PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

  • रुसमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

    रुसमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

    वासिङटन : रुसमा सोमबार साँझ शक्तिशाली भूकम्प गएको छ। रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ।  रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको भूकम्प निकै शक्तिशाली भएको बताइएको छ। यद्यपि यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ।  यसका कारण सुनामीको खतरा रहेको सूचना सुरुमा जारी गरिएपनि पछि भने त्यसलाई हटाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मोदी गाउँपालिकाको बजेट ३७ करोड ४३ लाख

    पर्वत : मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि ३७ करोड ४३ लाख १२ हजार बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको छ।  सोमध्ये चालुतर्फ २५ करोड ६४ लाख ४० हजार र पूँजीगततर्फ ११ करोड ७८ लाख ७२ हजार विनियोजन गरिएको छ। गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सेती महतले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। बजेट, नीति तथा…

    विस्तृतमा पढ्नुस्

  • गोसाइँकुण्ड मेलालाई लक्षित गरी खाद्यान्न भण्डारण

    रसुवा : गोसाइँकुण्ड पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन धार्मिक मार्गका विभिन्न स्थानमा आवश्यक खाद्यान्न ढुवानी गरिएको छ।  यस वर्षको गोसाइँकुण्ड मेला  साउन १३ गते जनैपूर्णिमाको दिन परेको छ। चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार मुख्य पर्वका दिन धार्मिकस्थलमा ठूलो भीड लाग्ने भएकाले दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुट, चिउरा, दालमोठलगायत आवश्यक खाद्य सामग्री ढुवानी गरी भण्डारण गरिएको हो।  धार्मिक मार्गका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • सय वर्ष पुरानो भक्तपुर अस्पतालः भगवान् भरोसामा उपचार

    सय वर्ष पुरानो भक्तपुर अस्पतालः भगवान् भरोसामा उपचार

    रमेश गिरी  भक्तपुर : देशकै वीर अस्पतालपछिको दोस्रो एक सय १३ वर्ष पुरानो भक्तपुर अस्पतालमा सघन कक्ष सञ्चालनका लागि आएको करोडौँ रुपैयाँको सामान एक वर्षदेखि अलपत्र परेको छ।  अस्पताल पुरानो भएपनि अस्पतालमा सघन कक्षसमेत नहुँदा सामान्यदेखि जटिल शल्यक्रियासमेत भगवान् भरोसामै चल्ने गरेको  चिकित्सकले बताएका छन्। केन्द्रीय अस्पतालका रुपमा रहेको अस्पताल राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विसं १९६१ असार १७ गतेदेखि ‘चन्द्रलोक डिस्पेन्सरी’ नामबाट…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूलीले बगाएर एक कामदार बेपत्ता

    नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा बगेर आज मध्याह्न एक युवक बेपत्ता भएका छन्।  प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुली, हरिहरपुरगढीका १६ वर्षीय राजु लामा छन्। साथीहरुसँगै बालुवा झिकिरहेका बेला लामालाई त्रिशूलीले बगाएको हो। लामाको खोजी भइरहेको छ। त्रिशूली नदीमा राति अवैध रुपमा स्काभेटर प्रयोग गरी बालुवा झिक्ने र त्यसलाई वैध बनाउन दिनमा साबेल प्रयोग गरी गाडीमा…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा पहिरोको जोखिमः प्रुन्दुङ गाउँका बासिन्दाको जंगलमा बास

    धादिङमा पहिरोको जोखिमः प्रुन्दुङ गाउँका बासिन्दाको जंगलमा बास

    धादिङ : उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ रि गाउँस्थित प्रुन्दुङगाउँ पहिरोको जोखिममा परेपछि गाउँका बासिन्दा घर छाडेर जंगलमा बस्न थालेका छन्।  केही दिनदेखिको वर्षाका कारण रिगाउँ मावि तलको भिर पहिरो लड्नै लागेको छ। जमिन फाटेर एक मिटर ठूलो धाँजा फाटेपछि प्रुन्दुङगाउँबासी घर छाडेर जंगलमा बसेका गंगाजमुना – २ का वडाध्यक्ष फैसिंह तामाङले जानकारी दिए।  प्रुन्दुङ गाउँमा तामाङ समुदायका १२…

    विस्तृतमा पढ्नुस्

  • लोकसेवाको निर्देशनः नयाँ जनशक्ति पदपूर्तिका लागि विनियमावली परिमार्जन 

    लोकसेवाको निर्देशनः नयाँ जनशक्ति पदपूर्तिका लागि विनियमावली परिमार्जन 

    काठमाडौँ : लोकसेवा आयोगले संगठित संस्था (सार्वजनिक संस्था र सुरक्षा निकाय) लाई आफ्ना विनियमावलीमा पदपूर्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्न निर्देशन दिएको छ।  आयोगले ती संस्थाको नयाँ जनशक्ति परिपूर्ति गर्नका लागि आयोगले तोकेको मापदण्डमा विनियमावली परिमार्जन गर्न निर्देशन दिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए। उनले ती संस्थाको विनियमावलीमा रहेका पदपूर्तिका लागि बनेका व्यवस्था भएकाले त्यसलाई परिमार्जन गर्नका लागि नयाँ मापदण्ड ल्याइएको बताए। …

    विस्तृतमा पढ्नुस्

  • चिकित्सक संघको आह्वानमा बाँकेका सवै अस्पताल बन्द, दुव्र्यवहार गर्नेमाथि कारवाहीको माग

    नेपालगञ्ज : नेपाल चिकित्सक संघ, भेरी अञ्चल समितिको आह्वानमा आजदेखि बाँके जिल्लामा सञ्चालित सबै अस्पतालका सेवा बन्द गरिएको छ।  गत असार २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक डा श्यामसुन्दर यादवलाई दुव्र्यवहार गर्ने अभियुक्तमाथि स्थानीय प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको विरोधमा संघले आजदेखि अनिश्चितकालीन अस्पताल बन्दको आह्वान गरेको हो।  संघका सचिव डा आरके झाका अनुसार चिकित्सक डा यादवमाथि दुव्र्यवहार र अस्पतालमा क्षति…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण कोरियाको वार्ता प्रस्तावको उत्तरले किन दिएन जवाफ ?

    दक्षिण कोरियाको वार्ता प्रस्तावको उत्तरले किन दिएन जवाफ ?

    सोल : दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावप्रति उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन।  दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि सोमबार मात्र वार्ताको प्रस्ताव गरेको हो। तर मङ्गलबारसम्म यस विषयमा कुनै सहमति वा असहमतिबारेको प्रतिक्रिया उत्तरले दिएको छैन।  दक्षिण कोरियाको रक्षा मन्त्रालयका प्रवक्ता मुन सान क्युनले मङ्गलबार गरेको पत्रकार सम्मेलनमा उत्तरको जवाफ नआएको…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणलाई विकास समितिको निर्देशनः जनतालाई अनुभूति हुने गरी काम हुनुपर्‍यो

    प्राधिकरणलाई विकास समितिको निर्देशनः जनतालाई अनुभूति हुने गरी  काम हुनुपर्‍यो

    काठमाडौँ  : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित जिल्लाबाट आएका गुनासालाई सम्बोधन गर्न प्रविधिज्ञ पुनः खटाउने भएको छ।  भूकम्पबाट क्षति भएका निजी घरको मापदण्ड निर्धारणका लागि प्राधिकरणले ३१ जिल्लामा ३०१ प्रविधिज्ञलाई परिचालन गर्न लागेको हो। व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले परिचालित प्रविधिज्ञले आफ्नो काम आगामी भदौको पहिलो हप्तासम्ममा सम्पन्न गर्ने र यसबाट सबै खालका गुनासा पनि…

    विस्तृतमा पढ्नुस्

  • टर्कीका राष्ट्रपति एर्डोगानले कतार र साउदी अरेबियाको भ्रमण गर्ने

    टर्कीका राष्ट्रपति एर्डोगानले कतार र साउदी अरेबियाको भ्रमण गर्ने

    इस्तानबुल : टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले यसै महिनामा गल्फ राष्ट्रहरुको भ्रमण गर्ने भएका छन्।  उनको यो भ्रमण कतार र साउदी अरेबियाको हुनेछ। टर्कीस् विदेश मन्त्रालयले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा राष्ट्रपतिको भ्रमणबारे  जानकारी दिइएको छ।  पछिल्लो समय कतार गम्भीर कुटनीतिक संकटमा परेको छ। त्यसैले उनको यो भ्रमण त्यसतर्फ केन्द्रीत हुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ।  आगामी जुलाई २३ देखि २५ सम्म…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा यसै सातादेखि लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा सञ्चालन हुने

    भक्तपुरमा यसै सातादेखि लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा सञ्चालन हुने

    भक्तपुरः  सवारी चालक अनुमति पत्रको प्रयोगात्मक अर्थात् सवारी साधन परीक्षा अब भक्तपुरमै यसै सातादेखि सञ्चालन हुने भएको छ।  यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित इजी वे सवारी सेन्टर प्रालिमा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको हो।  कार्यालय र प्रालिबीच सवारी केन्द्र सञ्चालन गर्न आज लिखित सम्झौता भएपछि जिल्लामै सवारी परीक्षा हुने भएको कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाभित्रको विवाद यथावत, निर्णय नसच्याए राणा पक्ष बैठकमा सहभागी नहुने

    राप्रपाभित्रको विवाद यथावत, निर्णय नसच्याए राणा पक्ष बैठकमा सहभागी नहुने

    काठमाडौँ : आन्तरिक विवाद मिल्न नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टीको बुधबारदेखि हुने केन्द्रीय कार्यसमितिको बैठकमा असन्तुष्ट पक्ष सहभागी नहुने स्थिति देखा परेको छ।  पछिल्लोपटक पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्य मनोनयन गरेपछि विवाद चुलिएको हो। असन्तुष्ट पक्षको नेतृत्व गर्दै आउनुभएका वरिष्ठ नेता पशुपति शम्शेर राणाले निर्णय सच्चाउन माग गर्नुभएको तर त्यसलाई संस्थापन पक्षले नकारिदिएपछि विवाद बल्झिएको हो।  राणाले पार्टीमा आफूसँग…

    विस्तृतमा पढ्नुस्

  • निगमको जग्गा खरिद अनियमितता छानबिन गर्न उपसमिति गठन, संयोजकमा सांसद अब्दुल रज्जाक

    निगमको जग्गा खरिद अनियमितता छानबिन गर्न उपसमिति गठन, संयोजकमा सांसद अब्दुल रज्जाक

    काठमाडौँः  नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको छ।  अर्थ समितिको आजको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छाराज तामाङ, नरदेवी पुन, सिर्जना तरामु र रमेशप्रसाद कुर्मी सदस्य रहेको उपसमिति गठन गरेको हो।  उपसमितिले  अनियमितता सम्बन्धमा स्थलगत अध्ययन गरी समिति समक्ष प्रतिवेदन बुझाउने समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए। आयल निगमले इन्धन भण्डारणका लागि झापा,…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनमा ६ अर्ब ३० करोड ४६ लाख खर्च

    स्थानीय तह निर्वाचनमा ६ अर्ब ३० करोड ४६ लाख खर्च

    काठमाडौँः निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म ६ अर्ब ३० करोड ४६ लाख रुपैयाँ खर्च भएको जनाएको छ।  सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो।  निर्वाचनका लागि प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७३/७४ मा खर्च हुन बाँकी रहेको  तीन अर्ब सरकारलाई नै फिर्ता पठाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।  मुख्य…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा बैठकद्वारा अध्यक्ष थापाको राजनीतिक प्रस्ताव पारित, राणा र चन्द अनुपस्थित

    राप्रपा बैठकद्वारा अध्यक्ष थापाको राजनीतिक प्रस्ताव पारित, राणा र चन्द अनुपस्थित

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ।   प्रतिवेदन राप्रपाको भोलिदेखि सुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुने पार्टीका सहायकमन्त्री राजाराम बर्तौलाले जानकारी दिए।  यसैगरी महामन्त्री जयन्त चन्दद्वारा प्रस्तुत सचिवालय, अर्का महामन्त्री ध्रुवबहादुर प्रधानद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन र कोषाध्यक्ष उद्धव पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पनि बैठकले…

    विस्तृतमा पढ्नुस्

  • धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली

    धितोपत्र निष्काशनमा अस्वस्थ प्रतिस्पर्धा रोक्न नयाँ नियमावली

    काठमाडौँ : नेपाल धितोपत्र बोर्डले शेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवामा हुने अस्वस्थ प्रतिस्पर्र्धा निरुत्साहित गर्ने नीति अगाडि सारेको छ ।  बोर्डले बिक्री प्रबन्धक सेवाको लागि एक लाखभन्दा कम सेवा शुल्क लिन नपाइने व्यवस्था गरेको छ। बोर्डको साविकको धितोपत्र व्यवसायी नियमावली, २०६४ मा संशोधन गरी धितोपत्र व्यवसायी नियमावली २०७४ कार्यान्वयनमा ल्याएको छ।  सो नियमावली अर्थ मन्त्रालयले साउन १ गते स्वीकृत गरेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने– २४०को हल्लाको पछि नलाग्नुस्, १६५ निर्वाचन क्षेत्र कायम गर्ने हो

    प्रधानमन्त्रीले भने– २४०को हल्लाको पछि नलाग्नुस्, १६५ निर्वाचन क्षेत्र कायम गर्ने हो

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिने स्पष्ट पारेका छन्।  नेपाल इन्जिनियर्स एसोसिएसनको ५५ औं वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले २४० निर्वाचन क्षेत्र हुने हल्लाको भ्रममा नपर्न आग्रह गरे।  प्रधानमन्त्री देउवाले आगामी मङ्सिरभित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गरिने गृहकार्यमा सरकार जुटेको बताए। उनले भने,‘माघ ७ भित्र सबै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ, निर्वाचन क्षेत्र निर्धारण…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन टर्कीमा धरपकड, ६ जना मानवअधिकारवादीलाई हिरासतमा राख्न अदालतको अनुमति 

    रोकिएन टर्कीमा धरपकड, ६ जना मानवअधिकारवादीलाई हिरासतमा राख्न अदालतको अनुमति 

    इस्ताबुल : आतङ्कवादी समूहलाई सहयोग गरेको आरोपमा टर्कीको एक अदालतले मङ्गलबार ६ जना मानवअधिकारवादीलाई हिरासतमा राख्न अनुमति दिएको छ।  एम्नेस्टी इन्टरनेसनलका टर्कीका निर्देशकसहित छ जना मानवअधिकारवादीलाई केही दिनअघि हिरासतमा लिइएकोमा उनीहरुलाई थुनामा राख्ने थप समय अदालतले अनुमति दिएको जनाइएको छ।  टर्कीको एक मानवअधिकारवादी संस्थाले यसलाई न्यायका नाममा भएको हास्यास्पद निर्णयको संज्ञा दिएको छ । उक्त संस्थाले टर्कीको सरकारले अहिले पनि धरपकड…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पबाट क्षतिग्रस्त गुम्बाको पुनर्निर्माण किन सुरु हुन सकेन ?

    भूकम्पबाट क्षतिग्रस्त गुम्बाको पुनर्निर्माण किन सुरु हुन सकेन ?

    काठमाडौँ : भूकम्पबाट क्षतिग्रस्त भएका बौद्ध सम्पदाको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन।  मुलुकभर बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा एक हजार ३०० भन्दा बढी बौद्ध गुम्बा छन्। तीमध्ये नौ सय ९३ गुम्बा भूकम्पबाट क्षतिग्रस्त भएका थिए। गुम्बा पुनर्निर्माणका लागि विदेशी दातृ मुलुकबाट करिब  आठ अर्ब ९३ करोड सहयोग प्राप्त भएको थियो।  भूकम्प प्रभावित गुम्बा, विहार पुनर्निर्माण सङ्घर्ष समितिले आज यहाँ पत्रकार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell