PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

  • वन रक्षक हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला

    वन रक्षक हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला

    ताप्लेजुङ : जिल्ला अदालत ताप्लेजुङले वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ।  जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको एकल इजलाशले शाहीको हत्याका अभियुक्त लेमिक्वाखोला गाउँपालिकाका सवीन भनिने टेकबहादुर लिम्बूलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो।  हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई आठ महिना कैद तथा प्रमाण नष्ट गर्न भूमिका खेलेका देउकला लिम्बू, रामबहादुर लिम्बू र रिया भन्ने सोनिसा लिम्बूलाई जनही…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको अधिकार कटौती मान्य हुँदैनः ओली

    स्थानीय तहको अधिकार कटौती मान्य हुँदैनः ओली

    भक्तपुर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको भन्दै एमालेलाई यो मान्य नहुने बताएका छन् ।  सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै अध्यक्ष ओलीले संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत भएको बताए।  अध्यक्ष ओलीले भने–‘संविधान निर्माण गर्दा संविधानमै उल्लेख भएको केन्द्र, प्रदेश र स्थानीय तहको अवधारणालाई सरकारले…

    विस्तृतमा पढ्नुस्

  • फिनल्याण्ड सरकारले नेपाललाई दियो दुई अर्ब ३६ करोड अनुदान

    फिनल्याण्ड सरकारले नेपाललाई दियो दुई अर्ब ३६ करोड अनुदान

    काठमाडौँः फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब ३६ करोड अनुदान उपलब्ध गराउने भएको छ।  आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको पहुँच वृद्धि र समानता प्रवद्र्धन गर्न आगामी छ वर्षका लागि नेपाल सरकारलाई फिनल्याण्डले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो।  अनुदान सहयोगसम्बन्धी सम्झौतामा शुक्रबार अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र नेपालका लागि…

    विस्तृतमा पढ्नुस्

  • कोरिया एकता समाजद्वारा १२ लाख रुपैयाँ सहयोग प्रदान

    विराटनगर : दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई १२ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।  दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ का उमेशचन्द्र पौडेलको गत वैशाख २३ गते मृत्यु भएको थियो।  समाजले शुक्रबार पौडेलकी ६ वर्षीया छोरी युनिशा पौडेलको पठनपाठनका लागि ११ लाख ६४ हजार ३४८ रकम प्रदान गरेको हो। …

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी नहुँदा इलाका प्रशासन कार्यालय सहयोगीको भरमा 

    नुवाकोट : नुवाकोटको सातविसेस्थित इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा कर्मचारीको अभावमा बन्द भएको छ।  शाखाअधिकृतले नेतृत्व सम्हाल्ने कार्यालयमा पदपूर्ति नहुदाँ काजमा रहेका नायब सुब्बाको पनि कार्यकाल पूरा भएपछि सेवा बन्द भएको हो ।  जिल्लाको दुर्गम क्षेत्रमा पर्ने तादी र दुप्चेश्वर गाउँपालिकाको १३ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको सो कार्यालयमा असार २६ गते सोमबारदेखि कार्यालय प्रमुख नहँुदा बन्द भएपछि त्यहाँका…

    विस्तृतमा पढ्नुस्

  • नवविवाहिताको मधुश्रावणी पर्व सुरु

    विराटनगर : नवविवाहिताको मधुश्रावनी पर्व आजदेखि सुरु भएको छ। विशेषगरी मैथिल समुदायका ब्राह्मण, कायस्थ, ब्यास र स्वर्णकार जातिका नवविवाहिताले धार्मिक एवम् सांस्कृतिक रुपमा यो पर्व हर्षोल्लासका साथ मनाउने गर्छन्।  पञ्चमी तिथिबाट सुरु भएको यस पर्वमा आज माटोको वा गाईको गोबरको कलात्मक ढङ्गले नाग, नागिन मूर्ति बनाएर विधिपूर्वक पूजाअर्चना गरी पर्वको शुभारम्भ गरिन्छ।  यस तिथिलाई मौना पञ्चमी तिथि भन्ने गरिन्छ। यो पर्व…

    विस्तृतमा पढ्नुस्

  • अझै भेटिएनन् दुई महिनादेखि बेपत्ता दुई बालिका 

    अझै भेटिएनन् दुई महिनादेखि बेपत्ता दुई बालिका 

    राजविराज :  दुई महिनाअघि सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिकाबाट हराएका दुई बालिका अहिलेसम्म घर फर्किएका छैनन्।  भारदहस्थित दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो खड्गा र सात वर्षीया छोरी सरोकुमारी खड्का घरमा सामान्य विवाद हुँदा आवेशमा आएर घरबाट निस्केकोमा उनीहरू अहिलेसम्म घर फर्किएका छैनन्।  कक्षा ९ मा अध्ययनरत पारो वार्षिक परीक्षामा अनुत्तीर्ण भएको भन्दै घरका सदस्यले गाली गरेपछि दुबै दिदीबहिनी घरबाट निस्केका…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाले भने–पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ 

    कमल थापाले भने–पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्छ 

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा आफ्नो दलभित्र विवाद देखिए पनि पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्ने बताएका छन्।  काठमाडौँ उपत्यकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधान संशोधन प्रस्तावमा पार्टीले यसअघि गरेको निर्णयलाई संस्थागतरुपमा कार्यान्वयन गर्नुपर्ने र सरकारमा सहभागिताको विषयमा उचित समयमा निर्णय गरिने बताए ।  अध्यक्ष थापाले स्थानीय तहको चुनावमा पार्टीले…

    विस्तृतमा पढ्नुस्

  • लेखा समितिको निर्देशनः सौर्य ऊर्जाको ठेक्का तत्काल रोक्नु

    लेखा समितिको निर्देशनः सौर्य ऊर्जाको ठेक्का तत्काल रोक्नु

    रमेश लम्साल  काठमाडौँ : संसदीय समितिले सौर्य विद्युत् उत्पादन सम्बन्धी कार्य तत्काल स्थगन गरी तीन दिनभित्र सम्पूर्ण कागजात उपलब्ध गराउन ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ।  व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले प्राधिकरणले स्थापना गर्न लागेको २५ मेगावाट क्षमताको सौर्य ऊर्जाका सम्बन्धमा भएका काम कारबाही गलत देखिएको भन्दै सम्पूर्ण कागजातको अध्ययनसमेत गर्ने निर्णय गरेको छ।  विश्व…

    विस्तृतमा पढ्नुस्

  • दलहरुबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकनः प्रधानमन्त्री 

    दलहरुबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकनः प्रधानमन्त्री 

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबीच सहमति भएमात्र ‘निःशुल्क प्रवेशाज्ञा र टिकट’को व्यवस्था पुनरावलोकन हुने बताएका छन्।  नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५औँ साधारणसभाको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले व्यवसायीबाट निःशुल्क प्रवेशाज्ञाको व्यवस्था पुनरावलोकनको माग आएकाले सो विषयमा सहमतिका लागि आफूले पहल गर्ने जानकारी दिए।  प्रधानमन्त्री देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युदर बढिरहेकामा चिन्ता व्यक्त गर्दै यसलाई घटाउन सबै पक्ष सचेत…

    विस्तृतमा पढ्नुस्

  • दुई समुदायबीचको झडपमा गुजरातमा दुर्इ जनाको मृत्यु, कैयौँ घाइते

    दुई समुदायबीचको झडपमा गुजरातमा दुर्इ जनाको मृत्यु, कैयौँ घाइते

    नयाँदिल्ली : पश्चिमी भारतीय राज्य गुजरातमा दुई समुदायका नागरिकबीच भएको भिडन्तमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।  गुजरात राज्यमा पर्ने मोर्बी र सुरेन्द्रनगर जिल्लामा भार्वाद र राजपूत समूदायका स्थानीय बासिन्दाबीच बिहीबार अबेरबाट हिंसा सुरु भएको बताइएको छ।  हिंसाका क्रममा घाइते भएका व्यक्तिमध्ये केहीको अवस्था गम्भीर रहेको हुनाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको छ। …

    विस्तृतमा पढ्नुस्

  • नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय परामर्श संयन्त्र गठन

    नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय परामर्श संयन्त्र गठन

    काठमाडौँ : नेपाल र अष्ट्रेलियाबीच आपसी चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदानका साथै द्विपक्षीय हितका सम्बन्धमा सहकार्य गर्न संस्थागत संरचना स्थापना भएको छ ।  परामर्श संयन्त्र स्थापनासम्बन्धी समझदारीपत्रमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी र त्यहाँका कायममुकायम परराष्ट्रसचिव ग्यारी क्विनलानले हस्ताक्षर गरे।  त्यस अवसरमा सचिव बैरागीले नेपालको वर्तमान राजनीतिक, सामाजिक तथा आर्थिक स्थितिबारे जानकारी गराउँदै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय वन पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई प्रदान

    काठमाडौँ : वन विभागले यसवर्षको कबुलियती वन राष्ट्रिय पुरस्कार मिलिजुली कबुलियती वन पाल्पालाई प्रदान गरेको छ।  विभागले हरेक वर्ष दिँदै आएको एक लाख राशिको पुरस्कार आज वनलाई प्रदान गरेको हो।  विभागले उत्कृष्ट सामुदायिक वन राष्ट्रिय पुरस्कार नुवाकोटको छापगैरा सामुदायिक वनलाई दिएको छ। पुरस्कारको राशि नगद एक लाख रहेको छ।  यस्तै, द्वितीय पुरस्कार हरियाली सामुदायिक वन कपिलवस्तुलाई ७५ हजार तथा तृतीय पुरस्कार…

    विस्तृतमा पढ्नुस्

  • मकाउका पूर्व महान्यायाधिवक्तालाई २१ वर्ष जेल सजाय

    मकाउका पूर्व महान्यायाधिवक्तालाई २१ वर्ष जेल सजाय

    मकाउ : चीनको विशेष प्रशासनिक क्षेत्र मकाउका पूर्व महान्यायाधिवक्ता हो चिओ मेङलाई २१ वर्षको जेल सजाय सुनाइएको छ।  अदालतले अन्तिम फैसला भन्दै २१ वर्षे जेल सजाय तोकेको अधिकारीहरूले जानकारी दिएका छन्।  उनले लामो समयसम्म धेरै नियम कानून उलङ्घन गरेकाले उनीविरुद्धको मुद्दा निकै जटिल बनेको न्यायाधीशहरूले ठहर गरेका छन्। उनको जस्तो अवस्था दुर्लभ र अपवाद जस्तो भएको पनि न्यायाधीशहरूको बुझाई छ…

    विस्तृतमा पढ्नुस्

  • तीन महिनामा बस्नुपर्ने बैठक चार वर्षमा तीन पटक मात्र !

    काठमाडौँ  : सामाजिक न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयमा आवश्यक चासो नदिएको भनी सरकारको आलोचना गरेको छ।  प्रतिवेदन कार्यान्वयनका लागि सिफारिश गरिएको प्रतिवेदन १४ प्रतिशत मात्र कार्यान्वयन हुने गरेका घटनाले मानवाधिकारको विषयलाई सरकारले बेवास्ता गर्दै आएको पुष्टि भएको समितिले निष्कर्ष निकालेको छ। आयोगको प्रतिवेदनमा सिफारिश गरिएका ३७ प्रतिशत विषयलाई लामो समयदेखि सम्बोधन नगरिएको भनी बैठकमा तथ्याङ्कसहितको प्रतिवेदन…

