नेटफिल्क्स सिरिज 'लस्ट स्टोरिज २' को टिजर केहीदिन अघिमात्रै रिलिज भयो। सन् २०१८ मा रिलिज भएको 'लस्ट स्टोरिज'को बहुप्रतिक्षित सिक्वेल जुन २९ मा 'स्ट्रिम' हुने भएको छ। यसपटक लस्ट स्टोरिजमा काजोल, निना गुप्ता, तमान्ना भाटिया, तितोलमा सोमे लगायतका कलाकार मुख्य भूमिकामा देखिँदैछन्। चार 'सेग्मेन्ट'मा बाडिँने लस्ट स्टोरिज् २ को निर्देशन अमित रविन्द्रनाथ, कोनकना सेन शर्मा, आर बाल्की र सुजय घोषले गरेका हुन्।
काठमाडौं : क्रिकेट विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली क्रिकेट टोलीले बिहीवार दक्षिण अफ्रिकासँग अभ्यास खेल खेल्दैछ। खेल दिउँसो १:१५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। नेपालले दक्षिण अफ्रिकामा दुई खेल खेलेर त्यहीबाट जिम्बावे पुग्नेछ। दक्षिण अफ्रिकामा नेपालको दोस्रो अभ्यास खेल नेदरल्याण्ड्सविरुद्ध हुनेछ। जिम्बावेमा विश्वकप छनोटअघि यूएई र ओमनसँग खेल्नेछ। आईसीसी विश्वकप छनोटको पहिलो खेलमा…
काठमाडौं : डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ। भक्तपुरको एक पार्टी प्यालेसमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्ने जनाइएको छ। बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन्। यसका साथै सांगठनिक…
अमेरिकाको न्यूयोर्कमा क्यानडाको क्युबेकमा लागेको डढेलोका कारण वायु प्रदूषण बढेको छ। मंगलवार यता न्यूयोर्क विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ। डढेलोले एकहप्ता यता उत्तरपूर्वी अमेरिका र मध्य एट्लान्टिक शहरमा प्रदूषण बढाएको हो। फोर्ट लीको न्यू जर्सीमा एक व्यक्ति जर्ज वाशिंगटन ब्रिज नजिक फोनमा कुरा गर्दै। Photo: Seth Wenig/AP आइक्यूएयरका अनुसार मंगलवार न्यूयोकको वायुको गुणस्तर २०० भन्दा माथि थियो। बुधवार कुवेतसँगै न्यूयोर्कको वायुको गुणस्तर १७०…
बुटवल : बुटवल हिल्सद्वारा सञ्चालित लुम्बिनी केबलकार प्रालिको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीवार बुटवल आउँदैछन्। बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुर जोड्ने केबलकारको बिहान साढे दश बजे प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने कार्यक्रम छ। दाहालसँगै एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पनि उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। यही जेठ १५ गतेदेखि व्यवसायिक…
काठमाडौं : विगत केही दिन देखि देशका अधिकांश भू-भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। देशको तराई भू-भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ। आगामी केही दिन तराईका धेरैजसो भू-भागहरूमा…
काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान माहाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई…
अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट साउदी अरबको क्लब अह हिलाल र पूर्व क्लब बार्सिलोना जाने चर्चाबीच मेस्सी मेजर लिग सकर (एमएलएस) मा जाने बीबीसीले जनाएको छ। मियामीसँगको उनको सम्झौतामा एडिडास र एप्पलजस्ता ब्रान्डको साझेदारी रहेको बताइएको छ। सात पटक विश्वकप उत्कृष्ट फुटबल खेलाडीका रुपमा बालोन डीओर जितेका मेस्सीले…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशथर रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स र संकटा क्लब १-१ गोलको बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५३ औँ मिनेटमा टेरिक जेब्रिनको गोलमा फ्रेन्ड्स क्लबले अग्रता बनाएको थियो। तर, ७० औँ मिनेटमा संकटाका जुनियर एनकेन्गुइले गोल फर्काउँदा खेल १-१…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई मछिन्द्र क्लबले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा शेर्पालाई मछिन्द्रले ३-१ गोलअन्तरले हराएको हो। खेलको २६ औँ मिनेटमा विमल घर्ती मगरको गोलमा मछिन्द्र क्लबले अग्रता बनाएको थियो। दोस्रो र तेस्रो गोल ओलावाले अफीजले गरे। उनले ६८ र ७७ औँ मिनेटमा गोल गरेका थिए। ८० औँ मिनेट…
पाकिस्तानमा हुने भनिएको एसिया कप संचालनबारे अझै कुनै निर्णय हुन सकेको छैन। भारतले पाकिस्तान गएर नखेल्ने र पाकिस्तानले पनि अन्य देशमा प्रतियोगिता भए बाहिरिने चेतावनीले एसिया कप ओझेलमा परेको हो। पाकिस्तान क्रिकेट बोर्डले भारतको खेल 'न्यूट्रल भेन्यू'मा हुने गरि 'हाइब्रिड मोडल' समेत प्रस्ताव गरेको थियो। तर, पीटीआइका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँगै श्रीलंका, बंगलादेश र अफगानिस्तानले पनि 'हाइब्रिड मोडल'लाई अस्वीकार…
काठमाडौं : कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ। कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए। आन्दोलनलाई मत्थर बनाउन तथा समस्या समाधान गर्न जेठ १५ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग आन्दोलनलाई हिंसात्मक नबनाउन र समस्या समाधान गर्नका लागि वार्तामा आउन आह्वान गर्दै आएका थिए। विभिन्न राजनीतिक दलका साथै प्रदेशसभाको…
काठमाडौं : काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आर्ट काउन्सिल नेपालका हलहरुमा अहिले छुट्टै माहोल बनेको छ। भित्ताभरि रंगिन पेन्टिङहरु सजिएका छन्। कलाकृतिहरु हेर्न आउने दर्शकको भिड पनि बाक्लै छ। यो माहोल जुटाइदिएको हो ‘राष्ट्रिय ललितकला प्रदर्शन २०८०’ ले। जेठ १५ गतेबाट सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीमा देशैभर छरिएर रहेका कलाकारका कलाकृतिहरु अटाएका छन्। प्रदर्शनीमा सातै प्रदेशका ६१० कलाकारहरुका झण्डै…
काठमाडौं: 'नाङ्गो गाउँ’ का निर्देशक दीपेन्द्र लामाले फिल्मले रिलिज अघि नै लगानी उठाउने दाबी गरेका छन्। फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन राइट्स बिक्रीबाटै लगानी बराबर रकम उठाउने उनको दाबी हो। ‘हालसम्म १० भन्दा बढी विदेशी मुलुकमा नाङ्गो गाउँको प्रदर्शन अधिकार बिक्री भइसकेको छ। सबै गरेर हालसम्म १ करोड १५ लाखमा राइट्स बिक्री भइसकेको छ। अझै अन्य देशमा पनि फिल्म रिलिज हुने कुरा भइरहेको छ’, उनले भने। नाङ्गो…
