बुटवल : कपिलवस्तु प्रहरीले स्रोत नखुलेको चार लाख बढी भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका-३ का २२ वर्षीय राजकुमार पुन रहेका छन्। कृष्णनगर नगरपालिका-२ यात्रुगेट नजिकैबाट मंगलवार राति ९ बजेतिर ४ लाख १७ हजार भारतीय रुपैयाँसहित पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए। भारतबाट नेपालतर्फ पैदल आउँदै…
अमेरिकाको भर्जिनियामा एक विद्यालयको दीक्षान्त समारोहमा गोली चलेको छ। रिचमण्डमा रहेको ह्युजनट हाइ स्कुलको दीक्षान्त समारोहमा गोली चल्दा दुईजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन्। यो घटनापछि बुधवारका लागि तय भएको अन्य दीक्षान्त समारोहसँगै कक्षाहरु पनि स्थगित गरिएको छ। मृत्यु हुनेमा दीक्षान्त समारोहमा सहभागी भएका १८ वर्षीय विद्यार्थी र उनका ३६ वर्षीय बुवा रहेको प्रहरीले जनाएको छ।…
काठमाडौं : ठमेलमा एक युवतीको हत्या भएको छ। काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती वहाल डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जानकारी दिएको छ। हत्या अभियोगमा प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-१० घर भएका ३० वर्षीय अमर रञ्जितकारलाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरू बिच आपसी विवाद भइ झै-झगडा एवम्…
काठमाडौं : अस्पतालको लाखौं रुपैयाँ ठगी गर्ने तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरमा बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका - ४ घर भएका ३४ वर्षीय राघव सापकोटा, ललितपुर गोदावरी नगरपालिका - ११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटार बस्ने वर्ष ३४ को…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगले मंगलवार ‘च्याम्पियन’ पायो। ‘ए’ डिभिजन लिगमा उक्लिएकै वर्षमा चर्च ब्वाइज ‘च्याम्पियन’ बन्यो। मंगलवार दुई महत्वपूर्ण खेलमध्ये एउटामा चर्च ब्वाइज थ्री स्टारसँग बराबरी खेलेर ‘च्याम्पियन’ बन्दा अर्को खेलमा एपीएफलाई हराएर चर्च खुमलटार एफसीले ‘रेलिगेशन’ तत्काललाई टार्यो। लिगको ‘च्याम्पियन’ मिलेपछि अबको मुख्य चासो छ ‘रेलिगेशन’मा जाने टोली कुन? अंकतालिका हेर्दा ‘रेलिगेशन’को जोखिममा सबैभन्दा तीव्र प्रतिस्पर्धा तीन टोलीबिच…
बलिउडका मेगास्टार अमिताभ बच्चनको फ्यान फलोइङ कस्तो छ भन्ने सबैलाई थाहा भएकै विषय हो। उनको घर अगाडि लाग्ने भिडले त्यसको झल्को दिने नै गर्छ। अमिताभको नियमित कामभित्र पर्छ तिनै फ्यानसामु देखिनु। हात हल्लाउनु र उनीहरु प्रेम प्रदर्शन गर्नु। यी सबै गतिविधि गरिरहँदा अमिताभको खुट्टा भने नाङ्गै देखिन्छ। समर्थकको प्रश्न हुने गर्छ - आखिर यति ठूलो सुपरस्टार नाङ्गै पैताला किन सामुन्नेमा…
काठमाडौं : मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा अहिले जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बसेको हो।
काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान माहाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै…
काठमाडौं : उपत्यकालाई निजगढसँग जोड्ने काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट-ट्रयाक) आयोजनाअन्तर्गत निर्माण हुने सुरुङमार्गको डिजाइन नेपाली सेनाले परिवर्तन गरेको छ। पहिले प्रस्तावितका तुलनामा अब सुरुङको संख्या बढे पनि पहिरो रोकथाममा हुने खर्च जोगिने दाबी गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन थापाका अनुसार डिजाइन परिवर्तनका लागि सेनाले सरकारसँग स्वीकृति मागेको थियो। ‘पहिरो जाने जोखिम भएको ठाउँमा सुरुङमार्ग बनाउन डिजाइन परिवर्तन…
काठमाडौंः सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध एक जिल्ला न्यायाधीशले उजुरी दिएका छन्। संसदीय सुनुवाइ समितिले आश्वान गरेको समय सीमाभित्र अर्घाखाँची जिल्लामा कार्यरत न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले उजुरी दिएका हुन्। कार्की न्यायलयको नेतृत्वका लागि असक्षम रहेको व्यहोरामा उजुरी परेको समिति स्रोतले बतायो। उजुरीमा कार्कीलाई नियुक्तिका लागि सिफारिस नगर्न पनि माग गरिएको छ। यस्तै, कार्यविधि कानुन अभावमै भएको सिफारिस त्रुटिपूर्ण भएकोमा पनि ध्यानाकर्षण…
काठमाडौंः सुनकोसी नदीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का दुई कर्मचारीको शव फेला पारिएको छ। हराइरहेको गाडी र दुई शव प्रहरीले फेला पारेको हो। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको टोलीले मंगलबार साँझ गाडी र दुई शव बाहिर निकालेको हो। शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ स्थित…
काठमाडौं : नेपाली कांग्रेसका सांसद् विमलेन्द्र निधिले संविधान र सङ्घीयताको कार्यान्वयनलाई उच्च प्राथमिकता दिइनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले संविधानको कार्यान्वयनका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका, राजनीतिक दल, नागरिक समाज र सञ्चार जगत् प्रतिबद्ध हुनुपर्ने बताए। उनले निर्वाचन तालिकालाई बदलेर संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन गर्न…
काठमाडौं : चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलवार सम्पन्न २५ औं चरणको खेलमा थ्री स्टार क्लबलाई हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो। ए डिभिजन लिग प्रवेश गरेको पहिलो सिजनमा नै चर्च ब्वाइज विजेता बनेको हो। बराबरीमा रोकिएको पहिलो हाफमा दुबै टोलीले केही अवसर बनाए पनि गोल हुन सकेन। खेलको ३८ औं…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए। केन्द्रीय गठबन्धनमा आएको फेरदलको कारण आफूहरुले समर्थन फिर्ता लिएको उनले बताए। आज बसेको माओवादी केन्द्रकाे संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादी केन्द्रबाट सरकारमा…
काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर समूहले थालेको रुपान्तरण अभियान कर्णाली पुगेको छ। मधेश, वाग्मती, गण्डकी हुँदै मंगलबार कर्णालीको सुर्खेतमा कांग्रेसको रुपान्तरण अभियान पुगेको हो। नेतृत्वप्रतिको वितृष्णको कारण कार्यकर्तामा निराशा आएको भन्दै संस्थापनइतर समूहले देशभर रुपान्तरण अभियान थालेको हो। सुर्खेतमा आयोजित रुपान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले कार्यकर्तामा देखिएको निराशा आशामा बदलिने विश्वास व्यक्त गरे। नेतृत्वले गलत गर्दा…
काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ। सोमवार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाँया आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो। श्रेष्ठले नेपालमै बनेको लेन्स राख्न पाउँदा गर्व महसुस भएको बताए। ‘मोती बिन्दुको शल्यक्रिया गर्दा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउदा मलाई गर्व महसुस भएको छ,' श्रेष्ठले लेखेका छन्। श्रेष्ठको आँखामा तिलगंगा आँखा अस्पतालमै बनेको इन्ट्राकुलर लेन्स (मोतिविन्दु शल्यक्रिया…
फिल्म ‘आदिपुरुष’ असार १ गतेबाट सिनेमाहलमा प्रदर्शन हुँदैछ। यसैबीच, निर्माणटिमले फिल्म प्रदर्शन हुने हरेक हलमा एक सिट भने खाली राखिने अर्थात सो सिट बिक्री नगर्ने निर्णय भएको छ। रामको कथा माथि आधारित फिल्म हो ‘आदिपुरुष’। रामका सबैभन्दा ठूला भक्त हनुमानको सम्मानमा एक सिट खाली राख्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यम उल्लेख छ। ‘जहाँ रामायण पाठ हुन्छ, त्यहाँ भगवान हनुमान प्रकट हुन्छन् भन्ने…
काठमाडौं : नेपालमा अवैध भिओआइपी सञ्चालनमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिक सहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले मंगलबार ललितपुरबाट दुईजनालाई पक्राउ गरेको हो। ललितपुरमा बैकुण्ठराज बुढाथोकीको घरमा कोठा भाडामा लिएर बसेका ४० वर्षीय चिनियाँ नागरिक यस घटनाका मुख्य अभियुक्त भएको देखिएको छ। प्रहरीले गणेश श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले कोठाबाट ४ लाख ८३…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा प्रकाश शरण महतमाथि करको दर हेरफेर गरेको प्रकरणमा संलग्नता रहेको बारे प्रश्न गरेका छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा ओलीले करको दर हेरफेरमा अर्थमन्त्रीको संलग्नताबारे प्रश्न गरेका हुन्। 'अर्थमन्त्री ज्यू यहाँको कति हात छ? तपाईं मातहत को कति?' उनले प्रश्न गरे। 'को को बस्ने भनेर मेरो सरकारले निर्णय गरेको' ओलीले आफू नेतृत्वको सरकारले २०७५…
काठमाडौं : सुदूरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोधारा चादनी सुख्खा बन्दरगाह निर्माणको विषय उठाएका छन्। प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गङ्गा दशहरा मेला उद्घाटन गर्न मंगलवार खप्तड पुगेका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले पहिलेभन्दा फरक ढङ्गले आफू सुदूरपश्चिमको आर्थिक विकासमा लागेको बताए। उनले भने, ‘स्वास्थ्य विज्ञान विश्वविधालय, दोधारा चादनीको सुख्खा बन्दरगाह, सीमापुल निर्माण लगायतका थुप्रै विकास आयोजनामार्फत सुदूरपश्चिम…