PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

  • भृकुटी कागज कारखानका कर्मचारीले किन पाएनन् तलब ?

    नवलपरासी : नवलपरासीको गैँडाकोटस्थित भृकुटी कागज कारखानामा स्थायी दरबन्दीमा कार्यरत ३२८ कर्मचारीले तलब पाएका छैनन्।  विसं २०६७ मा बन्द भएको उद्योगमा कार्यरत विभिन्न पदका स्थायी कर्मचारीले सात वर्षदेखिको पारिश्रमिक पाउन सकेका छैनन्। सरकारले आफ्नो स्वामित्वमा रहेको भृकुटी कागज कारखानालाई १७ करोड रुपैयाँमा २०४९ सालमा उद्योग गोल्छा अर्गनाइजेसनलाई ‘लिज’मा जिम्मा दिएको थियो।  सो स्थानमा सोही उद्योग अथवा अन्य जुनसुकै उद्योग राख्न पाउने…

    विस्तृतमा पढ्नुस्

  • शिक्षा पत्रकारिता पुरस्कार रौनियार र पौडेललाई

    काठमाडौँ स् यस वर्षको शिक्षा पत्रकारिता पुरस्कार ‘नागरिक दैनिक’ पत्रिकाकी रुवी रौनियार तथा ‘एडुखबर डट कम’का सम्पादक श्रीधर पौडेललाई प्रदान गरिने भएको छ।  ‘शिक्षालय’ नामक पत्रिका तथा ‘आजको आवाज मिडिया’ले संयुक्त रुपमा प्रदान गर्ने पुरस्कारको राशि जनही पाँच हजार रहेको छ। आज आयोजित पत्रकार सम्मेलनमा नेशनल एजुकेशन अवार्डका अध्यक्ष श्याम तण्डुकारले शिक्षा क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले शिक्षा पत्रकार तथा शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • १५ हजार  रुपैयाँ घुस लिएको आरोपमा डिभिजन सहकारी सिरहाका प्रमुख पक्राउ

    १५ हजार  रुपैयाँ घुस लिएको आरोपमा डिभिजन सहकारी सिरहाका प्रमुख पक्राउ

    काठमाडौँ  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा डिभिजन सहकारी कार्यालय सिरहाका प्रमुख रामप्रसाद सुवेदी र कार्यालय सहयोगी अवतार बस्नेतलाई पक्राउ गरेको छ।  योग्य महिला कृषि सहकारी संस्था दर्ता गर्न पुगेका सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। कार्यालय प्रमुख सुवेदीको निवासबाट घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका…

    विस्तृतमा पढ्नुस्

  • प्रतिपक्षीसँगको गठबन्धन तोड्दै नितिश कुमार भए पुनः मुख्यमन्त्री

    प्रतिपक्षीसँगको गठबन्धन तोड्दै नितिश कुमार भए पुनः मुख्यमन्त्री

    पटनाः जनता दल (यूनाइटेड)का नेता नीतिश कूमार भारतीय प्रतिपक्षी दलसँगको महागठबन्धनलाई तोड्दै भारतीय जनता पार्टी (भाजपा)को समर्थनमा बिहीबार पुनः बिहारको मुख्यमन्त्री बनेका छन्। उनले राजनाथ भवनमा बिहीबार नै सपथ लिएका छन्।  त्यसैगरी, भाजपाका सुशील कुमार मोदीले पनि उपमुख्यमन्त्रीका रूपमा आजै सपथ लिएका छन्। दुवै जनाले भारतीय संसदबाट बहुमत सिद्ध गर्नुपर्ने कानूनी प्रावधान अनुसार शुक्रबार नै संसदमा विश्वासको मत रहेको पुष्टि गर्नुपर्नेछ। …

    विस्तृतमा पढ्नुस्

  • बोइङ खरिदका लागि सात कम्पनीको आवेदन, एक/दुई दिनभित्रै छनोट गरिने

    बोइङ खरिदका लागि सात कम्पनीको आवेदन, एक/दुई दिनभित्रै छनोट गरिने

    काठमाडौँ : नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० विमान खरिदका लागि सात वटा कम्पनीले आवेदन दिएका छन्।  बोइङ बिक्रीका लागि निगमले गरेको तेस्रो पटकको सूचनापछि नेपाली पाँच र बाँकी अन्तर्राष्ट्रिय कम्पनीले आवेदन दिएका हुन्।  निगमको विमान लिलाम बिक्रीका लागि तेस्रो पटक साउन ५ गते एक साताभित्र सम्पर्क गर्न सूचना जारी गरेको थियो।  लामो समयसम्म कुनै आवेदन नपरेपछि निगमले यो पटक विमान कम्पनीबाहेक…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगलाई प्रधानमन्त्रीको प्रस्तावः केन्द्र र प्रदेशको निर्वाचन एकैदिन गरौं

    निर्वाचन आयोगलाई प्रधानमन्त्रीको प्रस्तावः  केन्द्र र प्रदेशको निर्वाचन एकैदिन गरौं

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीलाई आग्रह गरेका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्री र आयोगका पदाधिकारीहरु सहभागी बैठकमा प्रधानमन्त्रीले जनताको मत बदर नहुने गरी मतदान प्रक्रियामा सुधार गर्न आयोगलाई आग्रह गरे। संवैधानिक व्यवस्थानुरुप सरकार आगामी माघ ७ गतेभित्रै प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव गर्न प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्रीले सोअनुसार तयारी तत्काल थाल्न आयोगका…

    विस्तृतमा पढ्नुस्

  • बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्ने ३९९ जनालाई राष्ट्रपतिद्वारा कदरपत्र वितरण

    बौद्ध दर्शनमा उच्च शिक्षा हासिल गर्ने ३९९ जनालाई राष्ट्रपतिद्वारा कदरपत्र वितरण

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजाति र बहुसांस्कृतिक जनता बसोबास गर्ने राज्य भएको बताएकी छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति, ललितपुरले आयोजना गरेको कदरपत्र वितरण समारोहलाई सम्बोधन राष्ट्रपति भण्डारीले हिमाल, तराई र पहाडमा बस्ने सबैको वेशभूषा, परम्परा र भाषा नै राष्ट्रिय गौरव भएको बताइन्। राष्ट्रपति भण्डारीले पहिलोपल्ट बौद्ध दर्शनमा उच्च…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाका जनवर्गीय संगठन तीन दिनभित्र पुनर्गठन गरिने

    राप्रपाका जनवर्गीय संगठन तीन दिनभित्र पुनर्गठन गरिने

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले लामो समयदेखि निष्कृय रहेको जनवर्गीय संगठन, विभिन्न विभाग तथा समितिको तीन दिनभित्र पुनर्गठन गर्ने भएको छ।  तत्कालीन राप्रपा नेपालसँग पार्टी एकीकरण भएपछि अहिलेसम्म धर्म तथा संस्कृति समितिबाहेक अन्य कुनै पनि भ्रातृ संगठन पुनर्गठन गरिएको थिएन।  स्थानीय तहमा गरिएका चुनाव तथा पार्टीभित्र बढ्दै गएको आन्तरिक विवादका कारण गठन हुन नसकेका ती संगठनलाई सक्रिय बनाएर आगामी निर्वाचनमा देशभर…

    विस्तृतमा पढ्नुस्

  • तीन बालबालिका मृत्यु प्रकरणः अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित

    तीन बालबालिका मृत्यु प्रकरणः अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित

    भोजपुर : भोजपुरको अरुण गाउँपालिकामा–३ प्याउलीमा असार १२ गते बिहान मृत भेटिएका तीन बालबालिकाको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित भएका छन्।  अनुसन्धान प्रक्रियामा ढिलाइ भएको भन्दै गत शनिबार चक्काजाम गरेका थिए भने मंगलबार अरुण गाउँपालिकाभित्रका सबै कार्यालय ठप्प बनाएका थिए।  पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई तत्काल पक्राउ गरी कारबाहीलगायतका मागसहित स्थानीय आन्दोलनमा उत्रिएको संघर्ष समितिका सदस्य इन्द्र फुँयालले बताए।  जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • १४ जना साउदी नागरिकलाई मृत्युदण्ड किन ?

    १४ जना साउदी नागरिकलाई मृत्युदण्ड किन ?

    दुबई:  दङ्गा, चोरी, र विद्रोही गतिविधि गरेको आरोपमा पक्राउ परेका १४ जना साउदी नागरिकलाई अत्यन्त गैरन्यायिक सामूहिक कारबाहीअन्तर्गत निकट भविष्यमा मृत्युदण्ड दिन लागिएको एम्नेष्टी इन्टरनेशनलले जनाएको छ।  एम्नेष्टीले जनाए अनुसार गत आइतबार मात्रै १५ जना अन्य साउदी नागरिकविरुद्ध इरानी मुश्लिम सियालाई सघाउनका लागि जासुसी गरेको आरोपमा मृत्युदण्डको सजाए तोकिएको थियो।  साउदी अरबमा विश्वका केही मुलुकमध्ये मृत्युदण्डको दर बढी रहेको छ। …

    विस्तृतमा पढ्नुस्

  • ट्रान्समिटर जलेपछि गुल्मीमा विद्युत् आपूर्ति ठप्प

    गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका–७ बाट सञ्चालित दरमखोला लघु जलविद्युत् परियोजनाको ट्रान्समिटर जलेपछि विद्यत् सेवा अवरुद्ध बनेको छ।  नगरपालिकाको वडा नं १ अन्तर्गत पौदीअमराइमा रहेको ट्रान्समिटर जलेपछि वडा नं १ का झण्डै २५० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन्।  ट्रान्समिटर मर्मत सम्भार गर्न लगिएको हुँदा ट्रान्समिटर बनेर आउन अझै एक हप्ता जति समय लाग्ने जलविद्युत् परियोजना सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार…

    विस्तृतमा पढ्नुस्

  • सेती नदीमा हामफालेर एक जना बेपत्ता

    सेती नदीमा हामफालेर एक जना बेपत्ता

    पोखरा  : श्रीमतीसँगको झगडापछि एकजना पुरुष मंगलबार साँझ पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटस्थित सेती नदीमा हाम फाली बेपत्ता भएका छन्।  सधैँ मादक पदार्थ सेवन गरी घर आउने गरेका झापा घर भई पोखरामा मजदुरी गर्दै आएका वर्ष ४५ का प्रकाश सापकोटा नदीमा हाम फाली बेपत्ता भएका प्रहरीले जनाएको छ।  कोठामा श्रीमतीसँग झगडा भएपछि नुहाउन जाउँ भनी आफ्नी छोरी मनिकालाई सेती नदीको डिलमा लिएर गएकोमा…

    विस्तृतमा पढ्नुस्

  • यसकारण ४ हजार व्यापारी कारबाहीमा

    यसकारण ४ हजार व्यापारी कारबाहीमा

    काठमाडौँ  :  नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ।  आर्थिक वर्ष २०७३/७४ मा कार्यालयले दूध तथा दहीमा ठगी गर्ने, समयमा अनुमतिपत्र नलिने, ढकको ठाउँमा ढुंगा पत्थर प्रयोग गर्ने, ढकतराजु समयमा जाँच नगर्नेलगायत शीर्षकमा ती व्यापारीलाई कारबाही गरेको हो।  कार्यालयका प्रमुख शशीभुषणकुमार यादवले कारबाहीमा…

    विस्तृतमा पढ्नुस्

  • कान्दाहारको सैनिक पोष्टमा तालिबानको आक्रमण, ठूलो संख्यामा सैनिक मारिएको आशङ्का

    कान्दाहारको सैनिक पोष्टमा तालिबानको आक्रमण, ठूलो संख्यामा सैनिक मारिएको आशङ्का

    कान्दाहार : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिबानहरुले मङ्गलबार रातभर आक्रमण गरेका छन्।  स्थानीय नागरिकलाई उद्धृतगर्दै दिइएका केही समाचारअनुसार आक्रमणमा सैनिक पोष्टमा रहेका ठूलो संख्यामा सैनिक मारिएको आशङ्का गरिएको छ । तर यो समाचारको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन।  उक्त सैनिक पोष्ट दुर्गम जिल्लामा पर्ने भएकोले थप अनुसन्धानका लागि सुरक्षाकर्मीहरु खटिएका र केही समयपछि…

    विस्तृतमा पढ्नुस्

  • जनप्रतिनिधिलाई सतर्कता केन्द्रको निर्देशनः ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु

    जनप्रतिनिधिलाई सतर्कता केन्द्रको निर्देशनः ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु

    काठमाडौँ : स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले पनि सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ।  भ्रष्टचार निवारण ऐन, २०५९ को दफा ५ बमोजिम सार्वजनिक पदधारण गरेका व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउनुपर्ने नियमानुसार यस पटकदेखि जनप्रतिनिधिले पनि सम्पत्ति विवरण फारम भर्ने राष्ट्रिय सतर्कता केन्द्र सम्पत्ति विवरण शाखा प्रमुख परशुराम पोखरेलले जानकारी दिए।  यसअघि स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिले ऐन नबनेका कारण सम्पत्ति विवरण…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा गुँला पर्व सुरु

    भक्तपुर : भक्तपुरमा गुँला पर्व सुरु भएको छ। परापूर्वकालदेखि भक्तपुरका शाक्य, बज्राचार्य, मानन्धर लगायतका समुदायले गुंलाथ्व पारुदेखि ञलाथ्व पारु अर्थात् साउन ९ देखि भदौ ६ गतेसम्म एक महिना विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाउने गरिन्छ।  गुँला पर्व बुद्ध धर्मावलम्बी नेवारहरुको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व भएको बताउँदै गुँला ङकधलं व्यवस्थापन समितिका अध्यक्ष जितलाल मानन्धरले एकमहिने गुँला पर्वमा उपत्यकालगायत आसपासका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीद्वारा दाङमा पाँच थान भरुवा बन्दुक बरामद

    प्रहरीद्वारा दाङमा पाँच थान भरुवा बन्दुक बरामद

    दाङ : प्रहरीले दाङबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ।  प्रहरी चौकी चंवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले राजपुर गाउँपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा बन्दुक बरामद गरिएको दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।  छ÷सातजना अज्ञात व्यक्तिले एक नाले भरुवा बन्दुक बोकेर जंगलतर्फ हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा उनीहरुले बन्दुक फालेर भागेका…

    विस्तृतमा पढ्नुस्

  • कास्कीमा साउन महिनाभर मतदाता नामावली दर्ता गरिने

    कास्कीमा साउन महिनाभर मतदाता नामावली दर्ता गरिने

    पोखरा : क्षेत्रीय निर्वाचन कार्यालय पोखराले कास्कीका पाँचवटै स्थानीय तहको फोटोसहितको मतदाता नामावली दर्ता साउन महिनाभरि गर्ने भएको छ।  साउन १५ गतेसम्म कार्यालयमा र १६ गतेदेखि चार गाउँपालिकाको सदरमुकामबाट नामावली दर्ता गरिने क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। पोखरा–लेखनाथ महानगरपालिकाका ३३ वटै वडाको भने क्षेत्रीय निर्वाचनको कार्यालयबाटै नामावली दर्ता हुनेछ। रासस   

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनले पूर्णता पाउँदैनः बिजुक्छे

    संविधान संशोधनले पूर्णता पाउँदैनः बिजुक्छे

    नगरकोट : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधनले पूर्णता नपाउने बताएका छन्।  रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष विजुक्छेले  संशोधनको विषय जति उठान गरेपनि अहिलेको अवस्थामा त्यसले पूर्णता पाउन नसक्ने बताए। अध्यक्ष बिजुक्छेले आमनेपाली जनतालाई नबुझाई सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा राजनीतिज्ञले लगाएपनि अहिले त्यो सिंहदरबारका कर्मचारी र नेताका लागि टाउको दुखाइ बनेको बताए। उनले सबैले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • सबैभन्दा कम गुनासा सम्बोधन गर्नेमा अख्तियार, शतप्रतिशत गर्नेमा पशुपंक्षी मन्त्रालय

    सबैभन्दा कम गुनासा सम्बोधन गर्नेमा अख्तियार, शतप्रतिशत गर्नेमा पशुपंक्षी मन्त्रालय

    काठमाडौँ : पशुपक्षी विकास मन्त्रालयले मात्र सर्वसाधारणका गुनासा शतप्रतिशत सम्बोधन गरेको छ।  अहिलेसम्मको ‘हेलो सरकार’लाई प्राप्त गुनासामा पशुपक्षी विकास मन्त्रालयले मात्र शतप्रतिशत गुनासा सम्बोधन गरेको हेलो सरकार कार्यक्रमका प्रमुख प्रद्युन्नप्रसाद उपाध्यायले जानकारी दिए।  पशुपक्षी मन्त्रालयले अहिलेसम्म १६० गुनासामध्ये सबै गुनासालाई सम्बोधन गरेको उनले जानकारी दिए। मन्त्रालयमा पशुस्वाथ्य बीमा, पशुपालनसम्बन्धी गुनासा आउने गरेका थिए।  सबैभन्दा कम गुनासा सम्बोधन गर्नेमा अख्तियार दुरुपयोग अनुसन्धान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell