PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

  • रामचन्द्र पौडेलको चिन्ताः पार्टी कमजोर बन्दै गयो, समीक्षा गरौं

    रामचन्द्र पौडेलको चिन्ताः पार्टी कमजोर बन्दै गयो, समीक्षा गरौं

    पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘पार्टी कमजोर बन्दै गएकामा’ समीक्षा गर्नुपर्ने अवस्था आएको बताएका छन्।  पोखरा लेखनाथ महानगरपालिकामा पार्टीकातर्फबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्दै पौडेलले स्थानीय तहको निर्वाचनमा आएको नतिजामा पार्टी कमजोर देखिएको बताए।  उनले पार्टीभित्र अन्तरघात मात्र नभएर खुला घात गर्ने प्रवृत्ति बढ्नु तथा पार्टीका नेता कार्यकर्ताबीच नै प्रतिशोधको भावना बढ्दा त्यसले पार्टी सङ्गठनलाई दिनानुदिन कमजोर बनाउँदै जानु…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा संसदीय दलको बैठकः सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने

    राप्रपा संसदीय दलको बैठकः सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने

    काठमाडौँ  : राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको नीति तथा बजेटका पक्षमा मतदान गर्ने भएको छ ।  पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले असार २९ गते व्यवस्थापिका–संसद्मा सो विषयमा हुने मतदान प्रक्रियामा पक्षमा मतदान गर्ने निर्णय गरेको हो।  प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संविधान संशोधनका विषयमा शनिबार भएको छलफलबारे पनि बैठकमा अध्यक्ष थापाले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • संसदमा श्रममन्त्रीको जवाफः रोजगारीका लागि नयाँ गन्तव्यको खोजी भइरहेको छ

    संसदमा श्रममन्त्रीको जवाफः रोजगारीका लागि नयाँ गन्तव्यको खोजी भइरहेको छ

    काठमाडौं : श्रममन्त्री फरमुल्ला मन्सुरले रोजगारीका नयाँ गन्तव्यकाबारेमा मन्त्रालयले पहल गरिरहेको बताएका छन्। व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७४ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मन्सुरले मुलुकमा पर्याप्त रोजगारीको व्यवस्था हुन नसक्दा कामका लागि विभिन्न मुलुकमा २२ लाख नेपाली रहेका र त्यसमध्ये ९० प्रतिशत मध्यपूर्वी मुलुकमा मात्र रहेको जानकारी दिँदै आकर्षक रोजागारीका लागि नयाँ गन्तव्यका बारेमा मन्त्रालयकातर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोग भन्छ–नयाँ चिह्न असम्भव, राजपा पुरानै चिह्नमा चुनाव लड्नुपर्ने

    निर्वाचन आयोग भन्छ–नयाँ चिह्न असम्भव, राजपा पुरानै चिह्नमा चुनाव लड्नुपर्ने

     काठमाडौं : नयाँ पार्टीका रुपमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको राष्ट्रिय जनता पार्टी नेपाललाई तेस्रो चरणमा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पुरानै निर्वाचन चिह्नबाट चुनाव लड्नुपर्ने भएको छ।  निर्वाचन घोषणा भइसकेर दुई चरणको निर्वाचनसमेत सम्पन्न भएको अवस्थामा नयाँ दलले नयाँ चिह्न लिएर निर्वाचनमा जान सम्भव नभएको आयोगले जनाएको छ। स्थानीय तहको निर्वाचनको मिति घोषणा हुँदा दर्ता…

    विस्तृतमा पढ्नुस्

  • भेनेजुयलाका विपक्षी नेता जेलबाट रिहा, घरमै नजरबन्दमा बस्नुपर्ने

    भेनेजुयलाका विपक्षी नेता जेलबाट रिहा, घरमै नजरबन्दमा बस्नुपर्ने

    काराकासः जेलमा रहेका भेनेजुयलाको विपक्षी दलका नेता लेओपोल्डो लोपेजलाई घरमै नजरबन्दमा रही बाँकी जेल जीवन बिताउन पाउने अुनमति सर्वोच्च अदालतले दिएको छ।  भेनेजुयलाको सर्वोच्च अदालतले दिएको अनुमतिबमोजिम उनले आफ्नै घरमा रहेर बाँकी जेल जीवन ब्यतित गर्न पाउने भएका हुन्।  सर्वोच्च अदालतका न्यायाधिशले उनलाई सन् २०१५ मा नै करिव १४ वर्षको कारावास सजाय सुनाएकोले उनी हालसम्म जेलमै थिए।  तर शनिबार अदालतले…

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कारमा संलग्न बम नयाँदिल्लीबाट पक्राउ

    बालिका बलात्कारमा संलग्न बम नयाँदिल्लीबाट पक्राउ

    भीमदत्तनगर : आठ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका कञ्चनपुरको वेदकोट–७ गाउजीका १७ वर्षीय हिमाल बमलाई प्रहरीले भारतको नयाँदिल्लीबाट पक्राउ गरेको छ।  गत मङ्गलबार घरमा एक्लै भएको मौका छोपी बमले ८ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी सहायक निरीक्षक महादेव भट्ट नेतृत्वको प्रहरी टोलीले अभियुक्त बमलाई दिल्लीस्थित आफन्तको डेराबाट पक्राउ गरेको हो।  बमलाई पक्राउ गर्न…

    विस्तृतमा पढ्नुस्

  • ढुङ्गा खसेर मजदुरको मृत्यु

    ढुङ्गा खसेर मजदुरको मृत्यु

    रसुवा : ढुङ्गाले लागेर रसुवास्थित अपर सोमदाङ हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।  प्रहरीका अनुसार ढुङ्गा लागेर बर्दिया कलवलबारका २३ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो। आज बिहान ९ बजे पार्वतीकुण्ड गाउँपालिका–१ मा काममा खटिरहेका अधिकारी माथि ढुङ्गा खसेको थियो।  तालु र कञ्चटमा गम्भीर चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो।रासस   

    विस्तृतमा पढ्नुस्

  • भानु जयन्तीमा गीता केशरी र जगमान गुरुङलाई रथारोहण गराइने

    काठमाडौँ : भानु प्रतिष्ठानले यसवर्षको भानुजयन्तीमा साहित्यकार र संस्कृतिकर्मी गीताकेशरी र डा जगमान गुरुङलाई रथारोहण गराउने भएको छ।  प्रतिष्ठानकातर्फबाट यसवर्ष विशेष आकर्षणका रुपमा साहित्यकार लक्ष्मण सापकोटालाई असार २८ गते राष्ट्रकवि माधव घिमिरेको निवास लैनचौर, काठमाडौँदेखि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवास बखुंबहाल, ललितपुरसम्म भानुको पहिरनमा साहित्यिक दौड गराउने, असार ३० गते भानु सङ्गीत लहरी र असार ३१ गते विशेष कविगोष्ठी कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • चीनको साङ्सी र गान्सु प्रान्तमा द्रृुतगतिको रेलद्वारा सेवा विस्तार 

    चीनको साङ्सी र गान्सु प्रान्तमा द्रृुतगतिको रेलद्वारा सेवा विस्तार 

    लङहोउः उत्तरपश्चिम चीनको बाओजी सहरलाई साङ्सी र गान्सु प्रान्तका सहरलाई हालैमात्र सेवा सुरु गरेको चिनियाँ द्रृुतगतिको रेलसेवाले जोडेको छ ।  ती सहरलाई द्रुत रेलमार्गमार्फत जोड्नेगरी आइतबारदेखि सेवा सञ्चालनमा आएको चिनियाँ रेल सेवाका अधिकारीले जानकारी दिएका छन्।  बाओजीदेखि लाङहोउसम्म ४०१ किलोमिटर लामो मार्गमा प्रतिघण्टा २५० किलोमिटरको दरले द्रुतगतिको रेल सेवा सुरु भएको छ। यो नयाँ रेल सेवाको निर्माणकार्य भने सन् २०१२…

    विस्तृतमा पढ्नुस्

  • ज्यापू संस्कृति विकास कोषले गर्‍यो ६३ टोलका मूल गुरुलाई सम्मान

    ज्यापू संस्कृति विकास कोषले गर्‍यो ६३ टोलका मूल गुरुलाई सम्मान

    काठमाडौँ  : गुरु पूर्णिमाका अवसरमा ज्यापू संस्कृति विकास कोषले विभिन्न ६३ टोलका मूल गुरुलाई आज सम्मान गरेको छ।  नेवारी परम्पराअनुसार प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले भादगाउँले कालो टोपी, टीका, फूलको माला, दही, माछा, अण्डा तथा रक्सीको सगुनसहित पूजा गरेका थिए।  काठमाडौँको वन्दे, तननी, मखन, नेत, ज्याठा, यट्खा, नबहाः, चाबही, थँबहीलगायत ६३ टोलका मूल गुरुलाई सम्मान गरिएको हो।  कार्यक्रममा काठमाडौँ…

    विस्तृतमा पढ्नुस्

  • विपद् व्यवस्थापनका लागि कार्यदल सतर्क अवस्थामा

    कञ्चनपुर : बाढी प्रतिकार्यका लागि सामुदायिक विपद् व्यवस्थापन समितिअन्तर्गत गठन गरिएका कार्यदललाई कञ्चनपुरमा सतर्क अवस्थमा राखिएको छ।  बाढीका बेला बचाउ र राहतका लागि समितिअन्तर्गत गठन भएका पूर्वसूचना कार्यदल, उद्धार कार्यदल र प्राथमिक उपचार कार्यदललाई सर्तक अवस्थामा राखिएको हो। दोदा, सुनवोरा, स्याली, मछेली वनहरालगायत नदी तटीय क्षेत्रका बासिन्दालाई बाढी आउन अगावै सुरक्षा दिन कार्यदलका सदस्य सचेत गर्ने कार्यमा जुटेका छन्।  बाढीका कारण…

    विस्तृतमा पढ्नुस्

  •  नारायणीमा जल समाधिस्थ गरियो रामानन्द गिरीको पार्थिव शरीर

     नारायणीमा जल समाधिस्थ गरियो रामानन्द गिरीको पार्थिव शरीर

    काठमाडौं : शिक्षासेवी एवम् पूर्वीय दर्शनका अन्वेषक डा रामानन्द गिरीको पार्थिव शरीरलाई सन्त परम्पराअनुसार आज देवघाटस्थित नारायणी नदीमा जल समाधिस्थ गरिएको छ।  निमोनिया रोगबाट पीडित ७१ वर्षीय गिरीको शनिबार पशुपतिस्थित शङ्कराचार्य मठमा निधन भएको थियो। कास्कीको पुरन्चौरमा १२ दिनअघि प्रवचनका क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि राजधानीस्थित ग्राण्डी अस्पतालमा ल्याई भर्ना गरिएको थियो। उपचारका क्रममा चिकित्सकले स्वास्थ्यमा सुधार नआउने बताएपछि…

    विस्तृतमा पढ्नुस्

  • किन लिएन गोरखामा पुनर्निर्माणले गति ?

    किन लिएन गोरखामा पुनर्निर्माणले गति ?

    गोरखा : ‘गोरखा भूकम्प’को केन्द्र गोरखामा अनुदान लिएर पनि घर बनाउनेको सङ्ख्या कम छ। ५५ हजार लाभग्राहीले ५० हजारका दरले पहिलो किस्ता बुझेको भए पनि वर्षभरमा जम्मा पाँच हजार ५०० जनाले मात्रै घर बनाएको तथ्याङ्क छ।  पहिलो चरणमा अनुदान पाउने लाभग्राही सूचीमा ५८ हजार ३०३ जना परेका थिए। यीमध्ये ५५ हजारको बैंक खातामा गतवर्ष भदौमै अनुदान रकम पठाइसकिएको थियो। लाभग्राहीमध्ये अधिकांशले…

    विस्तृतमा पढ्नुस्

  • कतारले खाडी मुलुकसँग क्षतिपूर्ति माग गर्ने

    कतारले खाडी मुलुकसँग क्षतिपूर्ति माग गर्ने

    दोहाः चार खाडी मुलुकले कतारलाई एक्लाउँदा भएको नोक्सानको कतारले एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने भएको छ।  कतारका सरकारी अभियोजक अली अलमारीले आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा समितिले कतारमा रहेका निजी कम्पनी, सार्वजनिक सङ्घसंस्था र व्यक्तिबाट खाडी मुलुकको पछिल्लो निर्णयका कारण भएको व्यापारिक घाटाका विवरण जम्मा गर्ने र क्षतिपूर्ति दावी गर्ने बताए।  उनले केही विवरण पेश गर्दै क्षतिपूर्तिका लागि आन्तरिक तथा…

    विस्तृतमा पढ्नुस्

  • खोलाले बगाएर बझाङमा तीन बालक बेपत्ता

    खोलाले बगाएर बझाङमा तीन बालक बेपत्ता

    बझाङ  : खोलाले बगाएर बझाङमा तीनजना बालक बेपत्ता भएका छन्।  काँडा गाउँपालिका–२ धलौनका १५ वर्षीय लोकेन्द्र बोहरा, १४ वर्षीय धिरेन्द्र बोहरा र १६ वर्षीय उज्ज्वल बोहरा बेपत्ता भएका हुन्। काँडा गाउँपालिका–२ स्थित घाँटखोला तर्ने क्रममा काठेपुल भाँचिदा तीनैजना बेपत्ता भएका प्रहरीले जनाएको छ। खोलामा झोलुङ्गे पुल नहुँदा यहाँका बासिन्दा वर्षेनी अकालमै ज्यान गुमाउन बाध्य छन्। बेपत्ता तीनैजनाको खोजी भइरहेको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • इलाममा ४ सय ५२ उम्मेदवारको जमानत जफत

    इलाम : स्थानीय निकायको निर्वाचनमा उम्मेदवार बनेका इलामका ४५२ जनाको जमानत जफत भएको छ। खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत भएको हो।  इलाम नगरपालिकाका ९५ जना, माई नगरपालिकाका ६८ जना, सूर्योदय नगरपालिकाका ९५ जनाको जमानत जफत भएको हो।  त्यसैगरी, चुलाचुली गापाका ६२ जना, फाकफोकथुम गापाका ४५ जना, माई जोगमाई गापाका २७ जना, रोङ गाउँपालिकामा ३७ जना र…

    विस्तृतमा पढ्नुस्

  • भद्रपुरका ९ जना कांग्रेस कार्यकर्ता पार्टीबाट निष्कासित

    भद्रपुर : स्थानीय निर्वाचनमा भद्रपुर नगरपालिकामा पार्टीका उम्मेदवारालाई हराउन प्रत्यक्ष भूमिका खेलेको भन्दै नौजना क्रियाशील सदस्यलाई नेपाली कांग्रेसले पार्टीबाट निष्काशन गरेको छ।  निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराएर अन्य पार्टीलाई फाइदा पुर्याउने काममा प्रत्यक्ष लागेका बागी उम्मेदवार तथा तिनका समर्थक गरी नौजनालाई पार्टीको विधानअनुसार निष्काशन गरिएको हो।  निष्काशित हुनेमा भद्रपुर–१ का कुलप्रसाद सङ्ग्रौला, अरुणकुमार उप्रेती, उकीन्द्र खरेल र सरोज सङ्ग्रौला छन्।  यसैगरी,…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सफलः प्रमुख निर्वाचन आयुक्त

    दोस्रो चरणको निर्वाचन अहिलेसम्मकै सफलः प्रमुख निर्वाचन आयुक्त

    काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएका दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता गरेका छन्।  निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्यतिकै सजग र सचेत रहनुपर्नेमा उनको जोड थियो । स्थानीय तह निर्वाचन, मतदातामा देखिएको उत्साह, मतगणनामा भएको ढिलाइ, निर्वाचन आचारसंहिता पालनालगायत समसामयिक…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

    विराटनगर महानगरमा कांग्रेसको अग्रता कायमै

    विराटनगर : स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ।   नेपाली कांग्रेसका भीम पराजुलीले १८ हजार ३ सय ५ मत, नेकपा एमालेका विनोद ढकालले १३ हजार ३ सय ६४ मत र संघीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४ सय १७ मत ल्याएका छन्।   यस्तै…

    विस्तृतमा पढ्नुस्

  • जलेश्वर अस्पतालमा डिजिटल एक्सरे मेसिन

    जलेश्वर अस्पतालमा डिजिटल एक्सरे मेसिन

    महोत्तरी : महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा करिब १३ लाख रुपैयाँमा डिजिटल एक्सरे मेसिन ल्याइएको छ।  स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा करिब १३ लाख रुपैयाँको लागतमा तीन सय एमए पावर भएको सिआर मेसिन जडित डिजिटल एक्सरे मेसिन ल्याएको हो।  अस्पतालमा रहेको पुरानो एक्सरे मेसिन एक वर्ष अगाडिदेखि बिग्रिएर थन्किएको र सानो मेसिन पनि विगत केही दिनदेखि बिग्रिएर कामै नलाग्ने भएपछि अस्पतालको अथक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell