काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। उपचारका लागि मंगलबार राति सिंगापुर उडेका सभापति देउवाले खड्कालाई कार्यवाहकको जिम्मेवारी तोकेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 'नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश…
बुटवल : रुपन्देही प्रहरीले लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिने र परीक्षा दिन लगाउने दुई जनालाई पक्राउ गरेको छ। लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८१२/०७६-०७७ (मधेश) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित परीक्षामा अर्कैको नाममा परीक्षा दिने र दिन लगाउने दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो। उक्त विज्ञापन अनुसार पहिलो पत्रको…
वीरगंज : पर्सा र बाराको दोसाँध तथा वीरगंज-पथलैया सडकखण्डसँगै जोडिएको परवानीपुर गाउँपालिकाको पुरानो बजार हालसम्म व्यवस्थित हुन सकेको छैन। अव्यवस्थित पसल, जथाभावी फोहर फाल्ने, खानेपानी, शौचालय र पार्किङलगायतको सुविधा नहुँदा परवानीपुर बजार अस्तव्यस्त बनेको छ। तर आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर व्यवस्थित परवानीपुर बजार बनाउने रणनीति गाउँपालिकाले लिएको छ। गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीका अनुसार सबैभन्दा पहिले बजारमा चाहिने…
काठमाडौं : सुनको मूल्य पुन: घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ९ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। मंगलबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ।…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने बताएका छन्। पूर्वमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का दिवङ्गत नेता धनिराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका सन्दर्भमा आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रचण्डले सरकार सुशासन कायम गर्न दृढतापूर्वक अगाडि बढिरहेको बताएका हुन्।…
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध लगाएका अभियोगहरु झुटा भएको दाबी गरेका छन्। फ्लोरिडाको मियामीमा रहेको अदालतमा उपस्थित भएका उनले आफूविरुद्धका अभियोगहरु झुटा भएको बताएका हुन्। अदालत पुगेका ट्रम्पलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई न्यायधीश समक्ष उपस्थित गराइएको थियो। अदालतले भने उनलाई बिना कुनै प्रतिबन्ध अमेरिका भित्र र बाहिर यात्राका लागि अनुमति दिएको छ। एफबिआइले शुक्रवार ट्रम्पको घरमा १००…
पोखरा : आर्थिक मन्दीले व्यवसायी पलायन हुने स्थिति आएको भन्दै घरभाडामा छुट दिन घरधनीसमक्ष माग गरिएको छ। पोखरास्थित नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिले घरभाडामा कम्तीमा २५ देखि ५० प्रतिशतसम्म छुट दिनुपर्ने जनाएको हो। समितिद्वारा मंगलवार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कमल प्रसाद न्यौपानेले घरबहाल कर पनि घरधनी आफैँले तिर्न आग्रह गरे। समितिले सम्झौताअनुरुप भाडा वृद्धिको समय आएको भएपनि त्यसलाई पछाडि…
काठमाडौं : थारू आयोगले सरकारसमक्ष पेस गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ। महिला तथा सामाजिक मामिला समितिको मंगलवार बसेको ‘आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका काम, चालु आर्थिक वर्षको कार्यक्रम तथा समस्यासम्बन्धी’ बैठकमा आयोगले यस्तो जनाएको हो। बैठकमा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले केन्द्रमा बसेर थारू आयोगका समस्या समाधान गर्न कठिनाइ हुने गरेको बताए। ‘आयोगले केन्द्रमा बसेर…
काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बुधवार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी…
काठमाडौंः उपचारका लागि सिंगापुर जान लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघमा ५२ सदस्य मनोनयन गरेका छन्। मंगलबार उषा रावत मिश्र अध्यक्ष रहेको महिला संघको तदर्थ कार्यसमिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन। देउवाले सिरहाकी मिश्रलाई गत साउन २६ गते महिला संघको नेतृत्व सुम्पिएका थिए। लामो समयसम्म महिला संघको महाधिवेशन हुन नसकेपछि देउवाले तदर्थ समिति गठन गरेका हुन्।…
जनकपुरधामः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रोपटक विश्वासको मत पाएका छन्। मंगलबार प्रदेश सभामा यादवले १०३ मत पाए। १०७ सदस्यीय प्रदेश सभामा पक्षमा १०३ र विपक्षमा कुनै मत परेन। तीन सदस्य अनुपस्थित भए। नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले दोस्रोपटक विश्वासको मत लिएका हुन्।
सांघाई : न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले जुनको अन्त्यतिर बेइजिङको भ्रमण गर्ने भएका छन्। सोमवार क्याबिनेटपछिको पत्रकार सम्मेलनमा उनले व्यापार प्रतिनिधि मण्डलका साथमा जुनको अन्त्यतिर बेइजिङको भ्रमण गर्ने घोषणा गरेका हुन्। कोभिड-१९ महामारीपछि न्युजिल्याण्डबाट हुन लागेको यो उच्चस्तरीय भ्रमण हो। एसिया प्रशान्त क्षेत्रमा अमेरिकी साझेदारको रुपमा रहेको न्युजिल्याण्ड अमेरिकी "इन्डो-प्यासिफिक रणनीति" को हिस्सा हो। सोमवार त्यहाँका प्रधानमन्त्री हिपकिन्सले चीनसँगको सम्बन्धलाई "सबैभन्दा…
काठमाडौं : यसपटक नेपालका धेरै ठाउँमा तापक्रमले 'रेकर्ड ब्रेक' गरेको छ। तापक्रमले ४४ वर्षअघिको रेकर्ड ब्रेक गर्दा स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई सचेत गरेको छ - लु चल्न सक्छ, सकेसम्म घरभित्रै बसेर गर्मीबाट जोगिनु। तर नेपाली कांग्रेसका युवा नेताहरू झन्डै ४४ सेल्सियस डिग्रीको बल्दो तापक्रममा पनि आफ्नो स्वास्थ्यको कुनै परवाह नगरि देशभर पार्टी रूपान्तरणको कार्यक्रममा सक्रिय छन्। मधेशबाट शुरु भएको रुपान्तर अभियान…
काठमाडौं : फिल्म ‘गणपति’को प्रदर्शन मिति तय भएको छ। सबिन अधिकारी निर्देशित यो फिल्म आगामी भदौ १४ गतेबाट रिलिज हुने पक्का भएको हो। सबिनकै कथा रहेको यस फिल्ममा मुकुन भुषाल र मेनुका प्रधान मुख्य भूमिकामा छन्। फिल्ममा कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतको अभिनय रहेको छ। ‘फिल्मको छायाङ्कन तनहुँको बन्दीपुर गाउँपालिको थारुवासमा गरिएको थियो।
काठमाडौं : काठमाडौंको माइतीघरमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। नागरिकता विधेयक कार्यान्वय नगर्न सर्वोच्च अदालतले रोक लगाएपछि केही दिनदेखि माइतीघरमा पीडितहरुले धर्ना दिइरहेका छन्। आज धर्ना दिइरहेका एक युवकले नै आत्मदाहको प्रयास गरेका थिए। उनले साथमा ल्याएको मट्टीतेल खनाएर आत्मदहा गर्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ। तर, प्रहरीले उनलाई रोक्न सफल भएको थियो। युवकको स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको प्रहरीले जानकारी दिएको…
काठमाडौं : पशुपति विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरीमा १० केजी सुन नपुगे आफूलाई मृत्युदण्ड दिन माग गरेका छन्। आज राष्ट्रियसभाअन्तर्गत् राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उनले जलहरी प्रकरणमा छानबिन गरेर कारबाही गर्नुपर्नेमा त्यसो नगरी ‘सुन चोर’ भनिएकामा आपत्ति जनाएका थिए। उनले राज्यको कान भएपनि आँखा नभए जस्तो अनुभव भएको बताएका थिए। कोषको कोषाध्यक्ष हुँदा…
पोखरा : पोखरा महानगरले सिमसार क्षेत्रमा अनधिकृत रुपमा निमार्ण भएको प्लटिङ भत्काएको छ। महानगरले मंगलबार पोखरा २३ चंखपुर क्षेत्रमा निर्माण गरिएको प्लटिङ भत्काएको हो। रामसार सूचीमा सूचीकृत फेवातालको सिमसार क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइँदैन। कृषिका लागि भने रोकावट नभएकाले केही वर्षयता फेवा फाँटमा धान लगाउने किसान बढेका थिए। तर, त्यही फेवा फाँटमा दुई वर्षदेखि धमाधम प्लटिङ भइरहेको थियो। यसबारेमा समाचार…
बेलायतको नटिङगम सिटी सेन्टर क्षेत्रमा तीनजनाको हत्या भएको छ। इलेक्स्टन रोडमा दुईजना र मनडाला रोडमा अर्को एकजनाको शव भेटिएको हो। प्रहरीले यो घटनामा संलग्न रहेको अभियोगमा ३१ वर्षीय पुरुषलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ। घटनास्थलमा फोरेन्सिक टोली पुगेको छ। घटना भएको आसपासका सडक बन्द गरिएको छ भने सार्वजनिक सवारी साधन पनि बन्द गरिएका छन्। मिलटन स्ट्रिटमा पनि एउटा भ्यानले तीनजना यात्रुलाई ठक्कर…
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम कार्यकर्ताले कांग्रेसबाट नयाँ प्रधानमन्त्री भएको हेर्न चाहेको बताएका छन्। विराटनगरमा मंगलवार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले जतिसक्दो चाँडो देउवाले पार्टी नेतृत्व छाड्नुपर्ने सुझावसमेत दिए। 'नेपाली कांग्रेसको नेतृत्व मैले गरिरहनुपर्छ। मैले गरिनँ भने पार्टी सम्हालिन्न भन्ने सोच उहाँले त्याग्नुपर्छ,' सभापति देउवातिर लक्षित गर्दै थापाले भने, 'जति छिटो नेपाली कांग्रेसको नेतृत्व उहाँले हस्तान्तर…
काठमाडौं : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ९ जना लोक स्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ दिने भएको छ। कास्कीको मादी गाउँपालिकास्थित ताङतिङमा भएको प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको घुम्ती बैठकले उक्त निर्णय गरेको हो। अग्रज लोक स्रष्टा बमबहादुर कार्की, नन्द कृष्ण जोशी, प्रेम देव गिरी, हरिदेवी कोइराला, कुमार बस्नेत, शम्भु राई, प्रेमराजा महत, कृष्ण गन्धर्व र रामप्रसाद खनाललाई प्रतिष्ठानको ‘सम्मानार्थ सदस्यता’ प्रदान गर्ने निर्णय…