काठमाडौं : शनिवार मेरो किसानले दराज अनलाइनमा अफर भन्दै गोलभेंडा किलोको ९ रुपैयाँ भन्दै बिक्रीका लागि राख्यो। एकसाता अघिसम्म किलोको ४० रुपैयाँमा मेरो किसानले गोलभेंडा बिक्री गर्दै आएको थियो। तर एक साताकै बीचमा एकाएक ९ रुपैयाँ किलोमा गोलभेंडा कसरी बिक्रीका लागि राख्यो? मेरो किसानका प्रबन्ध निर्देशक अविनाश सिलवाल भन्छन्, ‘उत्पादन बढी भएर बजारमा आउन थालेपछि एक सातामै गोलभेंडाको भाउमा ठूलो…
काठमाडौं : क्रिकेट विश्वकप छनोटका खेलहरु आजबाट जिम्बावेमा सुरु हुँदैछ। नेपालले घरेलु टोली जिम्बावेसँग खेलेर प्रतियोगिताको सुरुवात गर्दैछ। प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो दिन गायिका रचना रिमालले ‘मैदानमै आउँदै छ टिम नेपाल’ भन्ने गीत युट्युबमा सार्वजनिक गरेकी छिन्। नेपाली क्रिकेट टोलीले पछिल्लो समय एसीसी प्रिमियर कपमा र क्रिकेट विश्वकप लिग २ मा खेल्दाको खेलको भिडियो र दर्शकदीर्घाको दृष्यहरु गीतमा प्रयोग गरिएको छ।…
काठमाडौं : क्रिकेट विश्वकप छनोट अन्तर्गतको जिम्बावेविरुद्धको खेलमा नेपाल सुरुवाती ब्याटिङमा उत्रिने भएको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टोलीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो। आजबाट विश्वकप छनोट अन्तर्गतको खेल सुरु भएको हो। नेपालले असार ५ गते (जुन २०) मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। असार ७ गते (जुन २२) मा नेपालले वेस्टइण्डिजसँग प्रतिस्पर्धा गर्दा असार ९ गते शनिवार (जुन २४) मा…
काठमाडौं : सोमवार समाजवादी मोर्चाको घोषणा हुने भएको छ। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले समाजवादी मोर्चाको घोषणा गर्ने भएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भोलि राष्ट्रिय सभागृहमा मोर्चा घोषणा हुने जानकारी दिएको छ। आइतावार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मोर्चा घोषणा गर्ने सहमति जुटाएको हो। मोर्चामा आवद्ध हुने…
भारतीय फिल्म आदिपुरुषलाई लिएर नेपालम विवाद भइरहँदा सो फिल्मका पटकथा लेखक मनोज मन्तुशिरले विवादित बयान दिएका छन्। उनले नेपाल सन् १९०३/४ अघि भारतकै भूमि रहेको र त्यसपछि अलग भएको भन्ने मिथ्या तर्क गरेका छन्। आदिपुरुषमा सीतालाई 'भारतकी छोरी' भनिएकोमा विरोध भइरहँदा मनोजले विवादलाई थप बढाउने गरि अभिव्यक्ति दिएका हुन्। आजतकसँगको अन्तर्वार्तामा उनले सीताको जन्मबारे नेपालले भइहेको विरोधको बारेमा बुझ्न नसकेको बताएका हुन्।…
काठमाडौं : मुटुको चाल 'मनिटरिङ' गर्न अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। शनिवार बिहानै राष्ट्रपति पौडेल त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा भर्ना भएका हुन्। 'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू मिति २०८० असार २ गते बिहानदेखि यस सेन्टरमा भर्ना भई उपचाररत हुनुहुन्छ। उहाँको मुटुको चालको निगरानी भइरहेको छ,'…
बुटवल : पाल्पाको रामपुर नगरपालिका-८ भुजातस्थित कालिगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी एक बालिका मृत फेला परेकी छन्। गत बिहीवार दिउँसो सोही ठाउँकी १४ वर्षीया पार्वती रामजाली नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन्। आइतवार बिहान रामपुर नगरपालिका-८ आँपचौरमा बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। डुबेको स्थानदेखि अन्दाजी १…
काठमाडौं : भारतबाट पेट्रोल र डिजेलको भाउ थोरै बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरमा ८६ पैसा र डिजल लिटरमा ३४ पैसा बढेर आएको छ। भारतले पठाएको नयाँ मूल्य सूचीअनुसार नेपाल आयल निगमलाई आगामी १५ दिनमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा हुनेछ। यसले निगमलाई मासिक ३ अर्ब ५० करोड नाफा हुने…
काठमाडौं : अविरल वर्षासँगै पूर्वी नेपालका नदीहरुमा पानीको सतह बढ्दै गएको छ। हेवाखोला लगायत केही नदीमा बाढी आएको छ। जसकारण जनधनको क्षति भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको बाढी पूर्वानुमान महाशाखाले अझै तीनदिन तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ। तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च…
रवीन्द्र काफ्ले- पाँचथर : पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका-७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका-११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम-५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन्। उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको…
काठमाडौं : सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ। सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो। भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युतगृहमा क्षति पुग्दा राज्यलाई अर्बौँको क्षति हुनुका साथै जलविद्युतगृहमा कार्यरत मजदुरसमेत…
काठमाडौं : मनसुन सुरु भएसँगै पूर्वी नेपालमा भारती वर्षा भइरहेको छ। वर्षासँगै कयौं जिल्लामा बाढी पहिरो गएको छ। हालसम्म बाढीका कारण संखुवासभामा एकजनाको मृत्य भएको छ भने २० जनाभन्दा बढी बेपत्ता भएका छन्। धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न जिल्लामा बाढी पहिरोबाट बेपत्ता नागरिकको खोजी, उद्धार एवं राहतमा सक्रियतापूर्वक लाग्न निर्देशन दिइसकेका छन्। उनले बाढी प्रभावितको उद्धारमा जुट्न सुरक्षा अङ्ग, राष्ट्रसेवक…
काठमाडौं : ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ। प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो। निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका-६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन्। मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन्। यस्तै,…
काठमाडौं : मनसुन सुरु भएसँगै देशका विभिन्न क्षेत्रमा अत्याधिक वर्षा भएको छ। जसकारण केही जिल्ला बाढीबाट प्रभावितसमेत भएका छन्। हेवा खोलाको बाढीले संखुवासभामा १७ जना बेपत्ता भएका छन् भने पाँचथरमा ५ जना सम्पर्कबिहीन भएका छन्। संखुवासभामा एक मजदुरको शवसमेत फेला परेको छ। अन्य केही जिल्लामा समेत बाढी पहिरो गएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दु:ख…
किमाथाङ्का : सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ। अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव…
युगान्डाको एक विद्यालयमा इस्लामिक स्टेटसँग आवद्ध विद्रोही समूहले आक्रमण गरि विद्यार्थीको हत्या गरेका छन्। पोन्डेवे शहरस्थित लुबिरिहा सेकन्डरी स्कूलमा पाँचजना विद्रोही लडाकूले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ। मारिनेमा अधिकांश विद्यार्थी छन्। बालबालिका लागि बनाइएको 'डोरमेटरी'मा प्रवेश गरि उनीहरुले आगो लगाएका थिए। साथै, उनीहरुले धारिलो हतियारको समेत प्रयोग गरेका थिए। यो आक्रमणको जिम्मेवार एल्लाइड डेमोक्रेटिक फोर्सेस रहेको बताइएको छ। यो…
काठमाडौं : पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। यो रोग एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जाने वंशाणुगत रोग भएको र यसले रानाथारू समुदाय बढी प्रभावित बनेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो रोग निरीक्षक सिद्धराज भट्टले जानकारी दिए। 'यो रोग…
काठमाडौं : कर्णाली प्रदेश सरकार सङ्घीय सरकारकै अनुदानको भर पर्नुपर्ने अवस्था छ। प्रदेशको आन्तरिक आम्दानी कमजोर हुँदा सङ्घ सरकारकै अनुदानका भरमा प्रदेश सरकार रहेको हो। आम्दानी वृद्धि हुने खालका ठोस योजना नल्याइँदा आन्तरिक आम्दानी कमजोर देखिएको हो। जसले गर्दा प्रदेश सरकार पूर्णरूपमा सङ्घीय सरकारको अनुदानको भरमा पर्नुपरेको देखिएको छ। प्रदेश सरकार गठनपछि कर्णाली प्रदेश सरकारको पाँच वर्षको आन्तरिक आम्दानी दुई…
मिक्लाजुङ : गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँचथरमा पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन्। फालेलुङ ३ खोलाघारी सेपीमा पहिराले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष…
सांघाई : जुन २१ मा चिनियाँ शहर छन्तुबाट पोखराका लागि सिधा उडान हुने भएको छ। बेइजिङ स्थित नेपाली दूतावासका अनुसार पोखरामा आयोजना हुने ड्रयागन बोट फेस्टिबलका लागि चार्टर्ड उडान हुन लागेको हो। चिनियाँ ड्रयागन बोट फेस्टिबलमा पोखरामा नेपाल पर्यटन बोर्ड र चिनियाँ दूतावासको आयोजनामा प्रतियोगिता हुँदैछ। प्रतियोगितामा चीनका युनान नर्मल युनिभर्सिटी, सिचुवान प्रान्तको लुझौ नगरपालिका र सिंगापुरको टोली सहभागि हुँदैछन्।…