PahiloPost

Mar 11, 2025 | २७ फागुन २०८१

  • नेपाली कारागारमा भुटानी धेरै

    काठमाडौँ : नेपाली कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन्।  कारागार व्यवस्थापन विभागका अनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन्। त्यस्तै, बङ्गलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ नौ, रोमानियाली छ र तान्जेनियाली तीन छन्।  यसैगरी, भारत, भियतनाम, थाइल्यान्ड, मलेसिया, इरान, नाइजेरिया, फ्रान्स, बेलायत, श्रीलङ्का, दक्षिण अफ्रिका, टर्की, क्यानडा, जाम्बिया, फिलिपिन्स, स्वीडेन, रुस, सिङ्गापुरलगायत मुलकका कैदी छन्। तीमध्ये छ…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री नहुँदाको असरः सङ्घीय संरचना समितिको बैठक बस्न सकेन

    मन्त्री नहुँदाको असरः सङ्घीय संरचना समितिको बैठक बस्न सकेन

    काठमाडौँ : सामान्य प्रशासनमन्त्री नियुक्त नहुँदा मुलुकलाई सङ्घीय संरचनामा लैजानका लागि गठित ‘अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समिति’को बैठक बस्न सकेको छैन।  बैठक नबस्दा सङ्घ, प्रदेशको प्रशासनिक र सङ्गठनात्मक संरचना तयार पार्ने काम ठप्प भएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए। उनका अनुसार पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन भएपछि मन्त्रालयले मन्त्री नपाएपछि अहिलेसम्म बैठक बस्न नसकेको हो।  ‘मन्त्री नहुँदा समितिको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रधानमन्त्री मोदी इजरायल र जर्मनी भ्रमणमा

    भारतीय प्रधानमन्त्री मोदी इजरायल र जर्मनी भ्रमणमा

    नयाँदिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको औपचारिक भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गरेका छन्।  इजरायल र जर्मनीको औपचारिक भ्रमणका लागि मोदी मङ्गलबार इजरायल प्रस्थान गरेका हुन्।  भारतीय प्रधामन्त्रीबाट यहुदी राज्यको भ्रमण भएको यो नै पहिलो पटक हो। त्यसैले यस भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरुले ऐतिहासिक भनेका छन्।  भारत र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५ वर्ष पुगेको उपलक्ष्यमा गरिने समारोहमा प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • निजी वायु कम्पनीले आन्तरिक भाडा घटाए

    निजी वायु कम्पनीले आन्तरिक भाडा घटाए

    काठमाडौँ : हवाई इन्धनको मूल्य घटेसँगै निजी वायुसेवा कम्पनीले आन्तरिक हवाई भाडा घटाएका छन्।  नेपाल आयल निगमले केही दिनअघि हवाई इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा दर घटाएको हो।  निगमले हवाई इन्धनको मूल्य घटाएकाले आन्तरिक भाडादर केही समायोजन गरिएको सङ्घका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिए। निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर चार घटाएर ८२ बनाएको थियो।  असार २१ गते…

    विस्तृतमा पढ्नुस्

  • दुई सातापछि चितवनको माडीमा विद्युत सेवा सुचारु

    चितवन : दक्षिण चितवनको माडीमा अवरुद्ध भएको विद्युत् सेवा दुई सातापछि सञ्चालनमा आएको छ। चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनी गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन नसक्दा असार ५ गतेदेखि विद्युत् सेवा अवरुद्ध हुँदैआएको थियो।  जमिनमुनीको तारमा देखिएको खराबी पत्ता लगाउन नेपालका प्रविधिज्ञले नसकेपछि खराबी पत्ता लगाउने मेसिन (केबल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याइएको थियो। विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका सुपरभाइजर…

    विस्तृतमा पढ्नुस्

  • आयोगको प्रतिवेदन भन्छ : गतवर्ष ६ हजार एक सय मानव बेचबिखनका घटना

    आयोगको प्रतिवेदन भन्छ : गतवर्ष ६ हजार एक सय मानव बेचबिखनका घटना

    काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०७२/०७३ मा छ हजार १०० महिला तथा बालिका बेचबिखनमा परेको प्रतिवेदन सार्वजनिक गरेको छ।  आयोगले मंगलबार सार्वजनिक गरेको ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन’ मा आर्थिक वर्ष २०७२/०७३ मा ६ हजार १०० महिला तथा बालिका बेचबिखनमा परेको उल्लेख छ। बेचबिखनमा परेकामध्ये ९८ प्रतिशत महिला रहेको छ।   प्रतिवेदनमा १३ हजार ६०० बेचबिखन तथा ओसारपसारको जोखिममा…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा भिरबाट लडेर एक जनाको मृत्यु

    पाल्पा : पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङ्ग्कोटमा लडेर आज एक जनाको मृत्यु भएको छ। भिरबाट लडेर रम्भा गाउँपालिका नम्ताहा झोकेदीका ५३ वर्षीय नीरबहादुर सुनारीको मृत्यु भएको हो।  झोकेदी गाउँबाट घर फर्कने क्रममा मोटरबाटोबाट करिब १५० मिटर तल भिरमा लडेर उनको मृत्यु भएको हो। प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा भिरबाट शव निकालिएको स्थानीय एवत सारुले जानकारी दिए। रासस   

    विस्तृतमा पढ्नुस्

  • अख्तियारद्वारा उद्योग विभागका नायब सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    अख्तियारद्वारा उद्योग विभागका नायब सुब्बाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग त्रिपुरेश्वरका नायब सुब्बा गोविन्दप्रसाद कँडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार नायब सुब्बा कँडेलले नेपालगन्जस्थित खड्का इन्डस्ट्रिज नामक पानी उद्योगको ट्रेडमार्क चिह्न प्रदान गर्ने सिलसिलामा ३३ हजार रुपैयाँ घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले केही दिन पहिले नियन्त्रणमा लिएको थियो।  नायब सुब्बा कँडेलले कुशश्री विकमार्फत घुस लिएका…

    विस्तृतमा पढ्नुस्

  • ‘आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’

    ‘आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’

    काठमाडौँ : मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेकामा वक्ताले जोड दिएका छन्।  जिपी कोइराला फाउण्डेसनले स्व गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्राकृतिक र सांस्कृतिक रुपमा धनी रहेको नेपालमा पर्यटन व्यवसायले आर्थिक वृद्धि गर्नसकिने बताए।  देश विकासका लागि निरन्तर लागिरहने स्व गिरिजाप्रसाद कोइरालालाई सम्मान गर्न वर्तमान सरकारले संविधान कार्यान्वयनसँगै देशलाई…

    विस्तृतमा पढ्नुस्

  • झापामा बसको ठक्करबाट दुईको मृत्यु, एक घाइते

    झापामा बसको ठक्करबाट दुईको मृत्यु, एक घाइते

    झापा : मेची राजमार्गअन्तर्गत झापाको बुधबारे–चारआली सडकखण्डमा दुर्घटना हुँदा मंगलबार दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।  इलामबाट झापा आउँदै गरेको को१ख २९८८ नम्बरको बसले विपरीत दिशामा जाँदै गरेको मे३प ५४७३ नंको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक करिब ३५ वर्षीय एक पुरुष र त्यसमा सवार ५५ वर्षीया महिलाको मृत्यु भएको हो। मृतक दुवैको नाम र…

    विस्तृतमा पढ्नुस्

  • यूएईको आरोपः कतार ‘आतङ्कवाद’लाई सहयोग अन्त्य गर्न अनिच्छुक

    यूएईको आरोपः कतार ‘आतङ्कवाद’लाई सहयोग अन्त्य गर्न अनिच्छुक

    दुबईः संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायदले खाडी मुलुक कतारले आतङ्कवादलाई सहयोग गर्ने आफ्नो पुरानो नीतिमा परिवर्तन गर्न अनिच्छुक देखिएको बताएका छन्।  यूएईका उच्च कूटनीतिज्ञ शेख अब्दुल्लाहले राजधानी आबुधाबीमा पत्रकार सम्मेलन गर्दै कतार आफ्नो पुरानो अडानबाट पछि हट्न अनिच्छुक देखिएको बताएका यूएईको ‘द नेसनल’ दैनिक पत्रिकाले बताएको छ।  कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि…

    विस्तृतमा पढ्नुस्

  • विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मिथिला नाट्य कला परिषद्लाई 

    विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मिथिला नाट्य कला परिषद्लाई 

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्यापति पुरस्कार कोषबाट सञ्चालित विभिन्न पाँच विधाका पुरस्कार प्रदान गरेकी छन्।  कोषले आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरेकी हुन्।  दुई लाखको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार मिथिला नाट्य कला परिषद्लाई प्रदान गरिएको छ भने एक/एक लाखको नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार प्राडा वीरेन्द्र पाण्डे, नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार मुरलीधर विश्वकर्मा,…

    विस्तृतमा पढ्नुस्

  • बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न

    बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न

    राजविराज : तीन/चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका दर्जनौँ गाउँ जलमग्न भएका छन्।  खाडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरीलगायतका खोलामा बाढी आउँदा कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, कृष्णासवरण गाउँपालिकालगायत दर्जनौँ गाउँका एक हजार ५०० भन्दाबढी घर डुबानमा परेका छन्।  बाढीले हजारौं विगहामा लगाइएको धानबालीसमेत बाढीले बगाएर लगेको हनुमाननगर कंकालनी नगरपालिका २ का हरिशकर…

    विस्तृतमा पढ्नुस्

  •  ‘साउथ चाइना सी’ मा प्रवेश गरेको अमेरिकी पानीजहाज चिनियाँ नियन्त्रणमा

     ‘साउथ चाइना सी’ मा प्रवेश गरेको अमेरिकी पानीजहाज चिनियाँ नियन्त्रणमा

    वासिङ्टनः चीनको नियन्त्रणमा रहेको साउथ चाइना सी क्षेत्रमा अमेरिकी युद्धपोत प्रवेश गरेको भन्दै चीनले त्यसलाई नियन्त्रणमा लिएको एक अमेरिकी अधिकारीले बताएका छन्।  चीनद्वारा आफ्नो भनी दावी गर्दै आएको उक्त जल क्षेत्रमा आवतजावतमा स्वतन्त्रता भएको देखाउने उद्देश्यका साथ त्यहाँ पुगेको जहाजलाई चीनले आफ्नो क्षेत्रमा प्रवेश गरेको दावी गर्दै नियन्त्रणमा लिएको हो।  जहाज चीनद्वारा आफ्नो भएको दावी गर्दै आएको प्यारासेल टापूहरूको समूहमा…

    विस्तृतमा पढ्नुस्

  • शुद्धोदन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

    शुद्धोदन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

    कपिलवस्तु : कपिलवस्तुाको शुद्धोदन गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निसार अहमद विजयी भएका छन्।  अहमद एक हजार ८३७ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरीले एक हजार ७६३ मत प्राप्त गरे।  त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी सुधा पाण्डे दुई हजार ६३५ मत प्राप्त गरी विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमकी विमला चौधरीले एक हजार…

    विस्तृतमा पढ्नुस्

  • इलामको फाकफोकथुम गाउँपालिकामा कांग्रेस विजयी

    इलामको फाकफोकथुम गाउँपालिकामा कांग्रेस विजयी

    इलाम : इलामको फाकफोकथुम गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका रामकुमार श्रेष्ठले चार हजार १४२ मत ल्याएर विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दीपेन्द्र खनालले तीन हजार ९७८ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकी सरस्वती राई सरूले चार हजार २४१ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी डालाकुमारी कार्की विष्टले तीन हजार ९८७ मत प्राप्त गरिन्। …

    विस्तृतमा पढ्नुस्

  • झापाको कचनकवलमा राप्रापा विजयी

    झापाको कचनकवलमा राप्रापा विजयी

    झापा : झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ।  अन्जर आलम पाँच हजार ८१६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन्। उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कालेन्द्र राजवंशीले पाँच हजार ३५३ मत प्राप्त गरे।  यसैगरी उपाध्यक्षमा निमसरी राजवंशीले पाँच हजार ७७४ मत प्राप्त गरी विजयी भइन् भने निकटम् प्रतिद्वन्द्वी कांग्रेसकी गीता खरेल ओडारीले पाँच हजार…

    विस्तृतमा पढ्नुस्

  • सि र ट्रम्पबीच टेलिफोन वार्ताः कोरियाली प्रायद्वीपको तनाव र जि२० बैठकबारे कुराकानी

    सि र ट्रम्पबीच टेलिफोन वार्ताः कोरियाली प्रायद्वीपको तनाव र जि२० बैठकबारे कुराकानी

    बेइजिङ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान चिनियाँ राष्ट्रपति सि चिनफिङसँग टोलिफोनमा कुराकानी गरेका छन्।  टेलिफोनमा अमेरिकी राष्ट्रपति ट्रम्पले गत अप्रिलमा फ्लोरिडामा भएको द्विपक्षीय भेटवार्तापछि अमेरिका र चीन सम्बधमा राम्रो प्रगति भएको जनाएका संचारमाध्यमले बताएका छन्।  गत अप्रिलमा  चिनियाँ राष्ट्रपति सिले अमेरिकाको भ्रमण गरेका थिए। त्यस क्रममा भएको भेटमा उनीहरुबीच दुई देशबीचका कैयौँ असमझदारीहरु हटाउन सहयोग पुगेको बताइएको थियो…

    विस्तृतमा पढ्नुस्

  • बाजुरामा ६ वटा तहमा कांग्रेस, तीनमा एमाले विजयी

    बाजुरामा ६ वटा तहमा कांग्रेस, तीनमा एमाले विजयी

    बाजुरा : बाजुराका नौवटा स्थानीय तह मध्ये ६ वटामा नेपाली कांग्रेस र तीनवटामा नेकपा एमाले विजयी भएको छ।  कांग्रेस चारवटा नगरपालिका र दुईवटा गाउँपालिका तथा एमाले तीनवटा गाउँपालिकामा विजयी भएको छ। कांग्रेस बडिमालिका, बूढीगङ्गा, त्रिवेणी र बूढीनन्दा नगरपालिका तथा हिमाली र छेडेदह गाउँपालिकामा विजयी भएको छ भने एमाले स्वामिकार्तिक, पाण्डवगुफा र गौमुल गाउँपालिकामा विजयी भएको छ।  जिल्लाका कुल ६९ वडा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय क्षयरोग केन्द्रको निमित्त निर्देशकमा केसी नियुक्त

    राष्ट्रिय क्षयरोग केन्द्रको निमित्त निर्देशकमा केसी नियुक्त

    भक्तपुर : स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग केन्द्र ठिमीको निमित्त निर्देशकमा केन्द्रीय कारागारका डा. केदारनरसिंह केसीलाई नियुक्त गरेको छ ।  उमेर हदका कारण केन्द्रका निर्देशक डा शरच्चन्द्र बर्मा गत शुक्रबारदेखि लागू हुनेगरी सेवा निवृत्त भएपछि मन्त्रालयले केसीलाई निमित्त निर्देशकमा नियुक्त गरेको हो। नियुक्त भएपछि केसीले आज केन्द्रमा पद बहाली गरेका छन्।  केन्द्रमा विगत ३० वर्षदेखि कार्यरत १० औँ तहका वरिष्ठ कन्सल्टेन्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell