काठमाडौं : गण्डकी प्रदेशका तीन जिल्लामा भारी वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा गोरखाको बारपाक, लमजुङको खुदी, कास्कीको ज्यामिरेबारी र सिक्लेसमा भारी वर्षा मापन भएको उल्लेख छ। राती साढे ८ बजेसम्मको मापन रेकर्डको आधारमा महाशाखाले सूचना जारी गरेको हो। सो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ। साथै, कमजोर…
काठमाडौं : बाघ हेर्न पर्यटक बोलाउँदै बर्दियाका पर्यटन व्यवसायी काठमाडौं आएका छन्। कोभिड महामारी र आर्थिक मन्दीले थलिएको पर्यटन क्षेत्र उकासिँदै गएका बेला बर्दियाका पर्यटन व्यवसायी पर्यटक बोलाउन पोखरा हुँदै काठमाडौँ आएका हुन्। ‘वन्यजन्तुमा आधारित पर्यटन प्रवर्द्धन कार्यक्रम’ गर्दै बर्दियाका पर्यटन व्यवसायी तथा अभियन्ता काठमाडौं आएर बाघ हेर्न पर्यटक बोलाएका हुन्। पछिल्लो समय बर्दियामा बाघको संख्या बढेसँगै बाघ हेर्ने पर्यटक…
काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका छन्। एनआरएनएको संस्थापन पक्ष र १० औँ महाधिवेशनमा असन्तुष्ट भएको पक्षका प्रतिनिधिहरुलाई साउदले आइतवार विधानअनुसार महाधिवेशन गर्न आग्रह गरेका हुन्। परराष्ट्र मन्त्रालयमा आइतवार संयुक्त रुपमा आएका दुवै पक्षका प्रतिनिधिहरुलाई मन्त्री साउदले विधान स्पष्ट बनाएर महाधिवेशनमा जान सुझाव दिएका हुन्। ‘हाम्रो स्पष्ट सोच छ। पहिला तपाईंहरु विधानमा…
काठमाडौं : ब्रिटिस काउन्सिलले पूर्वी र दक्षिण एसियामा ब्रिटिस काउन्सिल आईईएलटीएस प्राइज २०२३ का लागि आवेदन खुला गरेको छ। यो प्रतियोगिताले आईईएलटीएसको परीक्षा दिनेलाई अंग्रेजी बोल्ने विश्वविद्यालयमा शिक्षण शुल्कतर्फ ५ हजार पाउण्डसम्मको पुरस्कार दिने बताइएको छ। काउन्सिलल प्रेस वक्तव्य जारी गर्दै यस वर्ष आईईएलटीएस प्राइज चीन, जापान, हङकङ, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश, पाकिस्तान, नेपाल र श्रीलंकामा…
काठमाडौ : क्रिकेट विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेलमै नेपाल पराजित भएको छ। जिम्बाब्वेस्थित हरारे स्पोर्ट्स सेन्टरमा सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग ८ विकेटले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जिम्बाब्वेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्यो। नेपालमाथि फराकिलो जित निकाल्न जिम्बाब्वेका…
काठमाडौं: भोलिबाट काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन रोकिने भएको छ। ‘आदिपुरुष’ मा समावेश संवाद नहटाएको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले भारतीय फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका हुन्। तर, बालेनको उक्त निर्णयप्रति केही फिल्म कर्मी र हलसञ्चालकले भने असन्तुष्टि व्यक्त गरे। कलाकार दीपकराज गिरीले फेसबुकमार्फत मेयर साहको निर्णयप्रति असन्तृष्टि जनाएका छन्। ‘आदिपुरुष’ का कारण सम्पुर्ण भारतीय फिल्महरु रोक्दा गलत अर्थ लाग्ने उनको…
जानकी : पेट्रोलियम पदार्थको आयात घटेको छ। भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको बैशाखसम्म नेपालगञ्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ। पछिल्लो १० महिनाको तथ्याङ्क अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख रुपैयाँ बराबरको एक लाख आठ हजार तीन सय २८ किलोलिटर…
हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले डेढ करोडको अवैध कपडा बरामद गरेको छ। भारतीय ट्रकमा प्याजका बोराहरुले छोपेर प्याजकै बिल बनाई भन्सार छलेर ल्याइएको सामान प्रहरीले बरामद गरेको हो। जसमा ९० बोरा विभिन्न किसिमका कपडाहरु छन्। कपडासँगै २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालय समेतको निगरानीमा खटिएको संयुक्त प्रहरी…
काठमाडौं : भोलिदेखि काठमाडौं महानगरका हलहरुमा भारतीय फिल्मको प्रदर्शन रोकिने भएको छ। दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश संवाद नहटाएको भन्दै काठमाडौं महानगरले उक्त फिल्मको प्रदर्शन रोक्ने तयारी गरेको हो। काठमाडौं महानगरका मेयर बालेन्द्र साहले आदिपुरुषमा समावेश संवाद नहटाएकाले भोलिबाट महानगरका हलमा भारतीय चलचित्र प्रदर्शनमा निषेध गरिएको फेसबुकमा उल्लेख गरेका छन्। ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्र हित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेरमात्र…
काठमाडौं : नेपालले क्रिकेट विश्वकप छनोटमा टेस्ट राष्ट्र जिम्बावेविरुद्ध बाहदुरीपूर्ण ब्याटिङ गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि सुरुवाती दुई ओभरमा नेपालले रन नै जोड्न नसके पनि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १७१ रनको साझेदारी गर्दै नेपालको पारि उकासे। शीर्षक्रमका ब्याट्सम्यानले बनाएको लयलाई मध्यक्रम र खासगरी तल्लको क्रमका ब्याट्सम्यानले निरन्तरता दिन भने सकेनन्। निर्धारित ५० ओभरमा नेपालले ८ विकेट…
गत शुक्रवारदेखि प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ विवादले घेरिएको छ। नेपालमा मात्र हैन भारतमा पनि फिल्ममा समावेश संवादबारे आलोचना भइरहेको छ। हिन्दु कट्टरपन्थीहरुले फिल्ममा प्रयोग गरिएका संवादले रामायणकै अपमान गरेको भनी विरोध जनाइरहेका छन्। चर्को आलोचनापछि यस फिल्मका लेखक मनोज मुंतशिरले विवादित संवादहरु हटाउने ट्विटरमार्फत जानकारी दिएका छन्। दर्शकको भावनाभन्दा ठूलो केही नभएको बताउँदै फिल्म टिमले यो हप्ताभित्रै विवादित दृश्यहरु हटाउने निर्णय…
गत शुक्रवारबाट प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ ले नेपालमा दुई दिनमा डेढ करोडको व्यापार गरेको छ। यस फिल्मले दुई दिनमा १ करोड ५० लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए। रिलिजअघि नै ‘आदिपुरुष’ नेपालमा विवादित बनेको थियो। फिल्ममा सीतालाई ‘भारतीकी छोरी’ भन्ने संवाद रहेको बाहिरिएपछि यो फिल्म विवादमा तानिएको थियो। नेपालमा सेन्सर बोर्डले सीताबारे…
काठमाडौं : नेपाली दर्शकलाई निशब्द पार्दै शतकबाट एक रन अघि कुशल भुर्तेल आउट भएका छन्। दोस्रो शतक पूरा गर्ने पहिलो खेलाडी बन्ने अवसरबाट उनी चुकेका हुन्। यद्यपि उनको सुरुवाती खेलले नेपाललाई प्रतियोगितामा बलियो रुपमा अगाडि बढाएको छ। जिम्बावेस्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा भुर्तेल शतकबाट एक रनले चुकेका हुन्। उनी ३१.५ ओभरमा १३ चौका र २ छक्काको सहायतामा ९९ रन बनाएर…
काठमाडौं : क्रिकेट विश्वकप छनोट अन्तर्गतको जिम्बावेविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टोलीले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले पहिलो र दोस्रो ओभरमा रननै जोड्न सकेन। तेस्रो ओभरबाट नेपालले रन बनाउन सुरु गरेको थियो। यसपछि भने ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो साझेदारी बनाउन सफल भए। यसक्रममा भुर्तेलले पहिलो…
काठमाडौं : क्रिकेट विश्वकप छनोट अन्तर्गतको जिम्बावे विरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ। जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा घरेलु टोलीले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो। सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले पहिलो र दोस्रो ओभरमा रन नै जोड्न सकेन। तेस्रो ओभरबाट नेपालले रन बनाउन सुरु गरेको थियो। यसपछि भने ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो साझेदारी बनाउन सफल भए। यसक्रममा…
काठमाडौं : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका–६ मेहेलेमा गएको पहिरोमा परी बेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ। पहिरोमा परी बेपत्ता भएका ३० वर्षीय गणेश तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता तीन जनाको खोजीकार्य भइरहेको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले मेहेलेमा भालुखोपका एकै परिवारका तीन जना बेपता भएका…
काठमाडौं : पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पुर्याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायत व्यवस्थामन्त्री प्रकाश ज्वालाले सो विषयका बारेमा सदनलाई जानकारी गराएका हुन्। 'ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, पाँचथरलगायत जिल्लामा गएराति आएको ठूलो बाढी पहिरोले जनधनको क्षति भएको, केही व्यक्तिको ज्यान गएको र केही…
काठमाडौं : आज सुन तोलामा २०० रुपैयाँ बढेको छ। यस्तै, चाँदीमा २० रुपैयाँ बढेको छ। आइतबारका लागि सुनको कारोबार मूल्य १ लाख १२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ थियो। अघिल्लो दिनका तुलनामा ८०० रुपैयाँ घट्दा गत बिहीबार सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ थियो।…
काठमाडौं : प्रदेश १ को नामाकरण भएर कोशी प्रदेश भइसकेको छ। तर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच मतान्तर छ प्रदेश नामाकरणबारे। नामाकरणबारे सुरुमा माओवादीले पनि पक्षमा मतदान गरेको थियो। तर, विरोध बढ्दै गएपछि माओवादी आफ्नो निर्णयबाट पछि हट्यो। नामाकरणबारे आन्दोलन जारी नै छ। माओवादी नामाकरणको विपक्षमा छ भन्ने अर्को प्रष्ट सन्देश प्रतिनिधि सभामा पनि दिएको छ, आइतवारको बजेटमाथिको छलफलका क्रममा।…
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन बेइजिङ पुगेका छन्। चीनको दुई दिने भ्रमणका क्रममा उनी आज बेइजिङ पुगेका हुन्। उत्तर अमेरिकी र ओसिनिया मामिला हेर्ने विभागका प्रमुख याङ ताओले ब्लिंकनलाई विमानस्थलमा स्वागत गरेका थिए। ब्लिंकनले चीनमा रहँदा चिनियाँ विदेश मन्त्री छिन काङ र अन्य वरिष्ठ सरकारी अधिकारीहरु सँग भेटवार्ता गर्नेछन्। ताइवान, युक्रेन-रसिया युद्ध लगायत विभिन्न विषयमा दुई देशबिच असमझदारी बढिरहेको अवस्थामा…