काठमाडौँ : महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक महिनाको अवधिमा लागूऔषधसहित १४ समूहलाई पक्राउ गरेको छ। प्रभागबाट खटिएको टोलीले एक महिनाको अवधिमा १४ समूहका २६ जना अभियुक्तलाई पक्राउ गरेको हो। यस्तै, प्रभागले आज बिहान चेकपोस्टमा जाँचका क्रममा लागूऔषधसहित सप्तरी लालबन्दीका सोनु कापरलाई पक्राउ गरेको छ। कापरसँग प्रभागले १३० एम्पुल डाइजेल्याब, १२० एम्पुल फेनार्गन, १२० एम्पुल नुर्फिन र १९ एम्पुल लुपिजेसिक बरामद…
ढाका : बङ्गलादेशको सरकारले विपक्षी दलका कैयौं कार्यकर्तालाई गैरकानुनी थुनामा राखेको रहस्योद्घाटन भएको छ। बङ्गलादेशका सुरक्षा निकायहरुले ती विपक्षीलाई कारागारभन्दा अलग्गै गोप्य रुपमा थुनामा राखेको एक अनुसन्धानबाट पत्ता लागेको हो। एचारडब्ल्यु नामक अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले उक्त गोप्य कुरा पत्ता लगाएको हो। समाचारअनुसार सरकारले बिपक्षी दलका कार्यकर्तालाई उनीहरुले सरकारको विरोध गरेकोमा थुनेर राखिएको र त्यो कुरा सबैलाई थाहा नभएको पाइएको छ। …
भक्तपुर : जेठ १० गतेदेखि काठमाडौँको स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म चल्दै आएको साझा बस भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगासम्म सञ्चालनमा आएको छ। सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिको पहलमा काभ्रेको सिमाना साँगासम्मै साझा बस सञ्चालनमा ल्याइएको हो। भक्तपुरमा साझाको २० वटा बस सञ्चालनमा रहेको छ। साँगासम्म हाल बिहान र साँझ कार्यालय समयमा सञ्चालनमा रहने र केही दिनमै रुट परमिट पाएपछि नियमित रुपमा नै साँगासम्म…
चितवन : १२ विघामा केराखेती गर्दै आएका पूर्वी चितवनका रामचन्द्र दवाडीको हावाहुरीले ढलाउँदा यसवर्ष ९०० बोट केरा क्षति भयो। पहिलोपटक केराखेती गरेका दवाडीलाई बीमाको बारेमा जानकारी भएन। बीमाबारे जानकारी नुहँदा उनलाई तीन लाख ६० हजार रुपैयाँ बराबर घाटा लाग्यो। दवाडीले जस्तै स्थानीय ३० केरा किसानका केरा हावाहुरीले क्षति गर्यो । उनीहरुको करिब एक करोड बराबरको केरा नष्ट भएको छ। तर…
काठमाडौँ : राजनीतिक पहुँचका आधारमा विकास निर्माणको बजेट बाँडिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्। ठूला दलका ठूला नेता भएका जिल्लामा उल्लेख्य बजेट विनियोजन गरिएको भएपनि सामान्य नेता तथा सांसदका जिल्लालाई ध्यान नदिइएकामा सांसदहरुले आपत्ति जनाएका हुन्। विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले आपत्ति जनाएका हुन्। पहुँच र प्रभावका आधारमा गरिएको बजेट विनियोजन समानुपातिक विकास र प्राकृतिक…
काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणमा कमजोर चट्टान र पानी भेटिन थालेकाले काममा अप्ठ्यारो भएको छ। सिन्धु–ग्याल्थुम सुरुङखण्डमा भूमिगत पानी मिसिएको कमजोर चट्टान भेटिएकाले हाल दैनिक १७ मिटरमात्र काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रामचन्द्र देवकोटाले जानकारी दिए। ‘सुरुङमा यस्तो भौगर्भिक स्थिति भेटिँदा कामदारको सुरक्षाको चिन्ता छ, कमजोर चट्टान आएपछि माटो, ढुङ्गा नआओस् भनी अड्याउन काम…
काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचका साझा प्राथमिकताका योजनालाई कार्यान्वयनमा लान बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) सहयोगी हुने विश्वास व्यक्त गरेका छन्। चीनको लान्झाउमा भइरहेको लगानी तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा उपराष्ट्रपति पुनले बिआरआईमा समाहित राष्ट्रहरुका उद्यमीहरुलाई नेपालमा लगानी गर्न र मुनाफा कमाएर लान आह्वान गरे। नेपाल र चीनलाई सीमा नाकाले जोड्ने र बिआरआईमा सहभागी राष्ट्रहरुबीच लगानी अभिवृद्धि,…
बागलुङ : बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा बिहीबार विहान जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। रेशदेखि बागलुङ सदरमुकाम आइरहेको ध१ज १८८ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा काठेखोला गाउँपालिका–७ का २५ वर्षीय लालबहादुर थापा र आठ वर्षीय दीपक कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। कार्कीको घटनास्थलमै र थापाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै…
दार्चुला : पहिरोमा पुरिएर भारतमा आज तीनजना नेपालीको मृत्यु भएको छ। भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो। घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन्। पहिरोमा पुरिएर दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका प्रहरी नायव उपरीक्षक केदार खनालले जानकारी दिए।…
हङकङ : फिलिपिन्समा बिहीबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले फिलिपिन्सको पस्ट्रानाबाट ६ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा भूकम्पको केन्द्रविन्दु भएको जनाएको छ। भूकम्पबाट भएको मानवीय र अन्य संरचनाको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन। उद्वारकार्य जारी रहेको र क्षतिको विवरण केही क्षणमा प्राप्त हुने प्रहरीले जनाएको छ। विश्वका अन्य देशको तुलानामा फिलिपिन्स बारम्बार भूकम्प…
जाकार्ता : इन्डोनेसियाको पपुवा प्रान्तमा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। यसअघि गत शुक्रबारमात्र पनि इन्डोनेसियाको जाभा प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा आठ जनाको मृत्युभएको थियो। इन्डोनेसियाको वामेना सहरबाट बुधबार मध्याह्न उडेको विमान त्यसको आठ मिनेटपछि टावरसँग सम्बन्ध विच्छेद भएको थियो। यो विमान वामेनाबाट छिमेकी प्रान्त नदुगाका लागि उडेको थियो। वामेना विमानस्थलबाट १४ किलोमिटर टाढा रहेको…
काठमाडौँ: मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकेको आरोप लगाइएको छ। मिर्गौलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएपछि विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालले कारण दिन माग गर्दै न्यायका लागि अपिल गरेका छन्। बिरामीले आफ्नो मिर्गौलाको अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने आरोप लगाउँदै त्यसका लागि न्याय दिलाउन सबैसामु सहयोग…
बुटवल : रुपन्देहीको सियारी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका उम्मेदवार अयोध्या थारू ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गरेका छन्। गाउँपालिकाको उपाध्यक्षमा एमालेकी अमृता गुरुङ विजयी भएकी छन्। उनी ६ हजार ५० मतसहित विजयी भएकी हुन्। सातवटा वडा रहेको सियारीमा पाँचवटा वडामा नेकपा…
दमकः झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले जित हासिल गरेको छ। अध्यक्षमा राप्रपाका बाबुराज श्रेष्ठ तीन हजार ७४० मत ल्याएर विजयी भएका हुन्।। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी फूलवती राजवंशीले तीन हजार ४४३ मत प्राप्त गरिन्। उपाध्यक्षमा भने कांग्रेसका दीपेन्द्र थापा निर्वाचित भएका छन्। ६ वटा वडा रहेको गाउँपालिकाको वडामा कांग्रेसले चार, नेकपा माओवादी केन्द्र, र नेकपा एमालेले एक÷एक…
मस्कोः रसियाली एक उच्च नेताले कोरियाली प्रायद्वीपमा व्याप्त तनावलाई साम्य पार्न सैनिक बलको सट्टा वार्ता र सम्झौता आवश्यक रहेको बताएका छन्। प्योङयाङले मङ्गलबार गरेको क्षेप्यास्त्र परीक्षणपछि रसियाली संसद (डोमा) का अन्तर्राष्ट्रिय सम्बन्ध मामिला समितिका प्रमुख लियोनिद स्लटस्कीले प्योङयाङविरुद्ध सीमा क्षेत्रमा युद्धकविमान तैनाथ गरेर भन्दा वार्ताका माध्यमबाट सहमतिको खोजी गर्नुपर्ने बताएका इन्टर फ्याक्स न्युज एजेन्सीले बताएको छ। उत्तर कोरियाले एक महादेशबाट…
मोरङ : मोरङको बेलबारी नगरपालिकाको प्रमुख, उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ। एमालेका ज्ञानेन्द्र सुवेदी १० हजार ७८४ मत ल्याएर प्रमुखमा विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार लिम्बूले १० हजार ५८३ मत ल्याएका छन्। उपप्रमुखमा एमालेका ढाकाकुमारी पराजुली ११ हजार ३२२ मत ल्याउँदै विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रुक्मिणी धिमालले १० हजार ९२२ मत ल्याइन्।रासस
विराटनगरर : मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ। प्रमुखमा कांग्रेसका कालीप्रसाद दास पाँच हजार ४७३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामप्रसाद राजवंशीले तीन हजार ८८४ मत प्राप्त गरेका छन्। त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी मञ्जुकुमारी राई ६ हजार १९३ मत प्राप्त गरी विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मीरादेवी दासले चारहजार १७१…
भोजेन्द्र बस्नेत सोलुखुम्बु : सोलुखुम्बुका एक नगरपालिका र सात गाउँपालिकामा रहेका ५२ वटा वडामध्ये ५१ वटा वडामा जनप्रतिनिधि निर्वाचित भएर विजयोत्सव मनाउँदै पदभार बहाली गरिरहँदा नेचा सल्यान–६ तिंला भने सुनसान भएको छ। अन्य ५१ वडामा अध्यक्षसहित जनप्रतिनिधिले काम नै सुरु गरिसक्दा तिंलामा पुनः निर्वाचन नहुने कुराले स्थानीय निराश बनेका छन्। स्थानीय निकाय पुनःसंरचना आफूहरु अनुकूल नभएको भन्दै गत फागुन अन्त्यदेखि…
इटहरी : धरान उपमहानगरपालिको मतगणना अवरुद्ध भएको ३४ घण्टा बितिसक्दा पनि पुनः सुरु भएको छैन। मतगणनाको योगफलमा मतगणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि असार १९ गतेदेखि अवरुद्ध भएको मतगणना अहिलेसम्म सुरु हुन सकेको छैन। धरान–९ को मतगणना चलिरहँदा मतगणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रका पक्षमा आएको ५० मत नेकपा एमालेको पक्षमा लागेर योगफल तयार पारेको आरोप लागेपछि…
बाँके : बाँकेको खजुरा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। अध्यक्षमा किस्मतकुमार कक्षपति आठ हजार ७० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका डम्बर बिक तूफानले ६ हजार ८९२ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकै एकमाया विक आठ हजार २१४ मत प्राप्त गरी विजयी भए भने निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका फिरोज बानो खाँले ६ हजार ४३३…