PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • बेइजिङमा एलन मस्कको व्यापार केन्द्रित भ्रमण, चिनियाँ मन्त्रीहरुसँग भेट

    बेइजिङमा एलन मस्कको व्यापार केन्द्रित भ्रमण, चिनियाँ मन्त्रीहरुसँग भेट

    सांघाई : टेस्ला इन्सका सिईओ एलन मस्कले बेइजिङमा चिनियाँ उच्च अधिकारीसँग भेट गरेका छन्। मंगलबार चिनियाँ विदेश मन्त्रालयले मस्कसहित केही बिजनेस लिडरलाई बेइजिङमा स्वागत गरेको जनाएको थियो। बुधबार बिहान मस्कले चिनियाँ मन्त्रीहरुसँग भेट गरेका छन्। दोस्रो दिनको भ्रमणकोसुरुवात उनले चीनको वाणिज्य मन्त्रालयबाट गरेका छन्। त्यहाँ उनले चिनियाँ वाणिज्य मन्त्री वाङ वान्ताओसँग भेट गरेका छन्। त्यस्तै उनले बुधवार नै चिनियाँ उद्योग…

    विस्तृतमा पढ्नुस्

  • सिटाडेलपछि 'चेन्नई स्टोरिज्' को छायाङ्कनमा सामान्था जाने

    सिटाडेलपछि 'चेन्नई स्टोरिज्' को छायाङ्कनमा सामान्था जाने

    भारतीय अभिनेत्री सामन्था रूथ प्रभुको अभिनय रहने हलिउड फिल्म 'चेन्नई स्टोरिज्'को सुटिङ छिट्टै सुरु हुने भएको छ। ‘चेन्नई स्टोरिज्’ मार्फत सामान्थाले हलिउडमा डेब्यू गर्दैछिन्।  हाल उनी वरुण धवनसँग वेब सिरिज 'सिटाडेल'को छायाङ्कनमा व्यस्त छिन्। सिटाडेल सुटिङ सकिएपछि सामन्था 'चेन्नई स्टोरिज्' को छायाङ्कनकमा व्यस्त हुनेछिन्। ‘चेन्नई स्टोरीज्’ लाई ब्रिटिश एकेडेमी फिल्म अवार्ड(बाफ्टा) विजेता फिलिप जोनले निर्देशन गर्नेछन्। यस फिल्ममा सामान्थाका साथै विवेक कालरा मुख्य भूमिकामा…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक प्रमाणीकरण : राष्ट्रपतिको कदमको विमलेन्द्र निधिले गरे स्वागत

    नागरिकता विधेयक प्रमाणीकरण : राष्ट्रपतिको कदमको विमलेन्द्र निधिले गरे स्वागत

    काठमाडौं : नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले नागरिकता विधेयकमा राष्ट्रपति रामचन्द्र पौडेलले चालेको कदमको स्वागत गरेका छन्। बुधवार राष्ट्रपति पौडेलले विद्यादेवी भण्डारीले दुई पटक सदनमा फिर्ता गरेको नागरिकता विधेयक जस्ताको तस्तै प्रमाणीकरण गरेसँगै निधिले यस कदमको स्वागत गरेका हुन्। 'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण भएकोमा हार्दिक स्वागत गर्दछु,' निधिले विज्ञप्ति जारी गर्दै भनेका छन्। विधेयक प्रमाणीकरण भएसँगै…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र विश्व बैंकबिच सहुलियत ऋण र अनुदानबारे भयो सम्झौता

    नेपाल र विश्व बैंकबिच सहुलियत ऋण र अनुदानबारे भयो सम्झौता

    काठमाडौं : नेपाल सरकार र विश्व बैंकबिच १२० मिलियन डलर सहुलियत कर्जा लिनेबारे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। अर्थमन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल र विश्व बैंकका नेपाल निर्देशक फरिस हडाड ज्रेभोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार नेपालले इन्टरनेश्नल डेभलप्मेन्ट एशोसिएनमार्फत १२० मिलियन सहुलियत ऋण कर्जा पाउने छन्। यस्तै, १९.७ मिलियन डलर अनुदान पनि नेपालले पाउने भएको छ। ग्लोबल पार्टनरसिप…

    विस्तृतमा पढ्नुस्

  • भारतको संसद भवनमा लुम्बिनीसहितको नक्सा राखेको विरोधमा वाग्मती प्रदेशसभामा संकल्प प्रस्ताव, सर्वसम्मतले पारित

    भारतको संसद भवनमा लुम्बिनीसहितको नक्सा राखेको विरोधमा वाग्मती प्रदेशसभामा संकल्प प्रस्ताव, सर्वसम्मतले पारित

    हेटौंडा : भारतको नवनिर्मित संसद भवनमा नेपालको भूभाग समेटिएको नक्सा राखिएको विरोधमा वाग्मती प्रदेशसभामा एमालेले प्रस्ताव गरेको संकल्प प्रस्ताव सर्वसम्मतले पारित भएको छ। बुधवार बसेको प्रदेश सभाको बैठकमा एमाले वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले संकल्प प्रस्ताव पेश गरेका थिए। संकल्प प्रस्तावमा नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका प्रमुख सचेतक कुन्दन काफ्ले, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्न…

    विस्तृतमा पढ्नुस्

  • 'पुष्पा २' को टिम चढेको बस दुर्घटना, दुई जना गम्भीर घाइते

    'पुष्पा २' को टिम चढेको बस दुर्घटना, दुई जना गम्भीर घाइते

    अल्लु अर्जुन र रश्मीका मण्डनाको मुख्य भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ घोषणादेखि नै चर्चामा छ। फिल्मको टिजर सार्वजनिक भएपछि त फ्यानहरु व्यग्र प्रतिक्षामा छन्। फिल्मको छायाङ्कन चलिरहँदा ‘पुष्पा २’ मा अभिनय  गरिरहेका कलाकार चढेको बस दुर्घटनामा परेको छ। आन्ध्र प्रदेशबाट ‘पुष्पा-२’ को सुटिङ गरेर हैदरावाद फर्किएका कलाकारहरुको बस दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। नलगोंडा हैदराबाद-विजयवाडा राजमार्गको नरकटपल्लीमा कलाकारहरूको बस र…

    विस्तृतमा पढ्नुस्

  • नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्ड, विदेश राज्यमन्त्रीद्वारा स्वागत

    नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्ड, विदेश राज्यमन्त्रीद्वारा स्वागत

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। चार दिने भ्रमणका लागि उनी आज दिल्ली पुगेका हुन्। दिल्ली अन्तरार्ष्ट्रिय विमानस्थलमा विदेशराज्य मन्त्री मिनाक्षी लेखीले प्रचण्डलाई स्वागत गरेकी हुन्। भारतको विदेश मन्त्रालयले प्रचण्डको भ्रमणले दुई देशबिचको घनिष्ट र अद्वितीय सम्बन्धलाई गति दिने विश्वास लिएको जनाएको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाललगायत मन्त्रीहरु, सचिवहरु तथा सरकारका…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा उपमहानगरले १० महिनामा संकलन गर्‍यो २२ करोड ७० लाख रुपैयाँ राजश्व

    हेटौंडा उपमहानगरले १० महिनामा संकलन गर्‍यो २२ करोड ७० लाख रुपैयाँ राजश्व

    हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा २२ करोड ७० लाख भन्दा बढी राजश्व संकलन गरेको छ। चालु आर्थिक वर्षको १० महिनाको अवधिमा उपमहानगरले २२ करोड ७० लाख ३ हजार ३३५ राजश्व संकलन गरेको राजश्व शाखाले जनाएको छ। गत आथिर्क वर्ष २०७८-८९ मा ३१ करोड ५६ लाख राजश्व संकलन गरेको उपमहानगरपालिकाको चालु आर्थिक २०७९-८० मा भने २९ करोड ५१…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य हालसम्म कै उच्च, प्रति तोला एक लाख १२ हजार रुपैयाँ

    सुनको मूल्य हालसम्म कै उच्च, प्रति तोला एक लाख १२ हजार रुपैयाँ

    काठमाडौं : सुनको मूल्य हालसम्मकै उच्च भएको छ। आगामी आर्थिक वर्ष २०७८/८१ को बजेट भाषणमा सुनको भन्सार महसुल बढाइएसँगै स्थानीय बजारमा यसको मूल्यले हालसम्मकै रेकर्ड तोडेको हो। बुधबार सुन तोलामा १५ सय रुपैयाँले बढ्दै कारोबार मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि सुनको मूल्य उच्च हुँदा प्रतितोला एक लाख ११ हजार…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानी काठमाडौं पठाइयो, १० दिनदेखि आयोजना थियो बन्द

    मेलम्चीको पानी काठमाडौं पठाइयो, १० दिनदेखि आयोजना थियो बन्द

    सिन्धुपाल्चोक : मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ। यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो। हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै परेको रिट सर्वोच्चले गर्‍यो दरपीठ

    हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै परेको रिट सर्वोच्चले गर्‍यो दरपीठ

    काठमाडौं : अवैधानिक रुपमा सिफारिस गरिएको भन्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ। रजिष्ट्रार निर्मला पौडेलले उक्त रिट दरपीठ गरेकी हुन्। मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली २०७४ को नियम १८ बमोजिम दरपीठ गरिएको बताइएको छ। नेपालको संविधानको धारा २८४ मा भएको संवैधानिक परिषद्सम्बन्धी प्रावधान…

    विस्तृतमा पढ्नुस्

  • विद्यादेवीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्रले गरे प्रमाणीकरण

    विद्यादेवीले रोकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्रले गरे प्रमाणीकरण

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकलाई प्रमाणीकरण गरेका छन्। बुधवार बिहान उनले विधेयक प्रमाणीकरण गरेका हुन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको जानकारी दिइन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक 'होल्ड' गरेकी थिइन्। उनले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ आएको विधेयकलाई फेरि संसदमा फिर्ता पठाएकी थिइन्। संसदबाट फेरि पारित गरि विधेयक भण्डारी कहाँ पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • बालेनले किन दिए अस्पताल प्रशासन बन्द गर्ने चेतावनी?

    बालेनले किन दिए अस्पताल प्रशासन बन्द गर्ने चेतावनी?

    काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले छुट सुविधासम्बन्धी विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुलाई नियमन र कारबाही गर्न स्वास्थ्यमन्त्रीलाई अनुरोध गरेको बताएका छन्। स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई ति स्वास्थ्य संस्थाहरुको विवरण उपलब्ध गराएको भन्दै मेयर बालेनले सोही अनुसार कारबाही गर्न अनुरोध गरिएको बुधवार सामाजिक सञ्जालमार्फत जानकारी दिए। ‘यदि मन्त्रीज्यूले ७ दिनभित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन…

    विस्तृतमा पढ्नुस्

  • आज भारत भ्रमणमा निस्किँदै प्रधानमन्त्री प्रचण्ड, यस्तो छ ‘सेड्युल’

    आज भारत भ्रमणमा निस्किँदै प्रधानमन्त्री प्रचण्ड, यस्तो छ ‘सेड्युल’

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधवार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। प्रधानमन्त्रीको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाललगायत मन्त्रीहरु, सचिवहरु तथा सरकारका वरिष्ठ अधिकारीहरु पनि सहभागी रहनेछन्। प्रधानमन्त्रीले बिहीवार जेठ १८ गते (१ जुन २०२३)मा भारत समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तय भएको परराष्ट्रले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    यस्तो छ आज दिनभरको मौसम पूर्वानुमान

    काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत लुम्बिनी, गण्डकी, वाग्मती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि…

    विस्तृतमा पढ्नुस्

  • एउटा इन्स्टाग्राम पोस्टबाट कतिसम्म कमाउँछन् सेलिब्रिटी?

    एउटा इन्स्टाग्राम पोस्टबाट कतिसम्म कमाउँछन् सेलिब्रिटी?

    हामीमध्ये धेरैलाई लाग्न सक्छ सेलिब्रिटीले इन्स्टाग्राममा गर्ने पोस्ट उनीहरुको दैनिक जीवनको अपडेट मात्रै हो। तर सेलिब्रिटीको इन्स्टाग्राम पोस्ट त्यतिमा मात्रै सीमित हुँदैन। के तपाईँलाई थाहा छ? ‘सेलेब’ तथा ‘इन्फ्लुएन्सर’हरुले सोसल मिडियामा गर्ने अधिकांश पोस्टबाट पनि अधिक आम्दानी गर्ने गर्दछन्। सेलेबहरुको करिब २०-३० प्रतिशत आम्दानी ‘सोसल मिडिया डिल’बाट हुने यससम्बन्धी जानकारहरु बताउँछन्। बलिउडदेखि हलिउडसम्म सेलिब्रिटीहरुको आम्दानीको स्रोत बनेको छ सामाजिक संजाल।…

    विस्तृतमा पढ्नुस्

  • एपीएफमाथि फराकिलो जित निकालेको चर्च ब्वाइजलाई शीर्षस्थानमा चार अंकको अग्रता

    एपीएफमाथि फराकिलो जित निकालेको चर्च ब्वाइजलाई शीर्षस्थानमा चार अंकको अग्रता

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न खेलमा लिग लिडर चर्च ब्वाइजले एपीएफ क्लबमाथि फराकिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चर्चले एपीएफलाई ४-१ गोलअन्तरले हराएको हो। खेलको तेस्रो मिनेटमै मौसम सुब्बाको गोलमा अग्रता बनाएको चर्चका लागि पहिलो हाफको इन्ज्युरी समयमा कप्तान अनन्त तामाङले गोल थपे। तेस्रो गोल पनि तामाङले नै ५७ औँ मिनेटमा गरे। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेतृ मीना पाण्डेको निधन

    कांग्रेस नेतृ मीना पाण्डेको निधन

    काठमाडौं : नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिकी पूर्व सदस्यसमेत रहेकी पाण्डेको आज अपरान्ह काठमाडौंको गौशालास्थित निजी निवासमा निधन भएको हो। आजै अपरान्ह ५ बजे उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो। आजै उनको दाहसंस्कार गरिँदैछ। २००८ सालमा जन्मिएकी पाण्डेले २०३५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेकी…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीलाई युवराज सफलको निवेदन : रवि लामिछानेले पुन: प्राप्त गरेको नागरिकता रद्द होस्

    गृहमन्त्रीलाई युवराज सफलको निवेदन : रवि लामिछानेले पुन: प्राप्त गरेको नागरिकता रद्द होस्

    काठमाडौं : नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता पुन: प्राप्ती गरेको विषयमा छानबिन हुनुपर्ने भन्दै गृहमन्त्रालयमा निवेदन दिएका छन्। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निवेदनमा उनले रविले पुन: प्राप्ती गरेको नागरिकता खारेजको माग गरेका छन्। सर्वोच्च अदालतले नागरिकता विवादमा रवि लामिछानेको विरुद्ध फैसला सुनाएपछि उनको सांसद पद गएको थियो। र, त्यसपछि रविले जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • भकुन्डेबेसीमा 'नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

    भकुन्डेबेसीमा 'नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने

    काठमाडौं: ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को दोस्रो संस्करण जेठ २५ गतेदेखि २७ गतेसम्म हुने भएको छ। काभ्रेको भकुन्डेबेसीमा हुने महोत्सवमा २६ वटा फिल्महरु देखाइनेछ।    नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु मात्र सहभागी हुने महोत्सवका लागि गत फागुनमा दर्ता खुल्ला गरिएको थियो। महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा विभिन्न भाषाभाषीका फिल्महरु 'स्क्रिनिङ' हुनेछन्। जसमध्ये उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell