म्याग्दी : निर्माण व्यवसायीले ‘धम्की र अनावश्यक दबाब’ दिएको भन्दै म्याग्दीका स्थानीय विकास अधिकारी र इञ्जिनियरले रातारात जिल्ला छाडेपछि आर्थिक वर्षको अन्तमा जिल्ला समन्वय समितिको काम ठप्प बनेको छ। सुरक्षाको कारण देखाएर स्थानीय विकास अधिकारी प्रेमराज गिरी र जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर रवीन महर्जनले बुधबार बिहान ४ बजे जिल्ला छाडेका हुन्। उनीहरुले बेनी–पाखापानी सडक आयोजनाका निर्माण व्यवसायीले अस्वभाविक बिल पेश गरेर…
मेलम्ची : सिन्धुपाल्चोकमा प्रहरीले डाँका मुद्दाका फरार आरोपीलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ। विसं २०६१ असार ३० गते सिन्धुपाल्चोक जिल्ला अदालतले साँगाचोकगडी नगरपालिका–७ का ३४ वर्षीय राम श्रेष्ठलाई डाँका मुद्दामा पाँच वर्ष आठ महिना सात दिन जेल र १८ हजार १७२ रुपैयाँ ५० पैसा जरिवाना तिर्ने फैसला सुनाएको थियो। श्रेष्ठ हालसम्म फरार रहेकामा प्रहरीको विशेष टोलीले बुधबार पक्राउ गरेको…
पेरिस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार फ्रान्स प्रस्थान गरेका छन्। फ्रान्सको एक विशेष दिवसमा उनलाई मानार्थ प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो। फ्रान्सका नवनियुक्त राष्ट्रपति इमानुअल म्याक्रोनको आमन्त्रणमा उनी त्यसतर्फ लागेका हुन्। उनले भ्रमणका क्रममा फ्रान्सको विशेष आतिथ्यता ग्रहण गर्ने बताइएको छ। फ्रान्सेली राष्ट्रपति ३९ वर्षीय म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विशेष स्वागत गरेको करिब छ हप्तापछि अमेरिकी राष्ट्रपति…
बेईजिङ : क्यान्सर रोगबाट पीडित नोबेल शान्ति पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। उनको स्वासप्रश्वास प्रणालीमा अवरोध आएको र अवस्था थप नाजुक भएको अस्पताल स्रोतले जनाएको छ। जर्मन सरकारले उनको उपचारको जिम्मा लिने जानकारी दिएको थियो। यस विषयमा चिनियाँ सरकारको आधिकारिक भनाई आएको छैन। यद्यपि चीन सरकारले उनको उपचारको विषयमा कुनै टिप्पणी नगर्न आग्रह भने…
काठमाडौँ : कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफ्नो प्राथमिकता नै न्यायिक स्वतन्त्रता र निष्पक्षता भएको बताएका छन्। मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलसँगको भेटमा पराजुलीले न्यायिक क्षेत्रको सुधारका लागि आफूले सक्दो प्रयास गर्ने बताए। प्रतिनिधिमण्डलले पराजुलीलाई गरी न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शीलगायतका विषयमा समाजले अघि सारेको १० बुँदे अवधारणाबारे ध्यानाकर्षण गराएको छ। न्यायपालिकाका सबै तहमा उच्च प्रविधिको प्रयोग अवलम्बन गर्न, न्यायिक निकायका…
बागलुङ : धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ चितवनका साहित्यकार ऋषिप्रसाद लामिछाने ‘गोर्खे साइँलो’ लाई प्रदान गरेको छ। २०४ औँ भानु जयन्तीका अवसरमा बिहीबार आयोजित समारोहमा बागलुङका प्रमुख जिल्ला अधिकारी, ऋषिराम तिवारीले लामिछानेलाई पुरस्कार प्रदान गरे। नगद १० हजार राशिको पुरस्कार बागलुङको मूलपानीमा जन्मी हाल बेल्जियममा रहेका कवि दीपेन्द्र केसीले स्व. हजुरबुबा बमबहादुर र हजुरआमा सरस्वती केसीको स्मृतिमा…
राजविराज : सप्तरीको मोहुली खोलामा आएको बाढीबाट प्रभावित मैनाकरेडी, भेडिया र पोर्ताहा तथा खाडो खोलाको बाढीबाट प्रभावित रायपुरको पौवापिपराहीका ४०० पीडित परिवारलाई सैनिक श्रीमती सङ्घले राहत वितरण गरेको छ। मैनाकरेडी चोकमा आयोजित राहत वितरण कार्यक्रममा सैनिक श्रीमती सङ्घले भेडिया र मैनाकरेडीका ३०० परिवारलाई प्रत्येक परिवार एकथान मण्डी, १० किलो पिठो, पाँच किलो दालसहित चिनी र नून तथा १० प्याकेटका दरले जीवनजल…
बनेपा : सङ्घीय संरचनामा आमसञ्चार नीति र सूचना तथा सञ्चार मन्त्रालयको ढाँचा कस्तो बनाउने भन्ने विषयमा विज्ञहरुले छलफल गरेका छन्। सूचना तथा सञ्चारमन्त्रालय र राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन उच्चस्तरीय सुझाव समितिले धुलिखेलमा सञ्चालन गरेको दुईदिने राष्ट्रिय सञ्चार नीति र कार्यान्वयन विषयको गोष्ठीमा उनीहरुले सञ्चारमाध्यमलाई बढी जवाफदेही र उत्तरदायी बनाउन आमसञ्चार नीति ल्याउनुपर्नेमा जोड दिएका छन्। विज्ञहरुले कतिपय ऐनलाई खारेज वा पुनरवलोकन…
काठमाडौँ : व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले ठूला करदाता कार्यालयले यही असार १३ गते एनसेलको लाभकर ६० अर्ब ७१ करोड निर्धारण गरेकाले सो रकम तत्काल असुल गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको हो। समितिले एनसेल कतिपटक बिक्री वितरण र शेयर हस्तान्तरण भयो, के कति मूल्यमा…
काठमाडौँ : सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ। कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले आज संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए। महाअभियोगको प्रस्तावविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले रिट निवेदन दायर गरेका थिए। रासस
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले साउन १ गतेदेखि सञ्चालन हुने फोटोसहितको मतदाता नामावली संकलन कार्यमा सहयोग पुर्याउन स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ। फोटोसहितको मतदाता नामावली दर्ता सफ्टवेयर सञ्चालन गर्ने कम्प्युटर अपरेटरका लागि सञ्चालित दुईदिने तालिमको आज शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले जनप्रतिनिधिलाई मतदाता नामावलीमा नाम दर्ता गर्ने अभियानमा सहयोग पुर्याउन आग्रह गरेका हुन्। प्रदेशसभा र…
काठमाडौँ : भैरहवाको गौतमबुद्ध विमानस्थलमा दुर्घटनाग्रस्त यति एयरलाइन्सको नाइनएन–एआइबी जे विमान ‘अपरेसनल फेलियर’ का साथै मानवीय कमजोरी भएका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले ठहर गरेको छ। विमान अवतरण गर्ने क्रममा विमानको विभिन्न पार्टपूर्जाले काम नगरेको र ककपिटका चालकबीच राम्रो समन्वय नभएकाले विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको प्रतिवेदनले औँल्याएको छ। आन्तरिक उडानका क्रममा रहेको उक्त विमान २०७३ साल असोज ८ गते…
अफगानिस्तान : उत्तरी अफगानिस्तानको बाघलान प्रान्तको बुर्का जिल्लामा बम विष्फोटमा परी चार बालबालिकाको मृत्यु भएको छ। विष्फोटमा मारिनेमा एकै परिवारका दुई जना र अन्य दुई जना रहेका छन्। विष्फोटक पदार्थ खेल्ने सामग्री भनेर खेलाउन खोज्दा अकस्मात पड्किन पुगेको थियो। उनीहरुको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी प्रवक्ताले जानकारी दिएका छन्। तालिवान आतङ्ककारी समूहको नियन्त्रणमा रहेको यस इलाकामा बारम्बार यस्ता घटनाहरु भइरहेको पाइन्छ। …
चौतारा : ठूलो धनजनको क्षति भएको सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले तीन वर्षपछि राहत पाएका छन्। विसं २०७१ साउन १७ गते राम्चे–५ को इटिनी पहरो फुटेर गएको पहिरोले १४५ जनाको निधन भई १२२ घर पूर्ण क्षति भएकामा प्रभावित परिवारले अहिले आएर भूकम्प पीडितसरह राहत पाउन थालेका हुन्। पहिरोबाट साबिक राम्चे, माङ्खा, धुस्कुन र टेकानपुरसहित चार गाविसका बासिन्दा पीडित बनेका थिए। साबिक धुस्कुन…
काठमाडौँ : मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आज पदबहाली गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव क्षेत्रीले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न निर्देशन दिए। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई वरिष्ठताका आधारमा मुख्यसचिवमा नियुक्त गरेको थियो। विसं २०१६ कात्तिक ८ गते काठमाडौँको लैनचौरमा जन्मिएका क्षेत्रीले विसं २०४१ पुस…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेसको समस्या समाधान गर्न एमाले तयार रहेको बताएका छन् । भुमिजा मानवअधिकार सङ्गठनले तराई–मधेसका बृद्धिजीविसँग बिहीबार काठमाडौंमा गरेको अन्तरक्र्रियामा अध्यक्ष ओलीले तराई–मधेसमा देखिएको समस्या समाधान गर्न पार्टी विशेष तरिकाले लाग्ने बताए। ‘तराई–मधेसमा एमालेले कुनै प्रकारको भेदभाव हुन दिँदैन’–अध्यक्ष ओलीले भने ‘त्यहाँका जनताको गरिबी र पछौटेपन हटाउनमा एमालेले अब नेतृत्वदायी भूमिका खेल्छ।’ उनले…
सेन्याङ : लामो समयदेखि जेल जीवन विताइरहेका भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ। कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट पीडित लिउलाई केहीदिन अघि मात्रै राष्ट्रिय÷ अन्तर्राष्ट्रिय दवावपछि जेलमुक्तगरी उपचारका लागि अस्पताल लगिएको थियो। उत्तरपूर्वी चीनको सेन्याङ प्रान्तमा रहेको फस्ट हस्पिटल अफ चाइना मेडिकल युनिभर्सिटीको कानुन विभागले उनको निधन भएको तथ्य आफ्नो वेवसाइटमार्फत् सार्वजनिक…
पोखरा: रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु २७ करोड ३५ लाख ७६ हजार बजेट विनियोजन गरेको छ। गाउँपालिकाद्वारा मङ्गलबार आयोजित प्रथम गाउँ सभामा वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका प्रमुख नवराज ओझाले गाउँपालिकाको आर्थिक विकास सामाजिक क्षेत्र, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन लगायतका क्षेत्रमा उक्त बजेट विनियोजन गरिएको बताए। गाउँ सभाको…
रसुवाः राहत लिन धुञ्चे पुगेका एक द्वन्द्वपीडितको मङ्गलबार निधन भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चिकित्सक झलक शर्मा गौतमका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका–३, ठूलो गाउँका ४५ वर्षीय रथबहादुर गुरुङ छन्। उपचारका क्रममा उनको जिल्ला अस्पतालमा निधन भएको हो। द्वन्द्वको समयमा तत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएको बेला अचानक ज्वरो…
काठमाडौँ : सम्झौता भएको एक वर्ष बितिसक्दासम्म काम अघि नबढाएको भन्दै काठमाडौँ महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनीसँगको बोलपत्र रद्द गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले काठमाडौँ भ्यू टावर निर्माता कम्पनी जलेश्वर विकोइ स्वच्छन्दले सम्झौता भएको एकवर्ष पूरा भइसक्दा पनि लक्ष्य अनुसारको प्रगति नगरेको र के भइरहेको छ भनी प्रगति विवरणसमेत नदेखाएपछि ठेक्का रद्द गर्न लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी…