काठमाडौँ : वीर अस्पतालले टोमो थेरापी उपकरणको माध्यमबाट क्यान्सरका बिरामीको उपचार गर्ने तयारीमा जुटेको छ। जुन सेलमा क्यान्सर देखिएको छ, त्यो सेललाई सेकी (रेडिएसनमार्फत) मार्न (किल) का लागि पछिल्लोपटक सो प्रविधि विकसित भएको हो। अस्पतालका निर्देशक प्रा डा भूपेन्द्र बस्नेतका अनुसार यो प्रविधिलाई वीर अस्पतालले भित्र्याउन लागेको बताए। हाल सो सेवा निजीस्तरका केही अस्पतालमा मात्र उपलब्ध छ। यो सेवा लिन…
काठमाडौँ : सरकारले कम्तीमा ९० दिनसम्मको माग धान्नेगरी पेट्रोलियम पदार्थ भण्डारणस्थल निर्माणको प्रक्रिया अगाडि बढाएको छ। व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाकतर्फबाट जवाफ दिँदै उपप्रधान एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सरकारले रणनीतिक तवरले नै पेट्रोलियम पदार्थ भण्डारणको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। सरकारले यसअघि नै मुलुकका विभिन्न सात स्थानमा पेट्रोलियम पदार्थको…
लण्डन : गत महिनामात्र भीषण आगलागीको चपेटामा परेको लण्डन सहरमा सोमबार फेरि अर्को यस्तै आगलागी भएको छ। लण्डनको काम्देन बजारमा सोमबार बिहानैदेखि यस्तै आगलागी भइरहेको छ। बजारभित्र करिब एक हजार वटा पसल छन्। बजारमा सोमबार एकाबिहानै आगलागी भएको र अहिलेसम्म पनि नियन्त्रणको प्रयास जारी नै रहेको बताइएको छ। यहाँको आगलागी नियन्त्रणमा लिनका लागि करिब ७० अग्निनियन्त्रकले काम गरिरहेका छन्। त्यस्तै अरु सयौँ सैनिक…
पर्सा : भारतबाट नेपालतर्फ हुने प्रतिबन्धित लागूऔषधको तस्करीमा संलग्न गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी लागूऔषध कारोबार गर्ने गिरोहमा संलग्न रहेका एक भारतीयसहित तीन जनालाई सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका भारत रक्सौल निवासी मुकेशकुमार साह, वीरगञ्ज नगरवासी नरबहादुर केसी र उनकी…
काठमाडौँ : महको महत्व बुझाउने उद्देश्यले काठमाडौँको भृकुटीमण्डपमा आजदेखि दोस्रो मह महोत्सव सुरु भएको छ। महोत्सवको राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले उद्घाटन गरे। व्यावसायिक किट विकास निर्देशनालय र मौरीपालक कृषक समूहले संयुक्तरूपमा आयोजना गरेको महोत्सवमा २० कक्ष छन्। महोत्सव अवधिमा झन्डै ५० लाख रुपैयाँ बराबरको महको कारोबार हुने अपेक्षा गरिएको छ। नेपालमा २०५२ सालदेखि व्यावसायिक मौरीपालन सुरु भएको इतिहास…
तेहरानः मोसुलमा इस्लामिक स्टेटकाविरुद्धमा विजय हासिल गरेको घोषणा गरेपछि इरानले इराकलाई बधाई दिएको छ। यसअघि निकै लामो सङ्घर्षपछि इराकको मोसुल सहरमाथि इस्लामिक स्टेटका विरुद्धमा इराकले विजय हासिल गरेको जनाएको थियो। यसलाई ठूलो विजय हो भन्दै इरानले इराकलाई बधाई दिएको हो। इराकको सांस्कृतिक एवम् अन्य धेरै हिसाबले महत्वको सहर मोसुललाई नियन्त्रणमा लिने इस्लामिक स्टेटसँग इराकले निकै ठूलो लडाईं लड्नुपरेको जनाएको थियो। …
भक्तपुर : पत्रकार गुरुप्रसाद ढकालको उपचारका लागि नेपाल पत्रकार महासंघ, क्रियाशील पत्रकार मञ्च र प्रेस चौतारी नेपाल भक्तपुरले आर्थिक सहयोग प्रदान गरेका छन्। महासंघले आठ हजार तथा क्रियाशील पत्रकार मञ्च र प्रेस चौतारी नेपालले संयुक्तरुपमा छ हजार गरी १४ हजार रुपैयाँ सहयोग गरेको हो। लामो समय पत्रकारिता गर्दै आएका ढकालको बानेश्वरस्थित निजामती अस्पतालमा उपचार भइरहेको छ। एकैसाथ कमलपित्त ‘जण्डिस’, अल्सर तथा…
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकले विनियोजन विधेयक, २०७४ पारित गरेको छ। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेको विधेयकलाई बैठकले बहुमतले पारित गरेको हो । त्यसैगरी, बैठकले आर्थिक विधेयक, २०७४ माथि विचार गरियोस् भनी प्रस्तुत प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्यो । साथै सभामुख ओनसरी घर्तीले विधेयकमा असार २९ गते दफाबार छलफल हुने घोषणा गरेकी छन्। बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७४ लाई…
कृष्णराज गौतम काठमाडौँ : चारुमति बुद्ध विहारले शाक्यमुनि बुद्धले समाजमा पहिलोपटक (धर्मचक्र सूत्र देशना) ज्ञान बाँडेको स्मरणमा बुद्धपूजा आज सम्पन्न गरेको छ। प्रत्येक वर्ष गुरुपूर्णिमाका अवसरमा विहारमा बौद्ध साहित्य, दर्शन तथा उपदेशका बारेमा धार्मिक गतिविधि सञ्चालन हुने गर्दछ। बुद्धको जीवन र जगतसँग जोडिएका विभिन्न उपदेशकाबारेमा प्रवचन गरिएको कार्यक्रममा थेरवादी बौद्ध भिक्षुले गुरुपूर्णिमाका दिनदेखि तीन महिनासम्म गर्नुपर्ने वर्षावास तथा त्यसको महत्वबारे…
काठमाडौँ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित प्राचीन बस्तीको संरक्षण गर्न त्यहाँ बन्ने निजी आवासलाई थप ५० हजार रुपैयाँ प्रोत्साहनको प्रस्ताव अघि सारेको छ। प्राधिकरण कार्यकारी समितिको बैठकले उपत्यकाभित्रका पुरातात्विक तथा पर्यटकीय महत्वका तीन र बाहिरका तीन बस्तीमा प्राचीन स्वरुप झल्कने गरी पुनःनिर्माण गर्ने कार्यलाई प्रोत्साहन गर्न यस्तो प्रस्ताव अघि सारेको हो। काठमाडौँको साँखु, ललितपुरका खोकना र बुङ्गमती, गोरखाका गोरखा दरबार…
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहमतिविपरीत सत्ता गठबन्धनद्वारा पुनःसंविधान संशोधनको चर्चा चलाएको भन्दै त्यसलाई पारित हुन नदिइएने स्पष्ट पारेको छ। पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले यही असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अनेकौँ प्रतिकूलता भए पनि पार्टी पहिलो शक्तिका रुपमा स्थापित हुन सकेकामा सन्तोष व्यक्त गरेको पार्टी सचिव प्रदीप ज्ञवालीद्वारा जारी…
काठमाडौँ : कान्ति बाल अस्पतालमा गत मङ्गलबार पेटमा बढेको ट्युमर झिकिएकी १० वर्षीया बालिका शीला नेपालीको मृत्यु भएको छ। प्यूठान भेडाबारीकी आठ महिनाको उमेरदेखि पेटमा बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक प्रा डा आरपी चौधरीको समूहले शल्यक्रिया गरी झिकेको थियो। सर्जन चौधरीका अनुसार शल्यक्रियापछि बिरामीलाई भेन्टिलेटरमा उच्च निगरानीमा राखिएको भए पनि अभिभावकले चिकित्सकको अनुमतिबिना घर लैजाँदै…
लखनउः भारतको उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको मृत्यु भएको छ। भारतीय मदिरा प्रयोगकर्ताहरुको यो पछिल्लो अवैध मदिरा कारोबार हो। उत्तर प्रदेशको प्रहरीले गत बिहीबार अवैध र विषाक्त मदिरा सेवा गरेकाहरु पेट दुखेर आत्तिएको जानकारी दिएको छ। अजाम्गार्ह जिल्लाका प्रहरी प्रमुख अजय कुमार साहनीले बिषालु तरल पदार्थ सेवा गरेपछि १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। …
जेनेभा : सिरियामा सात बर्षदेखि जारी द्वन्द्वको अन्त्यका लागि सोमबार स्वीट्जरल्याण्डको जेनेभामा नयाँ चरणको शान्तिवार्ता सुरु भएको छ। सिरियाका लागि राष्ट्रसङ्घीय विषेश प्रतिनिधि स्टफन डे मिस्टुराले राष्ट्रसङ्घका लागि सिरियाका दूत बसर जाफरीमार्फत दुईपक्षीय वार्ताकाबारेमा सिरियाको सरकारी वार्ता टोलीका प्रमुखसँग सोमबार छलफल गरेका छन्। डे मिस्टुराले विपक्षी दलका प्रतिनिधिहरुलाई पनि केही दिनमा भेट्ने अपेक्षा गर्नुभएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन्। राष्ट्रसङ्घीय…
चितवन : पवित्र तीर्थस्थल देवघाटस्थित महेश सन्न्यास आश्रमका संस्थापक पीठाधीश डा रामानन्द गिरीको पार्थिव शरीर आज बिहान देवघाट ल्याइएको छ। लामो समयदेखि निमोनिया र दमका कारण बिरामी परेका गिरीको शनिबार ७२ वर्षको उमेरमा निधन भएको थियो। सन्न्यासी परम्परानुसार देवघाटको बेनीमा जलसमाधि गरेर उनको अन्तिम दाहासंस्कार गरिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले जानकारी दिए। असार १४ गतेदेखि स्वास्थ्यमा खराबी देखिएपछि…
बर्दिया : संरक्षित क्षेत्रमा हुनसक्ने चोरी शिकार एवम् अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलोपटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको गणना गरिएको छ। तालतलैया तथा सिमसार क्षेत्र सर्वेक्षण गर्दा बबई नदीमा घडियाल गोहीको सङ्ख्या ४६, मगर गोहीको सङ्ख्या ३१ रहेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले जानकारी दिए। निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किलोमिटर दूरीमा ड्रोनको प्रयोग…
दमास्कसः संयुक्त राष्ट्रसङ्घले संयुक्त राज्य अमेरिका र रसियाबीच सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा युद्धविराम गरेकोमा स्वागत गर्दै यसले सिरियामा विगत ६ वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा हुनगइरहेको शान्तिवार्तालाई सहयोग पुग्ने बताएको छ। सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष उप–प्रतिनिधि राम्जी राम्जीले एक दिन अघि जर्मनीको ह्यामवर्गमा गरिएको सम्झौता सार्वजनिक गर्दै सिरिया द्वन्द्व समाधानका लागि शुक्रबारको सहमतिले एक कदम ठीक दिशातिर…
काठमाडौं : संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्न आवश्यक भन्दै ‘कर्मचारी समायोजन विधेयक, २०७३’ विधेयक प्रस्तुत गरिएको छ। व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री एवम् सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाकातर्फबाट उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले विधेयक प्रस्तुत गरेका हुन्। उपप्रधानमन्त्री श्रेष्ठले संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा जनतालाई सरकारी सेवा प्रवाह गर्नका लागि तत्काल कर्मचारीको समायोजन गर्न कानुनको आवश्यकता परेकाले विधेयक…
इलाम : रेडपाण्डा पाइने इलाम र भारतको सीमा क्षेत्र सिंहलीला नेशनल पार्क तथा सन्दकपुर गाउँपालिकाको चोयाटार सामुदायिक वन उपभोक्ता समूहले रेडपाण्डाको प्रजनन समय भएको भन्दै सीमावर्ती पर्यटकीय क्षेत्रमा पर्यटक आवागमनमा प्रतिबन्ध लगाएको छ। पर्यटकको होहल्लाले रेडपाण्डाको प्रजनन् र यौन प्रक्रियामा असर पुग्ने भन्दै आवतजावतमा प्रतिबन्ध लगाएको हो। रेडपाण्डा पाइने स्थानमा जुन १५ देखि सेप्टेम्बर १५ सम्मका लागि पर्यटक र स्थानीयवासीलाई वन…
ह्यम्बर्गः विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सि चिनफिङ, जर्मन चान्सलर एन्जिला मार्केललगायतको बैठकमा सहभागिता रहेको थियो। सम्मेलनमा विश्वमा जलवायु परिवर्तनको प्रभाव कमगर्ने सम्बन्धी सम्झौता, पेरिस सम्झौतामा अमेरिकाले अनुमोदन गर्न मानेन। विश्वका अरु १९ देशका कार्यकारी एवम् राज्य प्रमुखहरुले त्यसलाई एकमतले अनुमोदन गरेका…