काठमाडौं : काठमाडौं उपत्यकामा वाग्मती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरि पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए। अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरुपमा सुख्खा हुने…
काठमाडौं : प्रस्तावित प्रधान न्यायधीश हरिकृष्ण कार्की विरुद्ध जेठ ३२ गते सुनुवाइ हुने भएको छ। कार्कीलाई बोलाएर सुनुवाइ हुने नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। 'अबको ४ दिनभित्र प्रधान न्यायाधीश कार्कीबारे टुंगो लाग्ने छ,' बर्तौलाले भने। जेठ ३१ मा समितिले उजुरी कर्तालाई बोलाएर छलफल गर्ने कार्यतालिका तय गरेको छ। असार १ गते कार्कीबारे टुंगो लाग्ने पनि बर्तौलाले बताए। सोमवार सिंहदरबारमा बसेको…
धनुषा : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेश सरकारले बजेट ल्याउने तयारी गरेको हो। प्रदेश सरकार अर्थ मन्त्रालयका सचिव प्रेमप्रसाद भट्टराईले सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३५ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। ‘चालु आर्थिक वर्षभन्दा…
काठमाडौं : नेपाली फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी हाल अफगानी फुटबल टोलीको मुख्य प्रशिक्षक छन्। नेपाल छँदा विवादास्पद अभिव्यक्ति दिएर होस् या नेतृत्वसँगै भिडेर होस्, उनी बदनाम बन्न तयार भए तर गुमनाम रहेनन्। सँधै आलोचना या समर्थनको केन्द्रमा रहिरहे नेपालमा रहुन्जेल। नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा दिएपछि केही समय विश्राम लिएका उनी हाल अफगानिस्तानको मुख्य प्रशिक्षक हुन्। 'बर्मा गए कर्म सँगै' भनेजस्तै…
काठमाडौं : प्रस्तावित प्रधानन्यायधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीमाथि छलफल सुरु भएको छ। कार्कीविरुद्ध परेको उजुरीमाथि संसदीय सुनुवाइ समितिको बैठकमा छलफल भइरहेको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। सिंहदरबारमा समितिको बैठक बसिरहेको हो। कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्। कार्कीविरुद्ध बहालवाला न्यायधीशले नै उजुरी दिएका थिए। अर्घाखाँचीमा कार्यरत न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले उजुरी दिएका हुन्। कार्कीमाथि अधिवक्ता उत्तमबहादुर श्रेष्ठ, युवराज…
जलेश्वर : जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका स्रोत सुकेपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ। पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ। जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए। बाह्र वडा रहेको जलेश्वर नगर क्षेत्रभित्र १२ हजार तीन सय ८० घरधुरी रहेकामा प्रायः घरधुरीमा जडान रहेको धारा…
काठमाडौं : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ ले आज बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रविन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण गरिएको बताएका हुन्। 'केही समूहलाई बजेटबारे चित्त बुझेको छैन। दृढ अठोटका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण…
भारतमा 'बिपरजोय' चक्रवात प्रवेश गरेको छ। चक्रवातको असरका कारण अहिले नवसरी, मुम्बई लगायतका क्षेत्रमा समुद्री छाल बढ्दै गएको छ। गुजरातको तटीय क्षेत्रमा चक्रवातका कारण वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरिएको छ। सो चक्रवातले कच र सौराष्ट्रसहित पाकिस्तानसम्म वर्षा हुने बताइएको छ। चक्रवातको खतरालाई मध्यनजर गर्दै राज्य सरकारहरुले तयारी सुरु गरेका छन्। जुन ११ देखि जुन १४ सम्म तटीय क्षेत्रमा माछा…
नवलपुर : लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ। देवचुली नगरपालिका-१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरुपमा इन्द्रको पूजा गरेका हुन्। जेठको अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन्। मन्दिर व्यवस्थापन समिति अध्यक्ष…
काठमाडौं: थापागाउँस्थित मण्डला थिएटरमा असार महिनामा दुईवटा नाटक मञ्चन हुने भएका छन्। असार ७ गतेदेखि ‘कोराघाट’ र असार ८ गतेदेखि ‘हिउँभन्दा चिसो’ को मञ्चन हुने थिएटरले जनाएको छ। ‘कोराघाट’ मण्डला थिएटरले नियमित रुपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौं ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको हो। यो नाटक कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरु’ मा आधारित छ। कमलमणी नेपालको निर्देशन रहने यो…
काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। सोही मौसम प्रणालीका कारण हाल कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। कोशी र वाग्मती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको…
काठमाडौं : वरिष्ठ चित्रकार कान्छाकुमार(केके) कर्माचार्यले चित्रकला क्षेत्रमा साधना गर्ने साधकलाई सम्मान गर्न पुरस्कार स्थापना गरेका छन्। आइतवार आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले ‘केके बालवाङ्मय कला साधना सम्मान’ पुरस्कारको घोषणा गरेका हुन्। बाल साहित्यको क्षेत्रमा सक्रिय रहेको बालवाङ्मय तथा अनुसन्धान केन्द्रको संयोजनमा पुरस्कार प्रदान गरिने कर्माचार्यले बताए। उनका अनुसार यसै वर्षको मंसिरदेखि पुरस्कार प्रदान गरिने छ। यो सम्मान नगद दश…
काठमाडौं : नेपाल प्रवासी तामाङ समाज कतारले मिर्गौलापीडित पत्रकार प्रेम स्याङ्तानका नगद ५९ हजार १५० रुपैयाँ हस्तान्तरण गरेको छ। आइतबार तामाङ समाज कतारको नेपालस्थित आधिकारिक संस्था तामाङ समाज नेपालका पदाधिकारीहरुले नेपाल पत्रकार महासंघको आवास गृह तिलगंगामा पुगेर बिरामी स्याङ्तानलाई सहयोग हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरणका क्रममा तामाङ समाज कतारका पूर्वउपाध्यक्ष तथा तामाङ समाज नेपालका सल्लाहकार कुमार मोक्तान, तामाङ समाज नेपालका…
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईपानको ३२ जेठमा हुने निर्वाचनका लागि इन्जिनियर किरण मल्ल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ। आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मल्ल नेतृत्वको समूहले संस्थागत विकास र सुशासनको प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेको हो। अध्यक्षका प्रत्यासी मल्ल साढे दुई दशकदेखि ऊर्जा उत्पादनको क्षेत्रमा क्रियाशील छन्। मल्ल नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा गोरे शेर्पा, उपाध्यक्षमा हिम पाठक, खुला…
काठमाडौं : नेपाली कांग्रेस रुपान्तरण अभियानले आइतवार दाङमा लुम्बिनी प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रम गर्दै पार्टीभित्र देखिएको विकृतिबारे कार्यकर्तालाई सचेत तुल्याएको छ। लुम्बिनी प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ता सहभागी रहेको कार्यक्रममा रुपान्तरण अभियानका नेताहरुले पार्टी लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियामा भन्दा पनि व्यक्तिको विचार र शैलीमा परिचालित हुँदै आइरहेको टिप्पणी गरेका थिए। अन्तर्क्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस रुपान्तरण अभियानका…
काठमाडौं : एमडीएमएस लागू भएपछि फोनको मूल्य नबढ्ने मोबाइल व्यवसायीहरुले स्पष्ट पारेका छन्। आइतवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन र नेपाल मोबाइल वितरक संघले मूल्य नबढ्ने बताएका हुन्। ‘हामी उपभोक्ताहरुलाई ढुक्क बनाउन चाहान्छौं कि मोबाइल फोन उत्पादक कम्पनीले संसारभर फोनको मूल्य र व्यापारीको मार्जिन आफैं निर्धारण गर्ने हुँदा एमडीएमएस लागू भएपछि फोनको मूल्य बढ्ने छैन,’ विज्ञप्तिमा…
बुटवल : बुटवलमा कुटपिट गरी एक पुरुषको हत्या भएको छ। आइतवार दिउँसो बुटवल उपमहानगरपालिका-११ देवीनगरमा अन्दाजी ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने उद्देश्यले कुटपिट गरी हत्या गरिएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए। मृतक पुरुषको पहिचान खुल्न नसकेको उनले बताए। स्थानीयले ती पुरुषले ठेलामा व्यवसाय गर्दै आएको बताएका छन्। हत्यामा संलग्न भएको अभियोगमा १२ वर्षीय…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विधानसम्वत् पार्टी चलाउन नसक्दा नेतृत्वप्रति चौतर्फी असन्तुष्टि प्रकट भइरहेको बताएका छन्। एक अर्कालाई दोष दिनुको सट्टा जिम्मेवार रहेकाहरुले पार्टीको विधानलाई ख्याल गर्नुपर्ने उनले बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस वाग्मती प्रदेशको अधिवेशनको उद्घाटन कार्यक्रममा नेता सिंहले अहिले आवेग नभै विवेक प्रयोग गरेर अगाडि बढ्नु पर्ने बेला रहेको भन्दै सुझबुझ पुर्याउन आग्रह गरे। पार्टीभित्र…
काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर नियमित स्वास्थ्य उपचारका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। स्वास्थ्य उपचारको ‘फलोअप’का लागि अध्यक्ष ठाकुर आज दिउँसो दिल्ली प्रस्थान गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए। उनका अनुसार अध्यक्ष ठाकुर आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि दिल्ली गएका हुन्। उनी उपचार सकेर एकसातापछि स्वदेश फर्कनेछन्।
काठमाडौं : दोस्रो संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ मा मुकुन भुषाल र दिया मास्के उत्कृष्ट अभिनेता/अभिनेत्री घोषित भएका छन्। शनिवार काभ्रेमा सम्पन्न फेस्टिभलमा मुकुन ‘झिंगेदाउ’ बाट उक्कृष्ट हुँदा दियाले भने ‘प्रकाश’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। त्यसैगरि, उत्कृष्ट फिचर फिल्मको अवार्ड भने ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिँगेदाउ’ ले जित्यो। उत्कृष्ट फिचर फिल्म पटकथाको अवार्ड भने ‘प्रकाश’बाट विकास सुवेदीले हात पारे।…