काठमाडौं : करिब एक सातादेखि अधिकांश स्थानमा तापक्रम बढिरहेको छ। मध्य तराईमा ‘हिट वेभ’ को चेतावनी दिइएको छ। गर्मी बढ्दा स्वास्थ्यको जोखिम बढ्ने र ‘लू’ लाग्ने हुँदा तराईका जिल्लाहरुका विद्यालय नै बन्द गरिएको छ। जल तथा मौसम विज्ञान विभागले तातो हावा र ‘लू’ लाग्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको छ। ‘देशभरको अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ। आगामी…
काठमाडौं : ग्लोबल डिस्ट्रिब्युसन सिस्टम ‘जीडीएस’मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै आएका नेपाली ट्राभल कम्पनी ‘ह्याक’ भएका छन्। विदेशी ह्याकरको समूहले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको टिकट बिक्री प्रणालीलाई ह्याक गरेर करोडौँ रुपैयाँ नोक्सानी पुर्याएका हुन्। ह्याकरले नेपालमा काम गर्दै आएका विदेशी जीडीएस कम्पनीको नाममा नेपाली ट्राभल कम्पनीलाई इमेल पठाउँदै टिकट बिक्री गरेर नोक्सानी पुर्याएका हुन्। नोक्सानी पुगेका नेपाली ट्राभल कम्पनीमा देउराली…
ओडिशामा भएको रेल दुर्घटनाको अनुसन्धानको जिम्मेवारी केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआइ)लाई दिन सिफारिस गरिएको छ। २७५ जनाको मृत्यु हुने गरि भएको सो दुर्घटनाको कारण पत्ता लगाउन र दोषीलाई कारवाहीको दायरामा ल्याउन रेल बोर्डले सो सिफारिस गरेको हो। भारतीय अधिकारीहरुले आइतबार २८८ जनाको मृत्यु भएको बताए पनि पछि मृतकको संख्या घटाएका थिए। यो दुर्घटनामा करिब एक हजार मानिस घाइते भएको र एक सयजनाको अवस्था गम्भीर…
पोखरा : गण्डकी प्रदेश सरकारले पाँच सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ। आइतवार सार्वजनिक आउँदो आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ-झ्यालबास, बागलुङको बिहुँ-नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी-नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ। यीमध्ये सङ्घ सरकारको बजेटमा परेर पनि कार्यान्वयन हुन नसकेको बागलुङको बिहुँ-नरेठाँटी जोड्ने सुरुङ मार्ग…
चीनका रक्षा मन्त्री ली शांगफूले अमेरिकासँग युद्धको अवस्था आए त्यसले असहनीय अवस्था सिर्जना हुने बताएका छन्। सिंगापुरमा भएको ‘सांग्रिला डायलग’को सेक्युरिटी समिटमा सम्बोधन गर्दे उनले अमेरिकासँग युद्ध भए विश्वभर नै ‘असहनीय प्रकोप’ को जस्तै परिस्थिति सिर्जना हुने बताएका हुन्। यही मार्चमा मात्रै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका शांगफूले अमेरिका ‘कोल्ड वार’ मानसिकतामा रहेको भन्दै त्यसले सुरक्षा चुनौती बढाएको बताएका छन्। उनले अमेरिकाबाट हुने नौसेनाको…
चितवन : पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो। दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानुपर्थ्यो भने कि त बर्खानै कुर्नुपर्ने हुन्थ्यो। वर्षमा दुई खेती तोरी र तिल मात्रै लगाएर गुजारा गर्दै आएका भरतपुर महानगरपालिका-२७ बुद्धनगरका किसानहरु अहिले डिप ट्युबेलबाट सिँचाइ सुरु भएसँगै निकै उत्साहित भएका छन्।…
गोरखा : भूकम्पले क्षति पुर्याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ। गोरखा नगरपालिका-१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै तीन वर्षदेखि पुनःनिर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी भोजराज जैसीले बताए। गोरखा भूकम्पले क्षति पुर्याएपछि पुनःनिर्माण सुरु गरिएको अकला मन्दिर २०७८ असोजभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण पूरा हुन…
बुटवल : पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडाँमा आइतवार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। ११ जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालकसहित ३ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी…
दमौली : पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ। सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो। मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ। डुम्रे बजार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्र हो। डुम्रे बजार लमजुङको प्रवेशद्वार पनि हो। ‘डुम्रे बजारका क्षेत्रमा रहेका सडक…
रामपुर (पाल्पा) : पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। अहिले मृतक सबैको पहिचान खुलेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतवार साँझ सो स्थानामा दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला…
काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम…
वेदबहादुर खड्का- सन् १९७० देखि पाकिस्तानमा घडियाल लोप भएको भनिएकोमा हालसालै सतलज नदीमा पुनः घडियाल गोही भेटिएको छ। १४ मे २०२३ मा सतलज नदीमा घडियाल गोही फेला परेको हो। ५३ वर्षपछि सतलजमा घडियाल गोही देखेर त्यहाँका अनुसन्धानकर्ता चकित पारेका छन्। समाचार अपत्यारिलो लागे पनि सामाजिक सञ्जालमा फोटो/भिडियो देखेपछि नपत्याउने कुरै भएन। पाकिस्तान सरकारले पनि यसबारे पुष्टि गरिसकेको छ। पाकिस्तान वन्यजन्तु…
बैंकक : अन्तर्राष्ट्रिय तामाङ परिषद्(आइटिसी)को पाँचौ सम्मेलनबाट चम्पाडोल्मा लामा अध्यक्षमा चयन भएकी छन्। आयोजक राष्ट्र पदेन अध्यक्ष रहने नियमाअनुसार थाइल्यान्डकी चम्पाडोल्मा अध्यक्ष चयन भएकी हुन्। यसैगरी महासचिवमा टासी लामा चयन भएका छन्। नेपालका टासी यसअघि वरिष्ठ उपाध्यक्ष रहेका थिए। यसपटक आइटिसीको विधानमा संशोधनसमेत गरिएको छ। योसँगै महासचिवलाई कार्यकारी अधिकार प्राप्त भएको छ। 'यसपटक विधान संशोधन भयो, सोहीअनुसार महासचिवलाई कार्यकारी अधिकार…
पोखरा : गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। एक प्रदेश निर्वाचन क्षेत्र एक नमूना घरवास कार्यक्रम, एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म, हस्तकलाका लागि कोसेली घर बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। एक घर एक धारा सरकारको पूरानो योजनालाई पनि कार्यक्रममा यथावत्…
काठमाडौं : एएफसी यू-२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू-२० महिला फुटबल टोलीको आइतवार बिदाइ गरिएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आइतवार यहाँ आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत एन्फा पदाधिकारीले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे। नेपाली महिला फुटबल टोली आइतवार साँझ म्यानमार प्रस्थान गर्दैछ। दोस्रो चरणको छनोट खेलका लागि नेपाल समूह ‘बी’ मा…
काठमाडौं : सर्वोच्च अदालतले नागरिकता विधेयकलाई यथास्थितिमा राख्न अल्पकालनीन अन्तरिम आदेश दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयकलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए। जेठ १७ मा सरकारको आग्रहमा राष्ट्रपति पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेका थिए। अधिवक्ताहरु सुरेन्द्र भण्डारी र बालकृष्ण…
पछिल्लो समय भारतमा बायोपिकमाथि आधारित रहेर फिल्म बन्ने ट्रेन्ड बढ्दो छ। यसैबीच, अभिनेत्री परवीन बाबीको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ। जसमा बलिउड अभिनेत्री उर्वशी रौतेला परवीन बाबीको भूमिकामा देखिनेछिन्। उर्वशीले इन्स्ट्राग्राममार्फत आफू परवीनको बायोपिकमा काम गर्न लागेकी जानकारी दिएकी हुन्। बायोपिकको कथा सारको तस्विर सेयर गर्दैँ उर्वशीले बाबीलाई गर्व महसुस गराउने काम गर्ने उल्लेख गरेकी छिन्। सन् १९७२ मा मोडलिङबाट परवीनले…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डेङ्गी रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ। रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेङ्गी रोग फैलन नदिन यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएको सो पार्टीका सचेतक सन्तोष परियारले जानकारी दिए। गत वर्ष नेपालका ७७ वटै जिल्लामा…
काठमाडौं : प्रतिनिधिसभा बैठक सोमवारसम्मको लागि स्थगित भएको छ। आइतवार एक घण्टापछि बस्नेगरी स्थगित भएको बैठक विशेष कारणवस् सोमवार बिहान ११ बजेपछि मात्रै बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। प्रतिपक्षी दलहरुले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेपछि आइतवारको बैठक स्थगित भएको छ। आइतवार सदन सुरु हुनसाथ नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका थिए।…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन्। राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ। नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, भरत कुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासङ्घ, प्रा डा राम स्वार्थ राय डेनमार्क र सुशील…