कालिका खड्का काठमाडौँ : ‘बेपत्ता भएको पनि यतिका वर्ष भयो, न सास आउँछ, न लाश’ त्यति भनिसक्दा रुबी श्रेष्ठका आँखा आँशुले भरियो। भक्तपुर निवासी रुबीका श्रीमान् २०६० सालमा बेपत्ता भए। अहिलेसम्म मरेको वा बाँचेको केही खबर आएको छैन। ‘एक मनले जीवितै आउनुहुन्छ कि जस्तो लाग्छ, फेरि सोच्छु यत्रो वर्षसम्म जीवित भएको भए त आउनुपर्ने, बेलाबेलामा सपनामा आ’को देख्छु, आश लाग्छ तर…
डाकारः सेनेगलको राजधानी डाकारमा फुटबल प्रतियोगितामा भएको झडपपछिको भागदौडमा पर्खाल भत्किँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। शनिबार साँझपख भएको फाइनल खेलमा दुई पक्षका समर्थकबीच विवाद उत्पन्न भएको थियो। निर्धारित समयभित्र खेल नसकिएपछि थपिएको समयभित्र २–१ को स्कोरमा युएस ओवाकम र स्टेट डे मबौरबीच खेल भइरहँदा दुई पक्षधरको झडप भएको थियो। झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार…
खार्तोम : सुडानका राष्ट्रपति ओमार अल बसिरले आइतबारदेखि खाडीका तीन देशको भ्रमण सुरु गर्ने भएका छन्। उनले कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरबको भ्रमण गर्ने भएका हुन्। राष्ट्रपति बसिरले भ्रमणको सुरुवात आइतबार कुवेतबाट गर्नेछन्। उनी यसलगत्तै युएइ पुग्नेछन्। ती दुवै देशमा हुने बैठक तथा भेटघाटमा उनले खाडी मुलुकहरुमा देखिएको कूटनीतिक सङ्कटका बारेमा छलफल गर्ने बताइएको छ।रासस/सिन्ह्वा
सिबी अधिकारी काठमाडौँ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भुटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ। निगमको यो निर्णयसँगै झण्डै दुई महिना अन्तर्राष्ट्रिय उडान कटौती प्रभावित हुने भएको छ। निगमको एक मात्र बोइङ कलसाइन ९ एनएसिबी ५७५ विमान मर्मत गर्न सिङ्गापुर लगिने भएपछि मर्मत अवधिभर ४५ देखि ६० दिन भुटान एयरलाइन्सको विमान भाडामा लिने निर्णय गरेको थियो।…
भक्तपुर :भक्तपुर मिनीबस सेवा समितिले आजदेखि भक्तपुर–काठमाडौँ नगर बस सञ्चालनमा ल्याएको छ। आज दूधपाटीस्थित समितिको कार्यालयमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गर्दै सेवा सुरु गरेका हुन्। भक्तपुरबाट काठमाडौँ जाने यात्रुलाई सहज र सर्वसुलभ सेवा दिने उद्देश्यले २० वटा नगर बस सञ्चालनमा ल्याएको समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले जानकारी दिए। नगर बस भक्तपुरको कमलविनायकबाट सूर्यविनायक, कोटेश्वर, गौशाला,…
रमेश लम्साल काठमाडौँ : मुलुकको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग गरेको र उज्यालो नेपालको अभियानमा सक्रियतापूर्वक सहभागी भएको भन्दै सरकारले निजी तथा सरकारी ऊर्जा उत्पादकलाई सम्मान गरेको छ। विद्युत् विकास विभागको २४ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका १७ र निजी क्षेत्रका ५८ वटा आयोजनालाई सम्मान गरिएको हो। नेपालको इतिहासमा ऊर्जा उत्पादकलाई सम्मान गरिएको यो नै पहिलो पटक…
काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको बताएका छन्। काठमाडौँको सतुङ्गलमा रहेको बागेश्वरी अस्पतालको दशौँ वार्षिकोत्सवको उद्घाटन गर्दै निधिले दोस्रो चरणको निर्वाचनले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएपनि अब एक/दुई दिनमै मन्त्रिमण्डल विस्तार हुने बताए। निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट फर्किएलगत्तै मन्त्रिमण्डल विस्तार हुने उल्लेख गरे। उनले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने…
काठमाडौं : यातायात व्यवस्था विभागले बिपी राजमार्गमा रातिको समयमा चल्ने भाडाका सवारीसाधन आवतजावतमा रोक लगाएको छ। विभागमा आइतबार बसेको विभागका पदाधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीको बैठकले भोलिदेखि रात्रिकालीन समयमा राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा रोक लगाउने निर्णय गरेको हो। विभागका प्रवक्ता डा टोकराज पाण्डेले साँघुरो बाटोमा धेरै सवारीसाधन आवतजावत गर्दा दुर्घटना धेरै हुँदै गएको भन्दै राजमार्गमा चल्ने भाडाका सवारी आवतजावतमा…
काठमाडौँ : साउन महिनाका सोमबारमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहजरुपमा प्रवेश गराउन सबै तयारी पूरा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। साउन महिना र सोमबार भगवान् शिवको महिना र बार मानी धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्ने भएकाले विशेष तयारी गरिएको हो। साउन महिनामा शिवलाई शुद्ध जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। साउनको सोमबार व्रत बसी शिवको…
चौतारा : सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँमा चाकु खोला जलविद्युत् आयोजनाको पाइप फुटेर चार घरमा क्षति पुगेको छ। लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा चाकु खोलामा निर्मित ६।५ मेवाको विद्युत् आयोजनाको पाइप फुट्दा चार जनाको घरमा क्षति पुग्नाका साथै २९ खसी–बाख्रा र १३० वटा कुखुरा बगाएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जानकारी दिएको छ। बाढीले चिनी तामाङको घर क्षतिग्रस्त भई २५ खसी बाख्रा…
भक्तपुर : नेकपा एमालेले संविधानले निर्धारण गरेअनुसार १६५ वटा निर्वाचन क्षेत्रलाई कायम गर्नुपर्ने अडान राखेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकले सरकारले निर्वाचन क्षेत्र बढाए कुनै हालतमा एमालेलाई मान्य नहुने निर्णय गरेको हो। स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले राखेको २४० निर्वाचन क्षेत्रको प्रस्ताव…
चरिकोट : आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रहरी नायब महानिरीक्षक बनेर ढुङ्गेललाई फोन गर्ने रामेछापको खाँडादेवी गाउँपालिका–२ का ५२ वर्षीय मानबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई छाड्न प्रहरी नायब उपरीक्षक ढुङ्गेललाई फोन…
नयाँदिल्लीः दक्षिणी भारतको तमिल नाडु राज्यमा सवारी दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने, २३ जना घाइते भएका छन्। यात्रु बस र स्टील ढुवानी काममा लागेको एक ट्रक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ। तमिल नाडु प्रान्तीय राजधानी चेन्नाइबाट ३७३ किलोमिटर दक्षिणतर्फ पर्ने थान्जाभुर जिल्लाको भल्लाम इलाकामा दुर्घटना भएको बताइएको छ। राज्यद्वारा सञ्चालित बसमा झण्डै ६० जना…
काठमाडौँ : नेपाल र अफ्रिकी मुलुक जिबुटीबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक दौत्य सम्बन्ध १४७ देशमा विस्तार भएको छ। कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा न्युयोर्कस्थित स्थायी नेपाली नियोगमा आयोजित एक समारोहमा संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र सोही विश्व संस्थाका निम्ति जिबुटीका स्थायी प्रतिनिधि मोहमेद सियाद दोलेहले हस्ताक्षर गरे। त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले एक आपसमा सहयोग प्रवद्र्धनका…
काबुलः अफगानिस्तानका विभिन्न ठाँउमा गरिएको सुरक्षा कारबाहीमा परी ७७ जना भन्दा बढी विद्रोही लडाकू मारिएका छन्। देशभरी २४ घण्टाको अवधिमा भएका कारबाहीमा अन्य २७ जना घाइते भएका रक्षा मन्त्रालयले जनाएको छ। मृतक मध्ये १७ जना इस्लामिक स्टेटका लडाकू छन् भने अरु सात जनालाई नियन्त्रणमा लिइएको मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ। नान्गाहार, कुनार, नुरिस्तान, कपिसा, पाक्तीका, खोस्ट, लोगार, कान्दाहार, जाबुल, ओरुज्गान,…
काठमाडौँ : निर्वाचन आयोगले तराई–मधेसमा केन्द्रीत राजनीति गर्दै आएका छवटा राजनीतिक दल एकीकरण भएर बनेको ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा शनिबार बसेको बैठकले राजपालाई पार्टीको मान्यता दिने निर्णय गरेको हो। आयुक्त नरेन्द्र दाहालले छवटा दल मिलेर एकीकृत पार्टी गठनका लागि आयोगमा निवेदन दिएकामा आयोगको बैठकले ‘राष्ट्रिय जनता…
पर्सा : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताएका छन्। राजपा, पर्साले शनिबार पर्साको बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास…
दोहाः फ्रान्सका विदेशमन्त्री जाँ यभेस ले ड्रेनले खाडी मुलुकमा देखिएको समस्या समाधान गर्न कुवेतको मध्यस्थतामा चार अरब मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स ( युएई), बहराइन तथा इजिप्ट र कतारसँग भइरहेको वार्ताप्रयासमा सहयोग गर्न इच्छुक रहेको बताएका छन्। ड्रेनले कतारी समकक्षी शेख मोहम्मद विन अब्दुलरहमान अलथानीसँगको कुराकानीपछि पत्रकारहरसँग कुरा गर्दै कुवेत नेतृत्वको मध्यस्थतामा फ्रान्सले पहल लिनु जरुरी रहेको बताए। …
काठमाडौँ : काठमाडौँ महानगरका लागि १० अर्ब ७८ करोडको बजेट स्वीकृत गरिएको छ। काठमाडौँ महानगरपालिकाको नगरसभाले सर्वसम्मतिबाट आर्थिक वर्ष २०७४/७५ का लागि आर्थिक विधेयकबाट १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ। आन्तरिक आम्दानी कर आयतर्फ चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ दुई अर्ब १२ करोड गरी हुन आउने छ अर्ब ४८ करोड ७५ लाख, आन्तरिक आम्दानी अनुदान…
काठमाडौँ : सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि विद्युत्भार कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युत्भार कटौती गर्न लागिएको हो। केन्द्रका अनुसार नयाँ चाबहिल सवस्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडरअन्तर्गत पर्ने गोपीकृष्ण हल, सरस्वती नगरलगायतका क्षेत्रमा दैनिक दुईदेखि…