पर्वत : लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ। अहिले धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भएपनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न नपाएका हुन्। विगतका वर्षमा जिल्लाका अधिकांश वडामा अहिलेसम्म कोदो रोपाइँ सकिन्थ्यो। केही वडामा धान रोपाइँ हुन्थ्यो तर यस वर्ष भने कुनै पनि वडामा रोपाइँ सुरु नभएको कृषकले बताएका छन्।…
नवलपुर : तराईमा गर्मी बढ्दै जाँदा मध्यनेपालमा पर्ने तराईको जिल्ला नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाउँदै आएको छ। यसअघिका वर्षमा नेपालगञ्ज, वीरगंज, धनगढीलगायत शहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भएपनि यसवर्ष नवलपुरले उच्च तापक्रममा नयाँनयाँ ‘रेकर्ड’ बनाउँदैछ। जल तथा मौसम विज्ञान विभागले हरेक २४ घण्टामा सार्वजनिक गर्ने देशको उच्च तापक्रममा नवलपुरको दुम्कौलीले दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको…
डम्मर बुढामगर- ढोरपाटन : काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरेकी छन्। अब गाउँमा मान्छेनै नहुने चिन्ता भण्डारीलाई छ। एक दशक अगाडिसम्म गाउँबाट बसाइँसराइ…
काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी…
वीरगंजः भारतको उडिसा राज्यको बालासोरमा गत मंगलबार राति २८८ जनाको ज्यान जानेगरी भएको रेल दुर्घटनामा मृत्यु भएका एक युवकको शव पर्सा ल्याइएको छ । पर्सा छिपहरमाई गाउँपालिका ५ भिस्वा बस्ने २१ वर्षीय इन्द्रजित पासवानको रेल दुर्घटनामा मृत्यु भएको हो। खनाखतपछि शव नेपाल ल्याइएको हो। रोजगारीका सिलसिलामा भारत गएका पासवानको दुर्घटनमा मृत्यु भएको हो। पासवनाका भिनाजु र भतिजाको समेत सोही दुर्घटनामा…
काठमाडौँः सर्वोच्च अदालतमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि उजुरी दिने कानुन व्यवसायीको लर्को लागेको छ। संसदीय सुनुवाइ समितिमा दर्जनभन्दा बढी कानुन व्यवसायीले उजुरी दर्ता गरेका हुन्। कार्कीमाथि उजुरी दिने समयसीमा शुक्रबार सकिएको छ। समितिले दश दिनको समय दिएर जेठ १७ गतेबाट उजुरी आह्वान गरेको थियो। कार्कीमाथि बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले पनि सुनुवाइ समितिमा उजुरी दिएका छन्। कार्कीमाथि अधिवक्ता उत्तमबहादुर श्रेष्ठ, युवराज…
बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ। प्रदेश प्रमुख अमिक शेरचनले शुक्रवार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई प्राथमिकतामा राखेको छ। रोजगारी सिर्जना गर्ने नवीनतम उद्योग र पर्यटन क्षेत्रलाई पनि सरकारले प्राथमिकता दिएको छ। सरकारले स्थायी…
वीरगंज : अत्यधिक गर्मीका कारण पर्साको जनजीवन प्रभावित भएको छ। गर्मीकै कारण दिउँसो बजारमा चहलपहल पातलिएको छ। मानिसहरू गर्मीका कारण बाहिर निस्कन कम गरेका छन्। महानगरलगायत जिल्लाका १४ वटै पालिकामा जेठ २६ गतेसम्मको लागि शैक्षिक संस्थाहरू बन्द गरिएको थियो। आज वीरगंज महानगरले पुनः सूचना जारी गर्दै गर्मी बिदालाई असार १ गतेसम्म निरन्तरता दिएको बताएको छ। मौसम पूर्वानुमान महाशाखाले अझै पाँच…
काठमाडौं : जारी शहीद स्मारक 'ए' डिभिजन लिगमा एफसी खुमलटार रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा च्याम्पियन चर्च ब्वाइजसँग २-० गोलअन्तरले पराजित भएसँगै खुमलटार 'ए' डिभिजन लिगमा सहभागिता जनाएको वर्ष नै रेलिगेसनमा परेको हो। सातदोबाटोमा आज सम्पन्न खेलको २१ औं मिनेटमा एरिक बिष्टको फ्रिकिकमा सुनिल साहले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए। राजीव लोप्चनले अञ्जन बिष्टलाई खराब…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू कांग्रेस सुधार्न लागिपर्ने बताएका छन्। चितवनमा डेमोक्रेटिक लयर्स एसोसिएसनको एघारौं महाधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले उक्त भनाइ राखेका हुन्। विश्वभर अहिले राजनीतिक नेतृत्व आलोचित भएरहेको अवस्थामा नागरिकको कठघरामा उभिएर आफ्नो औचित्य प्रमाणित गर्न हम्मे भएको अवस्थामा सबैले आत्मसमीक्षा गर्नुपर्नेसमेत उनले बताए। 'राजनीति र राजनीतिज्ञ यतिखेर नेपालमा मात्र होइन विश्वभरी नै आलोचित…
काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जिल्ला निर्वाचन कार्यालय खारेजीको पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट पारेका छन्। जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयमा भएको छलफलमा आफूले उक्त मत राखेको सहमहामन्त्री परियारले बताए। ‘जिल्ला निर्वाचन कार्यालयले तटस्थ भएर गरेको छ’, छलफलपछि परियारले भने, ‘मैले पार्टीको तर्फबाट यो निर्णय ठीक नभएको धारणा राखेको छु।’ नयाँ बजेटमा सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शुक्रवार बिदाई भेट गरेकी छन्। राजदूत क्यापलर आफ्नो साँढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै छिन्। राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्वीस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताएको उनका परराष्ट्र विज्ञ डा सुरेशचन्द्र चालिसेले बताए। सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबिचको…
क्यानडामा भारतका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको मृत्युमा उत्सव मनाइएपछि भारत सरकारले विरोध जनाएको छ। जुन ४ मा क्यानडाको ब्रैंपटन शहरमा खालिस्तान समर्थक शिख समुदायका व्यक्तिहरुले पाँच किलोमिटर लामो पदयात्रा निकालेका थिए। त्यस क्रममा रातो सारीमा रगतले लतपत इन्दिरा गान्धीको तस्विर देख्न सकिन्छ। सो तस्विरमा दुईजना शिख सैनिकले गोली हानिरहेको अर्को तस्विरलाई झाँकी नै बनाएर गाडीमा राखेर परेड गरिएको थियो। सो परेडको तस्विर र भिडियो…
बलिउड फिल्म ‘ओ माई गड २’ को प्रदर्शन मिति तय भएको छ। अक्षय कुमारसहित यामी गौतम र पंकज त्रिपाठीको मुख्य भूमिका रहेको यो फिल्म अगस्ट ११ (साउन २६) गते रिलिज हुनेछ। केही समयअघि यो फिल्म ओटीटी प्लेटफर्ममा रिलिज हुने चर्चा चल्दै आएको थियो। तर, अक्षयकुमारले इन्स्टाग्राममार्फत फिल्मको पोस्टर सेयर गर्दैं हलमै रिलिज हुनेबारे पृष्टि गरेका हुन्। यो फिल्म सन् २०१२ मा रिलिज…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा आज ४ खेल हुँदैछन्। आज हुने खेलबाट रेलिगेसनमा जाने कम्तीमा एक टोलीको या रेलिगेसनमा जाने दुबै टोलीको समेत टुंगो लाग्न सक्छ। आजको खेलमा खुमलटार र फ्रेन्ड्स क्लब दुबै पराजित भए या बराबरीमा रोकिए रेलिगेसनमा जाने टोली यी दुई नै बन्नेछन्। तर, यी दुबै टोलीले जित निकालेको खण्डमा रेलिगेसनमा जाने दुबै टोलीको टुंगो लाग्न शनिवारको थ्री स्टार…
काठमाडौं : सडक विभागले पटक-पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ। निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो। सडक विभाग पुल महाशाखाका प्रमुख नरेशमान शाक्यका अनुसार कुनै ठेक्कामा ढिलाइ भए पनि सकेसम्म उसैबाट काम गराइने र काम हुने अवस्था नभएमा मात्रै तोडिने छ। गोरखामा…
भारतको मुम्बईमा एक प्रेमीले आफ्नै प्रेमिकाको हत्या गरेको घटना अहिले चर्चामा छ। ५७ वर्षीय मनोज साधेले ३२ वर्षीया सरस्वती वैद्यको हत्या गरि उनको शरीर टुक्राटुक्रा पारेको प्रहरीको दाबी छ। बुधवार गीता आकाशदीप सोसाइटीका बासिन्दाले फ्ल्याट नम्बर ७०४ बाट गन्ध आइरहेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सो फ्ल्याटबाट महिलाको टुक्रा टुक्रा पारिएको शव भेट्टायो। मनोज र सरस्वती ‘लिभ इन रिलेसन्सिप’ मा थिए।…
बहुप्रतिक्षित फिल्म आदिपुरुषको आधिकारिक काउन्ट डाउन सुरु भएको छ। पौराणिक कथाको चर्चित राम र रावणको युद्धमा आधारित रामायणको रिक्रियसनप्रति धेरैको चासो बढ्नु स्वभाविक पनि हो। भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले प्रभास, कीर्ति सेनन र सैफ अली खानको फिल्मलाई 'यू' सर्टिफिकेट दिएको छ। फिल्मको अवधि २ घन्टा ५९ मिनेट रहने जनाइएको छ। आदिपुरुषका निर्माताहरुले फिल्मलाई मनोरञ्जनात्मक मात्र भनेका छैनन्। युवा…
काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो। मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ। विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा…
काठमाडौं : आज बिहान देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी,गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको…