ध्रुवसागर शर्मा म्याग्दी : चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको ट्रयाक खुलेको छ। नेपाली सेनाको निर्माण कार्यदलले करिडोरको बागलुङ खण्डमा बाँकी रहेको २६ किलोमिटरमा नयाँ ट्रयाक निर्माण गरेपछि भारतको सुनौली नाकादेखि चीनको स्वशासित क्षेत्र तिब्बत्को कोरला नाका उपल्लो मुस्ताङसम्मको ३४५ किलोमिटर दुरीको ट्रयाक खुलेको हो। यो वर्ष करिब ३३ करोड रुपैयाँ खर्चेर बागलुङ खण्डको ट्रयाक खोलिएको नेपाली सेनाको…
ह्यामवर्ग : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपतिबीच जर्मनीको ह्यामवर्गमा भेट भएको छ । भेटको सुरुमा कुरा गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग भेट्दा आफूलाई सम्मानित भएको अनुभुति गरेको बताए। ट्रम्पले पुटिनसँग भने, ‘हामीले आगामी दिनमा रसिया, अमेरिका र सम्बन्धित सबैलाई धेरै सकारात्मक कुराको थालनी गरेर देखाउनु छ।’ त्यसैगरी, पुटिनले भने,‘म पनि राष्ट्रपति ज्यू तपाईंसँग प्रत्यक्ष भेट्न पाउदा म साह्रै…
मस्कोः रसियाका विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई शुक्रबार २५ दिनपछि जेलमुक्त गरिएको छ। उनलाई अनाधिकृत रुपले विरोध कार्यक्रम आयोजना गरेको आरोपमा जेलमा राखिएको थियो। राष्ट्रपति भ्लादिमिर पुटिनको शासन र भ्रष्टाचारी सरकारी कर्मचारीहरुका विरुद्धमा गत जुन १२ मा प्रदर्शन गर्दा ४१ वर्षीय वकीललाई पनि २५ दिने जेल सजाय सुनाइएको थियो। त्यतिबेला उनीसँगै अरु १७ सय जना प्रदर्शनकारीहरुलाई पनि नियन्त्रणमा लिइएको थियो।रासस/एएफपी …
सप्तरी : सप्तरीमा हालै आएको बाढीले चन्द्रनहरको बाँध भत्किएका कारण एक करोड १५ लाख रुपैयाँ बराबरको नोक्सान भएको छ। सप्तरीको मोहुली खोला र सुनदरी खोलामा आएको बाढीले चन्द्रनहरमा ८५ मिटर नहरको बाँधलार्ई भत्काइ नहरलाई क्षति पुर्याएको हो। सुन्दरी खोला र महुली खोलाको बीचमा बडहरा गाउँमा रहेको चन्द्रनहरको मुख्य नहर, साइफन तथा मेन होलमा बालुवा पसेर क्षति पुगेको कोसीपम्प चन्द्रनहर…
इलाम : इलामको देउमाई नगरपालिकामा ‘अलैंची ब्लक’ कार्यक्रम सञ्चालन गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सरकारको ५१ लाख ३४ हजार तथा सहकारीको २० लाख ४९ हजार रुपैयाँको लागतमा कार्यक्रम सञ्चालन गरिएको हो। जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ शाहका अनुसार परियोजनामार्फत ट्याक्टर, मिनी पावर ट्रिलर, घाँस टुक्र्याउने मेसिन, पानी तान्ने मोटरलगायत सामाग्री उपलब्ध गराइएको छ। देउमाई नगरपालिकाका…
नवलपरासी : दुई प्रदेशमा विभाजन भएको नवलपरासी जिल्लामा थप एउटा जिल्ला समन्वय समिति स्थापना गर्नुपर्ने राजनीतिक दलले माग गरेका छन्। नवलपरासीको नवलपुर क्षेत्रका जनप्रतिधि तथा राजनीतिक दलहरुले नवलपुरलाई छिट्टै जिल्ला घोषणा गरेर नवलपुर जिल्ला समन्वय समिति बनाउनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। नवलपुर क्षेत्रका– आठ वटै स्थानीय तह चार नगरपालिका चार गाउँपालिकाका जननिर्वाचित प्रतिनिधि र प्रमुख तीन दल नेपाली कांग्रेस,…
काठमाडौँ : नेकपा माओवादी केन्द्रसँगआबद्ध नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाले बहराईनका लागि नेपाली राजदूत पदम सुन्दासलाई सम्मान गरेको छ। दलित समुदायको उत्थान र विकासका लागि योगदान पुर्याउँदै दलित समुदायबाट पहिलो(पुरूष)राजदूत भएको भन्दै मोर्चाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा राजदूत सुन्दासले आफ्नो कार्यकालमा नेपाल र नेपालीको पक्षमा उदाहरणीय काम गर्ने प्रतिबद्धता व्यक्त गरे। रासस
काठमाडौँ : दोस्रो चरणमा असार १४ गते भएको निर्वाचनको हालसम्म ३३० स्थानीय तहको मतपरिणाम घोषणा भएको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३१ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ। अहिले चार जिल्लाका चार स्थानीय तहमा मतगणना जारी छ। देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रो चरणमा निर्वाचन भएको थियो। पछिल्लो…
ह्याम्बर्गः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन्। जर्मनीको ह्याम्बर्गमा जारी जी–२० को बैठकमा सहभागी हुन त्यहाँ आएका ट्रम्पले जर्मन चान्सलर एञ्जिला मार्केलसँग शनिबार भएको भेटका क्रममा आफू बेलायत भ्रमणमा जाने जानकारी दिएका हुन्। द्विपक्षीय वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भने ‘म चाँडै नै बेलायतको भ्रमणमा आउने हो र त्यस क्रममा दुई देशका बीचमा महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर…
डोल्पा : जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत खदाङ–त्रिपुराकोटखण्डको सडक निर्माण कार्यलाई तीव्रता दिन त्रिपुरा सुन्दरी नगरपालिकास्थित धाउनेमा नेपाली सेनाले नयाँ वेस क्याम्प खडा गरेको छ। दुनैसम्म एक वर्षभित्रै सडक सञ्जाल जोड्नका लागि जाजरकोट–डोल्पा सडकखण्डको १०० किलोमिटर धाउनेमा असार ११ गतेदेखि नयाँ वेस थप्दै २० वटा कम्प्रेसर मेसिनसहित निर्माणकार्यलाई युद्धस्तरमा अगाडि बडाइएको सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले जानकारी दिए। कुल ११८ किलोमिटर सडकमध्ये १०९…
इलाम : सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०७१/०७२ मा जिल्लामा चार सय ५४ जनाले सुरक्षित गर्भपतन गराएकोमा आर्थिक वर्ष ०७२/०७३ मा यसमा वृद्धि भई एक हजार पुगेको छ। चालु आवको पहिलो १० महिनामा नौ सय २५ महिलाले सुरक्षित ढङ्गबाट गर्भपतन सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामले जनाएको छ। इलाम अस्पतालसहित जिल्लाभरी १८ वटा स्वास्थ्य…
इजिप्ट : सिनाइ प्रायद्विपको दुर्गम इलाकामा अवस्थित सैनिक पोष्टमा भएको आत्मघाती बम आक्रमणको इस्लामिक स्टेट्स (आइएस)आतङ्ककारी समूहले जिम्मा लिएको छ । बिहीबार भएको आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको थियो। सिनाई प्रायद्विपमा भएको यो पछिल्लो कार्यक्रम दुई वर्षयता कै भीषण आक्रमणको रुपमा रहेको छ। आइएस आतङ्ककारी समूहले आफ्नो ‘अनलाइन’मार्फत आक्रमणको जिम्मेवारी लिएको हो। यसैबीच, संयुक्त राष्ट्र् सङ्घ सुरक्षा परिषद्ले…
आयरल्याण्डः ब्रेक्जिटपछिको अवस्थामा आयरल्याण्डले बेलायतसँगको आफ्नो सिमाना खुल्ला राख्ने चाहना व्यक्त गरेको छ। बेलायतले युरोपेली सङ्घबाट बाहिरिने जनमत प्राप्त गरेपछि आयरल्याण्डको यस्तो भनाइ आएको छ। यद्यपी बेलायत युरोपेलियसँगबाट औपचारिक रुपमा बाहिरी सकेको भने छैन, यो प्रक्रियामा नै रहेको छ। आयरल्याण्डका विदेश मन्त्री सिमोन कोभेनीले स्लोभाकियाका समकक्षी मिरोस्लाभ लजाकसँगको शुक्रबार भएको छलफलका क्रममा सिमाना खुल्ला राख्ने चाहना व्यक्त गरेका हुन्। कोभोनीले…
लण्डन : बेलायतको अन्तर्राष्ट्रिय व्यापार महाशाखाले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतले प्रत्यक्ष विदेशी लगानीमा सन् २०१६/०१७ मा ऐतिहासिक आकर्षण गरेको छ। यस अवधिमा रेकर्ड राखेका दुई हजार २०० योजना अघिल्लो बर्षको तुलनामा दुई प्रतिशतको बृद्धि हो। तथ्याङ्कले सो अवधिमा ७५ हजार २२६ रोजगारीका अवसरहरू सिर्जना भएका थिए भने…
राजविराज : प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी जिल्लाका बाढी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गरेका छन्। त्यसक्रममा प्रधानमन्त्री देउवाले एक हप्ता अगाडि आएको बाढीबाट प्रभावित ग्रामीण क्षेत्रका पीडित परिवारसँग प्रत्यक्ष भेटघाटसमेत गरेका छन्। सप्तरीको तिरौता गाउँपालिकाअन्तर्गत मैना करेडोलगायतका ग्रामीण क्षेत्रमा महुली खोलाले गरेको कटान र डुबानका बारेमा प्रधानमन्त्रीले जानकारी लिएका थिए। एक हप्ता अगाडि खाडो, जातो र मौली नदीमा आएका बाढीले त्यहाँको…
कञ्चनपुर : कञ्चनपुरमा औलोको उच्च जोखिमा रहेका ७० हजार बासिन्दालाई कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ। औलो बढी देखिएका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका बासिन्दालाई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फण्डको सहयोगमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको हो। कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीले गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरिएको जानकारी दिए। कञ्चनपुरमा वर्षेनी…
चितवन : चितवनको भरतपुर र रत्ननगर नगरपालिकाको बीच सडकमा पर्ने टिकौली जङ्गलको जैविकमार्गमा वन र वन्यजन्तुको सुरक्षा गर्न आजदेखि ‘संरक्षणका लागि एक मिनेट’ अभियान सुरु भएको छ । गाडीको ठक्करबाट वन्यजन्तु मर्ने क्रम बढेपछि वन्यजन्तुको जोखिम कम गर्न अभियान सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। उनले आजदेखि साउन १ गतेसम्म प्रचारात्मक कार्यक्रम गरेर सवारी…
सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिकाको पहिलो बैठकले सोलुदूधकुण्ड नगरपालिकाभित्रका ७० वर्ष पार भएका वृद्धवृद्धालाई घरमै उपचार गराउने निर्णय गरेको छ। नवनिर्वाचित नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा सहितका पदाधिकारीले नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई घरमै चिकित्सक पुर्याएर उपचार सेवा दिने निर्णय गरेको हो। वृद्धवृद्धा बिरामी भएको जानकारी आएपछि घरमै चिकित्सक लगेर उपचार गर्ने र रोग जष्टिल भएमा अस्पतालसमेत लगेर निःशुल्क उपचार दिइने जनाइएको…
ह्याम्बर्ग : जर्मनीको ह्याम्बर्गमा हुन लागेको जि२० को सम्मेलनमा सहभागिताका लागि विश्वका नेताहरु शुक्रबार जर्मनी पुग्ने क्रम सुरु भएको छ। सम्मेलन आजदेखि सुरु हुँदैछ । संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देश सदस्य रहेका छन्। उनीहरुले विशेषगरी विश्वको वर्तमान आर्थिक अवस्था र एजेण्डका बारेमा छलफल गर्नेछन्। विश्वका विभिन्न क्षेत्रीय आर्थिक एजेण्डका बारेमा सम्मेलनमा व्यापक मात्रामा छलफल हुने बताइएको छ। यसैबीच,…
नारायण ढुंगाना चितवन :आहारा खाँदै नखाने, दुब्लाउने, अनि मर्ने । सरसर्ती हेर्दा निकुञ्जमा प्रजनन गराइएका घडियाल गोहीका बच्चाको मृत्युको लक्षण यस्तो देखिन्छ । हरेक वर्ष यस्तै रोगको लक्षणले बच्चा मर्दै आएका छन् । प्रजनन गराइएका गोहीको मृत्युदर कुनै कुनै वर्ष ५० प्रतिशतसम्म पुगेको चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रका प्रमुख तथा सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का बताउँछन्। खड्काले भने,‘अरु बेला…