ढोरपाटन : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो। यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका थिए। स्थानीय तहको स्थापनापछि निसीखोला गाउँपालिकाले विसं २०७५ मा रिगतालको पहिचान गरी प्रचारप्रचार र पूर्वाधार निर्माण गरेको थियो। पातीहाल्ने क्षेत्र र रिग ताल प्रचारप्रसारपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गए। सोही…
टीकापुर : कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ। कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ। दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक किनारमा सामान बेचबिखन गर्ने, ठेला व्यवसायीलाई बढी समस्या भएको छ। रिक्सा चालक माया चौधरी पाँच वर्षदेखि टीकापुरको बजारमा रिक्सा चलाउँछन्। यस वर्ष एक सातायता अत्यधिक गर्मी बढेपछि…
दोधारा चाँदनी : कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरुलाई बुधवार पक्राउ गरिएको हो। दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री गर्दै आएका ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए। ‘९ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘उनीहरुमाथि अनुसन्धान गरी…
काठमाडौं : हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित…
काठमाडौं : नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबिच श्रम सम्झौता नवीकरण भएको छ। आज काठमाडौंमा नेपाल र युएई सरकारबिच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सम्पन्न उक्त बैठकमा युएई सरकारका तर्फबाट अब्दुल्ला अलनुइमीले नेपालबाट…
काठमाडौं : नुवाकोटको ककनी गाउँपालिका–२ को वडाध्यक्ष तिलकबहादुर लामाको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएसँगै उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा ४४ वर्षीय लामाको बुधवार बिहान निधन भएको हो। दुवै मिर्गौलाले काम गर्न छाडेकाले पछिल्लो एक वर्षदेखि ‘डायलासिस’ गराउँदै आएका थिए। गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट ककनी गाउँपालिका–२ को वडाध्यक्ष पदमा निर्वाचित भएका लामा लामो समयदेखि राजनीति…
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ असार १ गतेबाट प्रदर्शन हुँदैछ। रिलिज मिति नजिकिएसँगै फिल्मका कलाकारहरु प्रमोसनमा व्यस्त छन्। अर्कोतिर फिल्मको प्रि-बुकिङ पनि आक्रामक देखिन्छ। प्रभास, कृति सेनन र सैफ अली खानको फिल्ममा मुख्य भूमिका छ। रामायणमा आधारित यस फिल्ममा प्रभास र कृति रामसीताको भूमिकामा छन् भने सैफ रावणको। केही दिनअघि तिरुपतिमा फिल्मको दोस्रो ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो। त्यहाँ निर्देशक ओम…
काठमाडौं : नागरिकता विधेयक प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भइसकेको अवस्थामा विधेयकलाई रोक्नु असंवैधानिक भन्दै संविधान सभा सदस्य रामकुमार शर्माले विरोध जनाएका छन्। वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसमेत रहेका शर्माले चाँडोभन्दा चाँडो विधेयकको पक्षमा आदेश जारी गर्नसमेत माग गरेका छन्। नागरिकता विहीनले नागरिकता पाउने विधेयक प्रमाणीकरण रोकिए असार १ गतेबाट काठमाडौंको माइतीघर मण्डलामा 'सत्याग्रह' गर्ने घोषणा शर्माले गरेका छन्।
काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतरले थालेको पार्टी रुपान्तरण अभियान कोशी पुगेर टुंगिएको छ। बिहीवारको कार्यक्रममा कांग्रेसका नेता जगदीश नरसिंह केसीले रूपान्तर कोशीमा अभियान सम्पन्न भए सँगसँगै अन्त्य भएको बताए। मधेश प्रदेशबाट थालिएको रुपान्तरण अभियानले सातै प्रदेशको केन्द्रमा कांग्रेस सुधार र रुपान्तरणका लागि नेता कार्यकर्ताबाट सुझाव लिएको छ। रूपान्तरणका विषयमा देशभरीका कार्यकर्ताको एउटै गुनासो रहेको केसीको भनाइ रह्यो। 'माथिका नेतृत्वहरूलाई सफा…
काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रणाली चेन अफ कमान्डभन्दा बाहिर गएर चल्न नसक्ने बताएका छन्। राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले शान्तिसुरक्षा आम नागरिकसँग मात्र सम्बन्धित नभई राजनीतिक परिवर्तनको औचित्य र दिगोपनसँग जोडिएको विषय भएको बताए। उनले भने, 'चेन अफ कमान्डलाई कमजोर गरेर सुरक्षा निकाय परिचालन हुन सक्दैन । अहिले चेन अफ कमान्डलाई सुस्पष्टरुपमा…
काठमाडौ : संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सुनुवाइको लागि डाकेको छ। कार्कीलाई बिहिवार बिहान ८ बजे सुनुवाइ समितिमा डाकिएको हो। प्रस्तावित प्रधानन्यायाधीश कार्कीले समितिमा आफ्नो कार्ययोजना पेश गर्नेछन्। उनीमाथि २९ उजुरी परेका छन्। वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। असार १ गते कार्कीको पद टुंगो लाग्ने तयारी गरेको छ। कार्कीको कार्यकाल…
काठमाडौं : दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाका एक हजार तीन जनामा दादुरा फैलिएको उल्लेख छ। महाशाखाका निर्देशक डा विवेक कुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरामा दादुराको प्रकोप भएको छ। ती जिल्लामध्ये…
काठमाडौं : नेपालमा मनुसन प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अत्याधिक गर्मीका कारण तराई र पहाडी क्षेत्र प्रभावित हुँदा मनसुन भित्रिएसँगै अब केही राहत मिल्ने अनुमान गरिएको छ। यस वर्ष मनसुन भित्रिन केही ढिला हुने बताइए पनि एक दिन ढिला गरि मनसुन भित्रिएको महाशाखाले जनाएको छ। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने गर्छ। कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी क्षेत्र, वाग्मती प्रदेशको अधिकांश…
काठमाडौं : संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरीकर्ताको छलफल जारी छ। समितिले तीन तीन जना उजुरीकर्तालाई छलफलमा बोलाएपछि अन्य उजुरीकर्ताले विरोध जनाएका थिए। विरोध जारी राखेपछि सुनुवाई समितिले सबै उजुरीकर्तालाई एकैसाथ छलफलमा बोलाएको हो। संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध २९ उजुरी परेका छन्। समितिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध जेठ ३२ गते सुनुवाइ गर्ने भएको छ। असार १ गते कार्कीबारे…
काठमाडौं : प्रहरीले बेटिङ र क्रिप्टो करेन्सीको कारोबारमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ। वान एक्स वेटबाट बेटिङमा संलग्न पाँचजनालाई काठमाडौं उपत्यका अपराध कार्यालयको टोलीले पक्राउ गरेको हो। काठमाडौंका विभिन्न ठाँउबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरुले करिब ७४ करोड रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानमा खुलेको छ। पक्राउ पर्नेमा दिनेश खड्का, दिपेश श्रेष्ठ, दिनेश चन्द, आशिष लामिछाने र अनिता धिताल छन्।
दाङ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङले बुधवार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताए। 'समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ।…
काठमाडौं : नेपाल मेडिकल कलेजले ओपिडी सेवा अनिश्तिकालका लागि बन्द गरेको छ। आज एक सूचना जारी गर्दै अस्पताल प्रशासनले बिरामीका आफन्तले अस्पतालमा तोडफोड गरेको भन्दै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो। गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय सुवर्ण कुमार धितालको विषयलाई लिएर उत्तेजित भिडले अस्पताल परिसरमा मंगलवार साँझ नाराजुलुस गरेको र अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीलाई अपशब्द प्रयोग गरि कुटपिट गरेको अस्पताल प्रशासनले…
काठमाडौं : दीवाकर भट्टराईको निर्देशनमा फिल्म ‘मायावी’ बन्ने भएको छ। फिल्मको घोषणासँगै मुख्य कलाकारमा दीपिका प्रसाईं र आर्शिवाद श्रेत्री पक्का भएको निर्देशक भट्टराईले जानकारी दिए। ‘अहिले दीपीका र आर्शिवाद मात्रै अनुबन्धित हुनुभएको छ। बाँकी कलाकारहरु पनि चाँडै फाइनल गरिनेछ,’ उनले भने। फिल्ममा निर्देशक भट्टराईकै पटकथा लेखन रहेको छ। फिल्मको छायाङ्कन पोखरामा साउन महिनाको अन्तिम साताबाट सुरु हुने उनले बताए।
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन्। माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्रीले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी लिइएको बताएका हुन्। 'समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ। विचार राजनीतिमा व्यापक…
हेटौंडा : मकवानपुर प्रहरीले बुधवार बिहान अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटे चेकपोष्टबाट ५४ लाख ४८ हजार रुपैयाँ बराबरको सुनसहित एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१६ का २२ वर्षीय किसन साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार बिहान…