काठमाडौं : सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। यसअघि बुधबार हालसम्मकै उच्च मूल्य तोलाको एक लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि केही बढेको छ। बुधबार तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आज १०…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच द्विपक्षीय भेटवार्ता भइरहेको छ। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रचण्ड र मोदीबिच छलफल भइरहेको हो। छलफलमा दुवै देशका प्रतिनिधिमण्डलको उपस्थिति छ। द्विपक्षीय रुपमा आर्थिक, उर्जा, कनेक्टिभिटी र व्यापारको मुद्दाबारे छलफल हुने बताइएको छ। आजै दुई प्रधानमन्त्रीको बैठक पछि रोकिएका आयोजना पुन: सुरु गर्ने, नयाँ आयोजनाहरु संचालन गर्ने लगायतका बारेमा…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट भएको छ। हिजो नयाँ दिल्ली पुगेका प्रचण्डलाई मोदीले आज हैदरावाद हाउसमा स्वागत गरेका हुन्। अहिले दुई प्रधानमन्त्रीबिच छलफल भइरहेको छ। आज द्विपक्षीय बैठकपछि मोदी र प्रचण्डले संयुक्त पत्रकार सम्मेलन गर्दैछन्। मोदीले प्रचण्ड र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्लीको राजघाट पुगेका छन्। राजघाट पुगेर उनले महात्मा गान्धीलाई श्रद्धाञ्जाली अर्पण गरेका छन्। आज प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच छलफल हुँदैछ। अहिले दुई देशका प्रधानमन्त्रीको बैठकका लागि हैदरावाद हाउसमा तयारी भइरहेको छ।
अमेरिकाको तल्लो सदनबाट 'ऋण सीमा विधेयक' पारित भएको छ। विवादबिच डेमोक्रेटिक र रिपब्लिकन सांसदहरुको समर्थनमा बहुमतले सो विधेयक पारित भएको हो। रिपब्लिकन पार्टीका सांसदहरुले विधेयकको विरोध गरेका थिए। तल्लो सदनमा भएको मतदानमा रिपब्लिकन सांसदहरुले 'क्रस भोटिङ' गरेका थिए। विधेयक पारित भएसँगै अब सार्वजनिक खर्चको अभाज हुन बाट रोक्न पूर्वनिर्धारित समयसीमाको खतरा समाधान भएको छ। अब यो विधेयकलाई सिनेटमा पठाइनेछ। त्यहाँबाट…
ढोरपाटन : बागलुङको बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो। धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालोपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन। विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो। विसं २०४८ मा बागलुङ-पोखरा-राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो। छब्बीस वर्षदेखि…
काठमाडौँ: चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि करातेको अन्तिम खेलाडी छनोट सम्पन्न भएको छ। नेपाल कराते महासंघले आयोजना गरेको अन्तिम छनोट प्रतियोगिताबाट पुरुषमहिलामा समान ४–४ गरी ८ खेलाडी छनोट भएको करातेका प्रमुख प्रशिक्षक तुलसी महर्जनले जनाएका छन्। पुरुषतर्फ छनोट हुनेमा ६० केजीमुनि सन्तोष श्रेष्ठ, ६७ केजीमुनि मोहम्मद शेख आलाम, ८४ केजीमाथि विप्लव श्रेष्ठ र एकल कातामा स्वर्णिम मानन्धर…
त्रिशुली : त्रिशुली नदीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानका लागि गोताखोर तालिम सञ्चालन गरिएको छ। सो क्रममा बिहीवार बिहान प्रहरीका जवानहरुलाई विपद्को पूर्व तयारीको तालिम दिइयो। तालिमको निरीक्षण गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि त्रिशुली पुगेका थिए। श्रेष्ठले त्रिशुली नदीमा र्याफ्टिङ पनि गरेका छन्। गृहमन्त्री श्रेष्ठसँगै नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर तथा सशस्त्रका महानिरीक्षक राजु अर्यालपनि उपस्थित थिए।
वीरगंज : मध्य तराईका जिल्ला पर्सा, बारा, रौतहटलगायत जिल्लामा एक साता यता गार्मी अत्याधिक बढेको छ। दिउँसोको समयमा यसक्षेत्रमा तापक्रम बढेर ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। जसका कारण जनजीवन निकै प्रभावित भएको छ। मध्य तराईमा बढेको गर्मीका कारण विद्यालयमा पठनपाठन गर्न समस्या भइरहेको छ। गर्मीकै कारण विद्यार्थीहरु कक्षाकोठामा बेहोस हुन थालेका छन्। बुधवार पटेर्वा सुगौली गाँउपालिका-४ भतौडास्थित…
जसै वगैचा जंगलमा परिणत हुन्छ, स्वभाविक रुपमा त्यहाँ नयाँनयाँ र अनौठा गतिविधि हुन्छ। टन्नै रुखहरु, लहरालहरी, घाँसका घारी र डरलाग्दो अनकन्टार ठाउँ तयार हुन्छ। सुन्दरता र कर्कस लाग्दा स्वरहरु पनि गुन्जिन्छन्। बीग बोसको ओटीटी सेकेन्ड सिजनको प्रारम्भलाई बलिउड हङ्गामाले यही भावार्थमा चित्रित गरेको छ। हरेक सिजनमा बीग बोसले दर्शकलाई मनोरञ्जनको भरपुर प्याकेज दिन त्यस्ता मानिसहरुलाई बटुल्छ जसले 'शो'लाई अर्को स्टेजमा…
झापा : झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन्। कचनकवलले बिहीवारदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट कट्टा हुने…
काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम…
काठमाडौं : चार दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्लीमा छन्। प्रचण्ड बुधवार भारत गएका हुन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत गएका प्रचण्ड बुधवार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी भए थिए। सोही कार्यक्रममा प्रचण्डले भारतमा रहेका नेपालीहरुसँग अन्तरक्रियासमेत गरेका थिए। प्रधानमन्त्रीले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी भएका छन्। सोही कार्यक्रममा प्रचण्डले भारतमा रहेका नेपालीहरुसँग अन्तरक्रियासमेत गरेका थिए। रात्रिभोजमा सम्बोधन गर्दै प्रचण्डले सरकारले गरेका कामहरुको बारेमा जानकारी दिएका थिए। उनले आफ्नो भ्रमणबाट नेपाल भारतको सम्बन्ध थप उचाईंमा पुग्ने विश्वास लिएको बताए। प्रचण्डले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा भारतमा रहेका नेपालीहरुले पनि लाभ लिन सक्ने बताएका थिए। भने,…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले नयाँ दिल्लीमा छन्। प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलो विदेश भ्रमणका क्रममा आज भारत पुगेका हुन्। प्रधानमन्त्रीको सम्मानमा आज नयाँ दिल्लीस्थित नेपाली दूतावासमा रात्रीभोज आयोजना गरिएको छ। सोही समारोहमा प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायहरुलाई सम्बोधनसमेत गरेका छन्। सोही कार्यक्रमबिच भारतका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माले प्रधानमन्त्री प्रचण्डको यो सद्भावना भ्रमण भएको बताएका छन्।…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न खेलमा थ्री स्टार क्लब र संकटा क्लब बराबरीमा रोकिएका छन्। च्यासल स्टेडियममा सम्पन्न खेलमा थ्री स्टार र संकटा गोलरहित बराबरीमा रोकिएका हुन्। योसँगै यी दुबै टोली रेलिगेशनको दवाबमा पर्न लागेका छन्। यी दुबै टोलीले समान २७ अंक जोडेर ११ औँ तथा १२ औँ स्थानमा छन्। १३ औँ र १४ औँ स्थानमा…
काठमाडौं : चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभालबिच भेटवार्ता भएको छ। नयाँ दिल्लीमा भएको भेटमा द्विपक्षीय हितका बारेमा कुराकानी भएको हो। भेटमा भारतको तर्फबाट विदेश सचिव विनयमोहन क्वात्रा उपस्थित थिए भने नेपाली पक्षबाट प्रचण्डकी छोरी गंगा दाहाल सहभागी थिइन्। प्रचण्ड आजै नयाँ दिल्ली पुगेका हुन्। भोलि प्रचण्ड र भारतीय प्रधानमन्त्री…
काठमाडौं : विजय लामा र दिया पुनको मुख्य भूमिका रहेको फिल्म 'अन्तिम संस्कार'को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट लामो ट्रेलरमा एक रहस्यमय घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले गरेको अनुसन्धान प्रक्रियालाई देखाइएको छ। प्रदीप शाही निर्देशित फिल्ममा विजय र दीयाका साथै रेश्मा घिमिरे, एवनराज उप्रेती,त्रिचु राई,विशाल पहारी, कृष्णभक्त महर्जनलाई लगायतका कलाकारहरुको अभिनय छ। साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य बनेको फिल्मको…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको तस्विर पहिलो पटक सगरमाथाको चुचुरोमा पुर्याउने महिला आरोही याङ्जी शेर्पालाई राष्ट्रपति पौडेलले बधाई दिएका छन्। बिहीवार राष्ट्रपति भवन शितल निवासमा भएको कार्यक्रममा आफ्नो तस्विर सगरमाथामा पुर्याएर सप्राइज दिएको भन्दै पौडेलले महिला अरोहीको साहस र आँटको प्रशंसा गरे। पौडेलले हिमाल अरोहणमा नेपाली महिलाहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै राष्ट्रको सम्मानको लागि आराहीहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको पनि…
काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका छन्। चार दिने भ्रमणका क्रममा आज दिउँसो नयाँ दिल्ली पुगेका प्रचण्डको सम्मानमा नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने भएका हुन्। आज दिल्ली अन्तरार्ष्ट्रिय विमानस्थलमा विदेशराज्य मन्त्री मिनाक्षी लेखीले प्रचण्डलाई स्वागत गरेकी हुन्। आजै साँझ…