PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • माओवादीको गढ रोल्पामा कांग्रेस र एमालेको प्रवेश

    माओवादीको गढ रोल्पामा कांग्रेस र एमालेको प्रवेश

    रोल्पा : माओवादीगढ मानिने रोल्पामा अन्य दलले पनि स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेका छन्। दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा भएका नौ स्थानमध्ये ६ स्थानमा नेकपा (माओवादी केन्द्र), दुई स्थानमा नेकपा (एमाले) र एक स्थानमा नेपाली कांग्रेस विजयी भएका छन्। ७२ वटा वडा रहेको जिल्लामा हालसम्म मतपरिणाम सार्वजनिक भइसकेका ७० वडामध्ये नेकाले १५, नेकपा एमालेले ११, नेकपा…

    विस्तृतमा पढ्नुस्

  • डिलासैनी गाउँपालिकामा एमाले विजयी

    डिलासैनी गाउँपालिकामा एमाले विजयी

    बैतडी : बैतडी जिल्लाको डिलासैनी गाउँपालिकामा एमाले विजयी भएको छ। अध्यक्ष पदका उम्मेदवार ओकेन्द्र बोराले दुई हजार ६७३ मत प्राप्त गरी विजयी भएका हुन्। त्यसैगरी, उपाध्यक्षमा नेकपा एमालेकै पार्वती रानाले दुई हजार ६९६ मत प्राप्त गरी विजयी भइन्। उनीहरुका प्रतिद्वन्द्वी अध्यक्षमा नेपाली कांग्रेसका कर्ण रानाले दुई हजार २५२ मत प्राप्त गरे। यसैगरी, उपाध्यक्षमा नेकाकै जानकी कार्कीले दुई हजार २०८ मत…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री महरा भारत प्रस्थान

    उपप्रधानमन्त्री महरा भारत प्रस्थान

    काठमाडौं : उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आफ्ना भारतीय समकक्षी सुष्मा स्वराजको निमन्त्रणामा भारतको तीन दिवसीय भ्रमणमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले बाह्य मामिलामन्त्री स्वराजसँग पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नयाँदिल्लीमा रहँदा उपप्रधानमन्त्री महराले नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतसँग सामूहिक भेट गरी राष्ट्रसङ्घीय मानवअधिकार परिषद् सदस्यमा…

    विस्तृतमा पढ्नुस्

  • यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या १५ सय पुग्यो

    यमनमा हैजाबाट मृत्यु हुनेको सङ्ख्या १५ सय पुग्यो

    सानाः विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) यमनमा फैलिएको हैजाबाट गत अप्रिलयता मृत्यु हुनेको सङ्ख्या एक हजार ५ सय पुगेको बताएको छ ।  डब्लुएचओले हैजाका कारण यमनभर करिब दुई लाख ४६ हजार यमनी जनता बिरामी परेका जनाएको छ।  यमनस्थित डब्लुएचओ प्रतिनिधि डा नेभिओ जागरियाले सानामा पत्रकार सम्मेलन गरी यमनमा हैजाका शङ्कास्पद बिरामीको सङ्ख्या दोस्रोपटक फैलिएको प्रकोपको सुरुवाती दिनको तुलनामा अहिले दैनिक दश…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाको लिटिलरकस्थित रात्रि क्लवमा गोली चल्दा १७ जना घाइते

    अमेरिकाको लिटिलरकस्थित रात्रि क्लवमा गोली चल्दा १७ जना घाइते

    लिटिल रकः संयुक्त राज्य अमेरिकाको लिटिल रकस्थित एक रात्रिक्लवमा शनिबार विहानीपख भएको आक्रमणमा १७ जना घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ।  सहरको प्रहरी प्रमुख केन्टन बकनरले अमेरिकी अधिकारीले घटनामा धेरै जनाको समूहको सम्लग्नता रहेको भएपनि यसमा आतङ्ककारी समूहको सम्लग्नता भएको हुनसक्ने कुरालाई अस्वीकार गरेका छन्।  पावर अल्ट्रा लज नाम गरेको क्लव राज्यको राजधानीभन्दा करिब डेढ किलोमिटर टाढा भएको र कन्सर्टमा…

    विस्तृतमा पढ्नुस्

  • संखुवासभाको मादीमा एमाले विजयी

    संखुवासभाको मादीमा एमाले विजयी

    सङ्खुवासभा : स्थानीय तह निर्वाचनअन्तर्गत संखुवासभाको मादी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका विदुरकुमार लिंथेप दुई हजार ७४१ मत प्राप्त गरी विजयी भएका छन्।  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार जिमीले दुई हजार १२२ मत प्राप्त गरेका छन्। रासस   

    विस्तृतमा पढ्नुस्

  • कैलालीको मोहन्यालमा एमाले विजयी

    कैलालीको मोहन्यालमा एमाले विजयी

    धनगढी : कैलालीको पहाडी क्षेत्रको मोहन्याल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।  अध्यक्षमा एमालेका नवलसिंह रावल एक हजार ९९८ मत र उपाध्यक्षमा पूजा बुढा दुई हजार ३३ मत प्राप्त गरी विजयी भए।  भौगोलिक रुपमा बिकट उक्त क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण निर्वाचनसम्बन्धी विस्तृत विवरण प्राप्त हुन सकेको छैन।  ७ नं प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढी–१का वडा…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको पोखरेबेसीमा बस दुर्घटना, ३० जना घाइते

    सिन्धुपाल्चोकको पोखरेबेसीमा बस दुर्घटना, ३० जना घाइते

    चौतारा : सिन्धुपाल्चोकको ठूलो सिरुवारीबाट काठमाडौँतर्फ गइरहेको बा२ख २७०२ नम्बरको बस चौतारा–बन्देउ सडक खण्डअन्तर्गत पोखरेबेसीमा दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। घाइते मध्ये ६ जनाको अवस्था गम्भीर छ।  प्रहरी नायव उपरीक्षक श्याम अधिकारीका अनुसार विपरीत दिशाबाट आइरहेको बा६४प ३०२६ नम्बरको मोटरसाइकललाई जोगाउन खोज्दा बस भिरमा खस्न पुगेको थियो।  घाइते सबैको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङको श्रीजङ्गामा कांग्रेस, याङ्वरकमा एमाले विजयी

    ताप्लेजुङको श्रीजङ्गामा कांग्रेस, याङ्वरकमा एमाले विजयी

    ताप्लेजुङ : ताप्लेजुङको श्रीजङ्गा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ भने याङ्वरक गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।  श्रीजङ्गाको अध्यक्षमा कांग्रेसका टीकाराम गुरुङ दुई हजार ३७८ मत ल्याई विजयी भए भने निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्तबहादुर सावाले दुई हजार १४७ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा कांग्रेसकी ज्ञानमाया चौहान दुई हजार १२६ मत ल्याई विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेकी लिलामाया तामाङले…

    विस्तृतमा पढ्नुस्

  • कास्की, प्यूठान र पर्वतमा बाढीपहिरोमा परी ३ जनाको मृत्यु, ५ वेपत्ता

    कास्की, प्यूठान र पर्वतमा बाढीपहिरोमा परी ३ जनाको मृत्यु, ५ वेपत्ता

    कास्कीः कास्की, प्यूठान र पर्वतमा बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन्। पहिरोले घर पुरिदा कास्कीको पस्र्याङपाखामा टंक क्षेत्री १४ वर्षीय वालक र लामाचौर अकालाकी ४० वर्षीय शोभा पौडेलको मृत्यु भएको हो। पहिरोले पुरेर सख्त घाइते भएका क्षेत्रीको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। त्यसैगरी, लामाचौर अकालाकी पौडेलको राति पहिरोले घरको भान्छाकोठासहित बगाएर…

    विस्तृतमा पढ्नुस्

  • उच्च शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छः प्रधानमन्त्री

    उच्च शिक्षालाई वैज्ञानिक र गुणस्तरीय बनाइनुपर्छः प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रीत हुनुपर्ने बताएका छन्।  त्रिवि सभाको ५८ औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शैक्षिक वातावरण निर्माण गरी शिक्षालाई वैज्ञानिक, व्यावहारिक रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्ने बताए। उनले प्राथमिक शिक्षासँगै उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, धर्म र क्षेत्रको…

    विस्तृतमा पढ्नुस्

  • इजरायली पूर्वप्रधानमन्त्री अल्मर्ट जेलमुक्त

    इजरायली पूर्वप्रधानमन्त्री अल्मर्ट जेलमुक्त

    इजरायल : इजरायलका पूर्वप्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त भएका छन्। उनलाई जमानीमा मुक्त गरिएको समाचारमा जनाइएको छ। उनी भ्रष्टाचारको मुद्दामा जेलमा थिए।  जमानीमा मुक्त भएका उनको बाँकी जेल बस्नुपर्ने समयको एक तिहाइजति अवधिमा कटौती गरिएको बताइएको छ।  उनी इजरायलका पूर्वप्रधानमन्त्रीको हैसियतमा जेलमा बस्ने पहिलो नेता हुन्। उनलाई मध्य इजरायलको मासियाहु जेलबाट मुक्त गरिंदा त्यहाँ ठूलो सङ्ख्यामा पत्रकारहरु उपस्थित भएका थिए।  तर…

    विस्तृतमा पढ्नुस्

  • बझाङको छबिसपाथिभेरा र केदारस्युँमा एमाले, खप्तड छान्नामा कांग्रेस विजयी

    बझाङको छबिसपाथिभेरा र केदारस्युँमा एमाले, खप्तड छान्नामा कांग्रेस विजयी

    बझाङ : छबिसपाथिभेरा र केदारस्युँ गाउँपालिकामा नेकपा एमाले तथा खप्तड छान्ना गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।  छबिसपाथिभेराको अध्यक्षमा एमालेका अक्कल धामी दुई हजार २८९ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका लोकेन्द्र धामीले एक हजार ७३२ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकै राधिका रताला दुई हजार २२२ मत ल्याई विजयी भइन् भने निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रकी…

    विस्तृतमा पढ्नुस्

  • प्रजातान्त्रिक आन्दोलनका योद्धा गजुरेलको निधन

    बर्दिवास : प्रजातान्त्रिक आन्दोलनका योद्धा धनुषाको मिथिला नगरपालिका–८ लालगढका विष्णुप्रसाद गजुरेलको ८७ वर्षको उमेरमा निधन भएको छ।  महोत्तरीको बर्दिवास र धनुषाको मिथिला नगरपालिका क्षेत्रका सामाजिक काममा सक्रिय नेतृत्व दिँदै आएका गजुरेलको शनिबार साँझ आफ्नै निवासमा निधन भएको हो।  गजुरेलको आज बिहान महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातु नदी किनारमा दाहसंस्कार गरिएको छ। गजुरेलको पार्थिव शरीरमा जेठा छोरा ध्रुव गजुरेलले…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरको साल्पासिलिछोमा कांग्रेस विजयी

    भोजपुरको साल्पासिलिछोमा कांग्रेस विजयी

    भोजपुर : भोजपुरको साल्पासिलिछो गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका महेश राई ६३ मत अन्तरले विजयी भएका छन्।  जिल्लाकै दुर्गम गाउँपालिकाको रुपमा रहेको साल्पासिलिछोमा राई एक हजार ६७४ मत प्राप्त गरी विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका खगेन्द्र राईले एक हजार ६११ मत प्राप्त गरेका छन्।  उपप्रमुखमा भने एमालेकी धनमाया राई सङ्घीय समाजवादी र कांग्रेसको गठबन्धनलाई पछि पार्दै एक हजार…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीका पाँच स्थानको नतिजा सार्वजनिक

    नवलपरासीका पाँच स्थानको नतिजा सार्वजनिक

    नवलपरासी : नवलपरासीमा दुई स्थानमा नेपाली कांग्रेस र एक÷एक स्थानमा क्रमशः नेकपा एमाले, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक फोरम विजयी भएको छ।  सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकामा कांग्रेस, सुस्ता गाउँपालिकामा एमाले, पाल्हीनन्दन गाउँपालिकामा माओवादी केन्द्र र सरावल गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी बनेको हो ।  नवलपरासीमा कुल सातवटा स्थानीय तहमध्ये बर्दघाट र रामग्राम नगरपालिकाबाहेक अन्य सबै स्थानमा मतगणना सम्पन्न भएको छ। …

    विस्तृतमा पढ्नुस्

  • नेपाली र भारतीय पर्यटन व्यवसायीबीच पटनामा अन्तक्र्रिया

    पोखरा : भारतीय पर्यटकलाई नेपाल भ्रमणको निम्ता दिन बिहारको राजधानी पटना पुगेको नेपाली पर्यटन व्यवसायीको टोलीले त्यहाँका पर्यटन व्यवसायी तथा सञ्चारकर्मीसँग अन्तक्र्रिया गरेको छ।  पश्चिमाञ्चल होटल सङ्घको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा असार १६ गतेबाट ‘चलिए पोखरा’ अभियान सुरु गरिएको थियो । औपचारिक रुपमा छवर्ष अघि सुरु भएको यो अभियान यसपटक असार २० गते सम्पन्न हुनेछ।  ‘बोर्डर टाउन सेल्स…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा आँपको मूल्य किन बढ्यो ?

    सिरहामा आँपको मूल्य किन बढ्यो ?

    लहान : आँपको राजधानी मानिने सिरहामा यसवर्ष आँपको उत्पादनमा कमी आएको छ।  अघिल्लो वर्ष बढी आँप फलेको थियो तर यो वर्ष कम फल्ने भएपनि रोगकिराले समेत असर पारेकाले यसवर्ष आँप उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।  यसवर्ष पाँच हजार १७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ८ दशमलव ४ प्रतिशतका दरले ४३ हजार ४२८ सय मेट्रिक टन आँप उत्पादन भएको कार्यालयका…

    विस्तृतमा पढ्नुस्

  • मनसुन सक्रिय नहुँदा चितवनमा १५ प्रतिशत मात्रै रोपाइँ

    मनसुन सक्रिय नहुँदा चितवनमा १५ प्रतिशत मात्रै रोपाइँ

    चितवन : मनसुन सक्रिय नहुँदा चितवनमा हालसम्म १५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेका अनुसार पूर्वी चितवनमा ५० प्रतिशत धान रोपाइँ भएको छ भने पश्चिम चितवनको धान रोपाइँ न्यून भएकाले समग्र प्रतिशत १५ प्रतिशत हाराहारी रोपाई भएको छ।  जिल्लाको पश्चिमी क्षेत्रमा कतिपय ठाउँमा अहिलेसम्म धानको बीउ राख्ने कार्य हुँदैछ तर गतवर्ष यतिबेला…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूलीमा खसेका व्यक्तिको यसरी गरियो उद्दार

    चितवन : चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन नजिकै सडकबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका एक व्यक्तिको सकुशल उद्दार गरिएको छ।  प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नदी किनारमा ढुङ्गाको च्यापमा अड्किएको अवस्थामा उनलाई उद्दार गरिएको हो।  विवाहका लागि काठमाडौंबाट नवलपरासीको दलदले आउँदै गरेको लु १ ख ९८८१ नम्बरको गाडीमा सवार नवलपरासी देवचुलीका ४५ वर्षीय रञ्जन चापागार्इं सडक छेउबाट चिप्लिएर त्रिशूलीमा खसेको जानकारी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell