PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • राष्ट्रिय योजना आयोगले पायो पूर्णता

    राष्ट्रिय योजना आयोगले पायो पूर्णता

    काठमाडौं : नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ। नवनियुक्त सदस्य ढुङ्गानाले आइतवार आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ लिएकी हुन्। यही जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको महिला सदस्यका रुपमा ढुङ्गानालाई नियुक्त गरेको थियो। सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय ढुङ्गानासँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडीपी)मा समेत…

    विस्तृतमा पढ्नुस्

  • गर्मीको मार : रुपन्देहीका स्थानीय तहले एक महिनासम्म बन्द गर्ने भए विद्यालय

    गर्मीको मार : रुपन्देहीका स्थानीय तहले एक महिनासम्म बन्द गर्ने भए विद्यालय

    बुटवल : तराई क्षेत्रमा केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ। यसको असर सबैभन्दा बढी विद्यालयमा परेको छ। पठनपाठन गर्न समस्या भएपछि रुपन्देहीका दुई स्थानीय तहले सामुदायिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। तिलोत्तमा नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा झण्डै एक महिना गर्मी बिदा दिएको छ। नगर कार्यपालिकाको आइतवार बसेको बैठकले तापक्रम निरन्तर बढ्दै गइरहेको र यसले विद्यालय…

    विस्तृतमा पढ्नुस्

  • बुटवलको आम्दा अस्पताललाई ३ सय बेडमा स्तरोन्नति गर्ने सहमति

    बुटवलको आम्दा अस्पताललाई ३ सय बेडमा स्तरोन्नति गर्ने सहमति

    बुटवल : बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) ३ सय बेडमा स्तरोन्नति हुने भएको छ। बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा आम्दा अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो। जापानको ओकायामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, आम्दा इन्टरनेशनलका अध्यक्ष डा शिगेरु सुगानामी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु, आम्दा…

    विस्तृतमा पढ्नुस्

  • निर्णायक खेलमा ३ विकेटको जित निकाल्दै मलेसियाविरुद्धको सिरिज नेपाललाई

    निर्णायक खेलमा ३ विकेटको जित निकाल्दै मलेसियाविरुद्धको सिरिज नेपाललाई

    काठमाडौं : नेपालले मलेसियाविरुद्धको द्विपक्षीय टी २० सिरिज जितेको छ। आइतवार सम्पन्न खेलमा मलेसियामाथि ३ विकेटको जित निकालेसँगै नेपालले ३-२ ले सिरिज जितेको हो। मलेसियास्थित वाइएसडी ओभल स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो। मलेसियाका लागि वान जुलिया वान रोस्दीले सर्वाधिक ४७ रन बनाउँदा विनिफ्रेड एन्नीले २४…

    विस्तृतमा पढ्नुस्

  • एमाले, रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित

    एमाले, रास्वपा र राप्रपाको विरोधपछि प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित

    काठमाडौं : प्रतिपक्षी दलहरुले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेपछि बैठक स्थगित भएको छ। आइतवार सदन सुरु हुनसाथ नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका थिए। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएपछि एमाले र रास्वाका सांसदहरुले पनि साथ दिए। प्रधानमन्त्री पुष्पकमल दाहालले भारतमा नेपालको भूभाग समेटिएको…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र लिङ्देनले सदन चल्न दिँदैनौ भनेपछि ओलीसहित जुरुक्क उठे एमाले र रास्वपाका सांसदहरु

    राजेन्द्र लिङ्देनले सदन चल्न दिँदैनौ भनेपछि ओलीसहित जुरुक्क उठे एमाले र रास्वपाका सांसदहरु

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतमा नेपालको भू-भाग समेटिएको अखण्ड भारतको नक्साबारे जवाफ नदिएसम्म आफूहरुले सदन चल्न नदिने लिङ्देनले चेतावनी दिएका हुन्। लिङ्देनको चेतावनी आउनसाथ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले साथ दिएका छन्। अहिले प्रतिपक्षी दलहरुले सदनमा प्रधानमन्त्रीको जवाफ मागिरहेका छन्। सभामुख…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक संसदमा पेश गर्न एमालेको माग : प्रधानमन्त्रीले माफी माग्नुपर्छ

