PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

  • पुनलाई बेग्लै वर्गीकरण गरेकोमा मगरहरुको विरोध

    पुनलाई बेग्लै वर्गीकरण गरेकोमा मगरहरुको विरोध

    काठमाडौं : जनगणनामा पुनलाई बेग्लै वर्गीकरण गरेकोमा मगरहरुले विरोध जनाएका छन्। पुन मगर जातिकै एक थर भएको उल्लेख गर्दै मगर संघसंस्था आइतवार काठमाडौंस्थित राष्ट्रिय तथ्याङ्क कार्यालय पुगेका हुन्। मगर जाति नेपालमा सबैभन्दा धेरै जनसंख्याको तेस्रो नम्बरमा रहेको छ। जनगणना २०७८ अनुसार नेपालमा २० लाख १३ हजार ४९८ मगर जाति छन्। पछिल्लो तथ्याङ्कमा पुनलाई अगल्गै वर्गीकरण गरिएको छ। जसमा पुनको संख्या…

    विस्तृतमा पढ्नुस्

  • ३२ वर्षपछि फिल्ममा एकसाथ देखिँदै अमिताभ र रजनीकान्त

    ३२ वर्षपछि फिल्ममा एकसाथ देखिँदै अमिताभ र रजनीकान्त

    भारतीय अभिनेताद्वय अमिताभ बच्चन र रजनीकान्तले लामो समयपछि एकसाथ सहकार्य गर्ने भएका छन्। ३२ वर्षपछि फिल्म ‘थलाइवर १७०’ मार्फत दुवैजना एकसाथ देखिने लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्। अमिताभ र रजनीकान्त पछिल्लो पटक सन् १९९१ मा रिलिज भएको ‘हम’ मा सँगै देखिएका थिए। रजनीकान्तको मुख्य भूमिका रहने ‘थलाइवर १७०’ मा अमिताभ केमियो रोलमा देखिने बताइएको छ। रजनीकान्त हाल फिल्म ‘जेलर’ को छायाङ्कनमा व्यस्त…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा नाला सफा गर्दा भेटियो गोली

    वीरगंजमा नाला सफा गर्दा भेटियो गोली

    वीरगंज : वीरगंज महानगरपालका-६ मा नाला सफाई गर्ने क्रममा १०५ राउन्ड गोली भेटिएको छ। आइतवार बिहान महानगरपालिकाका कर्मचारीहरूले नाला सफाई गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने १०५ थान गोली भेटाएका थिए। त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। पर्सा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोमल शाहले बताए नालाले नाइन एमएमको ३२ थान, ३८ बोरको २४ राउण्ड, एसएलआरको ४ राउण्ड,…

    विस्तृतमा पढ्नुस्

  • त्रिभुवन विमानस्थल बाहिर गोली प्रहार : घाइतेको साथमा भेटियो एक सय ग्राम ब्राउन सुगर

    त्रिभुवन विमानस्थल बाहिर गोली प्रहार : घाइतेको साथमा भेटियो एक सय ग्राम ब्राउन सुगर

    काठमाडौं : काठमाडौंको सिनामंगलमा एक लागूऔषध कारोबारीलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। 'विकास भगत' नाम बताउने युवकलाई गोली हानी नियन्त्रणमा लिइएको हो। आइतवार बिहान लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी कारोबारीलाई नियन्त्रणमा लिएको हो। 'घुँडामुनि गोली लागेको छ। थप अनुसन्धानले खुल्छ,' लागूऔषध नियन्त्रण ब्यूरोका एसपी चक्रराज जोशीले भने। भगतले भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले करिब…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषध नियन्त्रणमा प्रहरीको अपरेसन : गोली प्रहार गरेरै कारोबारी पक्राउ

    लागुऔषध नियन्त्रणमा प्रहरीको अपरेसन : गोली प्रहार गरेरै कारोबारी पक्राउ

    काठमाडौं : काठमाडौंको सिनामंगलमा प्रहरीले गोली प्रहार गरेर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतवार बिहान लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरी कारोबारीलाई नियन्त्रणमा लिएको हो। भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले केही परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। घाइते अभियुक्तलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • एसीसीले पाकिस्तानको 'हाइब्रिड मोडल' स्वीकार्दै : नेपालको एक खेल श्रीलंकामा, अर्को पाकिस्तानमा?

    एसीसीले पाकिस्तानको 'हाइब्रिड मोडल' स्वीकार्दै : नेपालको एक खेल श्रीलंकामा, अर्को पाकिस्तानमा?

    पाकिस्तानमा हुने भनिएको एसियाली क्रिकेट परिषद्(एसीसी) एसिया कपको आयोजनास्थलको विवाद लम्बिएको धेरै भइसक्यो। यस्तोमा पछिल्लो समय पाकिस्तानले प्रस्ताव गरेको 'हाइब्रिड मोडल' अनुसार नै प्रतियोगिता आयोजना हुनेमा सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय सञ्चारमाध्यम द हिन्दुले एसियाली क्रिकेट परिषद्का अध्यक्ष तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले प्रस्ताव गरेको 'हाइब्रिड मोडल'मा सहमति…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमामा गाडी दुर्घटना : एकजनाको मृत्यु,५ जना घाइते

    तिलोत्तमामा गाडी दुर्घटना : एकजनाको मृत्यु,५ जना घाइते

    बुटवल : रुपन्देहीको तिलोत्तमामा स्कर्पियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा गाडी चालक अर्घाखाँचीको छत्रदेब गाउँपालिका वडा नम्बर ८ का ३२ वर्षिय विकास श्रेष्ठ रहेका छन्। उनको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। आइतबार बिहान साढे ३ बजे भैरहवाबाट…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक हैसियत र टठ्याइँँ देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

    राजनीतिक हैसियत र टठ्याइँँ देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन्। आज बिहान बर्दिबास-४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा उनले भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाए। ‘जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ। अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन’, श्रेष्ठले भने। यसअघि राजनीतिक दलका नेताहरूले जिम्मेवारी र दायित्व नबुझ्दा जनताले सुशासनको प्रत्याभूति पाउन नसकेका उनको भनाइ…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन खेलाडीको आँशु र खुशीको साक्षी बन्यो इस्तानबुलको फुटबल मैदान

    च्याम्पियन खेलाडीको आँशु र खुशीको साक्षी बन्यो इस्तानबुलको फुटबल मैदान

    इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि उचाल्यो। टर्कीको इस्तानबुलस्थित एटाटर्क स्टेडियममा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलअन्तरले पराजित गर्दै सिटी च्याम्पियन बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई जित दिलाउन रोड्रीले ६८ औँ मिनेटमा निर्णायक गोल गरेका थिए। पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्दै गर्दा खेलाडी र म्यानेजरहरु मैदानमै रोए र खुशी साटासाट गरे। सबै…

    विस्तृतमा पढ्नुस्

  • बढ्दो तापक्रमसँगै खडेरीले खेतमै सुके मकै, बोट काटेर गाई भैँसीलाई खुवाइँदै

    बढ्दो तापक्रमसँगै खडेरीले खेतमै सुके मकै, बोट काटेर गाई भैँसीलाई खुवाइँदै

    काठमाडौं : खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्। सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन्। भरतपुर महानगरपालिका-८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताए। उनले भने, ‘घोगा लाग्ने बेलामा मकैका बोट…

    विस्तृतमा पढ्नुस्

  • प्रतिमालाई मिस मगर इन्टरनेशनलको उपाधि

    प्रतिमालाई मिस मगर इन्टरनेशनलको उपाधि

    काठमाडौं : यस वर्षबाट सुरु भएको ‘मिस मगर इन्टरनेशनल २०२३’ प्रतिमा आलेमगरले घोषित भएकी छिन्। शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले चार लाख रुपैयाँ पुरस्कारसमेत प्राप्त गरेकी हुन्। विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताइन्। ‘पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ। संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ’, उनले भनिन्। यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति…

    विस्तृतमा पढ्नुस्

  • कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

    काठमाडौं : कालीकोटको शुभकालिका गाउँपालिका-६ गविरामा गए राति लु१च ८४९८ नम्बरका जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिप कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालिकातर्फ जाँदै गर्दा शुभकालिका-६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। दुर्घटनामा परेर जिप चालक शुभकालिका-२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालिका-८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले-३…

    विस्तृतमा पढ्नुस्

  • के मानिस र मुसा सँगै बस्न सक्छन् ? पेरिसले गर्दैछ अनुसन्धान

    के मानिस र मुसा सँगै बस्न सक्छन् ? पेरिसले गर्दैछ अनुसन्धान

    फ्रान्सको राजधानीसँगै अन्य महानगरमा मुसाको संख्या बढ्दो छ। सार्वजनिक स्थानका ‘गार्बेज क्यान’हरुमा मुसा धेरै नै हुन्छन्। जसकारण त्यहाँका स्थानीयले समस्या भोग्दै आएका छन्। अहिले भने त्यहाँ 'के मानिस र मुसासँगै बस्न सक्छन्?' भन्ने विषयमा अनुसन्धान हुने भएको छ। यो अनुसन्धानको उद्देश्य घर वा अपार्टमेन्टमा मानिस र मुसासँगै बस्न सक्छन् कि सक्दैनन् भनेर नजिता निकाल्न भने गरिन लागेको होइन। मुसालाई लिएर…

    विस्तृतमा पढ्नुस्

  • तातो हावाको लहरबाट कस्ता असर पर्छन् र कसरी जोगिने ?

    तातो हावाको लहरबाट कस्ता असर पर्छन् र कसरी जोगिने ?

    काठमाडौं : नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ। यो तराईका जिल्लामा बढ्दो छ। तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ। यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन्। तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ। तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ। इलाम,…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : कोशी प्रदेशमा वर्षा, अरु कुन कुन प्रदेशमा पानी पर्ने सम्भावना?

    आजको मौसम : कोशी प्रदेशमा वर्षा, अरु कुन कुन प्रदेशमा पानी पर्ने सम्भावना?

    काठमाडौं : आज बिहान देशभर  पश्चिमी  वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा  रहेको छ।   महाशाखाका अनुसार बिहान कोशी प्रदेशको पहाडी भू-भागका  एक-दुई स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

    म्यानचेस्टर सिटीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

    यूईएफए च्याम्पियन्स लिगको उपाधि इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ। टर्कीको इस्तानबुलस्थित एटाटर्क स्टेडियममा सम्पन्न खेलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलअन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो। सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा सिटीलाई जित दिलाउन रोड्रीले ६८ औँ मिनेटमा निर्णायक गोल गरे। जितसँगै सिटीले ट्रेबल पुरा गरेको छ। ट्रेबल अर्थात एकैसिजन…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित, नेदरल्याण्ड्स विजयी

    नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित, नेदरल्याण्ड्स विजयी

    काठमाडौँ: नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकामा लगातार दोस्रो अभ्यास खेलमा पराजित भएको छ। शनिवार सम्पन्न नेदरल्याण्ड्ससँगको अभ्यास खेलमा नेपाल ५ विकेटले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनायो। नेपालका शीर्ष क्रमका चार ब्याट्सम्यानले दोहोरो अंकको रननै जोड्न सकेनन्। ओपनर कुशल भुर्तेल ९ रनमा एलबीडब्लू आउट हुँदा आशिफ शेख र अर्जुन साउदले समान…

    विस्तृतमा पढ्नुस्

  • खुमलटारपछि एपीएफ रेलिगेसनमा, थ्री स्टारलाई जोगाउँदै कप्तान लामाले बिदाइको हात हल्लाए

    खुमलटारपछि एपीएफ रेलिगेसनमा, थ्री स्टारलाई जोगाउँदै कप्तान लामाले बिदाइको हात हल्लाए

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगबाट खुमलटार पछि विभागीय टोली एपीएफ रेलिगेशनमा पर्‍यो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १-० गोलको जित निकाल्दै रेलिगेशनबाट आफूलाई जोगाउँदा एपीएफ रेलिगेशनमा गएको हो। पहिलो हाफ गोरहित बराबरीमा रोकिएको खेलको ८३ औँ मिनेटमा पेनाल्टीको अवसरमा गोल गरेपछि थ्रीस्टारले जित निकालेको हो। जितसँगै थ्री स्टार 'ए' डिभिजनमै जोगिएको छ। आजकै…

    विस्तृतमा पढ्नुस्

  • प्लेन क्र्यासमा परेका ४ नावालक ४० दिनपछि घना जंगलमा भेटिँदा...

    प्लेन क्र्यासमा परेका ४ नावालक ४० दिनपछि घना जंगलमा भेटिँदा...

    कोलम्बियाका सैनिकले मे १ मा दुर्घटना परेको विमानमा सवार ४ जना नावालकलाई ४० दिनपछि फेला पारेका छन्। घना जंगलमा हराइरहेका उनीहरु १३, ९ र ४ वर्षका थिए भने एक जना १२ महिनाका।  अलजजिराका अनुसार चारैजना कोलम्बियन जंगलमा सकुशल फेला परेका हुन्। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उनीहरु घना जंगलमा भेटिएको जनाएका छन्।  फेला परेका नावालक सबैआदिवासी समुदायका हुन्। उनीहरु दुर्घटनामा परेको विमान…

    विस्तृतमा पढ्नुस्

  • गर्मीमा कस्ता स्वास्थ्य समस्या देखिन्छन्? बच्न के गर्ने?

    गर्मीमा कस्ता स्वास्थ्य समस्या देखिन्छन्? बच्न के गर्ने?

    यसपटक देशभरका धेरै क्षेत्रमा तापक्रम वृद्धिले ‘रेकर्ड ब्रेक’ गरेको मौसमविद्हरु बताउँछन्। पछिल्ला केही दिनहरुमा तापक्रम बढ्दा देशभरको जनजीवन प्रभावित बनेको छ। तराईका जिल्लाहरुमा तातो हावा (हिट वेभ) बढ्न थालेको छ। तराई क्षेत्रको तापक्रम अहिले ४० डिग्रीभन्दा माथि पुगेको छ। चर्को घाम लागेका कारण मानिसलाई बाहिर हिँड्न हम्मे छ। गर्मीको मार दैनिक ज्याला मजदुरी गर्नेहरुलाई अझ बढी छ, जो कामको लागि बाहिरी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell