काठमाडौं : केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले ललिता निवास प्रकरणमा थप चार जना पक्राउ परेका छन्। मंगलवार बिहान भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो। त्यसपछि डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरु समेत समातिएका हुन्। प्रहरीले कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसीलाई नियन्त्रणमा लिएको हो। ललिता प्रकरणमा अन्य केही मानिसलाई पनि निगरानीमा राखेर पक्राउ गर्ने तयारी गरिरहेको छ। २०७६…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन्। मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औं वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै विश्वविद्यालयका कूलपतिसमेत रहेका प्रचण्डले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत बताएका थिए। 'विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरि नतिजासमेत…
काठमाडौं : काठमाडौंको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले बसुन्धरामा भेटिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जानकारी दिए। उक्त वस्तु मंगलवार बिहान ८:३० बजे फेला परेको थियो। रासस
काठमाडौं : ललिता निवास प्रकरणमा प्रहरीले मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नक्सालबाट उनलाई पक्राउ गरेको हो। गुरुङ भाटभटेनीका सञ्चालक हुन्। भाटभटेनी नेपालको सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट हो। त्यस्तै यस प्रकरणमा जोडिएका अन्य व्यक्तिलाई पनि प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।
काठमाडौं : ललिता निवास प्रकरणमा विवादित प्रहरीले मीनबहादुर गुरुङ लगायतका व्यवसायीलाई पक्राउ गर्ने भएको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनीहरुलाई पक्राउ गर्न मुभ एको हो। गुरुङ भाटभटेनीका सञ्चालक हुन्। भाटभटेनी नेपालको सबैभन्दा ठूलो चेन भएको सुपरमार्केट हो। ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला निर्वाचन कार्यालय खारेज गरेकोमा प्रतिनिधि सभाको बैठकमा विरोध जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बजेट पारित गराउनु अघिल्लो दिन रास्वपाले उठेर विरोध गरेको हो। सरकारले असार १३ गते बजेट पारित गर्ने तयार गरेको छ। निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभ्न व्यवस्था सरकारले ल्याएको बजेटमा छ। उक्त व्यवस्थाबारे रास्वपा आक्रामक बनेको हो। 'अर्थमन्त्रीले बजेटमा गरेको…
काठमाडौं : भारतमा जारी साफ च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’मा आफ्ना सुरुवाती दुई खेलमा पराजय ब्यहोर्दै सेमिफाइनलको होडबाट बाहिरिसकेका यी दुवै टोलीका लागि यो खेल प्रतिस्ठाको लडाइँमात्र हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो। अर्कोतर्फ पाकिस्तान आफ्नो पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग समान ४-० गोलअन्तरले पराजित भएको थियो। दुवै…
काठमाडौं : नेपाली कांग्रेसले भोलि बुधवारको संसद बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सांसदहरुलाई पत्र पठाउँदै भोलिको बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो। बुधवार अर्थमन्त्री डा प्रकाशशरण महतले बुधवार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्णयार्थ प्रस्तुत गर्दैछन्। बजेट पारितका लागि पक्षमा मतदान गर्नसमेत कांग्रेसले निर्देशन…
काठमाडौं : उपकार ब्रान्ड तथा अर्थ न्युज एचडी टेलिभिजनका संचालक केदारनाथ शर्मा भारतबाट पक्राउ परेका छन्। सहकारी ठगी प्रकरणमा तानिएका उनी केही समयदेखि फरार रहँदै आएका थिए। गत शुक्रावारदेखि उनको टेलिभिजन पनि बन्द भएको थियो। शर्माकी पत्नी गीता शर्मा यसअघि नै पक्राउ परिसकेकी छिन्। केदारनाथ शर्मा शिव शिखर बहुउद्देश्यीय सहकारी सस्थाका पूर्व अध्यक्ष हुन्। उनी विरुद्ध सहकारी ठगीमा निक्षेपकर्ताबाट १४ अर्ब…
काठमाडौं : शिव शिखर बहुउद्देश्य सहकारी सस्थाका पूर्व अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले शर्मालाई भारतबाट पक्राउ गरेर ल्याएको दाबी गरेको छ। सीआईबीको टोलीले वैसाख २७ गते सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो। बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ललाई पक्राउ गरेको थियो। गीता शिखर अर्गनाइजेसनको निर्देशक…
काठमाडौं : सहकारीका बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहँदै आएका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले उनलाई पक्राउ गरी काठमाडौं ल्याएको छ। सीआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले उनलाई पश्चिम नेपालबाट पक्राउ गरेको पुष्टि गर्दै मंगलवार नै घटना विवरण सार्वजनिक गर्ने जानकारी दिए। अध्यक्ष शर्मा यसअघि भारतका विभिन्न स्थानबाट…
काठमाडौं : दुई वर्षदेखि निरन्तर घट्दो आर्थिक वृद्धि दरका बिच मन्दीमा गएको अर्थतन्त्रलाई टेवा दिने गरी नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिलाई खुकुलो बनाउने भएको छ। आइतवारसम्म सरोकारवालासँग सुझाव लिएको राष्ट्र बैंकले मौद्रिक नीति लेखनका लागि काम सुरु गरिसकेको छ। सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ। त्यसलाई भेट्टाउने गरी राष्ट्र बैंकले मौद्रिक औजारको प्रयोग…
झापा : झापामा अलग-अलग घटनामा मंगलवार बिहान तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका-२ स्थित चिया बगानमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। भद्रपुर नगरपालिका-७ बस्ने ५३ वर्षीय गिरेन कर्मकारलाई मंगलवार बिहान महेन्द्र पोखरेलको चिया बगानमा जङ्गली च्याउ टिप्ने क्रममा हात्तीले कुल्चेर मारेको जिल्ला प्रहरी…
रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले गत शनिवार वाग्नर सेनाको विद्रोहको नेतृत्व गरेका नेतामाथि 'रसियालाई रक्तपातपूर्ण द्वन्द्वमा निसासिएको हेर्न' चाहेको आरोप लगाएका छन्। पुटिनले विद्रोह गर्नेहरुलाई 'न्यायमा ल्याउने' वाचासमेत गरेका छन्। येभ्गेनी प्रिगोजिन नेतृत्वको निजी सेनाले गत शनिवार मस्कोमाथि कब्जा गर्ने प्रयास गरेको थियो। २५ हजार सेनाका साथ प्रिगोजिन पुटिनको शासन ढाल्न अघि बढेका थिए। तर, बेलारुससँगको छलफल पछि उनी आफ्नो कदमबाट…
छोरा आर्यन खानसँग विज्ञापनमा सहकार्य गरेका बलिउडका किङ खान शाहरुख छोरी सुहाना खान सँग फिल्ममा देखिने रिपोर्ट सार्वजनिक भएको छ। फिल्म पठानका निर्देशक सिद्धार्थ आनन्द र शाहरुख खानले उक्त फिल्ममा संयुक्त लगानी गर्ने बताइएको छ। गौरी सिन्धेको फिल्म डियर जिन्दगीमा जसरी शाहरुख जाहगिर खानको भूमिकामा देखिएका थिए, त्यस्तै रोलमा छोरीको फिल्ममा आउनसक्ने रिपोर्टमा उल्लेख छ। यसो भयो भने थिएटरमा सुहानाको…
चितवन : सङ्घीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ। भरतपुर अस्पतालमा अहिले दैनिक एक हजार पाँच सय हाराहारी बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन्। चितवनसहित १२ जिल्लाका बिरामीको उपचार नियमित हुने गरेको यस अस्पतालमा अहिले स्वीकृत दरबन्दी एक सय ७७ जनाको छ। अस्पतालमा ४४ चिकित्सकको मात्र स्वीकृत दरबन्दी छ। अस्पताल विकास समितिका चिकित्सक…
मङ्गलबारे : इलामको माङ्सेबुङ-५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन। स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन। गए राति करिब २:०० बजेबाट आगलागी भएको थियो। स्थानीय तथा प्रहरीको सहभागितामा आगो निभाउने प्रयास भइरहेको छ। आगलागीबाट के-कति क्षति भयो…
काठमाडौं : सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्नो सवारी साधनमा नम्बर प्लेट जडान गरेका छन्। सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै सङ्ख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो। यातायात व्यवस्था विभागले अहिलेसम्म झन्डै तीन लाख नम्बर प्लेट उत्पादन भएर आएको जनाएको छ। आपूर्तिकर्ताका कारणले नभएर विभागले नै बाध्यकारी नगरेकाले जडानमा ढिलाइ भइरहेको विभागका…
काभ्रे : काभ्रेपलाञ्चोकको ५० प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा जिल्लाका छ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो। कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाल, भम्लुलगायत जिल्लास्थित आधा स्थानीय तहको खानेपानी नमूनाका रूपमा परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको छ।…
हेटौंडा : वाग्मती प्रदेशसभाको बैठक मंगलवार दिउँसो बस्दै छ। मंगलवारको बैठकमा प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल हुने कार्यसूची छ। बैठक अपराह्न १ बजे बस्ने बताइएको छ। उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८०/०८१ को अनुमाति बजेटमाथि पूर्ण छलफल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। प्रदेश सभा सचिवालयमा मंगलवार बसेको कार्यपरार्मश व्यवस्थापन…