PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • कोशी र वाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    कोशी र वाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आजको मौसम

    काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। कोशी, वाग्मती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार मंगलवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा…

    विस्तृतमा पढ्नुस्

  • काम सुरु गरेको ४३ दिनमै सकियो गुर्जा खानेपानी आयोजना

    काम सुरु गरेको ४३ दिनमै सकियो गुर्जा खानेपानी आयोजना

    म्याग्दी : धवलागिरी गाउँपालिका-१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन। म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जा मात्र हो। गुर्जा पुग्न धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङबाट पुरै दिन जंगल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ। घोडा, खच्चर र भरियामार्फत सामान ढुवानी गर्नुपर्छ। यस्तो दुर्गम र विकट बस्तीमा सञ्चालन भएको गुर्जा खानेपानी आयोजना निर्माण लक्ष्य भन्दा अघिनै सकिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भुटानी शरणार्थी प्रकरणः २४ वर्षीय बुढाथोकी समातिए, बैंक खातामा लाखौं रकम डिपोजिट!

    नक्कली भुटानी शरणार्थी प्रकरणः २४ वर्षीय बुढाथोकी समातिए, बैंक खातामा लाखौं रकम डिपोजिट!

    काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले सोही क्रममा फरार रहेका आशीष बुढाथोकीलाई नियन्त्रणमा लिएको हो। काठमाडौंबाट उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाइएको थियो। जसमा १८ जना पक्राउ परिसकेका छन्। अदालतको आदेशले अहिले १६ जना पूर्पक्षका क्रममा थुनामा छन्। अदालतमा दर्ता अभियोगपत्र अनुसार शरणार्थी प्रकरणमा बुढाथोकीको खातामा…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन क्यासिनो खेलाउने समूहका चार जना पक्राउ

    अनलाइन क्यासिनो खेलाउने समूहका चार जना पक्राउ

    काठमाडौंः  अनलाइन क्यासिनो खेलाउने समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति उनीहरुलाई कलंकी, ठमेल र बालाजु हाइटबाट नियन्त्रणमा लिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। राजा चौधरीले केही समयदेखि अनलाइन ग्याम्लिङ खेलाइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले राजा चौधरी, विवेक चौधरी, रितेन्द्र प्रधान र आशा गुरुङलाई पक्राउ गरेको हो। राजाले फेसबुकमा विभिन्न एकाउन्ट बनाई अनलाइन ग्याम्बिलङ र सट्टेबाजी…

    विस्तृतमा पढ्नुस्

  • ७५ लाखको लागतमा हुँदै प्रधानमन्त्री कप क्लब लिग, विजेतालाई काभा क्लब च्याम्पियनसीप खेल्ने अवसर

    ७५ लाखको लागतमा हुँदै प्रधानमन्त्री कप क्लब लिग, विजेतालाई काभा क्लब च्याम्पियनसीप खेल्ने अवसर

    काठमाडौं : नेपाल भलिबल संघले असार २३ गतेबाट ३० गतेसम्म एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल आयोजना गर्ने भएको छ। करिब ७५ लाख रुपैयाँ अनुमानित लागतमा आयोजना हुन लागेको प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषदले ४० लाख रुपैयाँ छुट्याएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए। पुरुषतर्फ ८ टोली, महिलातर्फ ६ टोली लिगमा पुरुषतर्फ ८ क्लब र महिलातर्फ…

    विस्तृतमा पढ्नुस्

  • सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने

    सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने

    काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएपछि तोकिएको समयभित्र रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही र तलब भत्ता असुल उपरको नीति कार्यान्वयनमा ल्याएको छ। यस्तै सरुवा भएर जाने कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्काको प्रक्रिया अगाडि बढाउन थालिएको छ। प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलका क्रम उठेका प्रश्नको जवाफ दिने क्रममा सङ्घीय मामिला…

    विस्तृतमा पढ्नुस्

  • अनि प्रभासले बचाए आदिपुरुषको सम्भावित थप क्षति...

    अनि प्रभासले बचाए आदिपुरुषको सम्भावित थप क्षति...

    ओम राउतको बहुप्रतीक्षित फिल्म आदिपुरुष अघिल्लो साता रिलिज भयो। फिल्मले सप्ताहन्‍तमा ऐतिहासिक धमाका गर्‍यो बक्स अफिसमा। तर, लगत्तै यसको ओरालो यात्रा यसरी सुरु भयो कि फिल्म फ्लप। फिल्मले घाटा बेहोरेको सबैले देखे नै। तर, फिल्मलाई थप घाटा हुनुबाट प्रभासले बचाएको खबर बाहिरिएको छ। पौराणिक कथामा आधारित थ्री डी फिल्म जुन १६ मा बहुभाषामा रिलिज भएको थियो। तर, यसले क्रिटिक तथा…

    विस्तृतमा पढ्नुस्

  • धादिङ पुगेर प्रचण्डले भने : पाँच वर्ष यो गठबन्धनलाई केहि हुने छैन

    धादिङ पुगेर प्रचण्डले भने : पाँच वर्ष यो गठबन्धनलाई केहि हुने छैन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनपश्चात आयोजित कार्यक्रमलाई सम्बोध गर्दै प्रचण्डले सरकारको आयु गठबन्धन रहेसम्म रहने बताएका हुन्। उनले भने,‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ। पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन। यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा डेरा गरी बस्ने चिनियाँ नागरिकसँग भेटियो स्रोत नखुलेको रकम, गैरकानुनी गतिविधि गरेको आशंका

    काठमाडौंमा डेरा गरी बस्ने चिनियाँ नागरिकसँग भेटियो स्रोत नखुलेको रकम, गैरकानुनी गतिविधि गरेको आशंका

    काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले काठमाडौंबाट दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानबाट श्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ र २ हजार चिनियाँ युआनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियानछियान र ४५ वर्षीय झु जिनफाङ्ग रहेका छन्। गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानस्थित भाडामा बस्दै आएका चिनियाँ…

    विस्तृतमा पढ्नुस्

  • नेपालबाट अष्ट्रेलिया पुर्‍याइएको पुरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

    नेपालबाट अष्ट्रेलिया पुर्‍याइएको पुरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइँदै

    काठमाडौं : अष्ट्रेलियाको ‘नेशनल ग्यालरी' सङ्ग्रहालयमा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएको छ। नेपाली कलाकारले २०औं शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए।  नेशनल ग्यालरीले नै कलाकृति नेपाली दुतावासलाई हस्तान्तरण गरेको थियो। यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रीला इन्टरनेशनल फ्रेट प्रालिले नेपाल ल्याउन लागेको हो। कूल २२ सेन्टिमिटर…

    विस्तृतमा पढ्नुस्

  • मोदीलाई सांसदको प्रश्न : सङ्घीय निजामती ऐन कहिले आउँछ? कर्मचारी सरुवाका लागि सिंहदरबार कति धाउने?

    मोदीलाई सांसदको प्रश्न : सङ्घीय निजामती ऐन कहिले आउँछ? कर्मचारी सरुवाका लागि सिंहदरबार कति धाउने?

    काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा विधेयक तर्जुमा गरी अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा परामर्शका लागि पठाइएको बताएका छन्। ती मन्त्रालयबाट सहमति प्राप्त भएपछि संसद्को यही अधिवेशनमा विधेयक पेस गरिने उनले बताए। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको आज जवाफ दिँदै उनले गत चैत…

    विस्तृतमा पढ्नुस्

  • राजीनामा दिँदा पनि प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध आक्रामक भए न्यायाधीश भट्टराई, किन त्यागे पद?

    राजीनामा दिँदा पनि प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध आक्रामक भए न्यायाधीश भट्टराई, किन त्यागे पद?

    काठमाडौं : प्रस्तावित प्रधान न्यायधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी गरेका न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्। आज उनले प्रधान न्यायाधीश हरिकृष्ण कार्कीलाई राजीनामा बुझाएका हुन्। उनले राजीनामा बुझाउँदा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रारको समेत उपस्थित थियो। प्रस्तावित प्रधान न्यायाधीश कार्की विरुद्ध उजुरी गरेपछि उजुरीमाथि संसदीय सुनुवाइ समितिको बैठकमा छलफल भएको थियो। कार्कीविरुद्ध २९ वटा उजुरी परेको थियो। कार्कीविरुद्ध बहालवाला न्यायधीश भट्टराईले…

    विस्तृतमा पढ्नुस्

  • हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका न्यायाधीश श्रीकृष्णले बुझाए राजीनामा

    हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका न्यायाधीश श्रीकृष्णले बुझाए राजीनामा

    काठमाडौं : प्रधानन्यायाधीशका लागि प्रस्तावित भएपछि हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका न्यायाधीश श्रीकृष्ण भट्टराईले राजीनामा दिएका छन्। आज उनले प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई राजीनामा बुझाएका हुन्। कार्की विरुद्ध उजुरी आह्वान भएपछि बहालवाला न्यायाधीशले नै उजुरी दिएको विषयमा संसदीय सुनुवाइ समितिको बैठकमा छलफल भएको थियो। कार्कीविरुद्ध २९ वटा उजुरी परेका थिए। उजुरीकर्ता भट्टराई अर्घाखाँचीमा कार्यरत न्यायाधीश थिए। समिति सदस्यहरुले पनि बहालवाला न्यायाधीशले नै उजुरी दिएको विषयलाई महत्वका…

    विस्तृतमा पढ्नुस्

  • सेनाको सङ्ख्याबारे संसदमा रक्षा मन्त्रीको जवाफ, द्रुतमार्ग निर्माणबारे के भने?

    सेनाको सङ्ख्याबारे संसदमा रक्षा मन्त्रीको जवाफ, द्रुतमार्ग निर्माणबारे के भने?

    काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण हुने भएकाले सङ्ख्यालाई निरपेक्षरूपमा हेर्न नहुने बताएका छन्। सरकारद्वारा आर्थिक वर्ष २०८०-८१ का लागि प्रस्तुत बजेट तथा कार्यक्रममा रक्षा मन्त्रालय र मातहतका निकायका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले संविधान र कानुनले सुम्पिएको तथा सरकारद्वारा समयसमयमा तोकिएका जिम्मेवारी एवं अन्तर्राष्ट्रिय शान्ति स्थापना र…

    विस्तृतमा पढ्नुस्

  • पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव प्रदिप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

    पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव प्रदिप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं : पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ४४ लाख ११ हजार रुपैयाँ बिगो कायम गर्दै ढकालविरुद्ध मुद्दा दायर गरेको हो। ढकालले पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीपछि आयोगले अनुसन्धान गरेको थियो। ढकालले सार्वजनिक सेवा…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहरियो ‘द सेक्रेट्स अफ राधा’

    नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहरियो ‘द सेक्रेट्स अफ राधा’

    काठमाडौं : सुवर्ण थापा निर्देशित फिल्म ‘द सेक्रेट्स अफ राधा’ नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएको छ। सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको यस फिल्मले उत्कृष्ट फिचर फिल्मतर्फको अवार्ड जितेको हो। महोत्सवमा पुगेका लेखक तथा निर्देशक सुवर्ण थापाले ‘द सेक्रेट्स अफ राधा’ले उत्कृष्ट अवार्ड जित्दा खुसी व्यक्त गरे। यस्तै, सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • अपार्टमेन्टको बास, 'लिभ इन रिलेसन'को विलासी जीवन, चोरीको कारोबार, बेच्‍ने ठाउँ 'हाम्रो बजार'!

    अपार्टमेन्टको बास, 'लिभ इन रिलेसन'को विलासी जीवन, चोरीको कारोबार, बेच्‍ने ठाउँ 'हाम्रो बजार'!

    काठमाडौं : एक जोडी केही दिनदेखि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छ। ३९ वर्षीय सुवोध श्रेष्ठ र १९ वर्षीया रोशनी महर्जनलाई प्रहरीले समातेपछि केही रोचक तथ्यहरु खुल्यो। जोडीको गेटअप हेर्दा चिरिचट्ट। लवाइखवाई पनि हाइप्रोफाइल। तर, उनीहरू माथि आरोप भने चोरीको। 'एकदम राम्रो लाइफस्टाइलमा बसेको देखियो। तर धन्दा भने चोरीको हो,' जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले भने। समातिएका दुवैजना काठमाडौँका रैथाने…

    विस्तृतमा पढ्नुस्

  • रोमानियामा प्रकाश सपुतमाथि बोतल प्रहार, दोषीलाई कारबाही गर्न प्रतिष्ठानको माग

    रोमानियामा प्रकाश सपुतमाथि बोतल प्रहार, दोषीलाई कारबाही गर्न प्रतिष्ठानको माग

    काठमाडौं : रोमानियामा आयोजित एक सांगीतिक कार्यक्रममा गायक प्रकाश सपुतमाथि बोतल प्रहार भएको छ। आइतवार राति रोमानियाको बुचारेस्टस्थित हेरस्त्राउ पार्कमा आयोजित ‘याद नेपाली म्युजिक फेस्टिभल- २’ कार्यक्रममा प्रस्तुति दिइरहेका सपुतमाथि दर्शकले बोतल प्रहार गरेका हुन्। रक्सीसहितको बोतल उनको अनुहारमा लागेको भिडियो क्लिप्स अहिले सामाजिक सञ्जालमा छाएको छ। युरोपेली देश रोमानियामा प्रकाश प्रिती आलेसहित सांगीतिक मेलामा पुगेका थिए। घटना के कारणले भयो र उनीमाथि बोतल प्रहार गर्ने को हुन्?…

    विस्तृतमा पढ्नुस्

  • जसपाको विधान अधिवेशन : अध्यक्ष यादवद्वारा प्रस्तुत विधानमाथि समूहगत छलफल जारी

    जसपाको विधान अधिवेशन : अध्यक्ष यादवद्वारा प्रस्तुत विधानमाथि समूहगत छलफल जारी

    काठमाडौं : जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन काठमाडौंमा जारी छ। अधिवेशनको दोस्रो दिन सोमवार सहभागीबिच समूह निर्माण गरेर छलफल जारी रहेको छ। पार्टीको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारीअनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतवार प्रस्तुत गरेको विधानमाथि समूहगत छलफल भइरहेको छ। उनले विभिन्न १० वटा समूह बनाएर सोमवार दिनभर छलफल हुने बताए। उक्त समूहगत छलफलमा केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • वान एक्स बेटमा प्रहरीको एक्सन : करौडौंका कारोबारी खोज्दा 'लाखौं'का कलाकार र युट्युबर फन्दामा !

    वान एक्स बेटमा प्रहरीको एक्सन : करौडौंका कारोबारी खोज्दा 'लाखौं'का कलाकार र युट्युबर फन्दामा !

    काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सट्टेबाजी वान एक्स बेटमाथि थालेको अनुसन्धान अझै रोकिने अवस्थामा छैन। दर्जनभन्दा बढी अभियुक्त पक्राउ गरिसकेको छन् यससँग जोडिएका। यसमा नेपालको योजनाकारको खोजीमा प्रहरी रहेको छ। अहिलेसम्म प्रहरीले १४ जनालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। लामो समयदेखि बिट क्‍वाइन र सट्टेबाजीका खेलाडीमात्र होइन, यस पटक प्रहरीको अनुसन्धानको घेरामा कलाकारदेखि युट्युबरसम्म परेका छन्। दर्जन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell