PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • अब निर्वाचनमा दोहोरो उम्मेदवारी दिन नपाइने, उमेर २५ वर्ष प्रस्ताव

    अब निर्वाचनमा दोहोरो उम्मेदवारी दिन नपाइने, उमेर २५ वर्ष प्रस्ताव

    काठमाडौँ : विगतमा एक वा सोभन्दा बढी क्षेत्रमा एकैपटक एक व्यक्तिले उम्मेदवार हुन पाउने व्यवस्था भएकोमा ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले त्यस्तो प्रावधान हटाएको छ।  व्यवस्थापिका–संसद्मा विचाराधीन विधेयकको दफा १४ मा ‘दोहोरो हुन नपाउने’ व्यवस्था गरेको हो। सो दफामा भनिएको छ, ‘पहिलो निर्वाचित हुने प्रणालीअनुसार हुने निर्वाचनमा एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि…

    विस्तृतमा पढ्नुस्

  • तालिबानको आक्रमणमा कान्दाहारमा कम्तीमा २६ सैनिकको मृत्यु, १३ घाइते

    तालिबानको आक्रमणमा कान्दाहारमा कम्तीमा २६ सैनिकको मृत्यु, १३ घाइते

    कान्दाहार : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा तालिबानको आक्रमणमा कम्तीमा पनि २६ जना सैनिक मारिएका छन्।  कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका थिए। त्यहाँ ठूलो सङ्ख्यामा सैनिक मारिएको अनुमान स्थानीय समाचार स्रोतले गरेको थियो।  अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृतगर्दै दिइएको पछिल्लो समाचारमा आक्रमणमा परी २६ जना सैनिक मारिएका र अरु १३ जना घाइते भएका छन्।  मन्त्रालयले आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • रुसले भन्यो–अमेरिकी नाकाबन्दी दुई देशको सम्बन्ध विगार्ने गम्भीर कदम

    रुसले भन्यो–अमेरिकी नाकाबन्दी दुई देशको सम्बन्ध विगार्ने गम्भीर कदम

    मस्को : रुसमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसद्ले मङ्गलबार पास गरेको कानुन रुस र अमेरिकाबीचको सम्बन्ध बिगार्ने एउटा गम्भीर कदम भएको रुसले जनाएको छ।  अमेरिकी प्रतिनिधिसभाले रुससहित इरान र उत्तर कोरियामाथि पनि नाकाबन्दी लगाउने प्रस्तावमा प्रचण्ड बहुमतले सहमति जनाएको थियो। यो नाकाबन्दीको कानुनले रुससँग अमेरिकाको सम्बन्ध थप असहज बनाउने रुसको धारणा आएको हो।  रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले रुसी समाचार समिति इतार…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीले भने–बाढीपहिरो प्रभावित क्षेत्रमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाइँदैछ

    गृहमन्त्रीले भने–बाढीपहिरो प्रभावित क्षेत्रमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाइँदैछ

    काठमाडौँ : गृहमन्त्री जनार्दन शर्माले बाढीपहिरोको घटना भएका स्थानमा सुरक्षा फौज आधा घण्टाभित्र पुग्ने नीति बनाएर अभ्यास गरिरहेको बताएका छन्।  व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा गृहमन्त्री शर्माले बाढीपहिरो गएको स्थानमा पुग्ने र सकिने स्थानमा आधा घण्टाभित्रमा पुगेर उद्धार र राहतमा खटिने गरी सुरक्षा संयन्त्र परिचालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।  उनले पछिल्लो समय आपराधिक र क्रुर मानसिकताबाट महिला हिंसाको घटना…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकमा बायोइन्जिनियरिङको काम तीव्र

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको काम तीव्र गतिमा भइरहेको छ।  बायोइन्जिनियरिङ गरेर बग्न लागेको माटो तथा चट्टान रोक्ने कार्य भइरहेको हो। पहिरो जाने क्षेत्रमा भित्तामा पर्खाल लगाउने र बाँस, निगालो, अम्रिसो लगायतका वनस्पति तथा घाँस लगाउने काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ।  आयोजनाका वातावरणविद् जनकराज पाठकले सडकको स्तरोन्नतिको काम सम्पन्न भएका ठाउँमा ९० प्रतिशत बायोइन्जिनियरिङको कार्य सम्पन्न भएको बताए। सडकखण्डको…

    विस्तृतमा पढ्नुस्

  • सडक विस्तारमा अवरोध बन्यो भूमिगत बिजुलीको तार

    पूर्णप्रसाद मिश्र  काठमाडौँ : बिजुलीको तार भूमिगतरुपमा बिच्छ्याइएको अभिलेख कोसँग होला ? सहजरुपमा अनुमान गर्न सकिन्छ नेपाल विद्युत् प्राधिकरणसँग । तर, अब यस्तो अनुमान गलत हुने भएको छ।  त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडक विस्तार गर्ने क्रममा ढुङ्गेअड्डामा ४०० मिटर क्षेत्रमा बिजुलीको तार जमिनमुनि बिच्छ्याइएको भेटियो। तार कताबाट कतिमुनि बिच्छ्याइएको छ भन्ने अभिलेख नभएको यो क्षेत्र हेर्ने नेपाल विद्युत् प्राधिकरण कुलेश्वरका कार्यालय प्रमुख थिरकुमार खत्रीले…

    विस्तृतमा पढ्नुस्

  • साझा यातायातले अब उपत्यका बाहिर सेवा बिस्तार गर्ने

    साझा यातायातले अब उपत्यका बाहिर सेवा बिस्तार गर्ने

    ललितपुर : साझा यातायातले उपत्यका बाहिर सेवा बिस्तार गर्ने भएको छ।  साझा यातायातले १३ वटा नयाँ बस खरिद गरेर सेवा बिस्तार गर्न लागेको हो। साझाले अहिले दैनिक एउटा काठमाडौँ–बाग्लुङ सेवा सञ्चालन गरिरहेको छ। देशका अरु भागमा समेत लामो दूरीमा साझा बस चलाउन माग भएको कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। साझाको पुरानै रङ्ग र सेवा हुनेछ। तेह्रवटा नयाँ गाडीमध्ये १२ वटा…

    विस्तृतमा पढ्नुस्

  • लाहोरमा आत्मघाती हमला, २६ को मृत्यु, ४९ भन्दा बढी घाइते

    लाहोरमा आत्मघाती हमला, २६ को मृत्यु, ४९ भन्दा बढी घाइते

    इस्लामाबाद : पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने लाहोरमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ भने ४९ भन्दा बढी घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमहरूले स्थानीय समयअनुसार अपरान्ह ४ बजेतिर विष्फोट भएको जानकारी दिएका छन्। पञ्जाव प्रान्तको राजधानी लाहोरको एउटा तरकारी बजार नजिकै सुरक्षाकर्मीहरूलाई लक्षित गरी विष्फोट गराइएको थियो।  विष्फोटमा परी कम्तीमा चार जना प्रहरीको मृत्यु भएको र अन्य केही घाइते…

    विस्तृतमा पढ्नुस्

  • डोन्बासमा तत्काल युद्धविराम गर्न युक्रेनका राष्ट्रपतिको माग 

    डोन्बासमा तत्काल युद्धविराम गर्न युक्रेनका राष्ट्रपतिको माग 

    किभः युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले पूर्वी युक्रेनी भूभाग डोनेटस्क, लुगान्स्क क्षेत्रसहित डोन्बासमा युद्धविरामको माग गरेका छन्।  चार वटा देश सम्मिलित एक कूटनीतिक समूह ‘नरमान्डे फोर’ मा भएको टेलिफोन वार्तामा उनले युद्धविरामको माग गरेका हुन्। जर्मनी, फ्रान्स, रसिया र युक्रेनसम्मिलित नर्मान्डे फोरका नेताहरुको फोनवार्ता भएको थियो।  युक्रेनमा देखिएको समस्या समाधानका लागि उक्त मञ्च गठन भएको हो। ती नेताहरुले युक्रेन समस्याको समाधान…

    विस्तृतमा पढ्नुस्

  • आगलागीबाट छ लाखको क्षति

    आगलागीबाट छ लाखको क्षति

    इनरुवा : सुनसरीको हरिनगरा गाउँपालिका–१ मा गएराति आगलागी हुँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको छ।  गाउँपालिका–१ का फुदीराम बंगालीको घरमा अचानक आगलागी भएको हो। प्रहरीका अनुसार आलागीबाट दुईवटा घर र नौवटा चौपाया जलेका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। रासस   

    विस्तृतमा पढ्नुस्

  • गोसाइँकुण्ड जान नुवाकोटबाट दुई पदमार्ग सञ्चालन

    नुवाकोट : जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएको छ।  काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन्।  गोसाइँकुण्ड पुग्न पर्यटकीय मार्ग तथा प्रकृतिको सुन्दरतासँग रमाउन चाहनेलाई यसअघिदेखि नै कायम रहेको काठमाडौँको सुन्दरीजलबाट पैदलमार्फत चिसापानी, कुटुङसाङ, भंगिनगोठ, छहरेपाटी, घोप्टेभिरको फेदी…

    विस्तृतमा पढ्नुस्

  • यसकारण कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित

    यसकारण कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित

    म्याग्दी : वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुन गई कालीगण्डकी नदीको जल चक्र प्रणाली प्रभावित भएका छन्। योसँगै नदीको अस्तित्वसमेत खतरामा परेको छ।  तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा हिमनदी कालीगण्डकीको बहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको छ।  उद्योग तथा कलकारखानाबाट निस्कने फोहरमैला, रसायनयुक्त पानी र अनियन्त्रितरुपमा ढल मिसाउनेजस्ता गलत मानवीय…

    विस्तृतमा पढ्नुस्

  • पति हत्याको आरोपमा सिरहामा एक महिलासहित दुई पक्राउ

    पति हत्याको आरोपमा सिरहामा एक महिलासहित दुई पक्राउ

    लहान : सिरहामा पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको जेठ १७ गते हत्या भएको थियो। घटनाको अनुसन्धानका क्रममा शत्रुघ्न यादवकी कान्छी श्रीमती २५ वर्षीया शुभकलादेवी र सिरहा नगरपालिका–१९ का ५५ वर्षीय रामचरित्र ठाकुरको संलग्नता पाइएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको रानीपोखरीः संरक्षण गर्ने सेनाले कि स्थानीयले ?

    भक्तपुरको रानीपोखरीः संरक्षण गर्ने सेनाले कि स्थानीयले ?

    लक्ष्मी गारु  भक्तपुर : ऐतिहासिक महत्व बोकेका भक्तपुरको रानीपोखरी संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ।  मल्लकालमा पोखरीको देशले समेत परिचित भक्तपुरको प्राचीन ऐतिहासिक महत्व बोकेका पुतली बगैँचासहितको रानीपोखरीको संरक्षण नहुँदा पोखरीको अस्तित्व संकटमा परेको हो।  भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हाताभित्र रहेको रानीपोखरी संरक्षणको अभावमा कुरुप बन्दै गएको छ। विसं २०४० मा सैन्य तालिम केन्द्रका लागि सरकारले पोखरी…

    विस्तृतमा पढ्नुस्

  • रुस, इरान र कोरियामाथि नाकाबन्दी लगाउन अमेरिकी संसदमा मतदान हुँदै

    रुस, इरान र कोरियामाथि नाकाबन्दी लगाउन अमेरिकी संसदमा मतदान हुँदै

    वासिङटन : रुस, उत्तर कोरिया र इरानमाथि नाकाबन्दी गर्ने सम्बन्धमा अमेरिकी संसदमा मङ्गलबार मतदान हुँदैछ।  इरान र उत्तर कोरियामाथि यसअघि पनि नाकाबन्दी जारी नै छ। तर त्यसमा पनि थप नाकाबन्दीका लागि अमेरिकी संसदमा विधेयक लगिने भएको हो।  त्यसैगरी रुसका बिरुद्धमा पनि यसअघि नै पूर्व राष्ट्रपति बाराक ओबामाको प्रशासनले केही क्षत्रेमा नाकाबन्दी लगाएको थियो। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि पनि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्रीले गरे आरोही सञ्जय पण्डितप्रति श्रद्धाञ्जलि

    राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्रीले गरे आरोही सञ्जय पण्डितप्रति श्रद्धाञ्जलि

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले पृथक धावक तथा हिमाल आरोही सञ्जय पण्डितको पार्थिव शरीरमा आज राष्ट्रिय झण्डा ओढाई सम्मान गरेका छन्।  श्रद्धाञ्जलिका लागि पण्डितको शव राखिएको स्थल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा पुगी प्रधानमन्त्री देउवाले श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। अमेरिकाको अलास्का राज्यमा अवस्थित डेनाली हिमाल आरोहणका क्रममा २९ वर्षीय आरोही पण्डितको गत असार २ गते लेक लागेर निधन भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • झापामा दुर्घटना कम, मृत्यु बढी

    झापामा दुर्घटना कम, मृत्यु बढी

    झापा : गत आर्थिक वर्ष २०७३/७४ मा यहाँ सवारी दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ।  सवारी दुर्घटनामा ६९ पुरुष, १३ महिला र चार बालबालिकाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख ढुण्डीराज गिरीले जानकारी दिए। उनका अनुसार सवारी दुर्घटनाको संख्यामा कमी आएपनि मृत्युदर बढ्दै गएको छ। पछिल्लो तीन वर्षको तथ्यांक अनुसार हरेक वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यामा वृद्धि हुँदै गएको…

    विस्तृतमा पढ्नुस्

  • झापाका किसान विषादीरहित चिया उत्पादनतर्फ, एक वर्षमा एक करोड ४८ लाख किलो चिया उत्पादन

    झापाका किसान विषादीरहित चिया उत्पादनतर्फ, एक वर्षमा एक करोड ४८ लाख किलो चिया उत्पादन

    सुरेन्द्र भण्डारी  झापा : झापामा आर्थिक वर्ष २०७३/७४ मा एक करोड ४८ लाख ६२ हजार ४३२ किलो तयारी चिया उत्पादन भएको छ।  राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि विकास अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार जिल्लामा कुल ११ हजार ४४३ हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेको छ। तीन हजार ६९५ हेक्टर क्षेत्रफलमा दुई हजार ९२७ साना चिया कृषकले चियाखेती गरिरहेका…

    विस्तृतमा पढ्नुस्

  • महन्थ ठाकुरले भने–संविधान संशोधन नभइ निर्वाचनमा सहभागी हुन्नौं

    महन्थ ठाकुरले भने–संविधान संशोधन नभइ निर्वाचनमा सहभागी हुन्नौं

    भक्तपुर : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधान संशोधन नभई आगामी असोज २ गते हुने तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी नहुने बताएका छन्।  रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा संयोजक ठाकुरले संविधान संशोधन आफूहरुको प्रमुख कार्यसूची भएकाले त्यसको पूर्णताविना निर्वाचनमा सहभागी नहुने बताए। ठाकुरले भने,‘सरकारले जहिले पनि स्पष्ट व्यवहार देखाउन सकेन, सरकारले आफूले गरेको वाचा पूरा नगर्दा समस्या…

    विस्तृतमा पढ्नुस्

  • जापानद्वारा आत्महत्या दर घटाउने नयाँ कार्ययोजना सार्वजनिक

    जापानद्वारा आत्महत्या दर घटाउने नयाँ कार्ययोजना सार्वजनिक

    टोकियो : जापानले जापानी नागरिकमा अत्यधिक मात्रामा रहेको आत्महत्याको दर घटाउने नयाँ कार्य योजना सार्वजनिक गरेको छ।  जापान सरकारले आगामी दश वर्षमा हालको आत्महत्या दरबाट ३० प्रतिशत घटाउने गरी सो कार्ययोजना सार्वजनिक गरेको हो।  जापान विश्वका शक्ति सम्पन्न राष्ट्र जि७ मा सबैभन्दा बढी आत्महत्या दर भएको देश हो। यहाँ हरेक वर्ष कम्तीमा पनि २० हजार जनाले आत्महत्या गर्ने गरेका छन्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell