बेइजिङ : चीनको हाङ्जोउस्थित एक होटलमा शुक्रबार विहान शक्तिशाली बम बिष्फोट भएको छ। शुक्रबार विहान खाजाखाने व्यस्त समयमा भएको बम बिष्फोटमा दुई जनाको मृत्यु हुनुको साथै अन्य ५५ जना घाइते भएका छन्। सुरक्षा अधिकारीले क्यामरामा कैद गरेको दृश्यमा बिष्फोटबाट सडकमा गुडिरहेको कारमा सवार एकजना र साइकलमा सवार अर्का एकको मृत्यु भएको देखाइएको छ। रासस/एपी
काठमाडौँ : स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङ र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाबीच १५ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा स्थानीय तहमा वार्षिक योजना, कार्यक्रम बनाउँदा उद्योग क्षेत्रको प्रतिनिधित्व…
बुटवल : रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा अन्तरजातीय प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपीट गर्ने पाँच जनाविरुद्ध रुपन्देही प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको छ। त्यसैगरी, इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी प्रमुख प्रहरी निरीक्षकमाथिसमेत विभागीय कारबाही थालिएको छ। तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीमाथि परिवारका साथै आफन्त र गाउँलेले मिलेर निर्घात कुटपिट गरेको भिडियो र प्रेम गर्ने (पीडित) युवकसँग उल्टै…
रमेश लम्साल काठमाडौँ : ‘मैले ४० सेकेन्डमात्रै फोन गरेँ । मेरो एक मिनेटभन्दा बढीको शुल्क कटौती भयो। फोन गरेको समयको मात्र शुल्क लिने कि उपभोक्तालाई ठग्ने ?’ यो प्रश्न कुनै सर्वसाधारण नागरिकको होइन सांसद् उदयशम्शेर राणाको हो। दूरसञ्चार सेवा प्रदायकले उपभोक्तामाथि ठगी गरिरहेको सन्दर्भ जोड्दै सांसद राणाले भने, ‘उपभोक्तालाई गुणस्तरीय सेवा नदिने अनि उल्टै थप शुल्क लिने ? के उनीहरुलाई कुनै…
बनेपा : काभ्रेपलाञ्चोकको बनेपामा शुक्रबार एकै परिवारका चार जनाले आत्महत्या गरेका छन्। बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। दाहाल परिवार बनेपा–२ टुकुचा नाला निवासी हुन् । आत्महत्या गरेका बुबा, आमा,…
काठमाडौँ : सरकारले काठमाडौँ उपत्यकाको सडक निर्माण कार्यको अनुगमनलाई तीव्रता दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १ गते १५ दिनभित्र उपत्यकाका खाल्डाखुल्डी पुर्न निर्देशन दिएपछि सो अनुरुप काम भए नभएको भनी अनुगमन तीव्र पारिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव चन्द्र घिमिरे, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायलगायतको सरकारी टोलीले शुक्रबार राति १० बजे चाबहिल बौद्ध सडकखण्ड निर्माणको अनुगमन…
काठमाडौँ : नेपाली कांग्रेसको प्रदेश नं २ स्तरीय भेलाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव प्रक्रियामा अघि बढाउनुपर्ने राजनीतिक प्रस्ताव पारित गरेको छ। कांग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न बोलाइएको भेलाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई संशोधन प्रस्तावको पक्षमा मतदान गरी देशलाई राजनीतिक निकास दिन आग्रह गरेको छ। नेता कार्यकर्ताले संशोधन प्रस्तावप्रति विमति…
धुलिखेल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले निर्वाचनमा व्यक्तिगत स्वार्थको भीड बढेकाले पार्टी हारेको बताएका छन्। नेपाली कांग्रेस बनेपा नगरसमितिद्वारा ३५औँ बिपी स्मृति दिवसका अवसरमा आयोजित ‘बिपी विचार एवं सांस्कृतिक कार्यक्रम’मा महतले कांग्रेसभित्रकै अन्तर्घात ठूलो रोग भएको बताए। विपक्षीभन्दा आफ्नै आन्तरिक कारणले कांग्रेसको हार भएकाले अब तत्कालीन लाभलाई छोडेर दीर्घकालीन लाभ लिने प्रण गरी पार्टीलाई अगाडि बढाउन सबै…
भक्तपुर : नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाले आर्थिक वर्ष २०७३/७४ मा विद्युत् महसुलबाट ५० करोड ६८ लाख ७० हजार रुपैयाँ संकलन गरेको छ। अािर्थक वर्ष २०७२/७३ मा विद्युत् बिक्री वितरणबाट ३१ करोड ७६ लाख ७० हजार संकलन भएकामा आर्थिक वर्ष २०७३/७४ मा १९ करोड रकम असुलीमा वृद्धि भएको शाखा प्रमुख विक्रम अमात्यले जानकारी दिए। प्राधिकरणले विद्युत् चुहावट गर्ने ३१७ जनालाई कारबाही…
काठमाडौँ : सरकारले स्थानीय तहका लागि आवश्यक कर्मचारी सम्बन्धित जिल्ला कार्यालयबाटै खटाउने भएको छ। प्रदेश कानून नबन्दासम्म सङ्क्रणकालीन अवस्थाका लागि जिल्लास्थित विभिन्न कार्यालयबाट स्थानीय तहमा कर्मचारी खटाउन लागिएको हो। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सङ्घ र प्रदेशको निर्वाचन नहुँदासम्म सरकारले जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयबाट खटाउने जानकारी दिए। स्थानीय तहमा कर्मचारी खटाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला…
याङ्गुनः म्यानमारमा हिंसात्मक विद्रोह गरिरहेको यहाँको मुस्लिम जाती रोहिङ्गा विद्रोही विरुद्धको कारबाहीलाई सरकारले कडा पारेको छ। पछिल्ला केही महिनायता जारी कारबाहीका क्रममा कैयौँ नागरिक बङ्गलादेशतर्फ भागेका बताइएको छ । त्यस्तै कतिपय विद्रोहीलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ। म्यानमारको प्रहरीले अक्टोबर महिनादेखि कारबाही सुरु गरेको हो। आक्रामक कारबाहीका कारण कोहीले आत्मसमर्पण पनि गरेका छन् भने ठूलो सङ्ख्याका विद्रोही भागेर छिमेकी बङ्गलादेशतर्फ…
पोखरा : कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–११ काहुँडाँडामा निर्माण गरिने धर्मकाय बुद्ध मण्डलाका लागि हालसम्म तीन करोड संकलन भएको छ। मण्डला निर्माणका लागि बेलायतमा रहेका नेपालीबाट दुई करोड र पोखरामा रहेका विभिन्न सङ्घसंस्था र व्यक्तिबाट एक करोड संकलन भएको निर्माण समितिका सचिव राजबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार मण्डला निर्माणका लागि नेपाल सरकार एवम् सरकारका अन्य निकायसँग पनि अनुरोध गरिएको छ। बुद्ध मण्डला…
काठमाडौँ : वैदेशिक रोजागारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिइएको छ। व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सांसदहरुले वैदेशिक रोजागार क्षेत्रमा देखिएका समस्या समाधानमा अन्तर मन्त्रालय समन्वय नभएको, विदेशस्थित नेपाली राजदूतावासले अलपत्र परेका कामदारलाई सहयोग नगरेको, रोजगारीका नाममा अवैधरुपमा विदेश पठाइँदा बढी समस्या आउने गरेकामा सरकारको ध्यानाकर्षण…
पोखरा : कास्कीको सिल्दुजुरेमा रहेको अपर मादी जलविद्युत् आयोजनाले विद्युत उत्पादनमा वृद्धि गरेको छ। मादी नदीबाट निकालिने २५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका दुईवटा टर्वाइन सञ्चालन गरिएपछि २४ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए। गत असार १२ गते भीषण वर्षासँगै आएको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएपछि उत्पादन घटेर आठ मेगावाटमा पुगेको थियो। आयोजनाको मर्मतपछि…
पोखरा : लगाएको खेतीबाली खाइदिएर बाँदरले कृषकलाई सास्ती दिँदै आएका त थिए नै, कृषिकै अनुसन्धान गर्दै आएको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पनि यो समस्याबाट अछुतो बन्न सकेको छैन। विभिन्न बालीको अध्ययन तथा अनुसन्धान गर्दै आएको यो केन्द्रलाई अहिले अनुसन्धानका लागि लगाइएका बाली कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ। केन्द्रका प्रमुख तुलबहादुर पुनका अनुसार अनुसन्धानका लागि लगाइने बालीको बीउ पनि खोस्रिएर…
काठमाडौँ : हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले २३ करोडको चेक हस्तान्तरण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा सचिव देवेन्द्र कार्कीको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीले हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रलाई चेक हस्तान्तरण गरे। आयोजनाको ५१८ किलोमिटर सडक निर्माण गर्न बाँकी रहेकामा ३०० किलोमिटर भारतको सहयोगमा बन्नेछ भने २१८ किलोमिटर सरकारले बनाउने सम्झौता भएको…
यमन : साउदी अरब नेतृत्वमा रहेको युद्धक विमानले यमनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने ताइज प्रान्तमा गरेको हवाई आक्रमणमा परी २० भन्दा बढी सर्वसाधारण मारिएका छन्। हुथी विद्रोही समूहआवद्ध सञ्चारमाध्यमले सर्वसाधारण मारिएका जानकारी दिएको हो। यमनमा जारी द्वन्द्वका कारण विस्थापित भएर बसेका व्यक्तिको आश्रयस्थल अर्थात् शिविरमा भएको साउदी अरेबिया आवद्ध हवाई आक्रमणमा परी २० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाइएको छ। हवाई आक्रमणमा…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हलले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री देउवाले वार्ता र छलफलका माध्यमबाट नै कतारले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिएका उनका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए। प्रधानमन्त्री देउवाले कतारमा रहेका झण्डै चार लाख नेपाली कामदारको सुरक्षा र हितका बारेमा चासो राखेका…
काठमाडौं : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न प्रदेश नम्बर २ को भेला बोलाएको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारीको उपस्थितमा हुने भेला बिहीबार बिहान राजधानीको नयाँ बानेश्वरमा हुने पार्टी कार्यालयले जनाएको छ। भेलामा प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद,…
नारायण ढुंगाना चितवन : नङ्ग्रे नाम गरेको एउटा पोथी बाघ पश्चिम चितवनको विभिन्न क्षेत्रमा डुल्दै आएको छ। बस्ती भित्रै छिरेर उसले ठूलो आतंक नमच्याए पनि सामुदायिक वन तथा करिडोर क्षेत्रमा उसले २० जना मानिसमाथि आक्रमण गरिसकेको छ। अहिलेसम्म नियन्त्रणमा आउन नसकेको उक्त बाघबाट मानवीय जोखिम कायमै छ। मान्छे मार्न पल्केकाले पनि उसले यसरी धेरै मान्छेलाई आक्रमण गरेको अनुसन्धानकर्मीहरु बताउँछन्। चार…