    विस्तृतमा पढ्नुस्

  • गोली प्रहारबाट विराटनगरमा एक महिला घाइते

    गोली प्रहारबाट विराटनगरमा एक महिला घाइते

    विराटनगर : विराटनगरको मुनालपथमा गोली प्रहारबाट एक महिला घाइते भएकी छन्।  गोली प्रहारबाट उदयपुरको बेल्टारकी ४७ वर्षीया टीनादेवी विष्ट घाइते भएकी प्रहरीले जनाएको छ। घाइते महिलाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।  मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरी उनको साथमा रहेको ११ हजार रुपैयाँ लुटेको बताइएको छ। अस्पतालबाट उपचार गराई र फर्किन लागेको समयमा उनीमाथि गोली प्रहार भएको थियो। रासस …

    विस्तृतमा पढ्नुस्

  • बर्दियामा डुबेर दुई बालकको मृत्यु

    बर्दियामा डुबेर दुई बालकको मृत्यु

    गुलरिया : खोलाले बगाएर बर्दियामा दुई बालकको मृत्यु भएको छ। बुधबार साँझ बर्दियाको वढैयाताल गाउँपालिका–३ जोडीपीपलका कालु सिंह महराका १२ वर्षीय छोरा राजेश महरा र रामसिंह महराका १० वर्षीय छोरा पवन महराको खोलाले बगाएर मृत्यु भएको हो। चपलनाला तर्ने क्रममा पानीमा डुवेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।रासस   

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित

    भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित

    लक्ष्मी गारु  भक्तपुर : मध्यपुर थिमि–१ लोकन्थली मनहरा पुलसँगै रहेको सिद्धार्थ पेट्रोल पम्पमा असार १३ गते आगलागी हुँदा दुईजना घाइते भए। ट्याङ्करबाट पेट्रोल खन्याउने क्रममा ट्याङ्करको नोजल र ट्याङ्कीको पाइपको बीचको जोर्नीबाट अचानक आगोको झिल्को निस्केपछि पम्पमा आगलागी भएको थियो।  आगलागीबाट सोही पम्पमा कार्यरत रामबहादुर तामाङको दाहिने कुहिना र दाहिने खुट्टा जलेको छ भने सोही स्थानमा खुद्रा पसल गरी बस्ने प्रतिमा…

    विस्तृतमा पढ्नुस्

  • बैदेशिक रोजगार व्यवसायीलाई शशाङ्कको निर्देशनः निर्वाचनमा अन्तरघात नहोस्

    बैदेशिक रोजगार व्यवसायीलाई शशाङ्कको निर्देशनः निर्वाचनमा अन्तरघात नहोस्

    काठमाडौँ : नेपाली कांग्रेसका नेताहरुले वैदेशिक रोजगार व्यवसायी सङ्घको नयाँ नेतृत्वका लागि शुक्रबार हुने निर्वाचनमा अन्तरघात नगर्न कांग्रेस निकट व्यवसायीलाई आग्रह गरेका छन्।  नेपाली कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, मधेस केन्द्रीत दल निकट तराई वैदेशिक रोजगार फोरमको ‘बिमल ढकाल संयुक्त व्यवसायी समूहको भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शशाङ्क कोइरालाले एक ढिक्का भएर मतदान गर्न आग्रह गरे।  कोइरालाले स्थानीय तहको…

    विस्तृतमा पढ्नुस्

  • टर्कीमा सात हजार छ सय सैनिक बर्खास्त

    टर्कीमा सात हजार छ सय सैनिक बर्खास्त

    अङ्कारा : टर्कीमा गत वर्ष भएको असफल सैनिक ‘कू’पछि हालसम्म सात हजार छ सयभन्दा बढी सैनिक बर्खास्त भएका छन्।  इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफईटीओ) समर्थक भएको आशङ्कामा ती सैनिकहरूलाई बर्खास्त गरिएको राज्यद्वारा सञ्चालित समाचार समिति अनादुलुले बुधबार जानकारी दिएको छ।  टर्कीका रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार जनरल, नौसेना र सैनिकको मान्यता प्राप्त अधिकृतलगायत १५० सहित सात हजार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell