PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

  • उत्तरपश्चिमी चीनमा बाढी, १० जनाको मृत्यु, हजारौं विस्थापित

    उत्तरपश्चिमी चीनमा बाढी, १० जनाको मृत्यु, हजारौं विस्थापित

    चीन : उत्तरपश्चिमी चीनको शाआनसी प्रान्तमा आएको बाढी पहिरोमा परी दश जनाको मृत्यु भएको छ। बाढी पहिरोका कारण ७१ हजार तीन सयलाई बलपूर्वक सुरक्षित स्थानमा सारिएको छ। वर्षा र बाढीका कारण त्यसक्षेत्रमा विद्युत र टेलिफोन सेवासमेत अवरुद्ध भएको बताइएको छ।  प्रान्तीय सरकारले बाढी पहिरोविरुद्ध लड्न पाँच करोड युआनका आवश्यकता रहेको ठहर गरेको छ। रासस/सिन्ह्वा   

    विस्तृतमा पढ्नुस्

  • भारतीय राजदूत पुरीले भने–बेलहियामा छिट्टै एकीकृत जाँच चौकी 

    भारतीय राजदूत पुरीले भने–बेलहियामा छिट्टै एकीकृत जाँच चौकी 

    भैरहवा : नेपालका लागि भारतीय राजदूत मञ्जीत सिंह पुरीले नेपाल–भारत सीमा क्षेत्र बेलहियामा छिट्टै एकीकृत जाँच चौकी (आइसिपी) स्थापना गरिने बताएका छन्।   शुक्रबार नेपाल–भारत सीमा समस्या तथा व्यापार सहजीकरण कार्यक्रममा भैरहवा आएका राजदूत पुरीले व्यवस्थित भन्सार सञ्चालनका लागि एकीकृत जाँच चौकीको स्थापना छिट्टै गर्न लागिएको जानकारी दिए। उनले रक्सौल र पर्वानीपुरमा जस्तै भैरहवा क्षेत्रमा पनि भारतीय बजारबाट विद्युत् आयातका लागि…

    विस्तृतमा पढ्नुस्

  • सरकार र डा. केसी पक्षबीच भएको दोस्रो चरणको वार्तामा किन मिलेन कुरा ?

    सरकार र डा. केसी पक्षबीच भएको दोस्रो चरणको वार्तामा किन मिलेन कुरा ?

    काठमाडौँ : सरकार र अनशनरत प्राडा गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता पनि अघिल्लो जस्तै बिनानिष्कर्ष टुंगिएको छ।  शिक्षा मन्त्रालयमा शनिबार भएको दोस्रो चरणको वार्ता संसद्मा रहेको चिकित्सा शिक्षा विधेयकका बारेमा कुरा अघि नबढेपछि बिनानिष्कर्ष टुंगिएको हो।  सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले अनशनको मुख्य विषय चिकित्सा शिक्षा भएकाले आफूहरुले मात्र त्यसको पार लाउन नसक्ने भएको प्रधानमन्त्री,…

    विस्तृतमा पढ्नुस्

  • तिब्बतबाट फर्केपछि ओलीले भने-प्रदेश सभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गरौं

    तिब्बतबाट फर्केपछि ओलीले भने-प्रदेश सभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गरौं

    काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सभाभन्दा पहिला प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने बताएका छन्।  तिब्बतको एक साताको भ्रमणबाट सकेर आज स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले दुवै तहको एकैपटक निर्वाचन गर्दा पनि आफ्नो पार्टीको आपत्ति नहुने तर प्रतिनिधिसभाको निर्वाचन समयमा हुन नसकेमा संविधान कार्यान्वयनमा जटिलता उत्पन्न हुने बताए।  अध्यक्ष ओलीले भने,’यो समय पर सर्नु…

    विस्तृतमा पढ्नुस्

  • दुवै मिर्गौलाले काम गर्न छोडेपछि पूर्वमन्त्री शेर्मा अस्पताल भर्ना

    पाँचथर : दुवै मिर्गौला काम गर्न छोडेपछि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्मा एक सातादेखि अस्पतालमा उपचाररत छन्।  केही साता अघिदेखि सामान्य बिरामी भएका शेर्माको दुवै मिर्गौलाले काम गर्न छाडेकाले एकसाता अघि वीर अस्पताल पुगेका आपतकालीन शय्या नभएको भन्दै अस्पतालले फिर्ता गरेपछि पुल्चोकस्थित निदान अस्पतालमा उनी भर्ना भएका छन्।  कांग्रेसको पूर्व केन्द्रीय सदस्यसमेत रहेका ७४ वर्षीय शेर्मालाई डायलासिसमार्फत थप उपचारको…

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्ज नाकाको व्यापार घाटा तीन खर्ब २७ अर्ब

    वीरगञ्ज नाकाको व्यापार घाटा तीन खर्ब २७ अर्ब

    पर्सा : प्रमुख व्यापारिक नाका वीरगञ्जको व्यापार घाटा २२ गुणा पुगेको छ ।  आर्थिक वर्ष २०७३/७४ मा वीरगञ्ज नाका भएर भारत तथा तेस्रो मुलुकबाट तीन खर्ब ४२ अर्ब ८३ करोड ६३ लाखको विभिन्न मालसामान नेपाल भित्रिएको थियो।  नेपालबाट भारत तथा तेस्रो मुलुकका लागि १४ अर्ब ९३ करोड २७ लाखको विभिन्न मालसामान निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली दूतावासले मलेसियामा आयोजना गर्‍यो आर्थिक कूटनीति प्रवद्र्धन कार्यक्रम

    नेपाली दूतावासले मलेसियामा आयोजना गर्‍यो आर्थिक कूटनीति प्रवद्र्धन कार्यक्रम

    काठमाडौँ : मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले आर्थिक कूटनीति प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरेको छ।  नेपालको व्यापार, पर्यटन र कला संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबारदेखि त्यहाँ त्रिदिवशीय ‘मिस्टिक नेपाल’ प्रदर्शनी जारी छ।  नेपाल हस्तकला महासंघसँगको सहकार्यमा आयोजित प्रदर्शनीमा २५ वटा बिक्री कक्षमार्फत नेपाली उत्पादनको प्रवद्र्धन भइरहेको नेपाली दूतावासले जनाएको छ।  क्रयविक्रयसमेतको व्यवस्था मिलाइएको प्रदर्शनीमा हस्तकलाका सामग्री, जैविक चिया तथा कफी, नेपाली चित्र,…

    विस्तृतमा पढ्नुस्

  • किन लोप हुँदैछ सर्प ?

    किन लोप हुँदैछ सर्प ?

    नारायण ढुंगाना चितवन : वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको छ।  मानवीय कारण नै सर्प लोपोन्मुख बन्दै गएको अनुसन्धानकर्ताले बताएका छन्। आज नागपञ्चमी पर्व हिन्दूहरुले घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर धुमधामसंग मनाइरहँदा पनि सर्प देख्नेबित्तीकै मार्ने प्रवृत्ति कायमै छ।  ‘सर्पले टोक्नेबित्तिकै मानिस मर्छ भन्ने परम्परागत धारणा मानिसमा छ,” सर्प र भ्यागुताको…

    विस्तृतमा पढ्नुस्

  • दाइजोको विषयमा हिंसा गर्नेलाई तत्काल पक्रन भारतीय सर्वोच्च अदालतको आदेश

    दाइजोको विषयमा हिंसा गर्नेलाई तत्काल पक्रन भारतीय सर्वोच्च अदालतको आदेश

    नयाँदिल्लीः भारतको सर्वोच्च अदालतले दाइजोको निहुँमा हिंसा गर्नेहरूलाई तत्काल गिरफतार गर्न आदेश दिएको छ।  दुई जना न्यायाधीशको बेन्चले पीडित महिलाका श्रीमान् र सासु ससुरालाई दाइजो प्रथा सम्बन्धि कानुन उलङ्घन गरेको भन्दै गिरफ्तार गर्न आदेश दिएको हो।  दाइजो विरोधी कानुन उलङ्घन गरेका घटनाहरु भारतमा धेरै हुने गरकाले अदालतले यसमा विषेश चासो देखाएको बताइएको छ।  अदालतले दिएको आदेशमा दोषीलाई तत्काल कारबाही प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • रक्षामन्त्रीले भने– प्रदेशमा सात र उपत्यकामा एक पृतना स्थापना गरिनेछ

    रक्षामन्त्रीले भने– प्रदेशमा सात र उपत्यकामा एक पृतना स्थापना गरिनेछ

    काठमाडौँ : रक्षामन्त्री भीमसेनदास प्रधानले मुलुक संघीयतामा प्रवेश गरेसँगै नेपाली सेनाको पनि त्यसैअनुरूपकाे संरचनाको काम अघि बढेको बताएका छन्। राजधानीमा आज आयोजित साक्षात्कारमा रक्षामन्त्री प्रधानले सात प्रदेशमा सात र काठमाडौँ उपत्यकामा एक पृतना स्थापना गर्ने कार्य अघि बढिसकेको जानकारी दिए । उनले नेपाली सेनाको सक्षम जनशक्ति, चेनअफ कमाण्डर छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको अनुभवले द्रुत मार्गले तोकिएको समयावधिभित्रै पूर्णता पाउने बताएका…

    विस्तृतमा पढ्नुस्

  • कास्कीका द्वन्द्वपीडितलाई पाँच करोड राहत वितरण

    पोखरा : कास्कीका द्वन्द्वपीडितलाई पाँच करोड १६ लाख २५ हजार राहत वितरण गरिएको छ।  दश वर्षे सशस्त्र द्वन्द्वकालमा मृत्यु भएका ६० र बेपत्ता १९ जनाका परिवारलाई चार करोड २७ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिए।  उनका अनुसार पीडितका परिवारले पाँच पाँच लाख पाएका छन्। मृतक तथा बेपत्ता भएका परिवारका सदस्यले १० लाख पाउनुपर्नेमा…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरको फिदिममा जीप दुर्घटना, १४ जना घाइते

    पाँचथरको फिदिममा जीप दुर्घटना, १४ जना घाइते

    पाँचथर : पाँचथरको फिदिम नगरपालिका– ४ सारान्थामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।  फिदिमबाट मेमेङ गइरहेको मे१ज १८९२ नम्बरको जीप विपरीत दिशाबाट आइरहेको बसलाई बाटो दिने क्रममा सडकदेखि करिब ६० मिटर तल खसेर दुर्घटना भएको हो।  घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई उपचारका लागि अन्यत्र पठाइएको र ११ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।रासस …

    विस्तृतमा पढ्नुस्

  • यातायातमन्त्री बलायरको प्रतिवद्धताः अघिल्लो दिन कालोपत्रे र भोलिपल्ट खन्ने काम अन्त्य 

    यातायातमन्त्री बलायरको प्रतिवद्धताः अघिल्लो दिन कालोपत्रे र भोलिपल्ट खन्ने काम अन्त्य 

    काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय मापदण्डस्तरको गुणस्तर कायम गरिने बताएका छन्।  राजधानीमा आज आयोजित साक्षात्कारमा मन्त्री बलायरले गुणस्तरीय पूर्वाधार निर्माणमा मन्त्रालयले अब विशेष ध्यान दिने बताए।  अन्तरमन्त्रालयबीच समन्वय गर्ने संयन्त्र नहुँदा सडकसम्बन्धी समस्याको प्रश्न उठेको बताउँदै मन्त्री बलायरले भने,‘सडकको समस्या एउटै मात्रै नभई अन्तर मन्त्रालयसँग सम्बन्धित छ, अघिल्लो दिन कालोपत्र गर्ने अनि भोलिपल्ट खन्ने काम…

    विस्तृतमा पढ्नुस्

  • एक किलो सुनसहित रौतहटमा दुर्इ जना पक्राउ

    एक किलो सुनसहित रौतहटमा दुर्इ जना पक्राउ

    रौतहट : प्रहरीले रौतहटमा एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ।  वीरेन्द्र राजमार्गअन्तर्गत बम नहरबाट आज करिब ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नं ७ का २१ वर्षीय सरोज राय यादव छन्।  काठमाडौँबाट गौर आइरहेको भारतीय नम्बरको गाडीमा ठूलो परिमाणको सुन रहेको…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टर पल्टिंदा तनहुँमा दुई जनाको मृत्यु

    ट्याक्टर पल्टिंदा तनहुँमा दुई जनाको मृत्यु

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेस्थित वटडाँडामा शुक्रबार अपराह्न ग १ त ३३२४ नंम्बरको ट्याक्टर पल्टिँदा सोही ठाउँका १५ वर्षीय डम्बर पुन र १२ वर्षीय भूपाल गुरुङको घटनास्थलमै मृत्यु भएको छ।  ढुङ्गा बोकेर फिरफिरे गइरहेको ट्याक्टरको पछाडिको ट्रली फुस्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • कोलकातामा भानुको शालिक निर्माण हुने

    कोलकातामा भानुको शालिक निर्माण हुने

    काठमाडौँ : २०४ औं भानुजयन्ती नेपाली जनकल्याण समिति, कोलकाता, भारतले विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ ।  कोलकातामा रहेको नेपाली समुदायले नेपाली भाषा र जातीय एकताका प्रतीक भानुभक्त आचार्यको जन्मजयन्ती १७ वर्षदेखि मनाउँदै आएको छ। सो अवसरमा नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले नेपाली भाषा, साहित्य, संस्कृति, कलाको संरक्षणमा आफू र नेपाल सरकारबाट पूर्ण सहयोग रहने बताए।  भारत, पश्चिम बंगालका सहकारीमन्त्री अरुप रायले भानु–रवि…

    विस्तृतमा पढ्नुस्

  • अश्वेत भन्दै गरिएका आलोचनाले भावनात्मक छाप पारेको मिसेल ओबामाको भनाई

    अश्वेत भन्दै गरिएका आलोचनाले भावनात्मक छाप पारेको मिसेल ओबामाको भनाई

    डेनभर : मिसेल ओवामाले बिगत देखिको परम्परालाई तोड्दै पहिलो अश्वेत प्रथम महिला बन्दा व्यक्त भएका केही प्रतिक्रियाले आफूमा केही चिरस्थायी भावनात्मक छाप छोडेको बताएकी छन्। विमिन्स फोन्डेसन अफ कोलोराडोले आयोजना गरेको कार्यक्रममा ओबामाले अश्वेत भएकै कारण आफूप्रति नकारात्मक टिप्पणी भएको बताइन्।   अश्वेत भएकै कारण एक किसिमको बाँदर (एप)सँग तुलना गरेकासम्मका प्रसङ्ग कोट्याउँदै उनले भनिन्,‘मेरो आठ वर्षको सरकारी सेवाको अनुभवले बास्तवमै राष्ट्रका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रक्षाबन्धन

    काठमाडौँ :  राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन पर्वको उपलक्ष्यमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित रक्षाबन्धन ग्रहण गरेकी छन्।  शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले रक्षाबन्धन ग्रहण गर्नुभएको सेवाकेन्द्रका राजयोगी रामसिंह ऐरले जानकारी दिए।  यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सेवा केन्द्रका राजयोगी तथा राजयोगिनीसित प्रधानमन्त्री निवास बालुवाटारमा रक्षाबन्धन ग्रहण गरे।  सो अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवालाई सेवा केन्द्रका निर्देशक राजयोगिनी…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीको गण्डक क्षेत्र आसपासमा बाढीको त्रास, सतर्कता अपनाउन प्रशासनको आग्रह

    नवलपरासीको गण्डक क्षेत्र आसपासमा बाढीको त्रास, सतर्कता अपनाउन प्रशासनको आग्रह

    नवलपरासी : नवलपरासीको नारायणी नदीसहित गण्डक क्षेत्र आसपासका स्थानीयवासीमा बाढीको त्रास फैलिएको छ।  विगत केही दिनदेखिको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि उनीहरुमा बाढीको त्रास फैलिएको हो।  बाढीको त्रास फैलिएपछि यस क्षेत्रका स्थानीयवासीले उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनसँग माग गरेका छन्।  सुस्ता र प्रतापुर गरी दुईवटा गाउ‘पालिका क्षेत्रमा रहेका करिब एक दर्जन गाउ‘बस्तीमा बाढीको जोखिममा रहेकाले सतर्कता अपनाउन…

    विस्तृतमा पढ्नुस्

  • बारामा जीप दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

    बारामा जीप दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

    कलैया : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बारा सिमरा–जितपुर उपमहानगरपालिका वडा नं १६ मा आज बिहान जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।  माछा राखेर काठमाडौँ गइरहेको ग२च २३२० नम्बरको जीप राजमार्गको गजुरा खोलामा खस्दा माछा व्यापारी झापा बिर्तामोडका ४५ वर्षीय प्रभु सहनीको घटनास्थलमै मृत्यु भएको हो।  जीप चालक चितवन, भरतपुरका ४९ वर्षीय चिजमान श्रेष्ठ गम्भीर घाइते…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell