द असच्चिएसमम पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय…
पोखरा : गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक कालोपत्रे हुने भएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र-एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइएको छ। सडक पूर्वाधार निर्माणका लागि ११ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्री…
काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। कोशी प्रदेशको थोरै स्थानमा…
बिजीशा बुढाथोकी- काठमाडौं : विगत छ वर्षदेखि काठमाडौंको मच्छेगाँउमा २० रोपनी क्षेत्रफलमा टनेल खेती गर्दै आएका मीनबहादुर तामाङका लागि आइतवार सबैभन्दा नराम्रो दिन बन्यो। आफूले श्रम, पसिना र पैसा खर्चिएर उत्पादन गरेको गोलभेंडा फाल्नुपर्दा उनको हात थरथरी काम्यो। गहभरी आँसु भरिएका तामाङले भने, ‘सय रुपैयाँ क्रेटमा पनि गोलभेंडा बिकेन। टनेलभरी गोलभेंडा फलेर रातै भएको छ। नटिपम् भने बोटमै बिग्रिन्छ। हामी…