काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा जयराज आचार्यलाई प्रदान गरेका छन्। युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा सोमवार शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पुर्याएवापत डा आचार्यलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। नगद एक लाख नगदसहित पुरस्कारमा सम्मानपत्र…
काठमाडौं : प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय आधारमा आफ्ना धारणा व्यक्त गरिरहेका छन्। महतले यही जेठ १५ गते सङ्घीय…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुटका कारण कांग्रेस उम्मेदवारले हार्नुपर्ने अवस्था आएको बताएका छन्। प्रशिक्षण विभाग लुम्बिनीको आयोजनामा दाङको लमहीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले उक्त भनाइ राखेका हुन्। 'हाम्रो पार्टीमा तलदेखि माथिसम्म गुट छ। वडाको क्रियाशील बनाउनेदेखि महाधिवेशनसम्म गुट हुन्छ,' थापाले भने, 'हाम्रो कल्चर नै यस्तो। टिकट बाँड्दा त्यो देखिन्छ। एउटाले नपाएपछि अर्को हराउन लाग्छ। त्यसपछि…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना पठाएका छन्। पाण्डेको ७२ वर्षको उमेरका जेठ १३ गते निधन भएको थियो। राष्ट्रपति पौडेलले समवेदना सन्देशमा सादा र सरल जीवन शैलीकी धनी पाण्डेका योगदानले हरेक नेपालीलाई प्रेरणा प्रदान गर्ने बताएका छन्। पाण्डेको निधनले लोकतान्त्रिक आन्दोलन र मुलुकलाई अपुरणीय क्षति पुगेको राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा उल्लेख छ। राष्ट्रपति पौडेलले पुरुषहरूलाई…
किआरा आडवानी र कार्तिक आर्यनको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘सत्य प्रेमकी कथा’ को ट्रेलर सार्वजनिक भएको छ। कात्तिक र किआराबीचको भेट, प्रेमसम्बन्ध र उनीहरुको जीवनमा आउने उतावचढावको कथालाई ट्रेलरमा देखाइएको छ। समीर विदवान्सले निर्देशित फिल्मको कथा करण श्रीकान्त शर्माले लेखेका हुन्। फिल्ममा साजिद नाडियाडवाला, शरीन मन्त्री केडिया र किशोर अरोराको लगानी रहेको छ। यस फिल्ममा गजराज राव, सुप्रिया पाठक, राजपाल यादव लगायतका…
काठमाडौं : लक्ष्मण सुनारको निर्देशनमा फिल्म ‘फनफनी’ बन्ने भएको छ। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दैँ फिल्मबारे घोषणा गरेको हो। कमेडी तथा पारिवारिक जनरामा बन्ने फिल्ममा हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माताका रुपमा रहनेछन्। सुनारकै लेखन रहेको फिल्मको छायाङ्कन नेपाल, भारत र अस्ट्रेलियामा गरिनेछ। तिहारपछि फ्लोरमा जाने फिल्ममा अभिनेता आर्यन अधिकारी अनुबन्धित भएका छन्। अन्य कलाकारहरुको छनोट कार्य जारी रहेको…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशसँगको बाटोका लागि नेपाली जमिन सट्टापट्टा गर्न नमिल्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा पारवहनका लागि नेपालको कालापानी लिपुलेक साट्न सकिने विषयमा छलफल भएको बताएका थिए। ओलीले उक्त छलफल नै गलत भएको बताएका हुन्। 'बंगलादेश जाने बाटो, पारवहनको विषय सट्टापट्टाको विषय होइन यो अधिकारको विषय हो,' उनले भने। 'बंगलादेश मोडल'…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आफूलाई अप्ठेरोमा नपार्न चेतावनी दिएका छन्। सोमवारको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले ग्रेटर भारतको नक्साका बारेमा जवाफ दिएका थिए। उनले भारतको नयाँ संसदमा नै आफू नगएको प्रष्टिकरण दिए। 'म र मोदी नयाँ संसद भवन अगाडि गएकै छैनौं,' उनले भने। ग्रेटर भारतको नक्साबारेमा आफूले भारतीय पक्षसँग कुराकानी गरेको उनले दाबी गरे। उनले…
वीरगंज : राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि सर्वोच्च अदालतले रोक लगाएपछि वीरगंजमा प्रदर्शन गरिएको छ। नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा सोमवार वीरगंजमा युवाहरुले प्रदर्शन गरेका हुन्। युवाहरुले वीरगंजको घण्टाघर चोकमा जम्मा भएर नाराबाजी गरेका थिए। जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर केही बेर धर्ना दिएका उनीहरूले त्यसपछि पुन: जुलुससहित नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए। नगरपरिक्रमा पछि पुन: घण्टाघरमा पुगेर…
काठमाडौं : प्रतिनिधि सभाको सोमवारको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबिच दोहोरी चलेको छ। दोहरी चलेपछि प्रचण्डलाई संसदमा बोल्न सकस परेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोष्टममा बोलिरहेका बेला प्रतीपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध जनाएपछि सत्ता पक्षका सांसदहरुले पनि उठेर एमालेको विरोध जनाएका थिए। नागरिकता विधेयकका बारेमा राष्ट्रपति रामचन्द्र पौडलेको प्रचण्डले बचाउ गर्दा एमालेका सांसदले आक्रोश व्यक्त गरेका हुन्।…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले २ पटकसम्म नागरिकता विधेयक रोकेर संविधान कुल्चिएको आरोप लगाए। 'संसदबाट प्रमाणीकरण गरेर दुई दुई पटक राष्ट्रपतिकोमा गएको थियो। राष्ट्रपतिले होल्डमा राख्नुभयो,' प्रचण्डले भने। उनले पहिलो पटक विधेयक सदनमा फिर्ता राष्ट्रपतिले पठाउन मिल्ने भए पनि दोस्रो पटक नमिल्ने हुँदाहुँदै रोकेर संविधान…
काठमाडौं : राजस्व छली गरेर ल्याएको सामानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले आइतवार राति ललितपुर महानगरपालिका वडा नम्बर २६ चिवहालबाट सामान सहित दुई जनालाई नियन्त्रणमा लिएको हो। बारा जितपुर सिमरा उपमहानगरपालि १४ डुम्बरवाना बस्ने ३४ वर्षीय दीपकप्रसाद लामिछाने र भारत बिहार, मोतिहारी छतौनीका सचिन कुमार चौरासियालाई नियन्त्रणमा लिएको हो। राति वाग्मती प्रदेश ०१-०२६ च ८९८० नम्बरको…
ज्लाटन इब्राहिमोभिचले फुटबलबाट सन्न्यास लिएका छन्। इटालीको क्लब एसी मिलानका इब्राहिमोभिचले ४१ वर्षको उमेरमा फुटबलबाट सन्न्यास लिएका हुन्। ‘फुटबलबाट बिदा भएँ तर तपाईँहरुबाट भने होइन,’ स्विडेनका इब्राहिमोभिचले सिजनको अन्तिम खेलमा आइतवार फ्यानहरुमाझ भनेका छन्। इब्राहिमोभिचले यसअघि नै एसी मिलान छोड्नै घोषणा गरिसकेका थिए। उनले आफ्नो करियरमा पीएसजी, म्यानचेस्टर युनाइटेड, एसी मिलान र इन्टर मिलानलगायत क्लबको लागि ५११ गोल गरे। उनले…
काठमाडौं : प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र विपक्षी बिच जुहारी चलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी दिएका थिए। त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रचण्ड भारतबाट भैसीँ चढेर आएको टिप्पणी गरेका थिए। खनालले विमान चढेर प्रधानमन्त्री पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलान भन्थानेको तर उनी भैँसी चढेर आएको बताएका थिए। त्यसपछि नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सो अभिव्यक्ति हटाउन माग गर्दै…
काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ। सोमवार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिस भएको एक सातापछि मात्र उनीहरुको बढुवा स्वीकृत भएर दर्ज्यान्ही चिन्ह लगाइने छ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी दिएका छन्। उनले नेपालको लिपुलेक कालापानीको सट्टा बंगालादेशसँग जोड्ने भूमि लिनेबारे भारतसँग छलफल भएको बताएका थिए। यसैविषयमा विपक्षीहरुले हिजो संसद् अवरोध गरेका थिए। आजको बैठकमा उनले बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबारे स्पष्ट धारणा राखेको बताए। मोदीले पहिलोपटक सीमा विवाद बारे बोलेको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने काम समेत सुरु भएको बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष आरके शर्माको नेतृत्वको प्रतिनिधिमण्डलले आज गरेको भेटमा उनले कार्यविधि तथा नियमावली बनाउने क्रममा गैरआवासीय नेपालीका सुझावलाई मनन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए। ‘एक पटकको नेपाली, सधैँ नेपाली’ भइरहने र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको…
काठमाडौं : सुनचाँदीको कारोबार मूल्य सोमबार स्थिर भएको छ। अन्तर्राष्ट्रिय बजारमा सामान्य गिरावट आए पनि स्थानीय बजारमा घटबढ नभएको हो। सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा स्थिर भएको हो। गत सातासम्म सुनको मूल्य बढ्दै प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको थियो। बढोत्तरीमा 'ब्रेक' लाग्दै साताको पहिलो दिन तोलामा १ हजार ७०० रुपैयाँले घटेर मूल्य निर्धारण…
विक्की कौशल र सारा अली खान अभिनित बलिउड फिल्म ‘जरा हटके जरा बचके’ले राम्रो व्यापार गरिरहेको छ। गत शुक्रवारदेखि रिलिज भएको यस फिल्मले घरेलु बक्सअफिसमा तीन दिनमा २१ करोड १९ लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको हो। ४० करोड बजेटमा निर्माण भएको फिल्मको कमाई दिनप्रतिदिन बढ्दै गइरहेको छ। ‘जरा हडके जरा बचके’ले पहिलो दिन ५ करोड ४९ लाखको ओपनिङ गरेको…
बुटवल : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१४ पर्सावलमा श्रीमान्को हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय हशिवुन निशा रहेको प्रहरीले जनाएको छ। गत बिहीवार राति भारतीय नागरिकसँग मिलेर २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरेपछि…