दुबई : नाकाबन्दी खोल्नका लागि कतारसँग राखिएका शर्तका बारेमा कतारले पठाएको जवाफसहितको पत्र चारवटा खाडी देशले बुधबार प्राप्त गरेको जनाएका छन्। साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले आफ्ना शर्तहरु पुरा गर्न कतारलाई दिइएको यसअघिको चेतावनी समयमा सोमबार ४८ घण्टा थप गरेका थिए। ती देशहरुले विच्छेद भएको कूटनीतिक सम्बन्ध पुनस्र्थापना गरी नाकाबन्दी खोल्न १३ बुँदे शर्त राखेका छन्। उक्त…
विराटनगरः मोरङको उर्लाबारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खड्ग फागो ११ हजार ६३२ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपालसिंह जिमीले आठ हजार ५४२ मत प्राप्त गरे। त्यस्तै, उपप्रमुखमा एमालेकी लक्ष्मी भण्डारी नौ हजार ५३९ मत प्राप्त गरी विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सीता कार्कीले नौ हजार २८० मत प्राप्त गरिन्। लक्ष्मी भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारीकी देउरानी हुन्। मोरङ जिल्लाको…
वेइजिङ : चीनका राष्ट्रपति सी जिनपिङ्ले आफ्नो अमेरिकी समकक्षीसँग सोमबार गरेको टेलिफोन वार्तामा बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या आएको बताएका छन्। अमेकिरी नौसैनिक जहाज चिनियाँ इलाकामा प्रवेश गरेपछि चीनले हालै उक्त जहाजलाई नियन्त्रणमा लिएको थियो। सम्भवतः यसै विषयमा विचार आदानप्रदान गर्ने उद्देश्यले गरिएको फोन वार्तामा चिनियाँ राष्ट्रपति सीले सम्बन्ध सुमधुर राख्न केही अमेरिकी गतिविधि…
कुबेतः कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे आफ्नो अडानसहित कुवेत आएका छन्। सोमबारसम्ममा कतारले मागबारे जवाफ पठाउने बताए अनुसार कतारका अमीर शेख तमिम विन हमद अलथानीले कुबेतका अमीर शेख सवाह अल अहमद अल जावेरको पत्र लिएर विदेशमन्त्री कुवेत पुगेका हुन्। खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आएका छन्। कतारका अमिरको पत्र त्यहाँका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान…
लहान : दुई सातादेखि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्थित सीतापुरप्रधमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा नआउँदा झाडापखालाबाट सोमबार साँझ थप एकको मृत्यु भएको छ। झाडापखालबाट २५ जना सिकिस्त बिरामी परेका छन्। पछिल्लो पटक झाडापखालाबाट लक्ष्मीपुर पतारीस्थित सीतापुरप्रधकी ६५ वर्षीया गुद्रीदेवी यादवको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलाल दासले जानकारी दिए। झाडापखालाबाट थलिएकी गुद्रीदेवीको अस्पताल लैजाने तयारी भइरहेका बेला राति मृत्यु…
कैलाली : कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । नगर प्रमुखका प्रत्यासी एमालेका टपेन्द्र रावलले सुरुवात देखिनै अग्रता लिएका नेपाल लोकतान्त्रिक फोरमका लोटन चौधरी र बीचमा अग्रता लिएका नेकपा माओवादी केन्द्रका ललितबहादुर थापालाई पछि पार्दै पाँच हजार ९५९ मत प्राप्त गरी विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थापाले पाँच हजार ६१० मत…
विराटनगर : मोरङको केराबारी गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकामा कांग्रेसका रोहितबहादुर कार्की पाँच हजार ४९९ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नवीन थापाले पाँच हजार २१७ मत प्राप्त गरेका छन्। त्यसैगरी, उपाध्यक्षमा एमालेकी शान्तिकुमार लिम्बू पाँच हजार ७४७ मत प्राप्त गरी विजयी भइन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कल्पना…
नवलपरासी : नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। प्रमुख पदमा एमालेका धीरज शर्मा बस्याल १२ हजार ८१४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वप्रेम पाठकले ११ हजार ७७४ मत प्राप्त गरेका छन्। यसैगरी, उपप्रमुखमा पनि १२ हजार ८९७ मत प्राप्त गरी एमालेकी मायादेवी पौडेल विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमिताकुमारी चौधरीले ११…
पर्वत : कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सेतीवेणीमा रहेको विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला परिक्रमा गर्न समस्या भएको छ। कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको जलाशयका कारण डुबानमा परेको शिलामा परिक्रमा गर्नका लागि बनाइएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि मर्मत नहुँदा तीर्थालुले शिलाको परिक्रमा गर्न नसकेका हुन्। शिलालाई परिक्रमा नगरेसम्म मनोकामना पूरा नहुने जनविश्वास छ। पर्वत,…
काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीन प्रस्थान गरेका छन्। चीनले आयोजना गरेको ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी हुन उपराष्ट्रपति पुन चीन प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति पुनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, मन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि एवम् कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गरेका थिए। मेला…
सोल : उत्तर कोरियाले फेरि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ। विश्व समुदायको आग्रह बिपरीत उत्तरले मङ्गलबार क्षेप्यास्त्र परीक्षण गरेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले यसलाई एक ठूलो समाचारका रुपमा बिहानैदेखि प्रचार गरेका छन्। यसलाई संयुक्त राज्य अमेरिकालाई दिइएको चेतावनीका रुपमा पनि लिइएको छ। किनभने संयुक्त राज्य अमेरिकाले उसको स्वतन्त्रता दिवसको तयारी गरिरहेका बेला यता उत्तरले भने शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ। …
रोल्पा : गिरप्तार गरिएका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले रोल्पामा अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ। पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकहादुर खत्रीले विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको भन्दै बन्द आह्वान गरिएको बताएका छन्। रोल्पामा ११ जना र एक पत्रकारलाई गिरफ्तार गरी लामो समय हिरासतमा राखेर…
म्याग्दी : वर्षासँगै आएको बाढीपहिराले पश्चिम क्षेत्रको यातायात सेवा प्रभावित बनेको छ। अविरल वर्षाले सडकमाथिबाट खस्ने पहिरो र बाढीले बेनी–दरवाङ सडक खण्डका विभिन्न ठाउँको सडक अवरुद्ध हुन थालेको हो। सडकखण्डअन्तर्गत फापरखेत र सिमलचौरको कस्केरीमा पटक पटक सडक अवरुद्ध हुन थालेको छ। सिमलचौरको कस्केरीचोकमा मिठौला– खानीगाउँ– पूर्णगाउँ सडकमा नयाँ विस्तार गरिएको सडकको माटो बाढीले बगाएर ल्याएका कारण सडकमा सवारी आगमनलाई प्रभावित…
काठमाडौँ : श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग भएको भेटमा कोरियामा कार्यरत नेपाली कामदारको श्रम सुरक्षा, मर्यादा तथा सेवा, सुविधामा वृद्धिलगायत विषयमा चासो राखेका छन्। मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाली पक्षले चिकित्सक, इन्जिनियरजस्ता दक्ष जनशक्ति कोरियामा रोजगारीका लागि खुला गर्न, इपिएस प्रणालीमार्फत जाने नेपाली कामदारको दरबन्दी बढाउन, कोरियामा ‘केयर गिभर’ खुलाउन तथा महिला…
दाङ : दाङको लमही नगरपालिकाका प्रमुखमा नेकपा एमालेका कुलबहादुर केसी पाँच हजार १५२ मत ल्याएर विजयी भएका छन्। प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगराज चौधरीले पाँच हजार ६९ मत प्राप्त गरेका छन्। त्यसैगरी, उप्रमुखमा कांग्रेसकी देवका बेल्वासे पाँच हजार १५ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले चार हजार ८३३ मत प्राप्त गरिन्।रासस
झापा : झापाको कमल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारको मत बराबरी आएपछि अन्योल भएको छ। मतपरिणाम अनुसार नेकपा एमालेका अध्यक्षका उम्मेदवार मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईको मत बराबर आएपछि पुनःगणना गर्ने या गोलाप्रथा गर्ने भन्ने बारेमा अन्योल भएको छ। एमालेकी काफ्ले र कांग्रेसका राई दुवैले आठ हजार २७५ मत प्राप्त गरेको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार सो…
काठमाडौँ : मनसुन पूर्णरुपमा सक्रिय भएसँगै देशैभर वर्षा भएको छ। एक साताअघि मनसुन सक्रिय भएपनि काठमाडौँ उपत्यकासहित कतिपय भेगमा वर्षा हुनसकेको थिएन। वर्षा नहुँदा उपत्यका आसपासका फाँटमा रोपाइँ गर्न समस्या भएको थियो। गत जेठ २९ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन असार १३ गतेदेखि देशभरिनै फैलिएको छ। मध्यअसारमा पानी नपर्दा किसान छटपटीमा थिए। पूर्वका धेरै स्थानमा प्रर्याप्त वर्षा हुनसकेको थिएन। तर,…
काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको आइसागो प्रमाणपत्र प्राप्त गरेको छ। निगमले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ (भूमि सेवा) बापत अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको हो। निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले अन्तर्राष्ट्रिय प्रमाणपत्रले निगमको सेवा अन्तर्राष्ट्रिय मापदण्डको भएकाले यसले व्यावसायिक सफलतामा थप टेवा पुग्ने बताए। ‘आइएटिएज सेफ्टी अडिट फर ग्राउन्ड अप्रेसन’ विश्वका ग्राउन्ड ह्यान्डलिङ गर्ने उत्कृष्ट एयरलाइन्सलाई सर्टिफाइ गर्छ। निगमले…
कुवेत : आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका बारेमा कतारले मङ्गलबार जवाफ पठाएको छ। कतारमाथिका ती आरोपसँगै गल्फका चारवटा देश साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए। ती चार देशले उसको नाकाबन्दी खोल्नका लागि भन्दै विभिन्न १३ बुँदे शर्त राखेका छन्। साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स,…
काठमाडौँ : व्यवस्थापिका– संसद्को आजको बैठकमा विनियोजन, विधेयक, २०७४ अन्तर्गत ६ मन्त्रालयको शीर्षकमाथि छलफलमा भाग लिँदै सांसद्हरुले प्रत्येक गाउँपालिकासम्म इलाका प्रशासन कार्यालय राख्न माग गरेका छन्। उनीहरुले नयाँ सहरका पूर्वाधार विकास गर्न, बेरुजु फस्र्र्योटमा जोड दिन, गृह प्रशासनलाई चुस्त बनाउन, शिक्षा नियमावली ल्याउन, श्रम ऐन संशोधन गर्न र विपद् ऐन ल्याउन सरकारलाई सुझाव दिएका छन्। सहरी विकास, गृह, श्रम तथा…