PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • जिम्बावेमा नेपालले थप दुई खेल खेल्ने, कस्तो छ प्लेअफको समीकरण?

    जिम्बावेमा नेपालले थप दुई खेल खेल्ने, कस्तो छ प्लेअफको समीकरण?

    काठमाडौं : विश्वकप छनोट खेलमा समूह 'ए' मा परेको नेपाली क्रिकेट टोलीले चार मध्ये तीन खेलमा पराजित बन्दै विश्वकप पुग्ने बाटो बन्द भएको छ। समूह चरणमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दा जिम्बावे, वेस्ट इण्डिज र नेदरल्याण्ड्सँग क्रमश ८ विकेट, १०१ रन र ७ विकेटको हार ब्यहोर्‍यो। नेपाल रहेको समूह 'ए' बाट सुपर सिक्समा पुग्ने टोली जिम्बावे, नेदरल्याण्ड्स र वेस्टइण्डिज…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता प्राप्त गर्न असहयोग गर्नेलाई परिवारका सदस्यलाई अब हुनसक्छ कैद सजाय

    नागरिकता प्राप्त गर्न असहयोग गर्नेलाई परिवारका सदस्यलाई अब हुनसक्छ कैद सजाय

    काठमाडौं : नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ। सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ। यस्तो आदेशका अवज्ञा गर्नेलाई तीन महिनासम्म कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनमा गरिएको छ। यो व्यवस्थापछि परिवारका सदस्यको असहयोगका कारण नागरिकता नपाउने…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिले सल्लाहकार राख्न नपाउने व्यवस्था गरौं : रघुजी पन्त

    राष्ट्रपतिले सल्लाहकार राख्न नपाउने व्यवस्था गरौं : रघुजी पन्त

    काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपतिले सल्लाहकार राख्न नपाउने व्यवस्था गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रपतिले सल्लाहकार राख्न नपाउने र उपराष्ट्रपतिलाई राष्ट्रियसभाको पदेन अध्यक्ष बनाउनुपर्ने धारणा राखेका हुन्। 'भारतमा राष्ट्रपतिले सल्लाहकार राख्ने चलन छैन। हामीले सल्लाहकार राख्नसक्ने कानुन बनाएर सुरुदेखि नै गल्ती गर्‍यौं। राष्ट्रपति चल्ने…

    विस्तृतमा पढ्नुस्

  • सांसदहरुले उठाए बजेटमाथि प्रश्न, 'संशोधन नहुने हो भने संसदमा छलफलको औचित्य छैन'

    सांसदहरुले उठाए बजेटमाथि प्रश्न, 'संशोधन नहुने हो भने संसदमा छलफलको औचित्य छैन'

    काठमाडौं : आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन नहुने हो भने त्यसबारे संसद्मा छलफल चलाउनुको औचित्य नरहने धारणा सांसदहरुले राखेका छन्। सदनमा उठेका विषयलाई सरकारले स्वामित्वकरण गर्न नसकेको र औपचारिकताका लागि मात्रै छलफल चलाइएको धारणा सांसदबाट आएको हो। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद रमेश लेखकले बजेटमा संशोधन हुँदैन भन्नेकुरा…

    विस्तृतमा पढ्नुस्

  • पशुपति क्षेत्रमा आज गङ्‍गामाईको रथयात्रा

    पशुपति क्षेत्रमा आज गङ्‍गामाईको रथयात्रा

    काठमाडौं : प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा गरिने गङ्‍गामाई जात्राको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपतिनाथ मन्दिरमा रहेको गङ्‍गाको मूर्तिलाई वाग्मती किनारमा अवस्थित गङ्गा मन्दिर अगाडि पूजा तथा हवन गर्ने तयारी पूरा भएको कोषका सूचना अधिकारी एवं संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए। पूजा एवं हवन सकिएपछि आजै दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा चट्याङ लागेर एकजनाको मृत्यु

    पोखरामा चट्याङ लागेर एकजनाको मृत्यु

    काठमाडौं : पोखरामा चट्‍याङ लागेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्‍याङ लागेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्‍याङकाे प्रहारबाट विक बेहोस भएका थिए। घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उनको उद्दार गरेर मेट्रोसिटी अस्पताल पठाएको थियो। अस्पतालले आज बिहान…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटरलाई ओलीको खाना खाने गरि निम्तो, 'मेहेनत गरे पनि कहिलेकाहिँ परिणाम नमिल्न सक्छ'

    क्रिकेटरलाई ओलीको खाना खाने गरि निम्तो, 'मेहेनत गरे पनि कहिलेकाहिँ परिणाम नमिल्न सक्छ'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई खाना खाने निम्तो दिएका छन्। उनले नेदरल्याण्ड्ससँगको शनिवारको विश्वकप छनोटको खेल हेरेको भन्दै नतिजाबाट निराश नहुन सुझाव दिएका छन्। 'हिजो मैले नेपाली टिम र नेदरल्याण्ड्सबिचको खेल लाइभ हेरें। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तै पनि हेरें,' अध्यक्ष ओलीले लेखेका छन्, 'आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले अवरुद्ध भयो मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्ड

    पहिरोले अवरुद्ध भयो मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तिबाङ सडकखण्ड

    काठमाडौं : शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बागलुङ-बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका-२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो। शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौं, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउने यातायातका साधन ठप्प भएका हुन्। सडक खुलाउनका लागि जेसिबी पठाएको ढोरपाटन नगरपालिकाका उपप्रमुख कल्याण कायतले जानकारी दिए। बुर्तिबाङ…

    विस्तृतमा पढ्नुस्

  • के कारण सुपरहिट फिल्म 'दी केरला स्टोरी' ओटीटीमा बिकेन?

    के कारण सुपरहिट फिल्म 'दी केरला स्टोरी' ओटीटीमा बिकेन?

    बलिउडमा अप्रत्यासित रुपमा हिट भयो दी केरला स्टोरी। फिल्म विवादित पनि बन्यो। सत्य घटनामा जसरी स्टोरी न्यारेट गरियो तर यथार्थमा त्यस्तो थिएन। जतिसुकै माइनुपुलेट भएको कथा भए पनि फिल्म हिट भयो। बक्स अफिसको मानकले ब्लकवस्टर नै ठहर्‍यायो। तर, रोचक के भने यही फिल्म ओटीटी प्लेटफर्ममा भने बिकेको छैन। हिट फिल्म आफ्नो ओटीटीमा अपलोडका लागि होडबाजी गर्नेहरु यस फिल्मप्रति पोजेटिभ देखिएका…

    विस्तृतमा पढ्नुस्

  • सुन जस्तो धातुसहित एकजना पक्राउ

    सुन जस्तो धातुसहित एकजना पक्राउ

    काठमाडौं : सशस्त्र प्रहरीले सुन जस्तो देखिने दुई किलो धातुसहित एकजनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल बिओपि बयरघाट रुपन्देहीले शनिबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहबाट दाङको घोराहि नगरपालिका-१० का हुमानन्द गिरिलाई नियन्त्रणमा लिएको हो। नेपालबाट भारत तर्फ जाँदै गरेको  बा.१२ च.३८२० नं. को मारुती सुजुकी कारलाई विशेष सुचनाको आधारमा नियन्त्रणमा लिई चेकजाँच गर्दा गियर बक्समा फल्स बटम बनाएर…

    विस्तृतमा पढ्नुस्

  • आजबाट जसपाको विधान अधिवेशन

    आजबाट जसपाको विधान अधिवेशन

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। उनका अनुसार उक्त विधान अधिवेशनमा केन्द्रीय समितिका ४०६ जना सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जना…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

    हेटौंडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु

    हेटौंडा : हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। गए राति भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको वाग्मती प्रदेश०३-००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको वाग्मती प्रदेश०३-००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिएको थियो। त्यसक्रममा स्कुटरमा पछाडी सवार हेटौंडा-१ जरुवाटोल बस्ने २५ वर्षीय अमित कपाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ठक्करबाट घाइते कपाडीको हेटौंडा अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • पुटिनलाई सत्ताच्युत गर्ने वाग्नर समूहको उद्देश्यमा लाग्यो 'ब्रेक', विद्रोही प्रिगोजिन बेलारुस जाने

    पुटिनलाई सत्ताच्युत गर्ने वाग्नर समूहको उद्देश्यमा लाग्यो 'ब्रेक', विद्रोही प्रिगोजिन बेलारुस जाने

    रसियाका राष्ट्रपति भलाद्‍मीर पुटिनलाई सत्ताच्युत गर्ने चेतावनी दिएको वाग्नर समूह आफ्नो कुराबाट पछि हटेको छ। अन्तर्राष्ट्रिय संचारमाध्यम अनुसार शनिबार राति वाग्नर समूह र रसियाली नेतृत्वबिच सहमति भएको छ। जस अनुसार वाग्नर समूहका लडाकूले मस्कोतर्फको 'मार्च' बन्द गर्नेछन्।  शनिवार वाग्नर समूहले रसियाको रोस्तोभ अन डनका प्रमुख क्षेत्र कब्जा गरेको थियो। र, सो क्षेत्रमा पुटिनको शासन नरहने दाबी गरेको थियो। वाग्नर समूहको यो घोषणा पछि…

    विस्तृतमा पढ्नुस्

  • वर्षा पछि बैतडीका किसानलाई रोपाइँको चटारो

    वर्षा पछि बैतडीका किसानलाई रोपाइँको चटारो

    काठमाडौं : लामो समयपछि वर्षा सुरु भएसँगै बैतडीका किसान खुसी भएका छन्। वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई पनि राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन्। रोपाइँका लागि वर्षाले निकै राहत गरेको बैतडीको दोगडाकेदार–३ श्रीकोटका किसान प्रेमसिंह धामीले बताए। यसअघि असार पहिलो सातासम्म पनि रोपाइँका लागि वर्षा नहुँदा यहाँ किसान चिन्तित भएका थिए। उनले भने, 'वर्षा नहुँदा यसअघि रोपाइँ…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध, बझाङ जाने यात्रु अलपत्र

    पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध, बझाङ जाने यात्रु अलपत्र

    काठमाडौं : निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ। उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको हो। यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन्। राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशतमात्रै, आन्तरिक आयतर्फभने ८५ प्रतिशत उपलब्धि

    ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशतमात्रै, आन्तरिक आयतर्फभने ८५ प्रतिशत उपलब्धि

    काठमाडौं : ललितपुर महानगरपालिकाले चालु आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ। महानगरका सूचना अधिकारी देव गुरागाईँका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ दुई अर्ब सात करोड रुपैयाँ बजेटमात्रै खर्च गर्न सफल भएको हो। यो महानगरको वार्षिक पुँजीगत बजेट पाँच अर्ब १९ करोड ३५ लाख रुपैयाँको ४० प्रतिशत हो। गत असारमा ६ अर्ब ३५ करोड ३५ लाख…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

    आजको मौसम : देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं : आज बिहान देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली  रहेको छ। महाशाखाका अनुसार बिहान लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन दुई महत्वपूर्ण खेलमा पराजय : तुहियो विश्वकप सपना, साफबाट पनि बाहिर

    एकैदिन दुई महत्वपूर्ण खेलमा पराजय : तुहियो विश्वकप सपना, साफबाट पनि बाहिर

    काठमाडौं : नेपालमा लोकप्रिय खेलको चर्चा गर्दा दुई महत्वपूर्ण खेल अगाडि आउँछन्, फुटबल र क्रिकेट। शनिवार नेपाली फुटबल र क्रिकेट दुबैका लागि महत्वपूर्ण दिन थियो। दुई फरक प्रतियोगिताका समूह 'ए' मा रहेका यी दुवै टोलीलाई जित्नै पर्ने दबाब थियो। तर, दुबै टोली पराजित भएका छन्। क्रिकेटतर्फ एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोली शनिवार नेदरल्याण्ड्ससँग पराजित भयो। र, सुपर सिक्समा…

    विस्तृतमा पढ्नुस्

  • बागलुङमा चट्‍याङ लागेर दुई जनाको मृत्यु

    बागलुङमा चट्‍याङ लागेर दुई जनाको मृत्यु

    काठमाडौं : बागलुङमा चट्‍याङ लागेर दुई जनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिकाऔ५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्‍याङ पर्दा ६ वर्षीय दिनेश विक र ९ वर्षीया सुनिता विकको मृत्यु भएको हो। चट्‍याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। चट्‍याङले घर नजिकै बाँधेको एक भैँसीसमेत…

    विस्तृतमा पढ्नुस्

  • साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो

    साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो

    काठमाडौँ: भारतको बेङ्ग्लोरमा जारी साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह 'ए' बाट लगातार दुई जित निकालेका कुवेत र भारतले सेमिफाइनलमा स्थान पक्का गर्दा लगातार दुई खेल हारेका नेपाल र पाकिस्तान पराजित भएका हुन्। शनिवार सम्पन्न दोस्रो खेलमा नेपाल भारतसँग २-० गोलले पराजित भएको हो। १८ औँ मिनेटमा एरिक बिस्टको भली प्रहार भारतीय गोलकिपरले बचाए। पहिलो हाफको अन्त्यतिर नेपालले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell