बुटवल : तिनाउ खोलामा पौडी खेल्ने क्रममा डुबेर एकजना किशोरको मृत्यु भएको छ। गुल्मीको सत्यवती गाउँपालिका-७ घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ ड्राईभरटोल बस्ने १८ वर्षीय अभिषेक परियारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित ड्याम क्षेत्रमा साथीहरुसँग पौडी खेल्ने क्रममा परियार डुबेका थिए। प्रहरी चौकीबाट खटिएको टोली घटनास्थल पुगेपछि दोभानबाट उनलाई…
हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। शनिवार १३ औँ नगरसभाको बैठकमा उपमेयर राजेश बानियाँले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षको लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा यो ११ करोड रुपैयाँ कम हो। विनियोजित बजेटको खर्च ब्यहोर्ने स्रोतमध्ये…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षे उमेरहद हटेको बताएका छन्। १० औं महाधिवेशनबाट एमालेले ७० वर्ष पुरा भएकाले एमालेको कुनै पनि तहको कार्यकारी कमिटीको सदस्य तथा पदाधिकारी हुन नपाउने व्यवस्था गरेको थियो। उक्त व्यवस्थालाई एमालेले नियम निलम्बन मार्फत केहि समयका लागि फुकुवा गरेको बताए पनि ओलीले शनिवार उमेर हदको व्यवस्था नै हटेको बताए। अखिल नेपाल महिला संघ वाग्मती…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई तर्साउनका लागि समाजवादी मोर्चा बन्न लागेको बताएका छन्। नव प्रवेशीलाई पार्टीमा स्वागतका लागि पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमालेसँग मुकाबिला गर्नु मोर्चाको अर्को उद्यश्य भएको बताए। 'समाजवादी मोर्चा बनाएर हुन्छ के? एउटा एमालेसँग मुकाबिला गर्ने र अर्को कांग्रेसलाई तर्साउन,' ओलीले भने। ओलीले सहकार्य गरिरहेका दलहरुका बिचमा मोर्चाबन्दि गर्नु आवश्यक नभएको…
काठमाडौं : नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो। ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ का…
काठमाडौं : कालोमोसो नेपाल कन्द्रीय कार्यालय स्थापना गरेको भन्दै प्रहरीले एक्सन लिएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ बाइपास रोडमा केही समूहले कालोमोसो नेपाल केन्द्रीय कार्यालय स्थापना गरेका थिए। जसको नेतृत्व शम्भु थापाले लिएका थिए। ४० जनाभन्दा बढी सङ्ख्यामा कालोमोसो भन्ने संगठनको ब्यानर लिएर मानिस जम्मा भएको सूचना प्रहरीले पाएको थियो। त्यसपछि उक्त समूहलाई हटाएर प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको…
काठमाडौं : विभिन्न बहानामा मानिसलाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा मोरङ बिराटनगर महानगरपालिका वडा नम्बर १० घर भएका २६ को पवन मगर, सुनसरी इटहरी उपमहानगरपालिका वडा नम्बर १७ घर ३० वर्षीय कुलचन्द्र बिक्की खत्री, काभ्रेपलाञ्चोकका २५ वर्षीय मनिष श्रेष्ठ र उदयपुर गाईघाटका ३१…
बलिउड ट्रेड एनलिस्ट तरन आदर्श बिग ब्यानरप्रति सधैं सकारात्मक सुनिन्छन्। स्टारकास्ट सिनेमालाई उनले रिभ्यूमा विशेष प्राथमिकता दिन्छन् र फिल्मको सफलताका आधारहरु विश्लेषण गर्छन्। तिनै फिल्मका ट्रेड एनलिस्ट तरनले ‘आदिपुरुष’को विषयमा के गरे त? उनले फिल्म रिलिज भएपछि ‘वन वर्ड रिभ्यू’ आफ्नो ट्विटरमा पोस्ट गरे - आदिपुरुष : डिसअपोइन्टिङ (निराशापूर्ण)। फिल्मलाई उनले १.५ स्टार दिएका छन्। फिल्मलाई ‘इपिक डिसअपोइन्टिङ’ भन्दै उनले…
मेलम्ची : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन्। प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत, वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए। गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन प्रधानमन्त्री दाहालले…
वेदकोट : कञ्चनपुरको लालझाडी गाउँपालिका-४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ। निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन्। वर्षौंदेखि देखतभुली-पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन्। विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी लुम्बिनी राजेन्द्र कुमार श्रेष्ठ जेभी कम्पनीसँग पक्की…
सुभाषचन्द्र देवकोटा - आज विश्व मानचित्रमा सिक्किम भन्ने देश छैन। सन् १९७५ मा भारतले अतिक्रमण गरेर सिक्किमको अस्तित्वलाई सदाको लागि समाप्त पारिदियो। कुनै बेला सिक्किम पनि नेपाल, भारत जस्तै स्वतन्त्र देश थियो भन्ने कुरा अब एकादेशको कथा जस्तै भएको छ। आफ्नै अग्रज पुस्ताको गलत र नाजायज निर्णयको फन्दामा परेर सिक्किमेली जनता भारतीय पराधीनताको शिकार बनेका छन्। भारतीय उत्पीडन र अपहेलामा…
हेटौंडा : आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि हेटौंडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम शनिवार आउँदै छ। उपमहानगरपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र खेलकुदलक्षित नीति तथा कार्यक्रम १३औँ नगरसभामा प्रस्तुत गर्न लागेको हो। नीति तथा कार्यक्रममार्फत उपमहानगरपालिकाले करिब २ अर्ब ६० करोड बराबरको बजेट ल्याउने तयारी गरेको उपमहानगरका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए। हेटौंडाका १९ वटै वडाहरुलाई भने चालु आर्थिक वर्षमा…
काठमाडौं : काठमाडौंभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्। काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६ टिकट काउण्टर थपिएको हो। यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन…
काभ्रे : बनेपा नगरपालिका-८ बाट प्रहरीले प्रतिबन्धित खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गर्यो। इलाका प्रहरी कार्यालय बनेपा र लागुऔषध नियन्त्रण ब्युरोसहितको प्रहरी टोलीले खैरो हिरोइनसहित काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाकी १९ वर्षीया युवती र भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ का ३० वर्षीय युवकलाई पक्राउ गरेको हो। बिहीवार राति ८ बजे उनीहरुबाट ६५ ग्राम खैरो हिरोइन, डिजिटल तराजु एक थान, तीन लाख १९ हजार रुपैयाँ…
नेपालमा पहिलो पटक ‘मंकिपक्स’ भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले शुक्रवार विज्ञप्ति जारी गर्दै ‘मंकिपक्स’ भाइरस (एमपक्स) सङ्क्रमण देखिएको जानकारी दिएका हुन्। नेपालमा पहिलोपटक भेटियो ‘मंकिपक्स’ सङ्क्रमित, विदेशी महिलामा देखियो भाइरस ‘मंकिपक्स’ एक प्रकारको ‘भाइरल जूनोसिस’ हो, अर्थात यो जनावरबाट मानिसमा सरेको भाइरस हो। यसका लक्षणहरु विगतमा देखिएको ‘स्मलपक्स’को लक्षणसँग मिल्दोजुल्दो रहेको विश्व स्वास्थ्य…
मुग्लिन : चितवनका तामाङ समुदाय भाषा संरक्षणका लागि जुटेका छन्। पछिल्लो समय लोप हुँदै गएको तामाङ भाषाको संरक्षणका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो। तामाङ पत्रकार संघ चितवनको आयोजनामा एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ सम्पन्न भएको छ। प्रशिक्षणबाट लोप हुँदै गएको तामाङ भाषा संरक्षणमा थोरै भए पनि टेवा पुगेको तामाङ पत्रकार सङ्घ चितवनका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए। समग्र आदिवासी…
काठमाडौं : राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिले शनिवार स्थापनाको अवसरमा नवौँ चुरे संरक्षण दिवस मनाउँदै छ। समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षरोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन्। सरकारले २०७१ साल असार २ गते सो समितिको गठन गरेको थियो। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वर्द्धन गर्ने पवित्र उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको…
काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा…
वेदबहादुर खड्का - एक भाले घडियालको पछाडि धेरै पोथी घडियाल गोहीहरु हुन्छन्। यस प्रकृयालाई ‘पोलिग्यामस’ भनिन्छ। यो भनेको एउटा भालेले एकभन्दा बढी पोथीहरुसँग सहवास गर्ने प्रकृतिले दिएको स्वभाव हो। यसलाई कुनै प्राकृतिक विखण्डनले पनि नछुने। पोथीले भाले खोज्ने समयमा पोथीलाई आ-आफ्नो वसमा राख्नको लागि भाले-भालेबिच जुधाजुध हुन्छ। वयस्क र बलियो एउटा भाले घडियाल गोहीले १० वटासम्म पोथीहरुलाई आफ्नो कब्जामा राख्न…
काठमाडौं : राहदानी विभागले ६६ पृष्ठको राहदानीको मूल्य घटाएको छ। असार ३ गतेबाट लागू हुने गरि विभागले राहदानीको मूल्य पाँच हजार रुपैयाँ कायम हुने जनाएको हो। यसअघि जिल्ला प्रशासन कार्यालयहरुबाट ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा उपलब्ध गराइन्थ्यो। विदेशमा गइरहने नागरिकहरुको सुविधाको लागि ६६ पृष्ठको राहदानी वितरण गरिन्छ।