काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा सोमवार यहाँ आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड दिए। उनले राज्यका सबै निकायसँगको समन्वय, सहकार्यमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण…
चितवन : किसानले अण्डाको मूल्य पाउन थालेका छन्। कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ। लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो। बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट)को चार सय रुपैयाँ, मिडियम अण्डा तीन सय ८० रुपैयाँ र एक्सट्रा लार्ज (अझ ठूलो)को चार सय १०…
त्रिवेणी : चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ-बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ। यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन्। योसँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम छ। यस खण्डको विभिन्न स्थानमा निर्माण गरिएका ‘डाइभर्सन’का कारण पानी पर्नासाथ राजमार्ग बन्द हुने अवस्था रहेको छ। कतिपय पुल निर्माणको क्रममा छन्। यसका कारण…
पोखरा : ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन्। पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतवार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तर्क्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए। बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोट प्रचलित विनिमय दरभन्दा घटीमा कारोबार भइरहेको, ठूला भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको गुनासो आएसँगै पोखरा उद्योग…
बलिउडमा डेब्यु गरेको ३१ औं वर्षगाठ पारेर शाहरुख खानले हिजो ट्विटरमा फ्यानसँग संवाद गरे। फिल्म दिवानाबाट उनले बलिउडमा डेब्यु गरेका हुन्। त्यसैका अवसरमा आस्कएसआरकेमार्फत् उनी ट्विटरमा फ्यानहरुसँग जोडिए। सन् १९९२ मा उनले दिव्या भारतीसँग दिवानामा अभिनय गरेका थिए। बलिउडमा सीमित फिल्म दिएर छोटो उमेरमै दिव्याको मृत्यु भयो। बलिउडमा उनको मृत्युलाई रहस्यमय नै मानिन्छ। फिल्म हिट भयो र यो जोडीलाई निक्कै…
बेरामपुर : बिहेको कार्यक्रम सकेर फर्किँदै गरेको निजी बससँग ओएसआरटीसी बस ठोक्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरु सबै बिहेमा सरिक भएर फर्किएकाहरु हुन्। भारतको उडिसामा आइतवार राति दुर्घटना भएको हो। 'सातजना घाइते भएका छन्,' बेरामपुरका एसपी सरावना विवेकले भने। घाइतेलाई उपचारका लागि एमकेसीजी मेडिकल कलेज पुर्याइएको छ। मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेका छन्। बिहेको पार्टी…
काभ्रे : जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ। गत बैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। जिल्लामा पहिलोपटक धुलिखेल-२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’ रोग जिल्लाका १३ वटै स्थानीय तहमा देखिएको केन्द्रले बताएको छ। केन्द्रका अनुसार…
काठमाडौं : प्रतिनिधि सभाको बैठक सोमवार बिहान ११ बजे बस्दैछ। सोमवारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सम्बन्धित मन्त्रालयका विभिन्न शीर्षकहरुमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि…
काठमाडौं : नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स-बेट’मार्फत सट्टेबाजी र त्यसको विज्ञापन गरेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थप एकजना युट्युबरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, तेमाल-८ घर भई काठमाडौंको बूढानीलकण्ठ-११ बस्ने २२ वर्षीय राजकुमार थापा भन्ने युट्युबर राजकुमार तमाङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार तमाङले…
पोखरा : पोखरा महानगरपालिकाले आगामी आव २०८०/०८१ को बजेटमा पूर्वाधार विकास कार्यक्रमलाई प्राथमिकता दिएको छ। भौतिक पूर्वाधार, पर्यटन, सहरी विकासलगायत क्षेत्रमा दुई अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो। आइतवार सार्वजनिक बजेटमा महानगरको प्रशासकीय भवन र वडा कार्यालय भवन निर्माणमा ५४ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको छ। महानगरको प्रशासकीय भवन निर्माण यसै वर्ष थालिने बजेटमा उल्लेख छ। शहरी…
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि…
बुटवलः सशस्त्र प्रहरीले रूपन्देहीबाट बरामद गरेको पहेँलो धातु सुन भएको पुष्टि भएको छ। नेपाल भारत सीमा नाकाबाट बरामद भएको २ थान पहेँलो धातु भैरहवा भन्सार कार्यालयमा जाँच गर्दा सुन ठहर भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, डण्डाका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए। प्रहरीले शनिबार राति रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका १३ कालीदह नाकामा बा १२ च ३८२० नम्बरको कार चेकजाँचका…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले नेपाली कांग्रेस छियाछिया हुन थालिसकेको बताएका छन्। नेपाल प्रेस युनियन काठमाडौंको जिल्ला अधिवेशनमा आफ्नो मन्तव्य राख्दै कांग्रेस नेता डा कोइरालाले उक्त भनाइ राखेका हुन्। 'नेपाली कांग्रेसलाई कसरी सुदृढ बनाउने। छियाछिया हुन थाल्या छ नेपाली कांग्रेस,' कोइरालाले भने, 'अब यसलाई कसरी हामीले पुनर्जीवन दिने हो?' यसबारे पार्टीका नेता कार्यकर्ताले गम्भीर भएर सोच्नुपर्ने उनले…
काठमाडौं : काठमाडौं महानगरपालिकाले भवनको नक्सा स्वीकृत भएको मितिले दुई वर्षसम्मको अवधिलाई निर्माण अवधि मानेर त्यस अवधिको सम्पत्ति करमा छुट दिने भएको छ। आइतबार नगरसभामा मेयर बालेन्द्र शाहले प्रस्तुत गरेको आर्थिक विधेयकले म्याद थप भएमा थप दुई वर्ष सम्पत्ति कर छुट दिने बताएका छन्। तर, कसैले निर्माण अवधिभन्दा अगावै भवन निर्माणको काम सकेर महानगरपालिकाबाट भवन निर्माण सम्पन्नताको प्रमाण पत्र जारी…
काठमाडौं : भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को लागि २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको बजेट प्रस्तुत गरेकी हुन्। भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको…
काठमाडौं : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ। राष्ट्रिय सभागृहमा उपप्रमुख सुनिता डंगोलले आगामी वर्षको बजेट पेश गरेकी हुन्। डंगोलले महानगर स्वर्णिम, गौरव र प्राथमिकतायुक्त गरि तीन क्षेत्रमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको बताइन्। उनले गौरवका आयोजनाहरुमा १० वटा विषयगत आयोजनाहरु छनोट गरिएको बताइन्। गौरवका आयोजनाका लागि ३…
नाग अश्विन रेड्डीको फिल्म ‘प्रोजेक्ट के’ घोषणादेखि नै चर्चामा छ। यस फिल्ममा अमिताभ बच्चन, प्रभास, दीपिका पादुकोण र दिशा पटानी मुख्य भूमिकामा देखिने 'फिक्सड' भइसकेको छ। यसैबिच, प्रोजेक्ट केमा साउथ स्टार कमल हसनको इन्ट्री भएको छ। उनी यस फिल्ममा विशेष भूमिकाका लागि अनुबन्धित भएका हुन्। अमिताभले ट्विटरमा एक भिडियो सेयर गर्दै कमललाई स्वागत गरेका छन्। यसअघि अमिताभ र कमल खबरदार, हे…
काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहकार्यको संस्कृतिको सम्मान गर्दै शान्ति सुरक्षाको भरपर्दो वातावरण बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकअन्तर्गत गृहमन्त्रालयका बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको हितको रक्षामा सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन्। शान्ति सुरक्षाको कामलाई…
काठमाडौं : काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सार्वजनिक सडकहरुमा पार्किङ संचालन गर्न अनुमति नदिने बताएका छन्। महानगर उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्त गरेपछि नगरसभामा सम्बोधन गर्दै प्रमुख बालेनले महानगर क्षेत्रभित्रका सार्वजनिक सडकहरुमा सावरी साधन पार्किङ संचालन गर्न काठमाडौं महानगरले अनुमति नदिइने बताएका हुन्। यद्यपि, महानगरले आफ्नो अधिकार क्षेत्रभित्र निश्चित अवधि तोकिएको समयमा पार्किङ सुविधा उपलब्ध…
काठमाडौं : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रैपयाँको बजेट ल्याएको छ। राष्ट्रिय सभागृहमा उपप्रमुख सुनिता डंगोलले आगामी वर्षको बजेट पेश गरेकी हुन्। डंगोलले नगरसभामा बजेट प्रस्तुत गर्दै चालुतर्फ चालु ८ अर्ब ६१ करोड ५३ लाख रुपैयाँ विनियोजन भएको बताइन्। यो कूल बजेटको ३३.७२ प्रतिशत हो। त्यसै गरि पुँजीगततर्फ १६ अर्ब…