PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    दाङमा चट्याङ लागेर दुई जनाको मृत्यु

    बुटवलः दाङमा छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय समिर केसी र वडा नम्बर ३ का ३७ बर्षीय रामनारायण चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। चौधरीलाई बारीबाट तरकारी टिपेर घर फर्किंदै गर्दा र केसीलाई खेतमा काम गरिरहेको समयमा शनिबार…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्डसँग पराजयसँगै रोकियो विश्वकप पुग्ने नेपालको बाटो

    नेदरल्याण्डसँग पराजयसँगै रोकियो विश्वकप पुग्ने नेपालको बाटो

    काठमाडौँ: भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्ने नेपालको बाटो टुंगिएको छ। जिम्बावेमा जारी विश्वकप छनोटमा नेपालले समूहको आफ्नो चार खेलमध्ये तीनवटामा हार ब्यहोरेसँगै नेपालको विश्वकप पुग्ने बाटो टुंगिएको हो। शनिवार जिम्बावेको टाकासिंगा स्टेडियममा सम्पन्न खेलमा ७ विकेटको पराजय ब्यहोरेसँगै नेपाल सुपरसिक्समा पुग्ने सम्भावना टुंगिएको हो। समूह 'ए' बाट नेपाल र अमेरिका बाहिरिँदा जिम्बावे, वेस्टइण्डिज र नेदरल्याण्ड्स सुपर सिक्समा पुगेका छन्। शनिवार…

    विस्तृतमा पढ्नुस्

  • बनेन अर्धशतक, जमेन साझेदारी: नेदरल्याण्ड्सलाई फितलो लक्ष्य

    बनेन अर्धशतक, जमेन साझेदारी: नेदरल्याण्ड्सलाई फितलो लक्ष्य

    काठमाडौँ: क्रिकेट विश्वकप छनोटको समूहको अन्तिम खेलमा नेपालले फितलो प्रदर्शन गरेको छ। टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन बनाएको हो। ओपनर आशिफ शेख २.२ ओभरमा डक आउटहुँदा पहिलो धक्का ब्यहोरेको नेपालले आफूलाई सम्हालिने अवसर नै सिर्जना गर्न सकेन। उनलाई लोगन भान विकले बोल्ड आउट गरेका थिए। दोस्रो विकेटका रुपमा अर्का ओपनर…

    विस्तृतमा पढ्नुस्

  • काम गर्नेको भन्दा हल्ला गर्नेको माहोल बढ्यो : प्रकाशमान सिंह

    काम गर्नेको भन्दा हल्ला गर्नेको माहोल बढ्यो : प्रकाशमान सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पछिल्ला दिनमा काम गर्नेको भन्दा पनि हल्ला गर्नेहरुको माहोल बन्दै गएको बताएका छन्। शनिवार नागार्जुन नगरपालिकाको नगर सभा उद्घाटन गर्दै नेता सिंहले उक्त भनाइ राखेका हुन्। 'अहिले काम गर्नेभन्दा हल्ला गर्नेहरुको माहोल बन्दै जानूले समाज कता जाँदैछ भनेर सोच्नुपर्ने विषय भएको छ,' नेता सिंहले भने। एकाथरिले देशमा केही भएन भनेर गलत स्थापित गर्ने…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको टुप्पो सुकेको छ : गगन थापा, गए जाओस् न सरकार!

    कांग्रेसको टुप्पो सुकेको छ : गगन थापा, गए जाओस् न सरकार!

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा एजेरु पलाएको बताएका छन्। त्यसलाई काटेर फाल्नुपर्ने र सुकेको टुप्पो काँटछाँट गर्नुपर्नेसमेत बताए। शनिबार काठमाडौंमा क्षेत्र ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसमा विगतको समीक्षासमेत गर्नुपर्ने बताए। 'विगतको समीक्षा गर्नुपर्नेछ। देशव्यापी रुपान्तर र पुनर्जागरणको माध्यमबाट हाम्रो रुखमा केही ऐंजेरुहरु पलाएको छ। त्यो ऐंजेरुलाई मिल्काउनुपर्नेछ। हाम्रो टुप्पो केही सुकेको छ,' थापाले…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्ड्सविरुद्ध नेपालले पायो ब्याटिङको निम्तो

    नेदरल्याण्ड्सविरुद्ध नेपालले पायो ब्याटिङको निम्तो

    काठमाडौं : क्रिकेट विश्वकप छनोटअन्तर्गत आजको नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले ब्याटिङको निम्तो पाएको छ। नेदरल्याण्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेको हो। आज दिउँसो पौने १ बजे नेपाल र नेदरल्याण्ड्स जिम्बावेको हरारेस्थित टाकासिंगा स्टेडियममा आमनेसामने हुनेछन्। यो खेलको नतिजाले समूह ‘ए’बाट शीर्ष तीनमा रहेर सेमिफाइनल पुग्ने टोलीको समीकरणमा ठूलो प्रभाव पार्छ। समूह ‘ए’मा वेस्ट इण्डिज र जिम्बावे खेलेका दुईमध्ये दुवै खेलमा जित…

    विस्तृतमा पढ्नुस्

  • बाढीले बगायो खानेपानी आयोजना, बस्तीमा पानीको हाहाकार

    बाढीले बगायो खानेपानी आयोजना, बस्तीमा पानीको हाहाकार

    भोजपुर : बाढीले सभाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना बगाउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ। खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प, ट्रान्सफर्मर, तीन वटा कन्ट्रोल प्यालन, स्टेपलाइजर, चेन पुल्ली, पालेघरलगायतमा क्षति पुर्‍याउँदा तीन करोड रुपैयाँ बराबरको क्षति भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले बताए। आयोजना…

    विस्तृतमा पढ्नुस्

  • ‘सेनिटाइजर’ सेवन गर्दा बर्दियामा दुई जनाको मृत्यु, दुई जना बिरामी

    ‘सेनिटाइजर’ सेवन गर्दा बर्दियामा दुई जनाको मृत्यु, दुई जना बिरामी

    बर्दिया : बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहराले बताए। साथै, तरल पदार्थ सेवन गरेका एकै परिवारका ७५ वर्षीय जयबहादुर र ७५ वर्षीया जगत कुमारी गुरुङ गम्भीर बिरामी परेका…

    विस्तृतमा पढ्नुस्

  • मादीमा एकल पुरुषलाई भत्ता, हलगोरु पाल्ने कृषकलाई अनुदान

    मादीमा एकल पुरुषलाई भत्ता, हलगोरु पाल्ने कृषकलाई अनुदान

    कास्की : कास्कीको मादी गाउँपालिकाले पालिकाका एकल पुरुषलाई सामाजिक सुरक्षाबापत मासिक भत्ता दिने भएको छ। पालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ६० देखि ६८ वर्षका विपन्न एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरिएको छ। गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले अध्यक्षसँग विदुर कार्यक्रमअन्तर्गत विपन्न विदुरको सामाजिक सुरक्षाका लागि मासिक भत्ता उपलब्ध गराउन कार्यविधि तर्जुमा गरी लागू गरिने बताए। यसैगरी, पालिकाले…

    विस्तृतमा पढ्नुस्

  • स्याङ्जाको अग्लो र लामो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

    स्याङ्जाको अग्लो र लामो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटक बढ्दै

    गल्याङ : स्याङ्जामा लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ। गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे पुल दुई वर्ष पहिले निर्माण भएको थियो। अघिल्लो वर्षभन्दा यस वर्ष धेरै गर्मी बढेको छ। गर्मी छल्न भारतीय नागरिक पोखरा, कुस्मा र मुक्तिनाथ आउने…

    विस्तृतमा पढ्नुस्

  • भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएपछि विपन्न परिवारलाई उपचारमा समस्या

    भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएपछि विपन्न परिवारलाई उपचारमा समस्या

    खजुरा : नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ। ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्क रूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ। भेरी अस्पतालका प्रमुख डा बद्री चापागाईंले कुकुरले टोकेपछि लगाइने रेबिजविरुद्धको सुई अस्पतालले आफैँ उपलब्ध गराउनेभन्दा केन्द्र र प्रदेशमार्फत प्राप्त भएको डोज (मात्रा) आवश्यकताअनुसार वितरण मात्र गर्दै…

    विस्तृतमा पढ्नुस्

  • महभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत सडक खण्ड अवरुद्ध

    महभिरमा ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत सडक खण्ड अवरुद्ध

    पर्वत : पर्वतको मोदी गाउँपालिका-६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ। गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो। अवरुद्ध सडक खुलाउन जेसीबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिए। सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका…

    विस्तृतमा पढ्नुस्

  • पहिरोमा परेर बेपत्ता भएकाको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

    पहिरोमा परेर बेपत्ता भएकाको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

    ताप्लेजुङ : गएको शनिवार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका  आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन्। बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रवार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन्। बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले उनीहरुको खोजी जारी राखेका थिए। पहिरोले घर बगाउँदा…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिप : जित्नैपर्ने दबाबमा भारतविरुद्ध उत्रँदै नेपाल

    साफ च्याम्पियनसिप : जित्नैपर्ने दबाबमा भारतविरुद्ध उत्रँदै नेपाल

    काठमाडौं : साफ च्याम्पियनसिपमा नेपाल आज दोस्रो खेलमा भारतविरुद्ध उत्रँदैछ। आज साँझ पौने ८ बजे यी दुई टोली श्री कान्तिरवा स्टेडियममा भिड्दैछन्। समूह ‘ए’बाट सेमिफाइनलमा पुग्नका लागि नेपाललाई जितको दबाब हुनेछ। पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ गोलअन्तरले हारेको थियो। अर्कोतर्फ भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४-० गोलअन्तरले हराएको थियो। दक्षिण एसियाको फुटबलमा सबैभन्दा माथिल्लो वरीयताको भारत साफ च्याम्पियनसिपमा सबैभन्दा सफल…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट विश्वकप छनोटमा नेपालको आज निर्णायक खेल, प्रतिस्पर्धी नेदरल्याण्ड्स

    क्रिकेट विश्वकप छनोटमा नेपालको आज निर्णायक खेल, प्रतिस्पर्धी नेदरल्याण्ड्स

    काठमाडौं : क्रिकेट विश्वकप छनोटअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। आज दिउँसो पौने १ बजे नेपाल र नेदरल्याण्ड्स जिम्बावेको हरारेस्थित टाकासिंगा स्टेडियममा आमनेसामने हुनेछन्। यो खेलको नतिजाले समूह ‘ए’बाट शीर्ष तीनमा रहेर सेमिफाइनल पुग्ने टोलीको समीकरणमा ठूलो प्रभाव पार्छ। समूह ‘ए’मा वेस्ट इण्डिज र जिम्बावे खेलेका दुईमध्ये दुवै खेलमा जित निकाल्दै शीर्ष दुईमा छन्। तेस्रो स्थानमा रहेको नेदरल्याण्ड्सले १…

    विस्तृतमा पढ्नुस्

  • पूर्वी नेपालका जलविद्युत आयोजनामा बाढीको क्षति : भेलमा बग्यो ८ अर्ब बढी लगानी

    पूर्वी नेपालका जलविद्युत आयोजनामा बाढीको क्षति : भेलमा बग्यो ८ अर्ब बढी लगानी

    काठमाडौं : पूर्वी नेपालमा आएको बाढीले ३० जलविद्युत आयोजनामा साढे ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुरमा आएको बाढीले ४६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को प्रारम्भिक अध्ययनले देखाएको हो। बाढीका कारण १३२ मेगावाट विद्युत उत्पादन गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    काठमाडौं : हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ-गर्जन/चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो देशभर…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता विकास लामाको निधन

    कांग्रेस नेता विकास लामाको निधन

    काठमाडौं : नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ। ६३ वर्षीय लामाको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। सिन्धुपाल्चोक कांग्रेसका पूर्व जिल्ला सभापतिसमेत रहेका लामा लामो समयदेखि विभिन्न रोगले पीडित थिए। लामाको गएराति अस्पतालमा निधन भएको कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामाले पुष्टि गरे। १४ औं महाधिवेशनमा सहमहामन्त्रीका प्रतिस्पर्धी रहेका लामा गत शनिवार वीरमा भर्ना भएका थिए। २०१६ साल…

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पतालका सात सय शय्या आजदेखि बिरामीका लागि निःशुल्क

    वीर अस्पतालका सात सय शय्या आजदेखि बिरामीका लागि निःशुल्क

    काठमाडौं : वीर अस्पतालमा शुक्रवारदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले शुक्रवारदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए। उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए। उनका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क…

    विस्तृतमा पढ्नुस्

  • सेन्सर बोर्डले पास गर्‍यो ‘परस्त्री’, पायो ‘पीजी’ सर्टिफिकेट

    सेन्सर बोर्डले पास गर्‍यो ‘परस्त्री’, पायो ‘पीजी’ सर्टिफिकेट

    काठमाडौं : सुरज पाण्डे निर्देशित ‘परस्त्री’ले केन्द्रीय चलचित्र जाँच समिति सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको छ। शुक्रवार सेन्सर बोर्डले ‘प्यारेन्टल गाइडेन्स (पीजी)’ सर्टिफिकेट दिएसँगै ‘परस्त्री’ रिलिजको बाटो खुलेको छ। केही दृश्यहरु परिमार्जन गरेर शुक्रवार फिल्म सेन्सरबाट पास भएको फिल्मका लेखक दीपेन्द्र के खनालले जानकारी दिए। ‘फिल्मका ६ दृश्यहरु परिमार्जित गरेपछि हामीले पीजी सर्टिफिकेट पाएर प्रदर्शन अनुमति पाएका हौँ,’ उनले भने। अब १६ वर्षमुनिका बालबालिकाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell