PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • आदिपुरुषको 'प्री बुकिङ' आक्रामक

    आदिपुरुषको 'प्री बुकिङ' आक्रामक

    भारतको सिने क्षेत्रमा अहिले चर्चा छ फिल्म आदिपुरुषको। रामायणमा आधारित यो बहुप्रतिक्षित फिल्म यही शुक्रवार रिलिज हुँदैछ। हाल फिल्मको टिकटको प्री बुकिङ खुल्ला गरिएको छ।  ओम राउत निर्देशित आदिपुरुषको अग्रिम टिकट बुकिङमा आक्रमक शैलीमा अघि बढेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। बलिउड इन्टरटेनमेन्ट पोर्टल कोइमोइका अनुसार हालसम्म आदिपुरुषको हिन्दी थ्रीडी भर्सनको २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको टिकट बिक्री भइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र भारतमा सर्वाधिक सफलतापछि साम्बाको यात्रा अब युरोपेली लिगमा, इजरायली क्लबमा भइन् अनुबन्धित

    नेपाल र भारतमा सर्वाधिक सफलतापछि साम्बाको यात्रा अब युरोपेली लिगमा, इजरायली क्लबमा भइन् अनुबन्धित

    काठमाडौं : नेपाली महिला राष्ट्रिय टोलीकी फर्वाड साबित्रा भण्डारी (साम्बा) इजरायली क्लब हापोइल रानानामा अनुबन्धित भएकी छिन्। यो सिजन भारतीय महिला लिगमा कीर्तिमानी प्रदर्शन गरेकी साम्बा इजरायली क्लबमा अनुबन्धित भएकी हुन्। क्लबले सामाजिक सञ्जालमा पोस्ट राख्दै लामो समय 'फलो' गरेपछि आधिकारिक रुपमा उनलाई अनुबन्धित गरेको जनाएको छ। 'युरोपको फुटबल नेपालको फुटबल धेरै फरक छ। म त्यहाँ सकेसम्म राम्रो गर्ने प्रयास गर्नेछु,'…

    विस्तृतमा पढ्नुस्

  • सगरमाथामा सर्वाधिक आरोहण तर दु:खद् घटना पनि बढी, के कारणले १७ जना आरोहीको भयो मृत्यु?

    सगरमाथामा सर्वाधिक आरोहण तर दु:खद् घटना पनि बढी, के कारणले १७ जना आरोहीको भयो मृत्यु?

    काठमाडौं : सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुपर्‍यो। यस यामको सगरमाथा आरोहणमा ठूला विपद बिना नै १७ जनाको मृत्यु भएको छ। पर्यटन विभागका अनुसार मे २६ तारिखसम्म सगरमाथा आरोहणका क्रममा सात नेपाली र १० विदेशीसहित १७ जनाको मृत्यु भएको छ। नेपाल, भारत, चीन, मलेसिया,…

    विस्तृतमा पढ्नुस्

  • छाती दुखेपछि बिहानै अस्पताल पुगेका राष्ट्रपति पौडेलको कस्तो छ स्वास्थ्य?

    छाती दुखेपछि बिहानै अस्पताल पुगेका राष्ट्रपति पौडेलको कस्तो छ स्वास्थ्य?

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मंगलवार बिहानै गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका थिए। अस्पतालमा भर्ना हुनासाथ पौडेलको छातीको एनजिओग्राम गरिएको थियो। सुरुवाती रिपोर्ट राम्रो देखिएको अस्पताल स्रोतले जनायो। 'राष्ट्रपतिलाई बिहान ७ बजे भर्ना अस्पताल गरिएको हो,' स्रोतले भन्यो। दम र ग्याष्ट्रिकबाट पीडित पौडेलको छाती दुखेपछि मुटुको परीक्षणका लागि अस्पताल लगिएको बताइएको छ। शीतल…

    विस्तृतमा पढ्नुस्

  • स्टुडियो थिएटरमा प्रज्ञा कुञ्चको नाटक सप्ताह

    स्टुडियो थिएटरमा प्रज्ञा कुञ्चको नाटक सप्ताह

    काठमाडौं : पिङ्गलास्थानस्थित स्टुडियो थिएटरमा जेठ २९ गतेदेखि नाटक सप्ताह चलिरहेको छ। त्यहाँ मञ्चन भइरहेको नाटकमा विद्यालयका बालबालिकाहरुको अभिनय छ। नाट्य प्रशिक्षक एवं रङ्गकर्मी टंक चौलागाईंको नेतृत्वमा काठमाडौं प्रज्ञा कुञ्ज स्कुलमा विगत १२ वर्षदेखि नाट्य शिक्षालाई विषयगत रुपमा पठनपाठन भइरहेको छ। पठनपाठनका साथै सम्पूर्ण विद्यार्थीहरुले थिएटरमा नाटक मञ्चन गर्दै आइरहेका छन्। हरेक वर्ष विभिन्न थिएटर तथा आफ्नै विद्यालयमा ‘मोबाइल थिएटर’ स्थापना…

    विस्तृतमा पढ्नुस्

  • किसान आन्दोलनका क्रममा मोदी सरकारले ट्‍वीटर बन्द गर्ने धम्की दिएको थियो : ज्याक डोर्सी

    किसान आन्दोलनका क्रममा मोदी सरकारले ट्‍वीटर बन्द गर्ने धम्की दिएको थियो : ज्याक डोर्सी

    ट्‍वीटरका संस्थापक एवम् पूर्व सिइओ ज्याक डोर्सीले भारतमा किसान आन्दोलनका क्रममा नरेन्द्र मोदी नेतृत्वको सरकारले ट्‍वीटर बन्द गराउने धम्की दिएको दाबी गरेका छन्। हाल 'स्क्वायर'का सिइओ रहेका डोर्सीले 'ब्रेकिङ प्वाइन्ट' कार्यक्रममा भारत सरकारले आन्दोलनका क्रममा आफूलाई भारतमा ट्‍वीटर बन्द गर्ने धम्की दिएको खुलाएका हुन्। यस्तै, उनले मोदी सरकारको आलोचना गर्ने केही पत्रकारहरुको ट्‍वीटर अकाउन्ट बन्द गर्न पनि दबाब दिएको बताएका छन्। 'विश्वभरका शक्तिशाली…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको ओमबहालमा एक जनाको हत्या : हथौडाले हानेर मारेको अभियोगमा भाइ समातिए

    काठमाडौंको ओमबहालमा एक जनाको हत्या : हथौडाले हानेर मारेको अभियोगमा भाइ समातिए

    काठमाडौं : काठमाडौंको ओमबहालमा सोमवार राति एक पुरुषको हत्या भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर २३ मा बस्ने ४५ वर्षीय सूर्य शाक्यको हत्या भएको हो। प्रहरीले हत्या अभियोगमा उनका भाइ २५ वर्षीय सुरज शाक्यलाई नियन्त्रणमा लिएको छ। सोमवार राति दाजुभाइबिच झगडा हुँदा हथौडा प्रहार गरेर हत्या गरेको अनुसन्धानमा देखिएको छ। प्रहरीले मंगलवार बिहान सुरजलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • चीनमा 'मेस्सी मेनिया' : अर्जेन्टिनाको पासपोर्ट बिनै बेइजिङ पुग्दा विमानस्थलमै रोकिएका थिए केही घण्टा

    चीनमा 'मेस्सी मेनिया' : अर्जेन्टिनाको पासपोर्ट बिनै बेइजिङ पुग्दा विमानस्थलमै रोकिएका थिए केही घण्टा

    अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी अहिले चीनमा छन्। अस्ट्रेलियासँगको मैत्रीपूर्ण खेल खेल्न उनी शनिवार चीन पुगेका हुन्। मेस्सी बेइजिङ पुग्ने खबर सार्वजनिक भएसँगै उनका फ्यानहरु विमानस्थल र अर्जेन्टिनाको फुटबल टोली बसेको होटलमा भेला भएका थिए। चीनको सामाजिक संजाल 'वेइबो'मा मेस्सी 'टप ट्रेन्डिङ' विषय बनेका छन्। मेस्सीलाई हेर्न होटल बाहिर भिड यति थियो कि अर्जेन्टिनाका खेलाडीहरु केहीबेर होटलमै 'ट्रयाप्ड' भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सीलाई वर्गीकरण गरिँदै, ‘लक्जरी’ ट्याक्सी चढ्न दोब्बर शुल्क

    ट्याक्सीलाई वर्गीकरण गरिँदै, ‘लक्जरी’ ट्याक्सी चढ्न दोब्बर शुल्क

    काठमाडौं : सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ। यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो। विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय-परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ। मस्यौदा अनुसार अब ट्याक्सीलाई साधारण…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेश सरकारले गर्ने भयो गाँजाखेतीको सम्भाव्यता अध्ययन

    गण्डकी प्रदेश सरकारले गर्ने भयो गाँजाखेतीको सम्भाव्यता अध्ययन

    पोखरा : गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ। गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ। सरकारले भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर,…

    विस्तृतमा पढ्नुस्

  • इमरान खान पक्राउ परेपछि हिंसा भड्काएको आरोपमा पत्रकार र युट्‍युबरविरुद्ध मुद्दा दर्ता

    इमरान खान पक्राउ परेपछि हिंसा भड्काएको आरोपमा पत्रकार र युट्‍युबरविरुद्ध मुद्दा दर्ता

    पाकिस्तानमा तीनजना पत्रकार र एकजना युट्‍युबरविरुद्ध 'हिंसा भड्काउन भूमिका खेलेको' अभियोगमा मुद्दा दर्ता गरिएको छ। मे ८ मा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गरिएपछि विभिन्न शहरमा हिंसात्मक झडप भएको थियो। त्यही हिंसालाई भड्काएको आरोपमा दुईजना पत्रकार, एकजना समाचार वाचक र हाल युट्‍युबर रहेका पूर्व सैन्य अधिकारीविरुद्ध मुद्दा दर्ता भएको हो। उनीहरुविरुद्ध खानलाई पक्राउ गरेपछि पाकिस्तानमा रहेका संवेदनशिल सैन्य क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • टिकटकमा भाइरल सिमान्तपछि अर्का झाँक्री प्रकाश भुजेल पनि फरार

    टिकटकमा भाइरल सिमान्तपछि अर्का झाँक्री प्रकाश भुजेल पनि फरार

    काठमाडौं : पछिल्लो समय टिकटकबाट भाइरल बन्दै 'व्यवसाय' चलाइरहेका झाँक्रीहरु प्रहरीको निगरानीमा पर्न थालेका छन्। भाइरल झाँक्री सिमान्त केसीपछि अर्का झाँक्री प्रकाश भुजेल फरार भएका छन्। प्रहरीले खोजी थालेसँगै भुजेल फरार भएका हुन्। छोएको वा हेरेको भरमा नै दीर्घकालदेखि गढेर रहेको रोग निको हुन्छ भन्ने भ्रम छर्दै कारोबार गर्नेहरु यतिखेर सोसल मिडियाको साहरामा चर्चित छन्। आधुनिक चिकित्सा पद्धतिबाट पनि निको नभएका…

    विस्तृतमा पढ्नुस्

  • लिचीको रुखबाट लडेकी महिलाको मृत्यु

    लिचीको रुखबाट लडेकी महिलाको मृत्यु

    बुटवल : पाल्पामा लिचीको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बगनासकाली गाउँपालिका ९ फक्टुङकी ४५ वर्षीया धना खाण रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आफ्नै बारीमा रहेको लिचीको रुखमा चढेर टिप्ने क्रममा सोमवार दिउँसो करिब २ बजे उनी लडेकी थिइन्। गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज…

    विस्तृतमा पढ्नुस्

  • क्वालालम्पुरबाट नेपाल एयरलाइन्सको जहाज भैरहवामा, हरेक मंगलवार मलेसियाबाट नियमित उडान

    क्वालालम्पुरबाट नेपाल एयरलाइन्सको जहाज भैरहवामा, हरेक मंगलवार मलेसियाबाट नियमित उडान

    बुटवल : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मंगलवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ। निगमको १ सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट मंगलबार बिहान ८:४५ बजे गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो। निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किराती आफै विमानस्थलमा पुगेर स्वागत गरेका थिए। जहाजले मलेसियाबाट भैरहवा आएका ३५ जना यात्रुहरुलाई छाडेर…

    विस्तृतमा पढ्नुस्

  • इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

    इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

    काठमाडौँ: इमर्जिङ टिम्स एसिया कप अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पराजित भएको छ। पाकिस्तान 'ए'ले दिएको ८८ रनको लक्ष्य पछ्याउन नसक्दा नेपाल ९ रनले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ६ विकेट गुमाउँदै ७८ रनमा समेटिएको हो। पाकिस्तानलाई सस्तै रनमा समेटे पनि ब्याटिङमा भने नेपाल…

    विस्तृतमा पढ्नुस्

  • झोलुङ्गे पुल बनेपछि फेरियो दैनिकी, वारपार गर्नेभन्दा फोटो र भिडियो खिच्नेको सङ्ख्या धेरै

    झोलुङ्गे पुल बनेपछि फेरियो दैनिकी, वारपार गर्नेभन्दा फोटो र भिडियो खिच्नेको सङ्ख्या धेरै

    ढोरपाटन : पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ। त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउनेको सङ्ख्या धेरै देखिन्छ। तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पुलमा दैनिक दुई सय बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन्। स्थानीयले…

    विस्तृतमा पढ्नुस्

  • देशका तराई भू-भागमा अझै छ लूको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

    देशका तराई भू-भागमा अझै छ लूको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

    काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू-भागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू-भागमा अधिकतम र न्यूनतम…

    विस्तृतमा पढ्नुस्

  • ‘रामायण’मा रावण बन्न यशले किन गरे अस्वीकार?

    ‘रामायण’मा रावण बन्न यशले किन गरे अस्वीकार?

    नितेश तिवारीको निर्देशनमा ‘रामायण’ बन्ने फिल्मवृतमा चर्चा चलिरहँदा रणवीर कपूर र आलिया भट्ट राम-सीता तथा ‘केजीएफ’ अभिनेता यश रावणको भूमिकामा देखिने बताइएको थियो। यसैबिच, साउथ स्टार यशले ‘रामायण’मा रावणको भूमिकामा खेल्न अस्वीकार गरेको खबर बाहिरिएको छ। यश आफ्नो करियरमा अझै नकारात्मक भूमिकामा खेल्न तयार छैनन्। जसकारण रणवीर र आलियाको मुख्य भूमिका रहने फिल्ममा रावण बन्न ‘रिजेक्ट’ गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तान ८७ रनमा अलआउट, इन्दुले लिइन् सर्वाधिक ३ विकेट

    पाकिस्तान ८७ रनमा अलआउट, इन्दुले लिइन् सर्वाधिक ३ विकेट

    काठमाडौं : इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको समूह ‘ए’को खेलमा पाकिस्तान ‘ए’ले नेपालसामु ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ। हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.२ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको छ। नेपाली क्रिकेट महिला टोलीले पाकिस्तान ‘ए’विरुद्ध खेलिरहँदा वर्षा सुरु भएको भएको थियो। टस जितेर बलिङ रोजेको नेपालले १६ औँ ओभरमा ७…

    विस्तृतमा पढ्नुस्

  • वर्षाले रोकिएको नेपाल र पाकिस्तानको खेल फेरि सुरु, क्रिजमा फतिमा सना र तुबा हसन

    वर्षाले रोकिएको नेपाल र पाकिस्तानको खेल फेरि सुरु, क्रिजमा फतिमा सना र तुबा हसन

    काठमाडौं : वर्षाले गर्दा रोकिएको इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको नेपाल र पाकिस्तान 'ए' बीचको खेल सुरु भएको छ। नेपाली क्रिकेट महिला टोलीले पाकिस्तान ‘ए’ विरुद्ध खेलिरहँदा वर्षा सुरु भएको भएको थियो। टस जितेर बलिङ रोजेको नेपालले १६ औँ ओभरमा ७ विकेट लिँदै पाकिस्तानले ७५ रन बनाइरहेको अवस्थामा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा पाकिस्तानलाई ब्याटिङको निम्ता…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell