सल्यान : अविरल वर्षाका कारण सल्यानको बनगाड कुपिन्डे नगरपालिका–४ मा रहेको गर्चेबजार उच्च जोखिममा परेको छ। लगातार वर्षापछि गर्चे बजारनजिकै रहेको बागमारे खोलामा आएको बाढीका कारण बजार क्षेत्र कटान गरेपछि गर्चे बजार जोखिममा परेको हो। बाढीले गर्चे बजार रहेको क्षेत्र कटान गरेपछि घरहरु जोखिममा परेको स्थानीयवासी तुल्सीराम बुढाले जानकारी दिए। वर्षा अझै नरोकिएकाले खोलामा बाढी बढेपछि बजार नै बगाउन सक्ने भएकाले…
कल्पना पौडेल काठमाडौँ : सरकारले रोगको प्रकृतिमा परिवर्तन देखिन थालेपछि जनता स्वास्थ्य क्लिनिकको भौतिक पूर्वाधार निर्माणका लागि रकम पठाउन थालेको छ। पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले काठमाडौँका विभिन्न १० स्थानमा जनता स्वास्थ्य क्लिनिक खोल्ने लक्ष्य छ। जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ रोगको प्रकृतिमा परिवर्तन आएकाले पछिल्लो समय जीवनशैलीसँग सम्बन्धित…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य भएकाले प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताएका छन्। बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने बताए। स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको निर्वाचन आगामी असोज…
गौशाला : प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन् । महोत्तरीको गौशालामा आयोजित पत्रकार भेटघाटमा प्रमुख आयुक्त यादवले प्रदेश नम्बर दुईका ८ जिल्लामा तोकिएकै मितिमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे। उनले निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिदैं मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेको बताए।…
ग्रीसः ग्रीसको द्वीपीय क्षेत्र अर्थात् ग्रीस र टर्कीको विदा मनाउने गन्तब्यको रुपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको छ। शुक्रबार आएको ६.७ म्यानिच्युड मापन गरिएको भूकम्पमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुको साथै अन्य एक सय भदा बढी घाइते भएका छन्। भूकप्पमा परी मृत्यु भएका दुवै विदेशी नागरिक भएको बताइएको छ। अरु कैयौँ घाइते नागरिकको उद्दार जारी छ। टर्कीको…
सोल : दक्षिण कोरियाले उत्तर कोरियासँग राखेको सैन्य वार्ताको प्रस्तावको जवाफ दिन उत्तर कोरियासँग शुक्रबार पुनः आग्रह गरेको छ। गतहप्ता दक्षिण कोरियाले उत्तरसँग वार्ताको प्रस्ताव राखेको थियो । तर सो प्रस्तावप्रति उत्तरको कुनै जवाफ आएको छैन। दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग सैनिक सम्बन्धमा वार्ताका लागि गत सोमबार वार्ताको प्रस्ताव गरेको थियो। तर सो प्रस्तावपछि शुक्रबारसम्म पनि यस विषयमा कुनै प्रतिक्रिया…
नवलपरासी : बसको ठक्करबाट नवलपरासीमा एक जना साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी बुलिंगटार घर भई गैँडाकोटमा बस्ने १९ वर्षीय तेजराम थापा छन्। ठक्करबाट गम्भीर घाईते भएका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दैलेखबाट काठमाडौंका लागि छुटेको ना ४ ख ३१९४ नम्बरको बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटस्थित कांग्रेसचोकमा बाटो काट्ने क्रममा थापालाई ठक्कर दिएको थियो। ठक्कर…
चितवन : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। जंगली जनावरको आक्रमणबाट गत आर्थिक वर्षमा यस क्षेत्रमा १४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये सबैभन्दा बढी गैँडाको आक्रमणबाट सातजना, हात्तीको आक्रमणबाट पाँचजना र बाघको आक्रमणबाट दुई जनाले ज्यान गुमाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट…
पर्वत : स्थानीय कुश्मा नगरपालिका– १ पाङ घर भई आइबल एकेडेमी बोर्डिङ स्कुलका शिक्षक नारायण पौडेलको रहस्यमय मृत्युको थप अनुसन्धानका लागि पर्वतबाट बागलुङ जिल्ला प्रहरी कार्यालय पठाइएको छ। पर्वत जिल्ला प्रहरीले गरेको अनुसन्धानमा कुनै प्रमाण फेला पार्न सकेको थिएन। गत जेठ २५ गतेदेखि बेपत्ता भएका पौडेलको शव १५ दिनपछि बागलुङ जिल्लाको जैमुनी गाउँपालिका– ८ बेलवगरस्थित कालीगण्डकी नदी किनारमा फेला परेको थियो। …
झापा : भद्रपुर विमानस्थलमा अब एक्स–रे मेसिनबाट चेकजाँच हुने भएको छ। सरकारले मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्स–रे मेसिनबाट सामानको चेकजाँच हुने नागरिक उड्डयन कार्यालय भद्रपुरका प्रमुख पूर्णप्रसाद चूडालले जानकारी दिए। मेसिन सञ्चालनमा आएपछि प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रण गर्न सहज हुने छ । मेसिन नहुँदा चेकजाँच निकै झन्झटिलो हुने गरेको चूडालको भनाइ छ। भद्रपुर विमानस्थललाई सुरक्षित एवम् व्यवस्थित पार्ने काम भइरहेको…
काठमाडौँ : सरकारले यसै वर्षबाट ‘रोटा भाइरस’ र पोलियो विरुद्वको खोप ‘एफआइपिभि’ थप्ने तयारी गरेको छ। स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखाका अधिकृत वसन्त श्रेष्ठले आगामी मङसिरसम्ममा दुईवटा खोप कार्यान्वयनमा ल्याउने तयारी गरेको जानकारी दिए। उनले पहिले पोलियो विरुद्व आएपिभि खोप दिँदै आएकमा विश्वमै त्यसको अभावका कारण नयाँ एफआइपिभि खोप सुरु गर्न लागिएको बताए । आइपिभि खोप १४ महिना…
काठमाडौँ : संघीय संरचना ‘प्रदेश लोकसेवा आयोग’को गठनबारे अझै अन्योल नै रहेको छ। संविधानले प्रत्येक प्रदेशमा प्रदेश लोकसेवाको परिकल्पना गरेपनि गठनबारे नियम, कानुन नहुँदा अन्योल भएको हो। प्रदेश निर्वाचन नहुँदासम्म आयोगको गठन प्रक्रिया अन्योल रहेको लोकसेवा आयोगका सचिव मधुप्रसाद रेग्मीले जानकारी दिए। उनले आयोगको गठन, काम, कर्तव्य र अधिकार संविधानमा नै प्रदेश कानुनबमोजिम हुने भनेपछि अहिल्यै गठन गर्न नसकिने बताए। ‘आयोगको…
काठमाडौँ : नेपाली कांग्रेसका पूर्व सभापति एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको निवासलाई संग्रहालयको रुपमा विकास गर्नुपर्नेमा वक्ताले जोड दिएका छन्। नेपाल ट्रेड युनियन काठमाडौँले आज कोइराला बसेको निवास मित्रपार्कमा आयोजना गरेको ‘चियापान’ कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरेले सत्ता बाहिर मात्र बिपीलाई सम्झने र सत्तामा पुगेपछि बिपीलाई बिर्सने क्रम बढेकोमा चिन्ता व्यक्त गरे। उनले बिपीको योगदानलाई कांग्रेसले उच्च मूल्यांकन…
नेपालगञ्ज : असारको तेस्रो सातादेखि नेपालगञ्जमा पानी नपर्दा गर्मीले यहाँको जनजीवन प्रभावित भएको छ। अत्यन्त चर्को घामले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको छ। गर्मी महिना सुरु भएयता नेपालगञ्जमा अहिलेसम्म ठूलो मनसुनी झरी पर्न सकेको छैन। गर्मी बढेसँगै यहाँस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको पाइन्छ। पानी नपर्दा…
झापा : झापाको भद्रपुर–बिर्तामोड सडकखण्डमा भ्यान र मोटरसाइकल आपसमा ठोक्किएर दुुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। हर्चनाबाट बिर्तामोड गइरहेको मे २ प ९०६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भ्यान आपसमा ठोक्किंदा मोटरसाइकल चालक कृष्ण थापाको मृत्यु भएको हो। मोटरसाइकलमा सवार गोविन्द चौधरी गम्भीर घाइते भएका छन्। उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।…
पर्सा : सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ। नक्कली चालक अनुमितपत्र बनाउने भारत बिहारका दीपक ठाकुर र वीरगञ्ज महानगरपालिका– ११ श्रीपुरका उमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। बिहीबार बेलुका रक्सौलबाट वीरगञ्ज आउँदै गरेका दीपक र उमेशलाई रजतजयन्ती चोकमा रोकी जाँच गर्दा चालक अनुमति पत्र बनाउन…
नवलपरासी : दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ। नवलपरासीको गुठीप्रसौनीको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको हो। सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनीले जनाएको छ। सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनी…
प्रकाश सिलवाल काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठानबाट विद्वत्वृत्ति र लघु अनुसन्धानका लागि सम्झौता गर्ने लेखक र अनुसन्धानकर्ताले समयमा पाण्डुलिपि तथा प्रतिवेदन नबुझाउने प्रवृत्ति देखिएको छ। विभिन्न विधामा अनुसन्धानकर्तालाई निश्चित बजेट दिई जिम्मेवारी दिँदै आएकोमा समयमा काम सम्पन्न नहुँदा ताकेता गर्न प्रतिष्ठानका कर्मचारीलाई हैरानी हुने गरेको छ। २५ हजारदेखि एक लाखसम्मको बजेटमा ती अनुसन्धानका लागि सम्झौता भएका हुन्। सम्झौतालगत्तै ३० प्रतिशत पहिलो…
विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले क्षेत्र निर्धारण आयोग स्वतन्त्र रुपमा निष्पक्ष रुपमा काम गर्ने विश्वास व्यक्त गरेका छन्। विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गच्छदारले आयोगका अध्यक्ष तराई–मधेसको व्यक्ति भएकाले निष्पक्ष काम हुने बताए। उनले क्षेत्र निर्धारणको क्रममा जातीय ‘क्लष्टर’लाई भत्काउनु नहुने बताए। क्षेत्र निर्धारणको काम जटिल भएको प्रसंग उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले निर्धारित समयमै सन्तुलित ढंगले आयोगले आफ्नो काम पूरा…
बेरुत : सिरियाली सैनिक र लेबनानको लडाकू समूह हेज्बोल्लाहले सिरिया र लेबनानको सीमा क्षेत्रमा संयुक्त रुपमा भीषण सैनिक कारबाही सुरु गरेको छ। शुक्रबारबाट सुरु भएको कारबाहीलाई केही दिनसम्म नै सशक्त बनाइने संयुक्त सैन्य कमाण्डरले जनाएका छन्। यसबाट लामो समयबाट दुई देशको सीमामा सयौँ आतङ्ककारीले जारी राखेको तनाव अन्त्य हुने अनुमान गरिएको छ। त्यस इलाकामा रहेका लडाकूलाई यसअघि नै सो क्षेत्र…