सोल : दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाले तत्कालै फेरि अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने कुनै सङ्केत नरहेको जानकारी दिएको छ। विश्व समुदायको आग्रह बिपरित उत्तर कोरियाले मङ्गलबारमात्र एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो। त्यसपछि पनि लगत्तै उत्तर कोरियाले अर्को परीक्षण गर्नसक्ने भनी प्रचार गरिएको थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उत्तर कोरियाले अर्को क्षेप्यास्त्र हान्ने तयारी गरिरहेको बताएका थिए। तर,…
काठमाडौँ : पशुपन्छी विकास मन्त्रालयले मुलुकको नयाँ संरचनानुसार ७४४ स्थानीय तहमा पशु तथा पन्छीको व्यावसायिक विकास गर्ने योजना ल्याएको छ। कार्यक्रमानुसार उन्नत नश्ल पशु वितरण, घाँस उत्पादन, पशु स्वास्थ्य परीक्षण तथा औषधि, खोपलगायत विषय समावेश गरिएको छ। देशका सातै प्रदेशमा पशुअन्तर्गत गाई, भैँसी, पाडापाडी, खसीबोका, भेँडाच्याङ्ग्रा तथा पन्छीमा कुखुरा, हाँस, अस्ट्रिचलगायत पालन गर्ने कृषकलाई बजारको अवस्था तथा उपभोक्ताको मनोविज्ञानका बारेमा…
गुल्मी : अबिरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ। सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे, बादरे भीर र मुसिकोट नगरपालिका अन्तरगत लौरेसिमल नजिकै पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो। जिल्लामा सबैभन्दा बढी सवारी साधन सञ्चालन हुँदै आएको व्यस्त उक्त सडकखण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौंसम्म छुट्ने सवारी साधन सञ्चालनमा आउन सकेका छैनन्…
इनरुवा : सुनसरीको कोसी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा अयुव अन्सारी चार हजार ७४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका अजय कुसियैतले दुई हजार ७२३ मत प्राप्त गरे। त्यस्तै, उपाध्यक्षमा कांग्रेसकै अनितादेवी यादव दुई हजार ७३२ मत प्राप्त गरी विजयी भइन्। आठवटा वडा रहेको गाउँपालिकाको वडा अध्यक्षमा क्रमशः वडा नं. १ मा स्वतन्त्र, २…
बुटवल : बुटवल उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा नगरप्रमुख पदमा नेकपा एमालेले मतान्तरलाई बढाएको छ। कुल खसेको ४९ हजार ८९५ मतमध्ये अहिलेसम्म ४६ हजार ६६१ मत गणना सकिएको छ। उपमहानगरपालिकाको १९ वडामध्ये १७ वटा वडाको मतगणना सकिएको छ। प्रमुख पदमा एमालेका शिवराज सुवेदी नेपाली कांग्रेसका खेलराज पाण्डेभन्दा दुई हजार ६१ मतले अगाडि छन्। सुवेदीले २२ हजार ३५ मत प्राप्त गरेका छन्…
विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ। महानगरपालिकाको मेयरमा कांग्रेसका भीम पराजुलीले १० हजार ३२० मत, नेकपा एमालेका विनोद ढकालले सात हजार ४५१ तथा सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ७१५ मत प्राप्त गरेका छन्। उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले आठ हजार ६७४ मत, नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले चार हजार ५०५ तथा नेकपा माओवादी केन्द्रकी का…
काठमाडौँ : सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइसके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानुन शीघ्र निर्माण गर्नुपर्ने बताएका छन्। व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद डा राजन भट्टराईले हालै निर्वाचन सम्पन्न भएका स्थानीय तहका लागि आवश्यक कानुन छिटो ल्याउनुपर्ने बताए। संविधानले तोकेको अवधिभित्र सबै प्रकारका निर्वाचनको तयारीमा सरकारको आवश्यक तदारुकता नदेखिएको टिप्पणी गर्दै उनले त्यसका लागि आवश्यक कानुन र तयारी…
किरण भट्टराई काठमाडौँ : वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन्। रामेछापको मन्थली पिप्लेका शम्भु बुढाथोकीले चार वर्षअघि विसं २०७० साउनमा वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा पनि त्यस्तै आशा गरेका थिए। तर आशाअनुरुप उनी समस्यामा पर्दा…
अच्युत रेग्मी काठमाडौँ : ट्राफिक प्रहरीले निर्वाह गर्नुपर्ने दायित्व धेरै छ तर पर्याप्त जनशक्तिको अभावमा सबै दायित्व पूरा गर्न कठिन भएको छ। निर्धारित भन्दा बढी भाडा लिएको, दर्ता नगरी सवारी साधन चलाएको, विदेशमा दर्ता भएका सवारी साधन अनुमति नलिइ चलाएको, बाटो इजाजत नलिएको, ट्राफिक सङ्केत इसारा उलङ्घन गरेको, निषेधित स्थानमा पार्किङ गरेको वा हर्न बजाएकामा कारबाही गर्न ट्राफिकलाई अधिकार दिइएको…
काठमाडौँ : नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण हुने आशा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा पलाएको छ। आयोजना निर्माणका निम्ति आवश्यक पर्ने जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र बङ्गालादेशसँग विद्युत् खरिद/बिक्री सम्झौतासमेत भइसकेकाले आयोजना बन्ने आशा पलाएको हो। लगानी बोर्ड र परियोजना निर्माता कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले बुधबार काठमाडौँमा ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका क्रममा नेपालका…
रानुल्फ फिनेस लन्डन : ३५ वर्षअघि विश्व एक्सपीडीसनको सिलसिलामा चाल्र्स बर्टन र मैले उत्तरी ध्रुवीय मार्ग हुँदै समुद्रको परिक्रमा गरेका थियौँ र तीव्र गतिमा पग्लिरहेको हिउँमा तीन महिना बिताएका थियौँ। यस यात्राले हाम्रो जीवनमै नयाँ मोड ल्यायो र विश्व कीर्तिमान बनायो। तर अर्को कीर्तिमान भने तीव्र गतिमा पग्लिरहेको उत्तर ध्रुवीय हिउँसँग सम्बन्धित छः यस वर्षको मार्च महिनामा यहाँ हिउँको थुप्रो सर्वाधिक…
कपिलवस्तु : कपिलवस्तु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। प्रमुखमा किरण सिंह नौ हजार २४५ मत प्राप्त गरी विजयी भए भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामदास गुप्ताले पाँच हजार ६३१ मत प्राप्त गरे। उपप्रमुखमा कांग्रेसकी लक्ष्मीदेवी कसौधन आठ हजार ८६५ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार वासुदेवप्रसाद गुप्ताले चार हजार ७१७ मत प्राप्त…
धुलिखेल : प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको ७६ औँ सभा बैठकले आर्थिक वर्ष २०७३/७४ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नाका साथै आगामी आर्थिक वर्ष २०७४/७५ मा गर्नुपर्ने कार्यक्रम र बजेट पारित गरेको छ। विश्वविद्यालयसभा बैठकले स्वास्थ्य विज्ञान कार्यक्रमको दुई अर्ब ६४ करोड १३ लाख ४२ हजार र अन्य कार्यक्रमको एक अर्ब २७ करोड २० लाख गरी तीन…
तिराना : मुटुसम्बन्धी रोग र विभिन्न प्रकारका ट्युमरका कारण अल्वानियामा धेरै नागरिकको मृत्यु भएको पाइएको छ। इन्स्टिच्युट अफ स्टाटिस्टिक्स् नामक एक संस्थाले गरेको सर्वेक्षणको प्रतिवेदनमा मुटु र ट्युमरलाई अल्वानियामा हुने मृत्युमध्ये सवै भन्दा धेरै जनाको ज्यानलिने रोगका रुपमा लिइएको छ। मुटुसम्बन्धी रोगबाट मृत्यु हुनेहरुको सङ्ख्या सन् २०१६ मा ४.२ प्रतिशतले वृद्धि भई यहाँ भएका कुल मृत्युको ५२ प्रतिशत पुगेको प्रतिवेदनमा…
कोलम्बो : श्रीलङ्काको उच्च अदालतले सन् २०१४ मा पत्रकार मेलिसी गुणसेखराको हत्या गरेका व्यक्तिलाई मृत्युदण्ड दिने फैसला सुनाएको छ। हत्यारा भनिएका एन्टोनी रामसन जर्जविरुद्ध तीन वर्षदेखि चलेको मुद्धामा उच्च अदालतका न्यायाधीश पियासेना राणसिङघाले मृत्युदण्डको फैसला सुनाएका हुन्। चालीस वर्षीय मेलिसी मेलको नामले निकै लोकप्रीय थिए। उनले लण्डनको इस्ट लण्डन विश्वविद्यालयबाट स्नातक गरेका थिए। स्थानीय ‘सण्डे टाईम्स’ नामक पत्रिकामा सम्पादकको रुपमा…
धनगढी : कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। नगरप्रमुखमा महादेव बजगाई छ हजार ८१९ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तबहादुर थापाले छ हजार २५५ मत प्राप्त गरेका छन्। उपप्रमुखमा एमालेकी टीका थापा सात हजार ९०५ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका धनादेवी चौधरीले पाँच…
धनगढीः धनगढी उपमहानगरपालिका– ३ मा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार बलबहादुर ऐर एक हजार १३८ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी उनका दाजु राजबहादुर ऐर पराजित भएका छन्। कांग्रेस उम्मेदवार राजबहादुरले एक हजार ८४ मत प्राप्त गरे। विजयी बलबहादुरले दाजु पराजित हुँदा दुःख लागेको प्रतिक्रिया दिए। राजबहादुरले भने बागी उम्मेदवारका कारण आफू पराजित हुनुपरेको बताए। रासस
काठमाडौँ : छिन्नलता गीति पुरस्कार गुठीले २०७३ को ‘छिन्नलता गीत विशेष सम्मान’ गायन विधामा माधवलाल श्रेष्ठ र सङ्गीत विधामा मणिकमल क्षेत्रीलाई दिएको छ। ती दुवै सम्मानका साथ जनही ५०–५० हजार रुपैयाँ छ । त्यस्तै गीत रचनातर्फ धनेन्द्र विमल, सङ्गीततर्फ टीका भण्डारी र गायनतर्फ शिशिर योगी सम्मानित भएका छन्। ती सबै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ छ। त्यस्तै, छिन्नलता नवप्रतिभा…
काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने भएको छ। जेठ १५ मा शिक्षा मन्त्रलय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति भएपनि लागू नभएको भन्दै सो सङ्गठनले कडा आन्दोलनको चेतावनी दिएको हो। सङ्गठनले त्यसरी…
काठमाडौंः प्यूठान भेडाबारीकी १० वर्षीया शीला नेपालीको आठ महिनाको उमेरदेखि पेटमा बढेको सात किलोको ट्युमर कान्ति बाल अस्पतालमा शल्यक्रिया गरी झिकिएको छ। तीन घण्टाको समय लगाएर वरिष्ठ कन्सल्ट्यान्ट बाल शल्यचिकित्सक सर्जन प्रा डा आरपी चौधरीको समूहले शीलाको शल्यक्रिया गरेको हो। पेटमा पछाडिबाट पलाएको उक्त ट्युमरलाई चिकित्सकीय भाषामा रोट्रोपेरिटोनियल टेराटोमा भनिन्छ। सर्जन चौधरीका अनुसार अहिले बिरामीका अवस्था खतरामुक्त भएपनि विशेष हेरचाहको…