PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, विमानस्थलमा स्वागत [तस्विरहरु]

    स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड, विमानस्थलमा स्वागत [तस्विरहरु]

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको भ्रमण सकेर स्वदेश फर्किएका छन्। बुधबार पाँच मन्त्रीसहित प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गरेका थिए। विमानस्थलमा सञ्चारकर्मीसँगको प्रतिक्रियामा उनले भ्रमण परिणाममुखी भएको बताएका छन्। सीमासम्बन्धी समस्यामा विशेष कुराकानी भएको दाबी उनले गरेका छन्। तर विषय भने खुलाएनन्। विमानस्थलमा प्रधानमन्त्रीको स्वागतमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा नेपाल सरकारका मन्त्रीलगायतको उपस्थिति थियो।

    विस्तृतमा पढ्नुस्

  • गेरुवस्त्रबारे प्रचण्डको प्रष्टीकरण : कतिपयलाई यस्तै वस्त्र लगाएर कमन्डलु नै लिएर हिँडे पनि हुन्थ्यो भन्ने लाग्या होला

    गेरुवस्त्रबारे प्रचण्डको प्रष्टीकरण : कतिपयलाई यस्तै वस्त्र लगाएर कमन्डलु नै लिएर हिँडे पनि हुन्थ्यो भन्ने लाग्या होला

    काठमाडौं : चार दिने भ्रमण पुरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली स्वदेश फर्केका छन्। बुधवार पाँचमन्त्रीसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका थिए। यसपटकको भारत भ्रमण निकै नै परिणाममुखी भएको प्रधानमन्त्री प्रचण्डले बताए। त्रिभुवन विमानस्थलमा भारत भ्रमणबारे जानकारी दिँदै प्रचण्डले भने, 'सीमासम्बन्धी पनि विषेश कुराकानी भएको छ। यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको छ। भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी सकारात्मक सम्बोधन…

    विस्तृतमा पढ्नुस्

  • भारतको ओडिशामा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २६१ पुग्यो, घटनास्थल पुगे प्रधानमन्त्री मोदी

    भारतको ओडिशामा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २६१ पुग्यो, घटनास्थल पुगे प्रधानमन्त्री मोदी

    भारतको पूर्वी राज्य ओडिशामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २६१ पुगेको छ। दुईवटा यात्रुबाहक र एउटा मालबाहक रेल एकआपसमा ठोक्किएर भएको उक्त दुर्घटनामा एक हजारभन्दा बढी मानिस घाइते भएको बीबीसीले उल्लेख गरेको छ। एक रेल लिकबाट बाहिर गएर विपरित दिशाबाट आएको अर्को रेलसँग ठोक्किएको थियो भने रेलको डिब्बा उछिट्टिएर रोकिराखेको मालबाहक रेलमा पनि लागेको थियो। हालसम्म पनि उद्धारको क्रम…

    विस्तृतमा पढ्नुस्

  • बैंककमा शुरु भयो पाचौं अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

    बैंककमा शुरु भयो पाचौं अन्तर्राष्ट्रिय तामाङ सम्मेलन

    बैंकक: अन्तर्राष्ट्रिय तामाङ परिषदको पाचौं सम्मेलन थाइल्याण्डको बैंकक सहरस्थित हुहाइनमा सुरु भएको छ। सम्मेलनमा १७ मुलुकका १९ सदस्य संस्थाहरुको तर्फबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ। विश्वभरी छरिएर रहेका तामाङलाई एकताको सुत्रमा बाधिराख्न यो सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामाले जानकारी दिए। विश्वका विभिन्न देशमा क्रियाशिल रहेका तामाङ संघ संगठनहरुलाई समन्वय गरी संसारभरि छरिएर रहेका तामाङ जातिहरुका बीच…

    विस्तृतमा पढ्नुस्

  • डा. खनालको कविता संग्रह ‘सन्देश’

