काठमाडौँ : नेपाल प्रहरीलाई संघीय संरचनामा लैजानेबारे गृहमन्त्रालयले छलफल सुरु गरेको छ। गृह मन्त्रालयमा आइतबार गृहमन्त्री जनार्दन शर्माले प्रहरी नायब महानिरीक्षक र त्यसभन्दा माथिका अधिकृतसँग प्रहरीको संघीय संरचनाबारे सामूहिक रुपमा छलफल गरेका हुन्। गृहमन्त्री शर्माले प्रहरी संगठनको संरचना, कार्यसम्पादन मूल्याङ्कनलाई वैज्ञानिक बनाउने र बढुवा तथा सरुवा प्रक्रिया निष्पक्ष बनाउने उपायबारे सुझाव मागेका थिए। प्रहरीलाई प्रादेशिक संरचनामा लैजाँदा आवश्यक पर्ने साधन,…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक समृद्धि वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। शुक्रबार नेपाल उद्योग परिसंघको १४ औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भारत र चीनलगायत मुलुकसँगको बढ्दो व्यापार घाटाले आफूलाई चिन्तित तुल्याएको बताए। व्यापार असन्तुलन घटाउन निर्यातजन्य उद्योगको स्थापनाका साथै निर्यातमूलक सामग्रीको विकास र बजार प्रवद्र्धन अपरिहार्य भएको बताउँदै प्रधानमन्त्रीले निकासी प्रोत्साहन तथा पैठारी घटाउने…
भक्तपुर : मध्यपुर थिमि नगरपालिका– १, कौशलटारस्थित अरनिको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुर आइरहेको बा २ क १२१३ नम्बरको टिपरले बा ७७ प ४२२० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । टिपरको ठक्करबाट काठमाडौं कीर्तिपुर बस्ने १८ वर्षीया अश्मी सुनारको मृत्यु भएको हो। घाइते मोटरसाइकल चालक हरि गहतराजको नागरिक अस्पतालमा उपचार…
नुवाकोट : अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार छन्। विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३७० वर्ष सात महिना २२ दिन कैद सजायसहित एक करोड ९१ लाख ७२ हजार जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत, नुवाकोटले जनाएको छ। फैसला कार्यान्वयन प्रभावकारी बनाउन सर्वोच्च अदालतको निर्णयअनुसार २०७१ कात्तिक १ देखि…
म्याग्दी : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन अघि संविधान संशोधन हुन नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले बेनीमा आयोजना गरेको प्रवचन कार्यक्रममा खनालले तीनै चरणका निर्वाचन सम्पन्न भएपछि मात्रै आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने बताए। नयाँ संविधान पूर्ण नरहेको बताउँदै खनालले स्थानीय, प्रदेश र राष्ट्रिय गरी…
वासिङ्टन : अमेरिकी सेनाले पाकिस्तानी सेनालाई रकम भुक्तानी गर्न रोक्का गरेको छ। तालिवान सम्बद्ध हक्वानी नेटवर्ककाविरुद्धमा पर्याप्त सुरक्षा कारबाही गर्न नसकेको भन्दै भुक्तानी रोक्का गरेको अधिकारीहरूले जानकारी दिएका छन्। अमेरिकी संसदको सुरक्षा समितिले हक्वानी नेटवर्कविरुद्ध पाकिस्तानी सेनाले सन् २०१६ मा पर्याप्त र सन्तोषजनक काम गर्न नसकेको ठहर गरेको पेन्टागनका प्रवक्ता अडाम स्टम्पले बताए। रासस/एएफपी
वासिङ्टन : अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रेस सचिव सन इस्पिसरले पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले एन्थोनी स्कारमुक्कीलाई राष्ट्रपति कार्यालयको सञ्चार निर्देशकका रुपमा नियुक्त गरेपछि उनले राजीनामा दिएका सञ्चार माध्यमले जनाएका छन्। सञ्चार निर्देशक नियुक्त गर्ने विषयमा इस्पिसरले असहमति जनाउँदा जनाउँदै पनि राष्ट्रपति ट्रम्पले एन्थोनीलाई सञ्चार निर्देशकका रुपमा नियुक्त गरेका थिए। इस्पिसरले एन्थोनीको मातहतमा रहेर काम गर्नुपर्ने व्यवस्था भएको…
कैलाली : कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ। नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय सुरेशसिंह कठायत र बझाङ मष्टा घर भई घोडाघोडी नगरपालिकास्थित मामा घर आएका १८ वर्षीय सुरेश धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। रासस
ललितपुर : आजदेखि गोदावरी नगरपालिका, चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा सञ्चालन भएको छ। बस सेवा उद्घाटन गर्दै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जनताको सुविधाका लागि बस सञ्चालन गरेको बताए। उनले नगरवासीले पाउने सुविधामा कुनै सम्झौता हुन नसक्ने भन्दै गोदावरी नगरपालिकाभित्र चक्रपथ निर्माणको लक्ष्य रहेको जानकारी दिए । सर्वसाधारणलाई थप सेवा पुर्याउने उद्देश्यले साझा यातायातसँग नगरपालिकाले १० लाखको शेयर लिने योजना…
पूर्णप्रसाद मिश्र काठमाडौँ : ‘बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध थाहा पाएर तपाईंको गाईले दिएपछि मात्र ल्याउनुस् अहिले ल्याउनु पर्दैन, तपाईंले पैसा पाइरहनुहुन्छ।’ विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा तत्कालिन राजाले प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला, संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई पदबाट…
काठमाडौँ : पूर्वराष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताएका छन्। गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज आयोजना गरेको ‘स्वास्थ्य शिविर’को शुभारम्भ गर्दै पूर्वराष्ट्रपति डा यादवले गिरिजाबाबु प्रधानमन्त्री भएको बेला देशका विभिन्न क्षेत्रमा मेडिकल कलेज स्थापना भएका बताए। यादवले भने,‘गिरिजाबाबु जनताले सहजरुपमा स्वास्थ्य सुविधा पाओस् भन्ने व्यक्ति हुनुहुन्थ्यो।’ उनले मुलुकको परिवर्तनमा श्रमिक आन्दोलनको ठूलो भूमिका…
पर्वत : विद्युत्को पोल परिवर्तन गर्ने क्रममा करेन्ट लागेर पर्वतमा एक जनाको मृत्यु भएको छ। पर्वतको कुश्मा नगरपालिका– १ का खगराज केसीको शनिबार बिहान पोल परिर्वतन गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो। पर्वतको मोदी गाउँपालिका– ३ जयले गाउँमा काठको ठाउँमा फलामे पोलमा तार टाग्ने क्रममा अकस्मात विद्युत् प्रवाह हुँदा केसीको घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी एकनाथ सुवेदीले जानकारी दिए। गाउँमा…
नयाँदिल्ली/चीन: भारत र चीनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने कम्तीमा ३१ जना घाइते भएका छन्। भारतको राजस्थान राज्यमा शनिबार भएको बस दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन्। उदयपुर सहरको नेहला गाउँ नजिकै बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु भएका नौ जनामध्ये…
एकराज पाठक काठमाडौंँ : विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राष्ट्रपति भएपछि उनको पहिलो प्रतिक्रिया थियो,‘मैले यो कहिल्यै नसोचेको जिम्मेवारी पाएँ । म गरिबमात्र होइन कि तल्लो भनिने वर्गको नागरिक पनि हुँ। र मुलुकको सबैभन्दा ठूलो पदमा निर्वाचित भएर म त्यही बर्गका समग्र हिन्दुस्तानीको प्रतिनिधित्व गर्दै राष्ट्रपति भवन छिर्न लागेको छु।’ ‘मैले राष्ट्रपति बन्ने लक्ष्य कहिल्यै पनि लिएको थिइन’ भावुक हुँदै…
काठमाडौँ : निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर ७२–५०० विमान भित्र्याएको छ। काठमाडौँमा आज अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले एक अर्बको लगानीमा खरिद गरेको हो। फ्रान्सको विमान निर्माता कम्पनी एटिआरमा निर्मित उक्त विमान सिंगापुरबाट थाइल्याण्ड र थाइल्याण्डको च्याङमाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो। सो विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एयरलाइन्सका…
म्याग्दी : पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३र७४ मा करिब पाँच मेट्रिकटन जडीबुटी निकासी भएको छ। म्याग्दीका वन जंगलमा संकलन गरिएका १५ प्रजातिका चार हजार ७८४ दशमलव ७ किलो जडीबुटी निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । यसैगरी एक हजार २०० किलो अल्लो निर्यात भएको छ। जडीबुटी निकासीका लागि अनुमति दिएबापत दुई लाख ५७ हजार ५५ राजश्व संकलन भएको…
काठमाडौँ : नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यमा सुधार आएको छ। छातीमा समस्या देखिएपछि गत बिहीबार परिवारले उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए। उपचारमा संलग्न चिकित्सक न्यूरोसर्जन डा प्रत्युष श्रेष्ठले बास्तोलालाई अस्पताल आएको दुई दिनपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले सघन कक्षमा भेन्टिलेटरमा राखी उपचार गरिएको जानकारी दिए। आज उनको छातीको एक्सरे, रगतमा अक्सिजन, कार्बनडाइक्साइडको मात्रा राम्रो आएको भएपछि…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली साताव्यापी भ्रमणका लागि आज चीनको तिब्बत प्रस्थान गरेका छन्। अध्यक्ष ओली धार्मिक तथा पर्यटकीयस्थल कैलास मानसरोबरको भ्रमण र तिब्बत स्वशासित क्षेत्रको स्थानीय तहको अध्ययनका लागि त्यसतर्फ गएका हुन्। ओलीले त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि अनौपचारिक भेटवार्ता गर्नुहुने केन्द्रीय सदस्य हिक्मत कार्कीले जानकारी दिए। यसैबीच, अध्यक्ष ओलीको अनुपस्थितिमा उपाध्यक्ष बामदेव गौतमलाई पार्टीको कार्यवाहक…
काठमाडौँ : नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति र सिद्धान्त विपरित गएर चुनावमा अन्तरघात गर्ने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने नीति अख्तियार गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार सम्पन्न पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अन्तरघात गरेका पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको हो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, “अप्ठ्यारो समयमा…
इनरुवा : सुनसरीको बराह नगरपालिका–६ मा हात्तीको आक्रमणबाट शुक्रबार विहान एकजनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट रामबहादुर मगरको मृत्यु भएको हो। कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो। शवपरीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान, धरान लगिएको बताइएको छ। रासस