भारतको नागाल्यान्ड सरकारले कुकुरको मासु ओसारपसार र बिक्री वितरणमा लगाएको रोकलाई गुवाहाटी उच्च अदालतले खारेज गरेको छ। कुनै कानुनी आधार बिना नै मासुको बिक्रीमा रोक लगाएको अदालतको ठहर छ। सन् २०२० जुलाई ४ मा कुकुरको मासुमाथि राज्यमा प्रतिबन्ध लगाइएको थियो। सन् २०२० मै उच्च अदालतले मासुको बिक्री वितरणमा लगाएको प्रतिबन्धलाई अस्थायी रुपमा रोक लगाएको थियो। केही दिन अघि आएको अदालतको पूर्ण पाठमा सो प्रतिबन्ध…
भारतको नयाँ संसद भवनमा राखिएको 'अखण्ड भारत' नक्सालाई लिएर विवाद जारी छ। नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्र नक्सामा देखाइएको भन्दै विरोध भइरहँदा बंगलादेशले पनि भारतसँग नक्साबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। बंगलादेशकाका विदेश मन्त्री शाहरियर आलमले नयाँ दिल्लीमा रहेको दूतावासलाई भारतसँग नक्साबारे स्पष्टीकरण माग्न निर्देशन दिएको दि हिन्दुले उल्लेख गरेका छन्। बंगलादेशमा भने सत्तारुढ अवामी लिगबाहेकका पार्टीले नक्साको विरोध गरिरहेका…
काठमाडौं : सिर्सिया नदीलाई प्रदूषण मुक्त बनाउन र चुरे वन जंगल संरक्षणको माग गर्दै माइतीघरमा अभियन्ताहरुले धर्ना दिएका छन्। चुरे अभियन्ता सुनिल यादवको नेतत्वमा संरक्षणकर्मीहरु वीरगंजदेखि काठमाडौंको माइतीघरसम्म आएर धर्नामा बसेका हुन्। धर्नामा बसेकाहरुले सिर्सिया नदीलाई अतिक्रमण मुक्त र प्रदूषण मुक्त बनाउन माग गरेका थिए। यस्तै, चुरे क्षेत्रको संरक्षणमा पनि सरकारले चासो राख्नुपर्ने उनीहरुको नारा थियो। धर्ना कार्यक्रममा उपप्रधानमन्त्री एवम्…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणका विषयमा राष्ट्रिय सभामा प्रष्टिकरण दिएका छन्। बुधवार प्रधानमन्त्री प्रचण्डले आफूले वैशाख २४ गतेकै दिन नागरिकता विधेयक प्रमाणीकरण होस् भन्ने चाहेकोमा भारत भ्रमणमा निस्केकै दिन परेको बताए। 'मेरो त चाहना बजेट सेसन गरेकै दिन २४ गते होस् भन्ने थियो,' प्रधानमन्त्रीले भने, 'संयुक्त अधिवेशन भएकै दिन। मैले संविधान विज्ञदेखि बार एसोसिएनको टिम नै…
काठमाडौं : अभिनेता दयाहाङ राई फिल्म ‘कार्साङ’ मा अनुबन्धित भएका छन्। याम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्ममा राई मुख्य भूमिकामा देखिनेछन्। यार्सा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहनेछ। फिल्मको ९० प्रतिशत छायाङ्कन सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका-६ र बाँकी भोटेकोसी क्षेत्रमा हुनेछ। समाजिक कथावस्तुमा निर्माण हुने फिल्मको अन्य कलाकारहरुको भने टुंगो लागेको छैन। अडिसनमार्फत कलाकार छनोट गरिने निर्देशक शेर्पाले जानकारी दिए। निर्देशक…
क्यानडाको क्युबेकमा लागेको डढेलोका कारण अमेरिकाको न्यूयोर्कमा वायु प्रदूषण बढेको छ। मंगलवार यता न्यूयोर्क विश्वकै प्रदूषित शहरको सूचीमा परेको छ। डढेलोले एकहप्ता यता उत्तरपूर्वी अमेरिका र मध्य एट्लान्टिक शहरमा प्रदूषण बढाएको हो। आइक्यूएयरका अनुसार मंगलवार न्यूयोकको वायुको गुण्स्तर २०० भन्दा माथि थियो। बुधवार कुवेतसँगै न्यूयोर्कको वायुको गुणस्तर १७० रहेको छ। यो भनेको न्यूयोर्कको वायु निकै अस्वस्थकर हुनु हो। वायु प्रदूषण बढेपछि न्यूयोर्क…