चितवन : भरतपुर महानगरपालिका – १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको भन्दै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन्। दोस्रो चरणको निर्वाचनबाट विजयी जनप्रतिनिधिले गाउँ र नगरसभामार्फत भावी कार्यक्रम सार्वजनिक गरिसक्दासमेत भरतपुर महानगर अन्योलमा छ। भरतपुर महानगरको मतगणनाका क्रममा जेठ १४ गते राति मतपत्र च्यातिएपछिको विवाद अहिले सर्वोच्च अदालतमा पुगेको छ…
याउन्डे : क्यामरुनको अट्लान्टिक सामुद्रीक किनारमा सेनाको डुङ्गा डुब्दा कम्तीमा ३४ जना बेपत्ता भएका छन्। वेपत्ता भएका मध्ये क्यामरुनको सेनाको द्रुत उद्धार समूहका जवानहरू रहेक रक्षा मन्त्रालयले जनाएको छ। सेनाले आइतबार भएको सो घटनामा उद्धार समूह भन्दा बाहिरका अरु तीन जना जवान पनि परेको वक्तव्यमा उल्लेख गरेको छ। सैन्य डुङ्गामा ३७ जना रहेको पनि सेनाले जनाएको छ। दुर्घटनामा परेको डुङगामा केही…
काठमाडौँ : सरकारको नेतृत्वमा रहेर सम्पादन गरिएका जनपक्षीय कामको व्यापक प्रचारप्रसार हुन नसक्दा स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षानुसार विजय हासिल गर्न नसकेको नेकपा माओवादी केन्द्रका नेताले टिप्पणी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले विद्युत्भार कटौतीको अन्त्य, उच्च आर्थिक वृद्धि, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध, राष्ट्रिय गौरवका आयोजनामा देखिएको गुणात्मक प्रगतिलगायत कामको प्रभावकारी प्रचार हुन…
काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी असार मसान्तभित्र निजी आवास पुनःनिर्माणका लागि अनुदान लिइसक्ने अन्तिम मिति तय गरेको छ। निर्देशक समितिको बैठकको निर्णयानुसार प्राधिकरणले समय सीमा तोकेरै अनुदान लिन लाभग्राहीलाई आग्रह गरेको हो। प्राधिकरणले निर्धारण गरेको तालिकानुसार लाभग्राहीले २०७५ असार मसान्तभित्र निजी आवास पुनःनिर्माणको तीनै किस्ताको अनुदान लिइसक्नुपर्नेछ। निजी आवास पुनःनिर्माणका लागि अनुदान सम्झौता भई घर निर्माण सुरु गरिएको सङ्ख्या…
चरिकोट : गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले लिखु गाउँपालिका वडा नं ७, खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव फेला परेको, अर्का एकजनाको पनि शव फेला परेको र सनाखत हुन बाँकी रहेको जानकारी दिए। …
भक्तपुर : मध्यपुरथिमी नगरपालिका गठ्ठाघरमा बस र मोटरसाइकल गएराति आपसमा ठोक्किंदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक ललितपुर बंगलामुखी बस्ने १७ वर्षीय अशिम श्रेष्ठको मृत्यु भएको हो। पछाडि बसेकी इकु जोशी घाइते भएकी छिन्। इकुको गम्भीर अवस्थामा बी एण्ड बी अस्पताल, ग्वार्कोमा उपचार भइरहेको छ। बस चालक रामकुमार महत महानगरीय प्रहरी वृत्त थिमीको नियन्त्रणमा…
मनिला : फिलिपिन्सको दक्षिणी सहर मारावीमा जारी द्वन्द्वका कारण शुक्रबार साँझसम्म मृत्यु हुनेको सङख्या ५३७ पुगेको छ। फिलिपिन्सको सेनाले ९३ प्रहरीसहित मारिनेको संख्या ५३७ पुगेको जानकारी दिएको हो। युद्धमा ३९९ इश्लिामिक लडाकू र ४५ सर्वसाधारण नागरिकको मृत्यु भएको फिलिपिन्सको सशस्त्र सुरक्षाबलका प्रवक्ता रेस्टिटुटो पादिलाले बताए। मारावी र वरपरको विद्रोही नियन्त्रित क्षेत्रमा सुरक्षा कारबाही जारी रहेकाले मृतकको सङ्ख्यामा थप बृद्धि हुनसक्ने उनको…
म्यानजिङः चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ। प्रान्तका स्थानीय अधिकारीहरुले आइतबार बिहानै अकस्मात सो घरमा आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रकहरुको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् । उनीहरुले आइतबार बिहान सबेरै करिब साढे चार बजेतिर दुई तले एक आवासीय घरमा आगलागी…
इस्तानबुलः टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मृत्युदण्डको कानुनको पक्षमा आफू रहेको रहस्य खोलेका छन्। टर्कीमा गतवर्ष सत्ताच्युत गर्न गरिएको असफल राज्य विद्रोह अर्थात् ‘कू’ को एक वर्ष पुगेको अवसरमा शनिबार इस्तानबुलमा आयोजित एक र्यालीमा उनले आफू मृत्युदण्डको पक्षमा रहेको बताएका हुन्। उनले भने, ‘यदि त्यो कानुन संसदले बनाएर मकहाँ आयो भने मैले रोक्दिन, हस्ताक्षर गर्नेछु । म वास्तवमा भन्ने हो…
चौतारा : विसं २०७४ मा निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोक जिल्लाका तीन जलविद्युत् आयोजनाबाट थप २९.६ मेगावाट विद्युत् उत्पादन भई राट्रिय प्रशारण लाइनमा जोडिने भएको छ। वैशाख १२ गतेको भूकम्प, भारतीय नाकाबन्दी र बाढीपहिरोले क्षति पुर्याइ बन्द भएको ४.२ मेगावाटको बराम्ची जलविद्युत् आयोजना, लक्ष्यभित्र सम्पन्न हुन नसकेका २२.२ मेगावाटको चाकु ए र ३.२ मेगावाटको गेलुङ खोला आयोजना चाँडै नै सम्पन्न भएपछि थप…
लमजुङ : लमजुङका खेतीयोग्य जमिनमध्ये अझै पनि आधा भागमा रोपाइँ बाँकी छ । पर्याप्त पानी नपरेकाले रोपाइँमा ढिलाइ भएको हो । जिल्लाका केही भागमा जेठको अन्तिमबाट नै रोपाइँ सुरु गरिए पनि अधिकांश ठाउँमा रोपाइँ सुरु हुन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । समयमै पानी नपरेका कारण ५० प्रतिशत रोपाइँ अझै बाँकी छ । कार्यालय प्रमुख कृष्णभद्र अधिकारीले असार सकिँदा…
धादिङ : दुई नगरपालिका र ११ वटा गाउँपालिका भएको धादिङमा आर्थिक वर्षको अन्तिम दिनमा आइपुग्दा तीन गाउँपालिका र एक नगरपालिकाले शनिबार चालु आर्थिक वर्षको आय–व्यय विवरण पारित गरेका छन्। अन्य गाउँपालका र नगरपालिकाले आर्थिक वर्ष सुरु हुनुपूर्व नै आय–व्यय विवरण प्रस्तुत गरी गाउँ र नगरसभाले पारित गरेर लागू गर्नुपर्नेमा निर्वाचित जनप्रतिनिधि अलमलमा परेकाले समयमै सभा सम्पन्न हुन नसकेको हो। थाक्रे…
काठमाडौँ : महिला सांसदहरुले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागिताको माग गरेका छन्। प्रधानमन्त्री शेरबहादुुर देउवासँग भेटी उनीहरुले अब विस्तार हुने मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेका हुन्। महिला सांसद समन्वय समितिमा आबद्ध महिला सांसदले प्रधानमन्त्रीलाई मुलुकमा व्याप्त महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने मागसमेत गरेको सांसद रेखा शर्माले जानकारी दिइन्। भेटमा प्रधानमन्त्री देउवाले महिला सांसदले राखेका मागलाई आफूले सकारात्मक…
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। राष्ट्रपति भवन, शीतलनिवासमा आज भएको भेटमा उनीहरुबीच राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित भेटघाट भएको राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी दिए। रासस
रियादः कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिन साउदी अरबको मुख्य पश्चिमी सहर जेद्दाहमा आइपुगेका छन्। उनले एक महिना भन्दा लामो समयदेखि कतारका छिमेकी मुस्लिम देशले उससँग कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि उत्पन्न भएको समस्या समाधानको प्रयास गर्नेछन्। ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भने,‘फ्रान्सले जति सक्दो चाँडो समस्या समाधान…
काठमाडौँ : बैंक तथा वित्तीय क्षेत्रका जानकारहरूले कुल पुँजी तथा निक्षेपमा कर्जा प्रवाहको अनुपात (सिसिडी रेसियो) मौद्रिक नीतिले पुरानै अवस्थामा फर्काइएकाले त्यसले निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा २० प्रतिशतका दरले बढ्न नसक्ने टिप्पणी गरेका छन्। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केन्द्रीत रहेर इन्डिपेन्डेन्ट बिजनेस न्यूज मिडिया एन्ड रिसर्च सेन्टरले आइतबार आयोजना गरेको छलफलमा उनीहरूले अधिकांश बैंकहरु ८० प्रतिशतको सिसिडि अनुपातको…
पर्सा : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने पक्षमा राजपा नरहेको बताएका छन्। वीरगन्ज महानगरपालिका– २१ पटेलनगरमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक ठाकुरले अन्तरिम संविधानमा भएको व्यवस्थानुसार नै नागरिकता वितरणका पक्षमा राजपा रहेको प्रस्ट पार्दै यसको उल्टो प्रचार गरी मधेस केन्द्रीत दललाई बदनाम गर्ने प्रयास भएको जिकिर गरे । वैवाहिक अंगीकृत…
चितवन : संरक्षित वन्यजन्तुको आवतजावत हुने क्षेत्र टिकौलीस्थित जैविक मार्गको सुरक्षाका लागि यहाँ ‘अस्थायी सुरक्षा चौकी’ स्थापना गरिएको छ। जथाभावी गाडी रोक्ने सवारी चालकलाई जरिवानासहितको कारबाही गर्ने गरी स्थापना भएको चौकीको आज विहान उद्घाटन गरिएको छ। चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय तथा स्थानीय प्रशासनसँगको समन्यवमा आजदेखि चौकी स्थापना गरी जैविक मार्गमा कडाइ थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्ट पक्षको भावनालाई समेटेर आन्तरिक द्वन्द्व व्यवस्थापन गर्ने भएको छ। देशभरका कार्यकर्ताले संस्थापन तथा असन्तुष्ट पक्षलाई पार्टी एक ढिक्का कायम गर्न दिएको तीव्र दवावका कारण दुवै पक्ष लचिलो भएका हुन्। संविधान संशोधन र सरकारमा सहभागी हुने विषयमा दुवै पक्षको फरक विचार भएकाले अहिलेको समस्या उत्पन्न भएको हो। अब दुवै पक्षले आआफ्नो अडान त्यागेर लचिलो हुन तयार…
काठमाडौँ : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरवातमा ३०१ श्ययाका लागि कायम भएको दरबन्दी अहिले करिब ७०० श्यया पुग्दा पनि स्थायी दरबन्दी थप हुन नसक्दा दीर्घकालीन सञ्चालनमा समस्या परेको छ। विसं २०४० मा जापान सरकारको सहयोगमा अस्पताल सञ्चालनमा आएको थियो। अस्पताललाई आगामी मङ्सिरसम्ममा करिब ७० करोड रुपैयाँ बराबरको अत्याधुनिक चिकित्सकीय र शल्य उपकरण पनि जापान सरकारले उपलब्ध गराउने भएको अस्पतालले जनाएको छ।…