    डा. खनालको कविता संग्रह ‘सन्देश’

    काठमाडौं : डा. दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ। सन्देशभित्र ५२ वटा कविता समावेश छन्। ‘सन्देश’ कविता संग्रहमा कवि डा. खनालले सामान्य भन्दा समान्य मानिसले पनि सहजै बुझ्न सकिने भाषाशैली प्रयोग गरेर कविता लेखेका छन्। कतै गद्य शैली त कतै लोक काव्य शैलीमा आएका कविताले मानव सभ्यता र नेपालका अन्य समाजमा मनाइने चाडबाडका विषय समेटिएका छन्। त्यस्तै राष्ट्रियता,…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भू-भाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक : कमल थापा

    नेपाली भू-भाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक : कमल थापा

    काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाएका छन्। भारतमा रहँदा प्रचण्डले नेपाली भू-भाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र आपत्तिजनक भएको थापाले टिप्पणी गरेका छन्। थापाले ट्वीटरमार्फत लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अविभाज्य भू-भाग रहेको समेत बताएका छन्। ‘लिम्पियाधुरा, कालापानी, सुस्ता नेपालको अविभाज्य भू-भाग…

    विस्तृतमा पढ्नुस्

  • पोखरा पुग्यो कांग्रेस रुपान्तरण अभियान

    पोखरा पुग्यो कांग्रेस रुपान्तरण अभियान

    काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरुले पार्टी शुद्धीकरणका लागि रुपान्तरण अभियानलाई थप बृहत बनाएको छ। मधेश प्रदेशको जनकुपरबाट शुरु भएको रुपान्तरण वाग्मती हुँदै शनिवार गण्डकी प्रदेशको पोखरामा पुग्यो। कांग्रेस नेता एवं संविधान सभा सदस्य जगदिश्वरनरसिंह केसीले रुपान्तरण अभियानले नेतृत्वप्रतिको वितृष्णालाई सम्बोधन गर्ने बताए। पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। पार्टीमा सबैलाई समान व्यवहार नहुँदा आफूहरु…

    विस्तृतमा पढ्नुस्

  • वातावरण संरक्षण हिमालबाट सुरु गर्नुपर्छ : राष्ट्रपति पौडेल

    वातावरण संरक्षण हिमालबाट सुरु गर्नुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगतको भविष्य सुरक्षित गर्नको लागि हिमाल र हिमाली क्षेत्रको संरक्षणको आवश्यकता औल्याएका छन्।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग शनिवार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले उक्त धारणा राखेका हुन्। राष्ट्रपति पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल मलेसियासँग पराजित, सिरिजमा २-२ को बराबरी

    नेपाल मलेसियासँग पराजित, सिरिजमा २-२ को बराबरी

    काठमाडौँ: नेपाली महिला क्रिकेट टोली द्विपक्षिय सिरिजको चौथो खेलमा पराजित भएको छ। वाइएसडी ओभल स्टेडियममा सम्पन्न खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९६ रन बनाएको थियो। नेपालका लागि इन्दु वर्माले सर्वाधिक ३२ रन बनाउँदा विन्दु रावलले २४ रन बनाइन्। त्यस्तै कविता कुवर १२ रनमा अविजित रहिन्। बलिङतर्फ…

    विस्तृतमा पढ्नुस्

  • अन्नदाता बनिरहेको अन्नपूर्णको संरक्षणमा जलवायु परिवर्तन प्रमुख समस्या

    अन्नदाता बनिरहेको अन्नपूर्णको संरक्षणमा जलवायु परिवर्तन प्रमुख समस्या

    पोखरा : अन्नपूर्ण हिमाल सफल आरोहणका लागि चुनौतिपूर्ण मानिन्छ। यसलाई ‘जेठो हिमाल’ भनेर पनि चिनिन्छ। कारण आठ हजारभन्दा माथिको हिमालको प्रथम सफल आरोहण अन्नपूर्णकै भएको थियो। १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेका थिए। त्यसको दुई वर्षपछि एडमन्ड हिलारी र तेजिङले सगरमाथाको सफल आरोहण गरेका हुन्। यो सफलतापछि नेपालमा हिमाल आरोहणका लागि पर्यटकीय गतिविधि बढेको…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुली दुर्घटना अपडेट : बेपत्ताको खोजीकार्य जारी, कुरिनटारबाट थप गोताखोरको टोली जाँदै

    सिन्धुली दुर्घटना अपडेट : बेपत्ताको खोजीकार्य जारी, कुरिनटारबाट थप गोताखोरको टोली जाँदै

    काठमाडौं : सुनकोशी नदीमा शुक्रवार बिहान स्कोर्पियो खस्दा बेपत्ता भएका तीन जनाको खोजीकार्य जारी छ। खोजीकार्यका लागि कुरिनटारबाट शनिवार थप गोताखोर सिन्धुली जाँदैछन्। शनिवार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा थप ४ जना गोताखोरसहित ७ जनाको टोली सिन्धुलीको लागि प्रस्थान गरेको छ। बेपत्ताको खोजीका लागि शुक्रवार आश्रित गुल्म सिन्धुलीबाट सशस्त्र प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिकाको आयस्रोतको माध्यम बन्दै जलविरेको लामो झरना, ‘जिपलाइन’ पनि बनाउने तयारी

    गाउँपालिकाको आयस्रोतको माध्यम बन्दै जलविरेको लामो झरना, ‘जिपलाइन’ पनि बनाउने तयारी

    भरतपुर : चितवनमा बिहीवार र शुक्रवार तापक्रम ३९ डिग्रीसम्म मापन गरियो। चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ। बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका-६ जलविरेस्थित लामो झरनामा जान थालेका छन्। गर्मी बढेसँगै झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ। नारायणगढ-मुग्लिन सडकअन्तर्गत पर्ने जलविरेको एक सय दुई मिटरभन्दा लामा झरना नारायणगढबाट मुग्लिनतर्फ २७ किमी र मुग्लिनबाट नारायणगढतर्फ सात…

    विस्तृतमा पढ्नुस्

  • काँकडभिट्टा नाकामा भारु सटहीमा सकस, मनी एक्सचेञ्जरले असुल्न थाले अतिरिक्त कमिसन

    काँकडभिट्टा नाकामा भारु सटहीमा सकस, मनी एक्सचेञ्जरले असुल्न थाले अतिरिक्त कमिसन

    झापा : पूर्वीनाका काँकडभिट्टामा भारु नोट सटहीमा समस्या देखिएको छ। भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो। एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता लिने घोषणा गरेको थियो। त्यसलगत्तै सीमावर्ती नेपाली बजारमा साना दरका भारु नोटको प्रचलनसमेत ह्वात्तै घटेको छ भने यातायात तथा पेट्रोलियम व्यवसायीले भारु नोटमा भुक्तानी लिन छाडेका…

    विस्तृतमा पढ्नुस्

  • तराईमा आगामी केही दिन लू लाग्न सक्ने सम्भावना, यसबाट कसरी बच्ने?

    तराईमा आगामी केही दिन लू लाग्न सक्ने सम्भावना, यसबाट कसरी बच्ने?

    काठमाडौं : काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक बृद्धि भइरहेको छ। देशको तराई भू-भागमा, मुख्यतयाः मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यस्तोमा तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने देखिएको भन्दै महाशाखाले तराईमा आगामी पाँच…

    विस्तृतमा पढ्नुस्

  • गर्मी बढेपछि मकवानपुरको बकैयामा एक हप्ता विद्यालय बन्द हुने

    गर्मी बढेपछि मकवानपुरको बकैयामा एक हप्ता विद्यालय बन्द हुने

    हेटौंडा : केही दिनदेखि अत्यधिक गर्मी बढेपछि मकवानपुरको बकैया गाउँपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गर्मी बढेसँगै विद्यार्थीहरुलाई पढाइमा असहज भएको र स्वास्थ्यमा समस्यासमेत देखा परेको भन्दै गाउँपालिकाले शुक्रवार एक सूचना जारी गर्दै यहि जेठ २१ गते आइतवारदेखि जेठ २७ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ। साना बालबालिकाहरुमा गर्मीका कारण स्वास्थ्य समस्या देखिएकाले विद्यालय बन्द गर्न चिकित्सकहरुले…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्ण आरोहण दिवस : म्याराथनदेखि पदयात्रासम्म

    अन्नपूर्ण आरोहण दिवस : म्याराथनदेखि पदयात्रासम्म

    पोखरा : पर्यटकीय नगरी पोखराको विश्वव्यापीरुपमा चर्चासँगै जोडिएको हिमाल हो, अन्नपूर्ण। हिमाल आरोहणको क्षेत्रमा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ। सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो। पर्यटकीय नगरी पोखराको पहिचानसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष जोडिएका कारण पनि अन्नपूर्ण आरोहण दिवसलाई पोखरा र आसपासका क्षेत्रमा विभिन्न कार्यक्रमका साथ मनाउने…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आज दिनभरको मौसम

    यस्तो छ आज दिनभरको मौसम

    काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै…

    विस्तृतमा पढ्नुस्

  • भारतमा तीनवटा रेल ठोक्किँदा २ सय जनाभन्दा धेरैको मृत्यु

    भारतमा तीनवटा रेल ठोक्किँदा २ सय जनाभन्दा धेरैको मृत्यु

    दुईवटा यात्रुबाहक र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा भारतको पूर्वी राज्य उडिसामा २ सयभन्दा धेरैको ज्यान गएको छ। उडिसाका चिफ सेक्रेटरी प्रदीप जिनालाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार २ सय ७ जनाको मृत्यु भएको छ भने ९ सय जना घाइते भएका छन्। भारतीय समाचार माध्यमबाट घटनाको विभत्स अवस्था सार्वजनिक भइरहेको छ। काट्ने औजार सहित कुकुर परिचालन गरेर उद्धार टोली जुटेका…

    विस्तृतमा पढ्नुस्

  • एमालेले गर्‍यो १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत

    एमालेले गर्‍यो १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत

    काठमाडौंः नेकपा (एमाले) विभिन्न पार्टी परित्याग गरी दल प्रवेश गरेका १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। शुक्रबारको सचिवालय बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको हो। मनोनीत हुनेमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुडामणि जङ्गली, हेमराज राई, ठम्मर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, एकवाल मियाँ, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर रहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • एमालेले गर्‍यो पार्टी उपाध्यक्षको जिम्मेवारी बाँडफाँडः प्रदेश इन्चार्ज पनि तोकिए, कसलाई के जिम्मेवारी?

    एमालेले गर्‍यो पार्टी उपाध्यक्षको जिम्मेवारी बाँडफाँडः प्रदेश इन्चार्ज पनि तोकिए, कसलाई के जिम्मेवारी?

    काठमाडौंः नेकपा (एमाले) ले पार्टी उपाध्यक्षहरुको जिम्मेवारी तोकेको छ। महाधिवेशनको एक वर्षपछि एमाले सचिवालय बैठकले जिम्मेवारी तोकेको हो। यस्तै बैठकले प्रदेश इन्चार्ज पनि तोकेको छ। निर्णय अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई योजना तथा नीति, परराष्ट्र मामिला विभाग र राष्ट्रिय हित तथा सुरक्षा विभागको जिम्मेवारी दिइएको छ। उपाध्यक्ष युवराज ज्ञवालीलाई मानवस्रोत विकास, शिक्षा विज्ञान तथा प्रविधि, श्रम तथा रोजगार विभागको जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell