PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

  • पूर्वसभामुख नेम्वाङ अस्वस्थ, मोडल अस्पतालमा उपचार हुँदै

    पूर्वसभामुख नेम्वाङ अस्वस्थ, मोडल अस्पतालमा उपचार हुँदै

    काठमाडौँ : नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्वस्थ भई अस्तालमा भर्ना भएका छन्।  मधुमेहको मात्रा एक्कासी बढेपछि नेम्वाङलाई आज बिहान प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।  श्रेष्ठका अनुसार नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएपनि चिकित्सकको अवलोकनका लागि अस्पतालमा नै राखिएको छ।  नेम्वाङलाई आइतबारदेखि मधुमेहको मात्राको असन्तुलन भएको थियो। रासस   

    विस्तृतमा पढ्नुस्

  • पार्टी नेतृत्वलाई सुजाताको आग्रह: भागबण्डाको राजनीति अन्त्य गरौं

    पार्टी नेतृत्वलाई सुजाताको आग्रह: भागबण्डाको राजनीति अन्त्य गरौं

    काठमाडौँ : नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीभित्र देखिएको भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छन्।  रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा कोइरालाले भागबण्डाका कारण पार्टीले पराजय भोग्दै गएको भन्दै पार्टीभित्र देखिएको ६०/४० को भागबण्डा अन्त्य हुनुपर्ने बताइन्।  केन्द्रमा देखिएको गुटबन्दीको रोग स्थानीय तहमा पुगेको कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुग्नुपरेको उनको भनाइ थियो। कोइरालाले भनिन्‘पार्टीका निम्ति दुःख गरेको व्यक्तिलाई…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भाषामा पनि प्रश्नपत्र बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर

    नेपाली भाषामा पनि प्रश्नपत्र बनाउन माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले गैरकानुनी रुपमा अंग्रेजी भाषामा मात्र प्रश्नपत्र सोध्ने गरेकाले नेपालीसहित दुवैमा प्रश्नपत्रको व्यवस्था गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।  त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खु, परीक्षा बोर्ड कीर्तिपुर र शिक्षा मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता विश्वास पौडेलले दायर गरेको निवेदनमा नेपालको संविधानले नेपालमा बोलिने सबै भाषालाई मातृभाषाका रुपमा मान्यता दिई नेपालीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने व्यवस्थाको…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि दूरशिक्षाको कार्यकारी निर्देशकमा भण्डारी

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको खुला तथा दूरशिक्षा केन्द्रको निर्देशकमा डा बालमुकुन्द भण्डारी नियुक्त भएका छन्।  विश्वविद्याल कार्यकारी परिषद्को साउन ८ गतेको बैठकले भण्डारीलाई निर्देशकमा नियुक्त गरेको त्रिवि सूचना शाखाले जनाएको छ।  शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत भण्डारी यसअघि त्रिवि अन्तर्राष्ट्रिय केन्द्रको कार्यकारी निर्देशक थिए। रासस   

    विस्तृतमा पढ्नुस्

  • लोकसेवाले भन्यो– नयाँ पदपूर्ति र बढुवाको कार्यतालिका रोक्न मिल्दैन

    लोकसेवाले भन्यो– नयाँ पदपूर्ति र बढुवाको कार्यतालिका रोक्न मिल्दैन

    काठमाडौँः लोक सेवा आयोगले कर्मचारी समायोजनसम्बन्धी ऐन नबन्दासम्म पूर्वअनुमानका भरमा निजमातीतर्फको नयाँ पदपूर्ति र बढुवा प्रक्रियाको प्रकाशित कार्यतालिका रोक्न नमिल्ने स्पष्ट पारेको छ।  संसद्मा विचाराधीन ऐनले अझै पूर्णता पाइनसकेकाले नयाँ पदपूर्ति र बढुवा प्रक्रियाका लागि कार्यतालिका प्रकाशन गर्नका लागि रोक्न नमिल्ने आयोगका सचिव मधुप्रसाद रेग्मीले स्पष्ट पारे। सरकारले सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन नहुँदासम्म ऐन ल्याएर नयाँ कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • १०  हजार घुस लिएको अभियोगमा स्वास्थ्य विभागका उपमहानिर्देशक पक्राउ

    १०  हजार घुस लिएको अभियोगमा स्वास्थ्य विभागका उपमहानिर्देशक पक्राउ

    काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक डा रमेशविक्रम सिंहलाई १० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ।  ‘एक कर्मचारीसँग घुस लिँदालिँदै’ आयोगको टोलीले आज विभाग परिसरबाटै उनलाई पक्राउ गरेको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए। उनका बारेमा थप अनुसन्धान भइरहेको कोइरालाले बताए। रासस   

    विस्तृतमा पढ्नुस्

  • वैद्य, भट्टराई र चन्दलाई प्रचण्डको आग्रहः एउटै पार्टीमा बसेर नमिलेका कुरा मिलाउँ

    वैद्य, भट्टराई र चन्दलाई प्रचण्डको आग्रहः एउटै पार्टीमा बसेर नमिलेका कुरा मिलाउँ

    काठमाडौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न धारामा विभक्त माओवादी समूहलाई एकतामा ल्याएरै छाड्ने दृढता व्यक्त गरेका छन्।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनताले पनि माओवादी मिल भन्ने जनादेश दिएका बताए। उनले भने,‘माओवादी आन्दोलनको मूल प्रवाह माओवादी केन्द्र नै भएको पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • कतार संकट समाधानका लागि एर्डोगान खाडी मुलुकको भ्रमणमा

    कतार संकट समाधानका लागि एर्डोगान खाडी मुलुकको भ्रमणमा

    साउदी अरब :  कतार संकट समाधानको पहलका लागि भन्दै टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले खाडी मुलुकहरूको भ्रमण सुरु गरेका छन्। कुवेत जानु अघि उनी आइतबार साउदी अरब पुगेका छन्। साउदी अरबमा उनले शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ । एर्डोगानले कतार, कुवेत र साउदी अरेबियाको भ्रमण गर्ने योजनासहित टर्कीबाट निस्किएका हुन्।  भ्रमणमा निस्कनुअघि स्तानबुल विमानस्थमा उनले यो समस्या र संकट लामो समयसम्म…

    विस्तृतमा पढ्नुस्

  • गाडीको ठक्करबाट चितवनमा एक वर्षमा १७ वन्यजन्तु मारिए

    चितवन : चितवनको टिकौली र आँपटारीका वन क्षेत्रका राजमार्गमा गत आर्थिक वर्षमा १७ वटा वन्यजन्तु सवारीसाधनको ठक्करबाट मरेका छन्।  जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौलीमा १२ वटा जनावर सवारीसाधनको ठक्करबाट मरेका हुन्। मरेका जनावरमा मृग र बँदेल छन् । वरण्डाभार वन क्षेत्रको बीचमा राजमार्ग पर्छ। तीव्र सवारीका कारण आवतजावत गर्ने वन्यजन्तु प्रभावित हुँदै आएका छन्।  हाल…

    विस्तृतमा पढ्नुस्

  • इराकको एकबार प्रान्तमा हवाई आक्रमणमा परी दर्जनौँ आईएस लडाकूको मृत्यु

    इराकको एकबार प्रान्तमा हवाई आक्रमणमा परी दर्जनौँ आईएस लडाकूको मृत्यु

    बग्दादः इराकको एकबार प्रान्तमा भएको हवाई आक्रमणमा इस्लामिक स्टेट (आईएस) का दर्जनौँ लडाकू मारिएका छन्।   इराकी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा उनीहरु मारिएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।  सिरियाको सीमा क्षेत्रमा पर्ने पश्चिमी एनबार आईएस लडाकूहरुको नियन्त्रणमा रहेको ठाउँ मानिन्छ।  इराकको गुप्तचर निकायले आईएस लडाकूहरुले हातहतियारसमेत भण्डारण गरेका घरहरु, घरेलु हतियार बनाउने तथा उत्पादन गर्ने ठाउँ र आईएस लडाकूहरु…

    विस्तृतमा पढ्नुस्

  • ‘नेपाल-चीन इन्टरनेट कनेक्टिभिटी’ भदौदेखि, भारतको एकाधिकार अन्त्य हुने

    ‘नेपाल-चीन इन्टरनेट कनेक्टिभिटी’ भदौदेखि, भारतको एकाधिकार अन्त्य  हुने

    सुशील दर्नाल  काठमाडौँ : मुलुकको इन्टरनेट सेवा एक देशमा मात्रै निर्भर रहेको सन्दर्भमा आगामी भदौदेखि त्यसको अन्त्य हुने भएको छ।  नेपाल टेलिकमले आगामी भदौदेखि चिनियाँ इन्टरनेट ब्याण्डविथ पूर्णरूपमा सञ्चालनमा ल्याउने र भारतसँग मात्रै अन्तरनिर्भर रहेको इन्टरनेट सेवालाई बहुपक्षीय मार्गमा लैजान लागेको हो। नेपालमा इन्टरनेट ब्याण्डविथको पहुँच बढाउने उद्देश्यले चीनसँग भएको सम्झौताअनुसार ‘नेपाल चीन इन्टरनेट कनेक्टिभिटी’ भदौको पहिलो सातादेखि सञ्चालनमा आउन लागेको…

    विस्तृतमा पढ्नुस्

  • दोलखालाई केन्द्र बनाएर ४ म्याग्निच्युडको परकम्प 

    दोलखालाई केन्द्र बनाएर ४ म्याग्निच्युडको परकम्प 

    काठमाडौँ : दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ।  आज बिहान १० बजेर २९ मिनेट जाँदा ४ म्याग्निच्युडको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले रामेछापमा ठूलो धक्का महसुस भएको जनाइएको छ ।  २०७२ वैशाख १२ को खोरखा भूकम्पपछि हालसम्म चार म्याग्निच्युडभन्दा माथिका ४८४ परकम्प गएको विभागका…

    विस्तृतमा पढ्नुस्

  • टिम्बर कर्पोरेशनले काठको सिजनिङ तथा प्रशोधन प्लान्ट सञ्चालनमा ल्याउने

    टिम्बर कर्पोरेशनले काठको सिजनिङ तथा प्रशोधन प्लान्ट सञ्चालनमा ल्याउने

    चितवन : द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले भरतपुरमा काठको सिजनिङ तथा प्रशोधन प्लान्ट निर्माणका लागि आज भवन शिलान्यास गरेको छ।  दुई करोड ५० लाख रुपैयाँको लागतमा प्लान्ट निर्माण गर्न लागिएको हो । तीन महिनाभित्र भवन निर्माण गरी प्लान्ट जडान गरिसक्ने कर्पोरेशनका महाप्रबन्धक राजु लौडारीले जानकारी दिए। प्लान्टका लागि आवश्यक पर्ने उपकरण नेपालमा भित्रिइसकेको छ।  महाप्रबन्धक लौडारीका अनुसार नरम र कुकाठलाई…

    विस्तृतमा पढ्नुस्

  • कतार सङ्कट समाधानका लागि युरोपेली युनियनका उच्च अधिकारी गल्फ राष्ट्रको भ्रमणमा

    कतार सङ्कट समाधानका लागि युरोपेली युनियनका उच्च अधिकारी गल्फ राष्ट्रको भ्रमणमा

    कुवेतः कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ।  सो प्रयासस्वरुप कुवेतका विदेशमन्त्री सवाह खालिद अल सबाहले युरोपेली युनियनका विदेश मामिला सम्बन्धी प्रमुख फेडरिका मागरिनीसँग भेटवार्ता गरेका छन्।  उनले पछिल्लो समयमा कतारमा जारी सङ्कटको समाधानका लागि मागरिनीको ध्यानाकर्षण गराउदै युरोपेली युनियनले यसका लागि के कस्तो सहयोग गर्नसक्छ भन्ने बारेमा जिज्ञासा…

    विस्तृतमा पढ्नुस्

  • मेगा बैंकले बालगृहलाई दियो एक लाख

    मेगा बैंकले बालगृहलाई दियो एक लाख

    काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले बौद्धस्थित ‘गरिब तथा अनाथ बालिका गृह’लाई एक लाख आर्थिक सहयोग गरेको छ।  बैंकको आठौँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अनाथ गृहका पूर्णमाया गुरुङलाई रकम हस्तान्तरण गरे।  वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तरगत समाजसेवामा सक्रिय संस्थालाई बैंकले प्रत्येक वर्ष सो रकम सहयोग गर्दै आएको अध्यक्ष शाहले…

    विस्तृतमा पढ्नुस्

  •  १८ वर्षपछि पक्राउ परे हत्यारा 

     १८ वर्षपछि पक्राउ परे हत्यारा 

    उदयपुर : आफूलाई अपराधबाट लुकाउन लामो समयसम्म फरार भई कहिले अन्यत्र र कहिले गाउँतिर नै लुकी बसेका निरबहादुर मगर १८ वर्षपछि प्रहरीको फन्दामा परेका छन्।  उदयपुरको रौतामाई गाउँपालिका–७ स्थायी घरभएर ज्यान मार्ने उद्योगमा फरार रहँदै आएका ५७ वर्षीय मगरलाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार पक्राउ गरेको हो।  प्रहरीका अनुसार १८ वर्ष अघि रौता मुर्कुची बजारमा व्यापार गर्दै आएका श्रीप्रसाद राईलाई निरबहादुरलगायतको…

    विस्तृतमा पढ्नुस्

  • सर्वेक्षण भन्छः राष्ट्रपतिका छोराले रुसी वकिलसँग कुराकानी गर्नु गलत

    सर्वेक्षण भन्छः राष्ट्रपतिका छोराले रुसी वकिलसँग कुराकानी गर्नु गलत

    वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोराले रुसी वकिलसँग गरेको कुराकानीलाई अधिकांश अमेरिकी जनताले गलत काम भनी टिप्पणी गरेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ।  अमेरिकी गुप्तचर निकायले गतवर्षको राष्ट्रपतीय चुनाव अभियानमा रुसले ट्रम्पलाई राष्ट्रपति बन्न सघाएको आरोप लगाउँदै आएको छ। त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पका जेठा छोराले एकजना रुसी वकिलसँग बारम्बार कुराकानी गरेको सार्वजनिक भएको थियो।  तर राष्ट्रपति ट्रम्पले…

    विस्तृतमा पढ्नुस्

  • यसकारण सेवाग्राहीमा प्रभावहीन बन्दै हुलाक सेवा

    तेह्रथुमः सूचना र प्रविधिको विकाससँगै सर्वसाधारणमा हुलाक सेवा प्रभावहीन बन्दै गएको छ। अझै पनि सरकारी निकायमा हुलाकमार्फत चिठीपत्र आदानप्रदान गर्ने चलन भए पनि सूचना र प्रविधिका माध्यमबाट छिटोछरितो सञ्चारको आदान–प्रदान गर्न सकिने भएपछि सर्वसाधारणको त्यसतर्फ ध्यान जान छाडेको हो।  हुलाकमार्फत चिठी आदानप्रदान गर्नेको संख्या वर्षेनी क्रमशः घट्दै गएको छ। टेलिफोन र इन्टरनेटको विकाससँगै हुलाकमार्फत चिठी पठाउनेको संख्या घटेको जिल्ला हुलाक…

    विस्तृतमा पढ्नुस्

  • २ हजार थान लागूऔषध एम्पुलसहित काठमाडौंबाट दुई जना पक्राउ

    २ हजार थान लागूऔषध एम्पुलसहित काठमाडौंबाट दुई जना पक्राउ

    काठमाडौँ : प्रहरीले दुई हजार ३६७ थान लागूऔषध एम्पुलसहित दुई जनालाई आज पक्राउ गरेको छ ।  नेपाल प्रहरीकाे लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौंको बूढानीलकण्ठबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेको पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ का पदम आले मगर छन्। उनीहरुको साथबाट प्रहरीले ४७ हजार नेपाली र एक हजार ९२० भारतीय…

    विस्तृतमा पढ्नुस्

  • किन रोकियो भक्तपुरमा लाइसेन्सको प्रयोगात्मक परीक्षा ?

    किन रोकियो भक्तपुरमा लाइसेन्सको प्रयोगात्मक परीक्षा ?

    भक्तपुर : पहिलो पटक आजदेखि भक्तपुरमा सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सःशुल्क हुन लागेकोलगायत कारणले विवाद भई रद्द भएको छ।  यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजी वे ट्रायल सेन्टर’ प्रालिमा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा आजदेखि निःशुल्क सञ्चालन गर्ने सम्झौता सेन्टरसँग गरे पनि मोटरसाइकल प्रयोग गरेबापत प्रतिव्यक्ति ५५ रुपैयाँ लिन लागेकाले परीक्षार्थीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell