PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आदेश आजै आउने

    नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक बहस सकियो, आदेश आजै आउने

    काठमाडौं : नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको मुद्दाको थुन्छेक बहस सकिएको छ।शुक्रवार सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएसगैं थुनछेक सकिएको हो। काठमाडौं जिल्ला अदालतमा आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यय घिमिरे, जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जवाफी बहस गरेका थिए। आजै साँझसम्ममा थुनछेक आदेश…

    विस्तृतमा पढ्नुस्

  • सुस्त गतिमा देशभर फैलँदै मनसुन, पश्चिम पुग्न केही दिन लाग्ने

    सुस्त गतिमा देशभर फैलँदै मनसुन, पश्चिम पुग्न केही दिन लाग्ने

    काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ। यसका कारण देशका मध्य तथा पूर्वी भेगमा बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत जेठ ३१ गते बुधवार नेपालको पूर्वी भेग भएर मनसुन प्रणाली भित्रिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटमा 'हाइब्रिड मोडल' स्वीकृतिसँगै पाकिस्तानी फुटबल टोलीले पायो एनओसी, 'स्याल करायो, कुखुरा हरायो' झैं भएको हो?

    क्रिकेटमा 'हाइब्रिड मोडल' स्वीकृतिसँगै पाकिस्तानी फुटबल टोलीले पायो एनओसी, 'स्याल करायो, कुखुरा हरायो' झैं भएको हो?

    काठमाडौं : बिहिवार नेपाल सहभागी दुई फरक खेलहरुमा लामो समय अड्किएका दुई ठूला अल्झनको गाँठो फुक्यो। पहिलो भनेको पाकिस्तानले प्रस्ताव गरेको एसिया कप आयोजनाको 'हाइब्रिड मोडल' लाई एसियाली क्रिकेट परिषद् 'एसीसी'ले स्वीकृत गर्‍यो। दोस्रो, भारतमा आगामी साता सुरु हुने दक्षिण एसियाली फुटबल च्यामपियनसीपका लागि पाकिस्तानी फुटबल टोलीले अनुमति पायो। दक्षिण एसियाली क्षेत्रमा यी दुई ठूला राष्ट्रबीचको तनावले राजनीतिक, सांस्कृतिक, आर्थिकलगायतको पाटोमा सँधै विवाद…

    विस्तृतमा पढ्नुस्

  • दाङमा जीप दुर्घटना : चालकको मृत्यु,  ६ जना गम्भीर घाइते

    दाङमा जीप दुर्घटना : चालकको मृत्यु,  ६ जना गम्भीर घाइते

    बुटवल : दाङको तुलसीपुर उपमहानगरपालिका–३ शिरखोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक रोल्पाको गंगादेव गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय विष्णु पुन रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका–१…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो 'आदिपुरुष'

    काठमाडौंका हलहरुमा प्रदर्शनमा आयो 'आदिपुरुष'

    काठमाडौं : प्रभास स्टारर् भारतीय फिल्म ‘आदिपुरुष’ काठमाडौं उपत्यकाका हलहरुमा प्रदर्शनमा आएको छ। मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकामा हलहरुमा ११ बजेबाट आदिपुरुष प्रदर्शन भइसकेको छ। बिहानको शोहरु सुरक्षाका कारण स्थगित भए पनि ११ बजेपछिका शोहरु सञ्चालन भइरहेको क्यूएफएक्सकी बजार प्रमुख तृप्ति गिरीले बताइन्।  ‘क्यूएफएक्सका ७ ‌वटा हलका बिहानका शोहरु रद्द भएपछि हामीले पैसा नै फिर्ता गर्नुपर्‍यो। ११ बजेपछिका सबै शोहरु रिलिज भइरहेका…

    विस्तृतमा पढ्नुस्

  • विचार मिल्नेसँग मोर्चा बनाउने समझदारी : बाबुराम

    विचार मिल्नेसँग मोर्चा बनाउने समझदारी : बाबुराम

    काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले समाजवादी मोर्चाबारे समझदारी बनेको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तामा विचार मिल्नेको मोर्चा बनाउने सहमति भएको भट्टराईले बताएका हुन्। समाजवादी मोर्चाबाट भट्टराई अलग्गिएको चर्चा भएपछि उनले प्रचण्डसँग भेटेरै समझदारी भएको जनाएका छन्। 'समाजवादी मोर्चा निर्माण गर्न। विचार,नीति,कार्यक्रम,संगठनात्मक विधि लगायतका विषयमा सम्भव सबै पक्षवीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी,' भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • सुन तोलामा ८०० रुपैयाँ बढ्यो

    सुन तोलामा ८०० रुपैयाँ बढ्यो

    काठमाडौं : दुई दिनदेखि घटिरहेको सुनको मूल्य शुक्रवार पुन: तोलामा ८ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। बिहीबार सुन तोलामा ८ सय रुपैयाँले घट्दै बजार मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ थियो। चाँदीको मूल्य तोलामा भने १ हजार ४२५ रुपैयाँ पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यका बाहिर जाने सवारीसाधन नयाँ बसपार्कबाट संचालन हुने, बाहिरका टिकट काउण्टर हटाइँदै

    काठमाडौं उपत्यका बाहिर जाने सवारीसाधन नयाँ बसपार्कबाट संचालन हुने, बाहिरका टिकट काउण्टर हटाइँदै

    काठमाडौं : काठमाडौंभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा संचालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट संचालन भएका छन्। काठमाडौं महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन संचालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जीप तथा माइक्रोबस…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि आज थुनछेक आदेश आउने

    नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि आज थुनछेक आदेश आउने

    काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौं रकम असुल गरेको मुद्दामा आरोपीका तर्फबाट बहस सकिएसँगै आज सरकारी वकिलका तर्फबाट जवाफी बहस हुँदैछ।  अभियुक्तका वकिलले उठाएको कानुनी प्रश्नको आज सरकारी वकिलले जवाफ दिने र त्यसका लागि १ बजेसम्मको समय तोकिएको जिल्ला सरकारी वकील कार्यालयका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यय घिमिरेले जानकारी दिए। काठमाडौं जिल्ला अदालतमा आज…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा बाढीले बगायो पुल, वर्षाले जनजीवन प्रभावित

    ताप्लेजुङमा बाढीले बगायो पुल, वर्षाले जनजीवन प्रभावित

    ताप्लेजुङ : अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ। दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजङ्घा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ। निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन्। गए राति आएको बाढीले सिरीजङ्घाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोलामाथिको मोटरेवल पुल बगाएको छ। एक महिनाअघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा…

    विस्तृतमा पढ्नुस्

  • आज दिउँसो ३ बजे बजेट प्रस्तुत गर्दै वाग्मती सरकार

    आज दिउँसो ३ बजे बजेट प्रस्तुत गर्दै वाग्मती सरकार

    हेटौंडा : वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा शुक्रवार दिउँसो ३ बजे प्रस्तुत हुँदैछ। बजेट प्रस्तुतका लागि सबै तयारी पूरा भएको प्रदेश सरकारले जनाएको छ। शुक्रवार दिउँसो मन्त्रिपरिषद् बैठकले बजेटका बारेमा निर्णय गरेलगतै बजेट प्रस्तुत गरिनेछ। वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले प्रस्तुत गर्ने कार्यसूची छ। मन्त्री लामाले…

    विस्तृतमा पढ्नुस्

  • बैतडीको सिगास गाउँपालिकाको एक विद्यालयमा ‘मास हिस्टेरिया’, पठनपाठन प्रभावित

    बैतडीको सिगास गाउँपालिकाको एक विद्यालयमा ‘मास हिस्टेरिया’, पठनपाठन प्रभावित

    बैतडी : बैतडीको दुर्गम सिगास गाउँपालिका-५ स्थित शारदा मावि ढुङ्गाडका विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको छ। गएको दुई हप्तादेखि विद्यार्थी बेहोस हुने समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए। विद्यार्थी रुने, कराउने, बेहोस हुने, काँप्ने, ढल्नेलगायत समस्या देखिएपछि पठनपाठन प्रभावित भएको छ। उनले भने, ‘विद्यार्थीमा रुने, कराउने र बेहोस हुने लक्षण देखापरेको छ, बढीजसो छात्रामा यो समस्या…

    विस्तृतमा पढ्नुस्

  • सुनकोशी नदी किनारमा एक बालकको शव फेला

    सुनकोशी नदी किनारमा एक बालकको शव फेला

    काठमाडौं : सुनकोशी गाउँपालिका-२ गजुलीदहस्थित सुनकोशी नदी किनारमा एक बालकको शव फेला परेको छ। बिहीबार साँझ बालकको शव फेला परेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। सुनकोशी-२ गजुलीदहस्थित सुनकोशी नदीको किनारमा नाम ठेगाना खुल्न नसकेको अवस्थामा अन्दाजी नौ वर्षको बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

    लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु

    काठमाडौं : सिन्धुलीमा गएराति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ। कमलामाई नगरपालिका-६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो। लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको लिचीको दाना अड्किएर मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए। रासस

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाका हलहरुमा ‘आदिपुरुष’को बिहानी शो रद्द

    काठमाडौं उपत्यकाका हलहरुमा ‘आदिपुरुष’को बिहानी शो रद्द

    काठमाडौं : आजबाट नेपालमा भारतीय फिल्म ‘आदिपुरुष’ प्रदर्शन हुने तय थियो। तर, सीताको बारेमा रहेको संवादको विवादका कारण आज बिहान तय भएको शोहरु रद्द गरिएको छ। काठमाडौंका उपत्यकाका सबै हलहरुले सुरक्षा त्रासका कारण बिहानीका शोहरु रोकिएको हो। क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, सीडीसी सिनेमाज लगायतका हलहरुले शो रोकेका हुन्। उपत्यकाबाहिर भने आदिपुरुषको प्रदर्शन भइरहेको छ। बिग मुभिजका संचालक दिपेश शर्माले…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेशमा आज बजेट प्रस्तुत हुँदै, गत वर्षभन्दा घटेर आउँदै

    लुम्बिनी प्रदेशमा आज बजेट प्रस्तुत हुँदै, गत वर्षभन्दा घटेर आउँदै

    बुटवल : लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ को लागि आज बजेट सार्वजनिक गर्दैछ। दाङको देउखुरीस्थित प्रदेशसभा भवनमा दिउँसो ३ बजेका लागि अधिवेशनको ११ औँ बैठक आह्वान गरिएको छ। बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्की आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यतालिका छ। प्रदेश सरकारले गत वर्षभन्दा यो वर्ष बजेटको आकार २० प्रतिशतले घटाएर ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • क्यानडामा बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु

    क्यानडामा बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु

    क्यानडामा बस र ट्रक ठोक्किँदा १५ जनाको मृत्यु भएको छ। मोनितोबा प्रान्तका जेष्ठ नागरिक सवार बस राजमार्गमा ट्रकसँग ठोक्किएको हो। दुर्घटनामा घाइते भएका १० जनालाई अस्पताल लगिएको छ। दुर्घटना लगत्तै १२ वटा एम्बुलेन्स दुर्घटनास्थल पुगेको थियो। यस्तै, उद्धारका लागि एयर एम्बुलेन्ससमेत प्रयोग गरिएको थियो। मोनितोबामा यो हालसम्मकै डरलाग्दो र ठूलो सडक दुर्घटना हो।

    विस्तृतमा पढ्नुस्

  • मनसुनको प्रभाव जारी : कोशी, वाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने

    मनसुनको प्रभाव जारी : कोशी, वाग्मती र गण्डकी प्रदेशमा वर्षा हुने

    काठमाडौं : शुक्रवार बिहान देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भैरहेको छ। महाशादखाका अनुसार आज दिउँसो कोशी, वाग्मती…

    विस्तृतमा पढ्नुस्

  • भ्रूणको लिङ्ग पहिचान नगर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    भ्रूणको लिङ्ग पहिचान नगर्न अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भ्रूणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न-नगराउन निर्देशन दिएका हुन्। मन्त्रालयले कसैले गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी कुनै कार्य गर्न र गराउन नहुने, यदि सो कार्य गरे वा गराएमा…

    विस्तृतमा पढ्नुस्

  • भुवन केसीले भने : बालेनलाई मेरो पूर्ण समर्थन छ

    भुवन केसीले भने : बालेनलाई मेरो पूर्ण समर्थन छ

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भारतीय फिल्म ‘आदिपुरुष’ महानगरका हलहरुमा प्रदर्शन गर्न नदिने चेतावनी दिएका छन्। सो फिल्ममा भएको ‘जानकी भारतकी छोरी’ भन्ने वाक्य भारतमा समेत हटाउनुपर्ने नत्र महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले चेतावनी दिएका हुन्। सेन्सर बोर्डले भने सो वाक्य हटाउन लगाएर फिल्मलाई प्रदर्शन अनुमति समेत दिइसकेको छ। बालेनको सो कदमको समर्थन र विरोध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell