PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

  • आदिकवि भानुभक्तको पहिरनमा ‘रामायण’ बोकेर दौड

    आदिकवि भानुभक्तको पहिरनमा ‘रामायण’ बोकेर दौड

    काठमाडौँ  : भानु जयन्तीका अवसरमा काभ्रेपलाञ्चोकका ५५ वर्षीय साहित्यकार लक्ष्मण सापकोटाले लैनचोरस्थित राष्ट्रकवि माधव घिमिरेको निवासस्थल लैनचौर, काठमाडौँदेखि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवासस्थल बखुंबहाल, ललितपुरसम्म भानुभक्तको पहिरनमा ‘रामायण’ बोकेर दौड पूरा गरेका छन्।  एक हजार ४७५ किलोमिटर दौड पूरा गरेका सापकोटा आगामी चैतमा पनि ‘रामायण’ बोकेर सगरमाथाको आरोहण गर्ने तयारीमा छन्। उनले छ हजार मिटर अग्ला हिमाल आरोहण गरिसकेका…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणका सबै स्थानीय तहको मतपरिणाम घोषणाः माओवादी केन्द्र ११.४ प्रतिशत पदमा विजयी

    दोस्रो चरणका सबै स्थानीय तहको मतपरिणाम घोषणाः माओवादी केन्द्र ११.४ प्रतिशत पदमा विजयी

    काठमाडौँ : दोस्रो चरणमा असार १४ गते भएको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका सबै ३३४ स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको छ।  जसमा नेकपा एमाले १५१, नेपाली कांग्रेस १२२, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल आठ, नेपाल लोकतान्त्रिक फोरम छ, राप्रपा चार र राष्ट्रिय जनमोर्चाका दुई उम्मेदवार प्रमुख/अध्यक्षमा विजयी भएका निर्वाचन आयोगले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिमानी आरोहीको प्रस्तावः सगरमाथालाई एक/दुई वर्ष आराम दिउँ

    कीर्तिमानी आरोहीको प्रस्तावः सगरमाथालाई एक/दुई वर्ष आराम दिउँ

    सिवी अधिकारी  काठमाडौँ  : ‘सगरमाथामा यसरीनै लापर्बाही गर्ने हो, भने अबको केही वर्षमा फोहरको डङ्गुरले अस्तित्व खतरामा पर्छ,’– १६ पटक सगरमाथा चढेका कीतिमानी आरोही पेम्बा दोर्जे शेर्पा भन्छन्,‘म सरकारलाई आग्रह गर्दछु की सगरमाथालाई एक/दुई वर्ष आराम ‘रेस्ट’ दिउँ।’  सर्वोच्च शिखर सगरमाथाको अस्तित्वलाई जोगाउन त्यहाँको सबै फोहर सफा गर्नुपर्ने भएकाले आरोहणलाई केही समय रोकी अन्य ‘भर्जिन’ हिमालमा आरोहण सञ्चालन गरिनुपर्ने आरोही पेम्बाको…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन श्रम स्वीकृतिः प्रयोग क्षमताको अनुपातमा थोरै, सेवाग्राहीलाई उस्तै झण्झट

    अनलाइन श्रम स्वीकृतिः प्रयोग क्षमताको अनुपातमा थोरै, सेवाग्राहीलाई उस्तै झण्झट

    किरण भट्टराई  काठमाडौँ : वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति अनलाइन प्रणालीमार्फत दिन सुरु गरिएपछि सेवाग्राही लामो लाम बस्नुपर्ने यसअघिको झन्झट हटेको छ।  वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालय श्रमग्राम, ताहाचलमा श्रम स्वीकृतिका लागि अनलाइन प्रणाली ल्याइएपछि लाम लाग्नुपर्ने बाध्यता हटे पनि अन्य समस्या हट्न सकेको छैन।  अनलाइनबाट लिनसक्ने सेवाहरुको पूर्ण प्रयोग नहुँदा अध्यागमन विभागसँग समन्वय गरेर फर्किएका…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी सैनिक विमान दुर्घटना, १६ को मृत्यु

    अमेरिकी सैनिक विमान दुर्घटना, १६ को मृत्यु

    वासिङ्टनः अमेरिकाको मिसिसिपी राज्यमा एक सैनिक विमान दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ।  सैनिक प्रवक्ता क्याप्टेन सराह बर्न्सले मध्ये मिसिसिपीको लेफोरे प्रान्तमा सेनाको सानो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएका छन्।  उनले विमानबाट १६ जनको शव निकालिएको जनाएका छन्। उक्त विमान सैनिकको कार्गो बिमान रहेको बताइएको छ।  दुर्घटनामा मृत्यु हुनेमा सवै सैनिक छन्। विमान दुर्घटनाकाबारेमा अनुसन्धान सुरु भएको…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय विकास मन्त्रालयलको तयारीः साउनको अन्तिम साता नगर/गाउँसभा

    स्थानीय विकास मन्त्रालयलको तयारीः साउनको अन्तिम साता नगर/गाउँसभा

    काठमाडौं : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको नगर÷गाउँसभा आगामी साउनको अन्तिम साता गर्न निर्देशन दिने तयारी गरेको छ।  दोस्रो चरणमा भएका ३३४ भएका स्थानीय तहको नगर÷गाउँ सभा साउन २५ गतेसम्म गर्ने गरी निर्देशन दिने तयारी गरिएको मन्त्रालयका उपसचिव विजयराज सुवेदीले जानकारी दिए। मन्त्रालयले पहिलो चरणको निर्वाचन भएका २८६ स्थानीय तहको असार २५ गतेदेखि…

    विस्तृतमा पढ्नुस्

  • थपिए २२ लाख नयाँ निक्षेप खाता 

    थपिए २२ लाख नयाँ निक्षेप खाता 

    काठमाडौँ : सरकारले ‘एक व्यक्ति एक खाताको नीति’ सार्वजनिक गरी कडाइका साथ लागू गर्न थालेपछि नयाँ २२ लाख निक्षेप खाता खोलिएको छ।  नेपाल राष्ट्र बैङ्कका अनुसार २०७३ जेठ मसान्तसम्म निक्षेप खाता संख्या एक करोड ६६ लाख रहेकामा २०७३ चैत मसान्तसम्म निक्षेप खाता सङ्ख्या एक करोड ८८ लाख पुगेको छ।  सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा एक व्यक्ति एक खाताको नीति…

    विस्तृतमा पढ्नुस्

  • डलर सटही सुविधाले होटल व्यवसायी उत्साही

    डलर सटही सुविधाले होटल व्यवसायी उत्साही

    काठमाडौँ  : होटलमा आफ्ना ग्राहकलाई डलर सटहीमा समस्या व्यहोर्दै आएका होटल व्यवसायीलाई राष्ट्र बैङ्कको मौद्रिक नीतिले राहत प्रदान गरेको छ।  नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिअनुरुप अब होटलले आफ्ना ग्राहकलाई ३०० अमेरिकी डलरसम्मको सटही सुविधा पाउने भएका हुन्। यसअघि होटललाई यस्तो सुविधा नुहँदा पर्यटकले सास्ती व्यहोर्ने गरेका थिए।  होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाह डलर सटही सुविधाले…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकः उच्च जोखिमका ४५ घर स्थानान्तरणको तयारी

    नारायणगढ–मुग्लिन सडकः उच्च जोखिमका ४५ घर स्थानान्तरणको तयारी

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराको उच्च जोखिममा रहेका ४५ घरलाई सुरक्षित ठाउँमा स्थानान्तरणका लागि प्रक्रिया अघि बढाइएको छ।  चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार उनीहरुलाई भौतिक संरचनाको मुआब्जा माग गरी निवेदन दिनका लागि आज सातदिने सूचना जारी गरिएको छ। त्यसैगरी मुआब्जा निर्धारण गर्न सहायक प्रजिअ नेत्रप्रसाद शर्माको संयोजकत्वमा भवन तथा सहरी विकास डिभिजन कार्यालय र नारायणगढ–मुग्लिन सडक आयोजनाका एक एक…

    विस्तृतमा पढ्नुस्

  • ठेकेदारलाई कामपाको चेतावनीः रानीपोखरी पुनर्निर्माणको काम समयमै नसके कारवाही

    ठेकेदारलाई कामपाको चेतावनीः रानीपोखरी पुनर्निर्माणको काम समयमै नसके कारवाही

    काठमाडौँ  : काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन दिएको छ।  सम्झौतानुसार यही असार मसान्तसम्म काम सक्नुपर्ने भएपनि अझै धेरै काम बाँकी रहेकाले कामपाले अबको केही समयमा काम नसके कारबाही गर्ने चेतावनी दिएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भने गार्डेनरको जिम्मा आफूहरुलाई भएपनि यसको ढाँचा कामपाले नदिंदा…

    विस्तृतमा पढ्नुस्

  • ह्वाइट हाउसको स्पष्टोक्तिः ट्रम्प–पुटिनबीच नाकाबन्दीका विषयमा कुरा भएको हो 

    ह्वाइट हाउसको स्पष्टोक्तिः ट्रम्प–पुटिनबीच नाकाबन्दीका विषयमा कुरा भएको हो 

    वासिङ्टनः अमेरिकी राष्ट्रपतिको कार्यालाय ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच जर्मनीमा भएको भेटवार्तामा नाकाबन्दीका विषयमा पनि कुराकानी भएको स्पष्ट गरेको छ।  जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा गत हप्ता दुई देशका राष्ट्रपतिको हैसियतमा उनीहरुबीच पहिलो पटक भेटवार्ता भएको हो।  वार्ताका क्रममा उनीहरुबीच सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रुसको हस्तक्षेप भएको भन्दै नाकाबन्दीका विषयमा पनि…

    विस्तृतमा पढ्नुस्

  • विकास समितिको निर्देशनःविपद् उत्थानशील विकास नीति कार्यान्वयनमा ल्याउ

    काठमाडौँ : व्यवस्थापिका—संसद्, विकास समितिले विपद् उत्थानशील विकास नीति यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउन सरकारलाई पुनःनिर्देशन दिएको छ।  समितिको आज बसेको बैठकले २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणलगायत विषयमा बसेका विभिन्न बैठकले विपद् उत्थानशील विकास नीति यथाशीघ्र तयार गरी कार्यान्वयनमा ल्याउन दिएको निर्देशन कार्यान्वयन नभएकाले उक्त नीति यथाशीघ्र ल्याउन गृह, अर्थ र सिंचाइ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगलाई पुनःनिर्देशन दिएको हो।  बैठकले हालैको…

    विस्तृतमा पढ्नुस्

  • परिवार नियोजनको अधिकार महिलालाई हुनुपर्छः सभामुख

    परिवार नियोजनको अधिकार महिलालाई हुनुपर्छः सभामुख

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले कति शिशु जन्माउने र कति जन्मान्तर बनाउने भन्ने निर्णय गर्ने अधिकार महिलालाई हुनुपर्ने बताएकी छन्।  विश्व जनसंख्या दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीले यस्तो अधिकारले महिलालाई उत्पादनशील कार्यमा लाग्न अनुकूल वातावरण बनाइदिने बताइन्।  दुर्गम गाउँमा बस्ने एक महिलाले छवटी छोरी जन्माउँदासम्म छोरा पाउन पतिले दिएको दबाबलाई नेपाली समाजको एउटा तीतो यथार्थको रुपमा…

    विस्तृतमा पढ्नुस्

  • भोलिदेखि चक्रपथ क्षेत्रमा विहान र बेलुका टिपर चलाउन नपाइने

    भोलिदेखि चक्रपथ क्षेत्रमा विहान र बेलुका टिपर चलाउन नपाइने

    काठमाडौँ  : सरकारले बुधबारदेखि काठमाडौँको चक्रपथ क्षेत्रमा विहान र बेलुका कार्यालय सञ्चालनको समयमा ट्रक, टिपर र मिनिट्रक सञ्चालनमा रोक लगाउने भएको छ।  यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिप्पर व्यवसाय महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासङ्घको मंगलबार यातायात व्यवस्था विभागमा बसेको संयुक्त बैठकले बिहान– ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • आइएसलाई सहयोग गर्ने अमेरिकी सैनिक पक्राउ

    आइएसलाई सहयोग गर्ने अमेरिकी सैनिक पक्राउ

    लस एन्जेलस : एकजना अमेरिकी सैनिकले आतङ्ककारी संगठन स्लामिक स्टेटस् (आइएस)लाई सहयोग गरेको पाइएपछि उनलाई सोमबार पक्राउ गरिएको छ।  अमेरिकी सुरक्षा अनुसन्धान निकाय, एफबिआइले उनलाई पक्राउ गरेको जानकारी दिएको हो। अमेरिकी सेनामा कार्यरत ३४ वर्षीय एरिक काङले आइएसलाई सहयोग गरेको पाइएको एफबिआइले जनाएको छ।  उनी हवाइमा पक्राउ परेका हुन्। उनले आइएसलाई आवश्यक सैनिक सामग्री सहयोग गर्नुका साथै तालिमसमेत दिने गरेको प्रमाण…

    विस्तृतमा पढ्नुस्

  • मानव अधिकार आयोगका १४ प्रतिशत सिफारिस मात्र कार्यान्वयन

    मानव अधिकार आयोगका १४ प्रतिशत सिफारिस मात्र कार्यान्वयन

    काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर मानव अधिकार उल्लङ्घनका विषयमा सरकारलाई कारबाहीका लागि गरेका सिफारिस १७ वर्षदेखि प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनाएको छ।  व्यवस्थापिका–संसद्अन्तर्गत सामाजिक न्याय तथा मानव अधिकार समितिको आज बसेको बैठकमा आयोगको वार्षिक प्रतिवेदन माथिको छलफलमा आयोगका अध्यक्ष अनुपराज शर्माले आयोगका सिफारिस प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताएका हुन्। उनले मानव अधिकार उल्लङ्घनका घटनामा कारवाहीका लागि आयोगले सिफारिस गरेकामध्ये…

    विस्तृतमा पढ्नुस्

  • चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

    चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौँ :  भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।  शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विपक्षी बनाई आज दायर गरेको रिट निवदेनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको हुँदा थुनामुक्त गर्न माग गरिएको छ।  रिट निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरणले भन्यो–वर्षाका कारण विद्युत् प्रणालीमा समस्या 

    विद्युत प्राधिकरणले भन्यो–वर्षाका कारण विद्युत् प्रणालीमा समस्या 

    काठमाडौँ : वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणालीमा केही समस्या उत्पन्न भएको छ।  मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विद्युत् उत्पादन रोकिएको तथा समस्या उत्पन्न भएको भन्दै प्राधिकरणले विद्युत्भार कटौती नै गरियो कि भनेर आशङ्का नगर्नसमेत आग्रह गरेको छ।  वर्षाका कारण माथिल्लो मादीको एउटा युनिटबाट विद्युत् उत्पादन बन्द भएको छ। सो युनिट बन्द हुँदा २५ मेगावाट विद्युत्…

    विस्तृतमा पढ्नुस्

  • काश्मिरमा तिर्थयात्रीमाथि आक्रमण, सातको मृत्यु

    काश्मिरमा तिर्थयात्रीमाथि आक्रमण, सातको मृत्यु

    श्रीनगर : भारतको काश्मिरी इलाकाको अनन्तनाग जिल्लामा दुई पक्षबीच गोली हानाहान भइरहेको बेला विद्रोहीको हमलामा परी सोमबार राति सात जना हिन्दु तीर्थयात्रीह मारिएका छन् ।  घटनामा ज्यान गुमाउने सातजनामध्ये छ जना महिला र एक जना पुरुष रहेका कश्मीरबाट सुरक्षा अधिकारीले जनाएका छन्। हमलामा अन्य १९ जना घाइते भएका छन्। ती मध्ये केही प्रहरी रहेको बताइएको छ भने आक्रमणमा परेको बसमा…

    विस्तृतमा पढ्नुस्

  • खाडी समस्याबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री अरबमा

    खाडी समस्याबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री अरबमा

    काएरो : अरब क्षेत्रका केही मुलुकले कतारसँग गरेको कुटनैतिक सम्वन्ध विच्छेद र यसपछि कतारमाथि गरेको नाकावन्दीबारे अरवको बन्दगाह शहर जेदाहमा हुने खाडी मुलुकका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पनि मङ्गलबार अरब आइपुगेका छन्।  यसअघि अमेरिकी विदेशमन्त्री टिलरसन संयुक्त राज्य अमेरिकाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) सँग आवद्ध प्रमुख सहगोगी टर्कीसँग यसअघि गुमेको विश्वासलाई पुनःस्थापना गर्न भनी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell