कैलाली : कैलालीको कैलारी गाउँपालिका–३ भितारियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेसका नेताको मृत्यु भएको छ। धनगढीबाट हसुलिया फर्कंदै गरेका राजेश चौधरीले चलाइरहेको से १ प ६०० नम्बरको मोटरसाइकलले साइकलमा सवार ३१ वर्षीय सम्झना चौधरीलाई ठक्कर दिएपछि अनियन्त्रित भई मोटरसाइकल ढल्दा राजेश घाइते भएका थिए। घाइते भएकामा चौधरीलाई उपचारका लागि भारत लैजाने क्रममा गएराति बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। साइकलमा सवार…
सिड्नी : अष्ट्रेलियाको राजधानी सिड्नीमा एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनालाई प्रहरीले निस्तेज पारिदिएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कोम टर्नबुलले प्रतिआतङ्कवाद प्रहरीले सो योजना अगावै त्यसबारेमा पत्ता लगाएको र विमान खसाल्ने एउटा योजनालाई विफल बनाइदिएको जानकारी दिए। गएराति उनीहरुले यस्तो योजना बनाएर त्यसमा संलग्नहरुको खोजी गरेका थिए। प्रहरीले त्यसमा संलगन भएको आशङ्कामा सिड्नी क्षेत्रमा चारवटा घरमा छापा मारेर केहीलाई…
यमन : यमनी सेना र सशस्त्र विद्रोही बीचमा गत बिहीबार र आइतबार विहान भएका भिडन्तमा परी सैनिक र विद्रोहीगरी ४३ जनाको मृत्यु भएको छ। इरानसँग नजिक पर्ने मोखाको रेड सि बन्दरगाह नगरमा भएको भिडन्तमा उनीहरु मारिएका अधिकारीहरुले जानकारी दिएका छन्। त्यसैगरी अर्को एक समाचारअनुसार मोखाको पूर्बी भागमा गएराति रातभर भएको भिडन्तमा परी १६ जना हुथी विद्रोही र सात जना सैनिक मारिएका…
दुबई : आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाएर कतारमाथि कूटनीतिक सम्बन्ध विच्छेद गरेका गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठक शनिबार बस्ने भएको छ। कतारका छिमेकी अरब देशहरुले नै उसमाथि नाकाबन्दी लगाएका छन्। कतारकाथि छिमेकी गल्फ देशले गत जुन ५ देखि नाकाबन्दी लगाएका छन्। ती देशले कतारमाथि अकस्मात कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका थिए। साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँगको…
प्रशन्न पोखरेल गोरखा : उत्तरी गोरखाको सिङ्गो चुमनुब्री गाउँपालिकामा सडक पहुँच पुगेको छैन। सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दिबास गाउँ आवतजावत गर्ने हो भने पैदल हिँड्नुपर्छ। सँगै रहेको धार्चे गाउँपालिकाको काशीगाउँ, केरौँजा, उहियालगायत गाउँमा पनि सडक सुविधा छैन। यहाँका मानिस हिँडेर सदरमुकाम ओहोरदोहोर गर्छन्। उत्तरी दुर्गम यी गाउँमा सडक सुविधा मात्रै होइन सुरक्षित प्रसूति सेवा पनि छैन। नेपाल सरकार…
काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारका समस्या समाधानमा मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने बताएका छन्। मन्त्रालयमा आज न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन बुझ्दै मन्त्री बस्नेतले पत्रकारका समस्या समाधानका लागि आफू लागिपर्ने बताए। उनले भने,‘दिनभर श्रम गर्ने सञ्चारकर्मीका समस्या समाधान हुनैपर्छ। श्रमजीवी पत्रकारले उचित पारिश्रमिक नपाएको भन्ने सुनेको छु। सुनुवाइ नहुने भन्ने हुँदैन।’ सञ्चारगृहका पनि आफ्ना समस्या हुनसक्ने भन्दै…
नारायण ढुंगाना चितवन : चितवन पदमपुरकी ६० वर्षीया वृद्धा सुखमाया तामाङ हातमा ऊनीको धागो च्यापेर आइन्। तौलँदा दुई किलो १०० ग्राम भयो। चाउरी परेको अनुहारमा चमक देखिन्थ्यो । उनले भनिन्,‘अलेली सहयोग हुन्छ। एकछिन एकछिन हो बाबु । भैंसी छ, बाख्रा छ, त्यो एकछिन एकछिन बस्या बेला गर्ने हो। यसमा मात्रै ध्याउन्न हुन्न ।’ दुई दिनको फुर्सदको समय निकालेर दुई किलो १००…
काठमाडौँ : सरकारले देशभरका १२० प्राथमिक स्वास्थ्य केन्द्रका लागि १५ करोड रुपैयाँ बराबरको आधारभूत उपचार उपकरण खरिद गरेको छ। स्वास्थ्य मन्त्रालय आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा भीमसिंह तिनकरीले असारमा नै उपकरण आइसकेको जानकारी दिँदै आवश्यकता हेरी आफ्नो भवन भएका स्वास्थ्य केन्द्रलाई सामग्री लिन बोलाइएको बताए। सबै स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सकको व्यवस्था गरिएको छ। उपचारका लागि आधारभूत उपकरण नभएको भन्दै चिकित्सकहरु स्वास्थ्य…
नवलपरासी : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौँ आइरहेको ना ६ ख २९४६ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी बसमा सवार ३२ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। १२ जनाको बुटवल र अन्यको स्थानीय…
जेनेभा : उत्तरी इराकी सहर मोसुललाई सरकारले पुनः नियन्त्रणमा लिएपछि पनि यसअघि त्यहाँबाट विस्थापित भएका करिब ८ लाख ४० हजार व्यक्ति घर फर्किन सकेका छैनन्। संयुक्त राष्ट्रसङ्घीय आप्रवासीसम्बन्धी एजेन्सीले उनीहरु अझै घर फर्किन नसकेको जानकारी दिएको हो। इराकी सेनाले मोसुल सहरलाई आतङ्ककारीबाट फिर्ता गर्ने क्रममा भएको भीषण भीडन्तका कारण ती नागरिक विस्थापित भएका थिए। इराकको राजधानी बग्दादबाट ४ सय किलोमिटर टाढा…
नुवाकोट : खोलाले बगाएर र भिरबाट लडेर नुवाकोटमा दुई जनाले ज्यान गुमाएका छन्। अविरल वर्षासँगै अमारे खोल्सामा आएको बाढीले बगाएर तादी गाउँपालिका–४ साविक सुन्दरादेवी गाविस–२ का रामबहादुर श्रेष्ठको मृत्यु भएको छ। शुक्रबार साँझ खोलाले बगाएका ६० वर्षीय श्रेष्ठलाई खोजी गर्ने क्रममा ३०० मिटर तल खोल्सा किनारमा शव भेटिएको प्रहरीले जनाएको छ। सातबिसे बजारबाट घर फर्कदै गरेका श्रेष्ठले बाढी आइरहेको खोल्साबाट तर्न…
हेमन्त केसी जाजरकोट : जिल्ला जनस्वास्थ्य जाजरकोटले कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि जलाएको छ। गाउँमा जाने औषधिलाई लामो समयसम्म जनस्वास्थ्य कार्यालयमा भण्डार गरेर राखिएपछि औषधिको म्याद गुज्रेको थियो। क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्यालयको मिलेमतोमा बिहीबार राति कसैलाई जानकारी नहुने गरी अस्पतालको हाताभित्रै जलाइएको स्टोर किपर लमबहादुर खड्काले जानकारी दिए। अस्पताल तथा स्थानीय स्वास्थ्य…
नारायण ढुंगाना चितवन : सन् २०१३ को राष्ट्रिय तथ्यांकअनुसार नेपालमा रहेका १९८ बाघमध्ये सबैभन्दा बढी १२० बाघ चितवन निकुञ्जमा छन्। बाँकेमा चार, पर्सामा सात, शुक्लाफाँटामा १७ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ रहकोमा अहिले बढेर ६२ पुगेको छ। चितवनमा आज बाघ दिवस मनाइएको छ। चितवनको सौराहामा भजनचुड्कासहित बाघ संरक्षणका कार्यक्रम गरियो। मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत बाघ संरक्षण उपसमितिले सौराहामा चेतनामूलक र्यालीसहित…
भोजपुर : तीन बालबालिका मृत भेटिएको घटनाका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धान सुरु गरेको छ। प्रहरी नायब उपरीक्षक दधीराम न्यौपाने नेतृत्वको टोलीले शुक्रबारबाट घटनाको अनुसन्धान सुरु गरेको हो। भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा तथा चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल मर्याङडाँडाको पोखरीमा गत असार १२…
वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटमार्फत जोन केलीलाई गृह मामिला मन्त्रीमा नियुक्ति गरिएको सार्वजनिक गरेका छन्। राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाईट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसलाई हटाएर नयाँ गृह मामिला मन्त्री नियुक्त गरेका हुन्। उनले ट्विटमा लेखेका छन्,‘म विनम्रतापुर्वक जानकारी गराउन चाहन्छु की ह्वाईट हाउसको गृह मामिला मन्त्रीमा रुपमा जनरल सेक्रेटरी जोन एफ केलीलाई नियुक्त गरेको छु।’ ‘उहाँ एक…
मोहिनी मिश्र रिसाल काठमाडौं : केही दिन अघि अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिवान आतङ्ककारी गरेको आक्रमणमा कम्तीमा २६ सैनिकको मृत्यु भएको सरकारले जानकारी दिएको थियो। तर योभन्दा बढी सङ्ख्यामा सैनिक हताहत रहेका अनुमान गरियो। यस आक्रमणका क्रममा १२ सैनिक बेपत्ता नै रहेका जानकारी दिइएको थियो। दश वर्षभन्दा लामो समयदेखि दक्षिण एसियाली देश अफगानिस्तानमा शान्ति सुरक्षा…
पोखरा : जनसंख्या र भूगोललाई मुख्य आधार मानी संघीय र प्रदेश सभाका सदस्यको निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिइएको छ। निर्वाचन क्षेत्र निर्धारण आयोगले विभिन्न राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी, सञ्चारकर्मी, भूगोलविद्, उद्यमी एवं व्यवसायीसँग गरेको राय सुझाव अन्तरक्रियामा उनीहरुले जनसंख्यालाई ५१ र भूगोललाई ४९ प्रतिशत आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरिए सबैलाई मान्य हुने बताएका थिए। स्थानीय तहको गठन…
काठमाडौँ : धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई सम्मान गरिएको छ । उनी धावन क्षेत्रमा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल भएकी थिइन् । भोजपुरे सेवा समाजले आयोजना गरेको कार्यक्रममा राईलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान गरेका हुन्। कार्यक्रममा अर्थमन्त्री कार्की, पूर्वअर्थमन्त्री शङ्कर कोइराला र सोलुखुम्बुका समाजसेवी गोमा शेर्पालाई पनि सम्मान गरिएको थियो। रासस
महोत्तरी : खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले तराई–मधेसको खानेपानी समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएका छन्। नेपाली कांग्रेस बर्दिवासनगर कमिटीले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेसमा वर्षेनी हुँदै आएको खानेपानी समस्या निराकरण गर्न आफू तत्पर रहेको बताए। मन्त्री यादवले सरकारको नजर प्रदेश नम्बर– २ को स्थानीय तहको तेस्रोचरणको चुनावमा केन्द्रीत रहेको बताए। उनले आगामी…
रमेश लम्साल काठमाडौँ : काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएका खोला किनारका कोरिडोर निर्माणमा सोचेजति प्रभावकारी काम हुन नसकेको सरकारी अधिकारीले नै स्वीकार गरेका छन्। वागमती र धोबीखोला कोरिडोर बाहेक अन्य कोरिडोरमा निर्माणकार्य तोकिएको लक्ष्यअनुसार हुनसकेको छैन भने बजेट उपलब्ध भएरपनि खर्च हुनसकेको छैन। सरकारले धोबी खोला, वागमती, विष्णुमति, नख्खु खोला, महादेव खोला र साङ्ला खोला कोरिडोर निर्माण सुरु गरेको छ।…