लमजुङ : मर्स्याङदी नदीमा ट्रक खस्दा एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ट्रकका सहचालक राजन रहेको बताइएको छ । सदरमुकाम बेंसीसहरबाट मनाङतर्फ गइरहेको बा २ ख ९६०६ नम्बरको मालबहाक ट्रक मस्र्याङदी गाउँपालिका– २ स्याँगे भन्ने स्थानबाट मस्र्याङदी नदीमा खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी ट्रक चालक अनिल श्रेष्ठ र सोही ट्रकमा सवार जिल्ला जनस्वास्थ्य कार्यालय मनाङका कर्मचारी सुवास अधिकारी घाइते…
गोरखा : विसं २०७२ को भूकम्पबाट क्षति पुगेको ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् पर्यटकीय महत्वको गोरखा दरबारको पुनःनिर्माण थालिएको छ। दरबार भत्काएर जगैदेखि पुनःनिर्माण गर्न लागिएको हो। गोरखा दरबार हेरचाह अड्डाका नायब सुब्बा रामेश्वर कट्टेलका अनुसार दरबारलाई चारैतिरबाट जस्ता पाताले घेरेर भत्काउन सुरु गरिएको छ। त्यसका लागि २० लाख रुपैयाँ बजेट उपलब्ध गराइएको छ। पुरातत्व विभागले जगैदेखि दरबार पुनःनिर्माण गर्न भनेपछि भत्काउन…
पाकिस्तानः पाकिस्तानको भ्रमणमा कुनै पूर्व कार्यक्रम तय नगरी मङ्गलबार एक्कासी इश्लामावाद आएका कतारका विदेशमन्त्री शेख मोहम्मद विन अव्दुलरहमान अलथानीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफसँग भेट गरेका छन्। भेटमा विदेशमन्त्री शेख मोहम्मदसँग पाकिस्तानी प्रधानमन्त्री सरीफले मध्य पूर्वमा पछिल्ला केही हप्तायता विकसित भएको तनावप्रति चासो व्यक्त गरेका छन्। साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, इजिप्ट, यमन र मालदिभ्सले कतारसँग सम्वन्ध विच्छेद गरेपछि…
उर्लाबारी : मोरङको लेटाङ नगरपालिका – २ मा आज बिहान चट्याङ लागेर आमाछोरीको मृत्यु भएको छ । घर नजिकै खेतमा काम गरिरहेका बेला विहान साढे आठ बजे चट्याङ लागेर ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीया छोरी सुष्मा तामाङको मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले…
लमजुङ : आर्थिक वर्ष २०७३/७४ मा राहदानीबाट एक करोड ८१ लख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सो अवधिमा तीन हजार ४२९ जनाले साधारण राहदानी लिएका छन्। जिल्लाको सिफारिसमा एक हजार ५०९ जनाले द्रूतसेवामा राहदानी लिएका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढी कात्तिकमा राहादानीबाट १८ लाख ७० हजार तथा वैशाखमा सबैभन्दा कम…
लहान : केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। बिहानैदेखि लाग्ने चर्को घामका कारण सर्वसाधारणको दैनिकी कष्टपूर्ण हुन थालेको छ। दिनभरिको तातो घामले अत्यधिक गर्मी बढेपछि घर÷पसलबाट निस्कनै नसक्ने अवस्था आएको स्थानीयवासी बताउँछन्। गर्मीका कारण बजारमा मानिसको चहलपहलसमेत कम भएको देखिन्छ। चर्को घामसँगै तातो हावा चल्दा दैनिक जीवनयापनसमेत प्रभावित भएको छ। एक हप्ताअघिको अत्यधिक वर्षा र…
वासिङटनः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको जी२० बैठकमा एक्लाएक्लै भेटवार्ता भएको भनी आएका समाचार ह्वाइटहाउसले स्वीकार गरेको छ। यो महिनाको सुरुतिर जर्मनीको ह्याम्बर्गमा भएको जि२० बैठकका क्रममा उनीहरुबीच पहिला घोषित रुपमा नै भेटवार्ता भएको मात्र समाचार आएको थियो। तर पछि भएको दोश्रो बैठकको समाचारलाई भने अहिलेसम्म पनि गोप्य राखिएको थियो । भेटवार्ताको समाचार…
मनिलाः फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि आक्रमण भएको छ। आक्रमणमा उनका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते भएका छन् । उनलाई नै लक्षित गरी सो आक्रमण भएको हो। तर सवारीमा सुरक्षाको लावालस्करको निकै पछि उनी भएकाले ठूलो दुर्घटना टरेको समाचारमा जनाइएको छ। राष्ट्रपति डुटेर्ते पनि सोही सवारीमा रहेको अनुमान गरी गोली चलाइएको थियो। गोली लागेर उनको सवारीको सुरक्षाका लािग खटिएका सुरक्षाकर्मी घाइते…
काठमाडौँ : संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ। अध्यक्ष कमल थापाको अध्यक्षतामा नयाँबानेश्वरमा सुरु भएको बैठकमा असन्तुष्ट पक्षका नेता पशुपतिशम्शेर राणाबाहेक नेताको सहभागिता छ। बैठकमा नवमनोनित ४२ जना केन्द्रीय सदस्यकार पूर्वकेन्द्रीय सदस्य पनि उपस्थित छन्। बैठकमा असन्तुष्ट पक्षका उपाध्यक्षद्वय दीपक बोहरा, विक्रम पाण्डे र महामन्त्री सुनिल थापालगायतको सहभागिता छ। साउन…
खोटाङ : खोटाङको प्रमुख नाका जयरामघाटमा निर्माणाधीन पक्की पुल आगामी दसैं अगाडि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशीस्थित जयरामघाटमा निर्माणाधीन पुलको स्टील ट्रस जडान कार्य सम्पन्न भएको र साउन महिनाभित्रै ढलानको काम सम्पन्न गरेर दसैं अगाडि सञ्चालनमा ल्याउने तयारी गरिएको ठेकेदार कम्पनीले जनाएको छ। स्टील ट्रस जडान कार्य सकिएलगत्तै ढलानका लागि फर्मा बिच्छ्याउन थालिएको र आवश्यक सामग्रीसमेत निर्माणस्थलमा…
भीष्मराज ओझा काठमाडौँ : सरकारले संविधानबमोजिम संघीय संसद् र प्रदेश सभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि ‘निर्वाचन क्षेत्र निर्धारण आयोग’ गठन गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार सरकारले प्रतिवेदन तयार गर्ने गरी छोटो समय दिएर आयोग गठन गर्ने तयारी थालेको हो। उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आयोग गठन गर्ने…
अच्युत रेग्मी काठमाडौँ : नेशनल ट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री–वितरणका लागि आयात गरेको वाइन, चुरोट, बियर, चकलेट, लिकरलगायतका सामान काम नलाग्ने अवस्थामा पुगेका छन्। लामो समयसम्म ती सामान बिक्री–वितरण गर्न विभिन्न समस्या आएपछि कर्पोरेसनका गोदाममा ती सामान सढेका हुन् । यसबाट सस्थालाई चार करोड १७ लाख रुपैयाँ घाटा भएको छ। कर्पोरेसनका प्रवक्ता गीता निरौलाले कर्पोरेसनले कर मिनाहा गरी आयात गरेका ती सामान…
कालिका खड्का काठमाडौँ : कार्यपालिकाले तयार गर्ने कानुनलाई व्यवस्थापिकाले पारित गर्ने संवैधानिक व्यवस्था छ। तर तिनको मस्यौदा बनाउने नेपाल कानुन आयोगको भूमिका प्रायः ओझेलमै परेको देखिन्छ। विभिन्न मन्त्रालय वा निकायले कानून निर्माण गर्नुअघि कानुन आयोगमार्फत मस्यौदा तयार गर्छन्, त्यसलाई मन्त्रिपरिषद्ले पारित गरी व्यवस्थापिका–संसद्मा प्रस्तुत गरिन्छ । संसद्बाट पारितभएपछि राष्ट्रपतिबाट जारी हुन्छ। आयोगका अध्यक्ष माधवप्रसाद पौडेल सम्बन्धित पक्षको परामर्शमा हरेक कानुनको प्रारम्भिक…
काठमाडौँ : नेपालले संयुक्त राष्ट्रसंघीय उच्चस्तरीय राजनीतिक मञ्चमा दिगो विकासका कार्यसूची कार्यान्वयनबारे स्वेच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरेको छ। राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी उक्त मञ्चको मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले समीक्षा प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्षमा नेपालले सात प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सुनाउँदै श्रेष्ठले त्यसले नेपालको विकासको…
लहान : सप्तरीको बोदेबर्र्साइन–४ स्थित सिमराहामा आज बिहान भएको आगलागीमा करिब तीन लाख मूल्य बराबरको क्षति भएको छ। बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उनका चार घर जलेर नष्ट भएका स्थानीयवासीले बताएका छन्। आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सम्पूर्ण सामान जलेर नष्ट छ। स्थानीयवासी तथा प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो। रासस
टोकियोः जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने फुकुओका र ओइटा प्रदेशमा बाढी पहिरोका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढेर ३४ पुगेको छ। जुलाई पाँचमा अविरण वर्षापछि आएको बाढी पहिरोमा परी अरु सात जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन्। सोमबार मात्रै थप दुई जनाको शव बाढीपहिरो प्रभावित क्षेत्र भन्दा झण्डै १० किलोमिटर टाढा भेटिएपछि मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको हो। बाढी पहिरो प्रभावित…
काठमाडौँ : उपप्रधान तथा परराष्ट्रमन्त्री मन्त्री कृष्णबहादुर महराले नेपालको शान्ति प्रक्रिया तथा भूकम्पका बेला राहत तथा उद्धारका साथै पुनःनिर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्रमा नर्वेली सहायता र लगानी विस्तार गर्न आग्रह गरेका छन्। आफ्नो चारवर्षीय कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि नर्वेली राजदूत चेल तोरमोड पेटर्सेनसँग आज परराष्ट्र मन्त्रालयमा भएको बिदाइ भेटमा परराष्ट्रमन्त्री महराले संक्रमणकालको अन्त्यसँगै नेपालमा…
जाजरकोट : जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका वडा नं ३ मा काठको पुल भाँचिएर खोलाले बगाउँदा सोही स्थानका ४३ वर्षीय हुमबहादुर परियारको मृत्यु भएको छ। टट्टा र बाँस्कोटीको बीचमा रहेको साङ्टखोलामा रहेको काठको पुल भाँचिएपछि पुलको बीचमा हिँडिरहेका परियार खोलामा परेका थिए। करिब २०० मिटर तल खोलाले बगाएपछि परियारको मृत्यु भएको स्थानीय लक्ष्मण रसाईलीले जानकारी दिए। पक्की पुलको माग गर्दै आएका यहाँका…
काठमाडौंः नेकपा एमालेले स्थानीय तहमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रम तय गरेको छ। एमाले केन्द्रीय सचिवालयको आजको बैठकले प्रदेश नं १ मा साउन २३ र २४, ३ मा साउन २७ र २८, ४ मा साउन २७ र २८, ५ मा साउन १० र ११ गते, ६ मा साउन २९ र ३० गते र ७ मा साउन ७ र ८…
क्यानबेरा : जलवायु परिवर्तनको असरका बारेमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण समुद्री सतहमा अझ बृद्धिहुने अनुमान गरेका छन्। आगामी एक सय वर्षमा समुद्री सतहमा बृद्धि हुने र यो सबै मानिसका कारण पृथ्वीमा आएको तापमानका कारण हुने अनुमान उनीहरुको छ। जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विभिन्न देशका वैज्ञानिकहरुको अष्ट्रेलियामा जारी रहेको यससम्बन्धी सम्मेलनमा उनीहरुको यस्तो धारणा आएको हो। उनीहरुले मानवीय स्वभाव, कार्यशैली…