काठमाडौं : मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ। नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो। ३९ किलोमिटर लामो सडक निर्माणको जिम्मा पाएको शर्मा जेडआइसिजी जेभीले सडक विस्तार र स्तरोन्नति गर्न थालेको नागढुङ्गा-मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख किरण कार्कीले जानकारी दिए। पहिलो चरणमा पाँच किलोमिटर सडक खण्डमा काम भइरहेको छ। चितवनतर्फ १७…
काठमाडौं : शुक्रवार बिहान देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको। आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ। कोशी, गण्डकी, कर्णाली र…
काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुसँग बयान लिने क्रम जारी छ। आज पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग काठमाडौं जिल्ला अदालतमा बयान लिइनेछ। यही प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी पनि रहेको छ। उनीहरुको बयान पनि आजै हुने बताइएको छ। बिहीवार भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सकिएको…
नयाँ दिल्ली : भारतका संघीय मन्त्री पियूष गोयलले नेपाल र भारतबिचको सम्बन्ध अद्वितीय रहेको बताएका छन्। बिहीवार साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको बिजनेश समिटलाई सम्बोधन गर्दै वाणिज्य तथा उद्योग मन्त्री गोयलले नेपालमा लगानीका लागि भारत तयार रहेको बताएका थिए। कार्यक्रममा उनले सीमा, भूराजनीतिले दुई देशबिचको सम्बन्धलाई विभक्त गर्न नसक्ने बताएका थिए। साथै, भारतीय प्रधानमन्त्री…
नयाँ दिल्ली : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्। बिहीवार साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको बिजनेश समिटलाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरेका हुन्। सरकारले नीतिगत कानुनी तथा अन्य धेरै विषयमा सहजीकरण गरेको र लगानीमैत्री वातावरण बनाएको उल्लेख…
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन्। आर्थिक स्रोतको उचित उपयोग हुन नसक्ने भन्दै रास्वपाका सांसदले अर्थ मन्त्रालयबाट उक्त कार्यक्रमका लागि तत्काल बजेट विनियोजनको कार्य रोक्न माग गरेको हो। रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्याल, सुमना श्रेष्ठ, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, मनिष…
काठमाडौंः राज्यले पाउनुपर्ने ११ अर्बभन्दा बढी राजस्व कानुन विपरीत विभिन्न व्यवसायिक फर्म तथा कम्पनीलाई छुट गरेको ६ वर्ष पुरानो मुद्दामा विशेष अदालतले बिहीबार तीन जनालाई दोषी ठर गरेको छ। कर फछ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेश ढकाल र चुडामणि शर्मालाई अदालतले दोषी ठहर गरेको हो। अदालतले अब दोषी ठहर तीनै जनाको सजाय निर्धारण गर्नेछ। जेठ २५ गते सजाय…
काठमाडौं : कर फर्छ्योट आयोगको भ्रष्टाचार मुद्दामा सहसचिव चुडामणि शर्मालाई विषेश अदालतले दोषी ठहर गरेको छ। शर्माले गैरकानुनी सम्पत्ति आर्जनमा सफाइ पाएको र राजश्व चुहावटमा कसुर ठहर भएको विषेश अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए। 'गैरकानुनी सम्पत्ति आर्जनमा सफाइ पाउनु भएको हो। राजश्व चुहावटमा कसुर ठहर भएको छ,' योगीले भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा शर्मासहित आयोगका ३…
काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बिहीवारको खेलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी)लाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भिडेको खेलमा पुलिसले एनआरटीमाथि १-० गोलको कठिन जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसलाई जिताउन मोसेस ट्वुमले निर्णायक गोल गरे। उनले खेलको ७६ औँ मिनेटमा रविशंकर पासवालको क्रसमा हेडरमार्फत गोल गरेका थिए। यद्यपि प्रदर्शन भने पुलिसको…
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा धन्यवाद सभा आयोजना गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा प्रशंसा गर्दै धन्यवाद सभा आयोजना गरिएको गौरव पाण्डेले जानकारी दिए। धन्यवाद सभामा उनीहरुले अनागरिकलाई नागरिक बनाएकोमा धन्यवाद भन्दै नाराबाजी गरेका थिए। उनीहरुले नागरिक नै शरणार्थी बन्ने देशमा अनागरिकलाई नागरिक बनाएकोमा धन्यवाद, अब पढ्तै मधेश, अब खाता खोलताई मधेश,…
मनोज बाजपेयीको मुख्य भूमिका रहेको बलिउड फिल्म 'सिर्फ एक बन्दा काफी है' सिनेमा हलमा पनि रिलिज गर्नेबारेमा छलफल भइरहेको छ।मे २३ मा ओटिटी प्लेटफर्म जिफाइभमा रिलिज भएको यस फिल्मको चौतफी चर्चा भइरहेको छ। ओटीटीमा फिल्म हिट भएसँगै निर्माणटिमले हलमा पनि फिल्म प्रदर्शन गर्ने तयारी गरेको नवभारत टाइम्समा उल्लेख छ। फिल्मका निर्देशकअपूर्व सिंह कार्कीले भने, 'अहिलेसम्म छलफल भइरहेको छ। स्ट्रिमिङ प्लेटफर्म…
काठमाडौं : नेपालले भारतसँग हवाई उडानका लागि थप ‘इन्ट्री प्वाइन्ट’ दिन आग्रह गरेको छ। आज नयाँ दिल्लीस्थित हैदरावादमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको छलफलमा हवाई ‘इन्ट्री प्वाइन्ट’को बारेमा छलफल भएको हो। प्रधानमन्त्री प्रचण्डले आफूले मोदीसँग थप इन्ट्री प्वाइन्टका लागि प्रस्ताव गरेको बताएका छन्। उनले भारतीय पक्ष यस विषयमा सकारात्मक रहेको समेत बताए। प्रचण्डले महेन्द्रनगरबाट…
फ्रान्सको कान्स शहरमा सम्पन्न ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’फिल्म दी सेक्रेट्स अफ राधाले तीन विधामा अवार्ड हात पारेको छ। सुवर्ण थापा निर्देशित ‘राधा' ले फेस्टिवल र विदेशमा राम्रो प्रभाव छाडिरहेको छ जुन आगामी भदौमा नेपालमा रि - रिलिज हुँदैछ। यतिखेर अमेरिकामा राधाको विशेष शोमा व्यस्त रहेका थापाले ला फेमेमा वेष्ट फिचर फिल्म, वेष्ट एक्ट्रेस र वेस्ट डाइरेक्टर अवार्ड पाएको जानकारी दिए।…
भरतपुर : भरतपुरको वीरेन्द्र जुस सेन्टरले फलफूल पकाउन हानिकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ। क्यान्सर जस्तो गम्भीर रोग लाग्नसक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ। बुधवार महानगरपालिकाले विभिन्न पसलमा अनुगमन गरेको थियो। उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको समेत पाइएको छ। भरतपुरकै विभिन्न स्थानमा शाखा रहेको यो जुस सेन्टरलाई…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सीमा विवादको मुद्दा उठाएका छन्। आज हैदरावाद हाउसमा भएको द्वीपक्षीय बैठकमा प्रचण्डले मोदीलाई सीमा समस्या समाधानका लागि छलफलमा आउन आग्रह गरेका थिए। ‘मैले प्रधानमन्त्री मोदीलाई द्वीपक्षीय वार्ताका माध्यमबाट सीमा समस्या समाधानका लागि आग्रह गरेको छु,’ प्रचण्डले संयुक्त पत्रकार सम्मेलनमा भने। भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूभागलाई आफ्नो नक्सामा…
काठमाडौं : नेपाल र भारतबिच ७ वटा सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको द्वीपक्षीय बैठकमा सम्झौता भएको हो। प्रचण्ड र मोदीको उपस्थितिमा पेट्रोलियम पाइपलाइनदेखि डिजिटल पेमेन्ट सिस्टमलगायतका विषय समेटिएका छन्। मोदीले दुई देशबिच भएको दीर्घकालीन ऊर्जा सम्झौताले यस क्षेत्रमा फड्को मार्ने बताए। यस सम्झौता अन्तर्गत नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘कुर्था-बिजालपुर’ रेलवे खण्ड ‘इ-प्लान’को उद्घाटन गरेका छन्। द्विपक्षीय वार्तापछि हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनका क्रममा सो रेलवे खण्डको योजनाको उद्घाटन गरिएको हो। यस्तै, दुवै प्रधानमन्त्रीले भारतको बनथानालेदि नेपालको कस्टम यार्डसम्म चल्ने इन्डियन रेलवे कार्गो ट्रेनको पनि सुरुवात गरेका छन्। यस्तै, नौली भैरहवा इंटिग्रेटेड चेकपोस्टको शिलान्यास, पनि गरिएको छ।…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय वार्ता सम्पन्न भएको छ। वार्तापछि दुवै देशको प्रतिनिधिमण्डलबिच छलफल भएको थियो। अहिले प्रधानमन्त्री प्रचण्ड र नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरिरहेका छन्।
बुटवल : कपिलवस्तुको बाणगंगामा चक्कु प्रहार गरी दुई जनाको हत्या भएको छ। प्रेमिकासँग खटपट भएपछि रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ वर्षीय मोहन थारुले वाणगंगा नगरपालिका ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जनी थारुको हत्या गरेका हुन्। बिहीवार बिहान मटेरियास्थित अञ्जनीको घरमा पुगेर मोहनले चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले…
काठमाडौँ: नेपाली महिला क्रिकेट टोलीले मलेसियामाथि जित निकालेको छ। पाँच खेलको द्विपक्षिय सिरिजको पछिल्ला दुई खेलमा जित निकालेसँगै नेपाल २-१ ले अघि रहेको छ। बिहीवार सम्पन्न सिरिजको तेस्रो खेलमा नेपालले २७ रनको जित निकालेको हो। बिहीवार मलेसियास्थित वाइएसडी ओभल स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११० रन बनायो। नेपालका लागि कप्तान रुबिना…