    नागरिकता विधेयक संसदमा पेश गर्न एमालेको माग : प्रधानमन्त्रीले माफी माग्नुपर्छ

    काठमाडौं : नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणको विरोध जनाएको छ। आइतवार सदन सुरु हुनसाथ एमालेका प्रमुख सचेतक पदम गिरीले प्रमाणीकरण फिर्ता लिएर सदनमा पेश गर्न माग गरेका हुन्। 'असंवैधानिक भयो नागरिकता विधेयक प्रमाणीकरण। वीरेन्द्रले लालमोहर नलगाएको विधेयक पनि झिकेर प्रमाणीकरण भए के गर्ने,' गिरीले भने, 'निष्क्रिय विधेयक प्रमाणीकरण फिर्ता होस्। संसदमा राखियोस् र एक हप्ताभित्र छलफल गरेर पारित गरियोस्।' मन्त्रिपरिषद्को सिफारिसमा…

    विस्तृतमा पढ्नुस्

  • पर्सा र चितवनमा भेटियो नक्कली नोट, जुत्ता किनेर दिएका थिए हजार रुपैयाँ

    पर्सा र चितवनमा भेटियो नक्कली नोट, जुत्ता किनेर दिएका थिए हजार रुपैयाँ

    काठमाडौं : पर्सा र चितवनमा नक्कली नोट फेला परेको छ। शनिवार राति नक्कली नोट भेटिएको प्रहरीले जानकारी दिएको छ। वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली फेला परेको हो। प्रहरीले नक्कली नोटसहित सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई पक्राउ गरेको छ। त्यस्तै, चितवनको भरतपुर महानगरपालिका-३ शहीद चोकबाट…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भुटानी शरणार्थी प्रकरणका १८ अभियुक्त अदालतमा, थुनछेक बहस सुरु

    नक्कली भुटानी शरणार्थी प्रकरणका १८ अभियुक्त अदालतमा, थुनछेक बहस सुरु

    काठमाडौं : जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना उपस्थित गराइएको छ। शुक्रवार अभियुक्तको बयान सकिएपछि आइतवारबाट थुनछेक बहसको लागि उनीहरुलाई उपस्थित गराइएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो। बिहीवारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो। पक्राउ परेका अधिकांशले…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

    सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

    काठमाडौं : बजेटपछि लगातार बढ्न थालेको सुनको मूल्य आइतवार घटेको छ। गत साता भन्सार दर वृद्धि भएपछि मूल्य निरन्तर बढिरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि स्थानीय बजारमा मूल्य ओरालो लागेको हो। आइतवार तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिनका तुलनामा ८ सय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भारतबाटै राष्ट्रपतिमाथि दोष थुपारेकोमा बास्कोटाको आपत्ति, गेरु अवतारमा टिप्पणी : नारायण पोखरेलले कतैबाट हेर्दै होलान्!

    प्रधानमन्त्रीले भारतबाटै राष्ट्रपतिमाथि दोष थुपारेकोमा बास्कोटाको आपत्ति, गेरु अवतारमा टिप्पणी : नारायण पोखरेलले कतैबाट हेर्दै होलान्!

    काठमाडौं : पूर्वमन्त्री गोकुल बास्कोटाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणमा राष्ट्रपति रामचन्द्र पौडेलमाथि थोष थुपारेकोमा आपत्ति जनाएका छन्। विदेशी भूमिमा पुगेर राष्ट्रपतिको निर्णयमाथि बोल्नु कुटनीतिक हिसाबले ठीक नभएको बास्कोटाको भनाइ थियो। प्रचण्ड सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। विधेयक प्रमाणीकरण हुनसाथ प्रधानमन्त्री प्रचण्डको टोली चारदिने भारत भ्रमणमा निस्किएका थिए। काठमाडौं भने…

    विस्तृतमा पढ्नुस्

  • ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो, भग्नावशेष हटाउने कार्य जारी

    ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो, भग्नावशेष हटाउने कार्य जारी

    भारतको पूर्वी राज्य ओडिशामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ। शनिवार दुईवटा यात्रुबाहक र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। सो दुर्घटनामा करिब एक हजार मानिस घाइते भएका छन्। ती मध्ये १०० जनाको अवस्थन गम्भीर रहेको छ। उनीहरुको हाल अस्पतालमा उपचार भइरहेको छ। अहिले दुर्घटनास्थलमा रेलका भग्नावशेषहरु हटाउने कार्य भइरहेको छ। एक हजारभन्दा बढी उद्धार…

    विस्तृतमा पढ्नुस्

  • बौद्ध धर्मसम्बन्धी तीन पुस्तक सार्वजनिक

    बौद्ध धर्मसम्बन्धी तीन पुस्तक सार्वजनिक

    काठमाडौं : बौद्ध धर्मसँग सम्बन्धित तीन पुस्तक एकसाथ सार्वजनिक गरिएको छ। ‘ञ्युङने साधना लाभ तथा अनुभूति वर्णन’, ‘पारमितायानको मार्ग साधना’ र ‘समग्र धर्मपाल संक्षिप्त बलिविधि’ नामक पुस्तक शनिबार एक समारोहबीच पूर्वयुवा तथा खेलकुदमन्त्री दावा तामाङले सार्वजनिक गरेका हुन्। जोङ्सर बौद्ध महाविद्यालयको महाउपाध्यय (खेन्छेन) कुन्गावाङ्छ्युक रिन्पोछेले भोटभाषा (सम्भोटा) मा लेखेको ञ्युङने (साधना लाभा तथा अनुभूति वर्णन) र पारमितायानको मार्ग साधना तथा…

    विस्तृतमा पढ्नुस्

  • गर्मी बढेपछि दुधौलीमा एकसाता विद्यालय बन्द

    गर्मी बढेपछि दुधौलीमा एकसाता विद्यालय बन्द

    काठमाडौं : केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ। गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा गर्मी बिदा दिएको हो। नगरप्रमुख दिनश अधिकारीले गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए।  हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए।

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक प्रमाणीकरणको खुसीयाली : जनकपुरमा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने

    नागरिकता विधेयक प्रमाणीकरणको खुसीयाली : जनकपुरमा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाममा नागरिक अभिनन्दन हुने भएको छ। उद्योग वाणिज्य संघ धनुषामा शनिवार भएको सर्वदलीय बैठकमा यही जेठ ३१ गते जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति भएको प्रतिनिधिसभा सांसद तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए। उनले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन लागेका राष्ट्रपति पौडेललाई मधेसवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले…

    विस्तृतमा पढ्नुस्

  • आज वर्षाको सम्भावना कति छ? यस्तो छ मौसम पूर्वानुमान

    आज वर्षाको सम्भावना कति छ? यस्तो छ मौसम पूर्वानुमान

    काठमाडौं : आइतवार बिहान  देशभर  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार दिउँसो पहाडी भू-भागको ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन

    म्यानचेस्टर युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन

    म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ। वेम्बली स्टेडियममा आज सम्पन्न खेलमा युनाइटेडलाई २-१ गोलअन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो। सिटीलाई उपाधि दिलाउन इल्के गुण्डोगनले दुबै गोल गरे। खेलको पहिलो मिनेटमै गुण्डोगनको गोलमा सिटीले अग्रता बनाएको थियो। तर, ३३ ‍औँ मिनेटमा ज्याक ग्रिलिसले हाण्डबल गर्दा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल फर्काए। र, पहिलो हाफ १-१ गोलको…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष स्थानको होडमा चर्च ब्वाइजको बलियो पकड, जावलाखेल पराजित

    शीर्ष स्थानको होडमा चर्च ब्वाइजको बलियो पकड, जावलाखेल पराजित

    काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेडले शीर्षस्थानमा बलियो पकड बनाउँदै लगेको छ। शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा तेस्रो स्थानको जावलाखेलमाथि ३-० गोलको सहज जित निकाल्दै लिग लिडर चर्च ब्वाइजले शीर्षस्थानमा बलियो पकड बनाउँदै लगेको हो। पहिलो हाफको इन्ज्युरी समयमा अञ्जन बिस्टको गोलमा चर्च ब्वाइजले अग्रता बनाएको थियो। दोस्रो र तेस्रो गोल भने आशिष चौधरीले थपे। उनले…

    विस्तृतमा पढ्नुस्

  • रुपान्तरण अभियानप्रति रुष्ट देउवा: मनलागी गर्ने? अरु पनि जाला नि देशभरी, घुम्ला नि!

    रुपान्तरण अभियानप्रति रुष्ट देउवा: मनलागी गर्ने? अरु पनि जाला नि देशभरी, घुम्ला नि!

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रुपान्तरण अभियानबारे प्रश्न गरेका छन्। 'जनतामा जाने गाली गर्ने। अर्को गए के गर्ने? मनलागी गर्ने?' सभापति देउवाले शनिवार प्रश्न गरे। कांग्रेस संस्थापनइतरले अहिले प्रदेशमा पार्टी रुपान्तरण अभियान सञ्चालन जारी राखेको छ। जनकपुरबाट शुरु भएको अभियान वाग्मती हुँदै शनिवार पोखरा पुगेको छ। यसै अभियानलाई लक्षित गर्दै शनिवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • बस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

    बस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

    बुटवलः बुटवलमा शनिबार दिउँसो भएको सडक दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। दुर्घटनामा गुल्मीको मालिका गाउँपालिका–४ अर्खबाङका १८ वर्षीय सुजन अर्याल र वडा नम्बर ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए। बुटवल उपमहानगरपालिका–१२ तामनगरमा पश्मिबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९०६३ नम्बरको यात्रुबहाक बसले विपरीत दिशातर्फबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell