PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • आफैंलाई गोली हानी प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या

    आफैंलाई गोली हानी प्रहरी सहायक निरीक्षकले गरे आत्महत्या

    लहान : जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी सहायक निरीक्षकले आफैंलाई गोली हानेर आत्महत्या गरेका छन्।  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्यिुटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोवद्र्धन खत्रीले गएराति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।  उदयपुरको त्रियुगा नगरपालिका– ११ जलजले घर भएका प्रहरी सहायक निरीक्षक खत्रीले के कारणले आत्महत्या गरेका हुन्…

    विस्तृतमा पढ्नुस्

  • इलामको सूर्योदय नगरपालिका २ र ३ मा एमाले विजयी

     इलामको सूर्योदय नगरपालिका २ र ३ मा एमाले विजयी

    इलाम : इलामको सूर्योदय नगरपालिका २ र ३ मा नेकपा एमालेको समूह विजयी भएको छ।  वडा नं– २ को वडा अध्यक्षमा एमालेका चन्द्रकुमार सुब्बा ७५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रमोद राईले ५६२ मत प्राप्त गरेका छन्।  सदस्यहरुमध्ये महिला सदस्यमा ज्याजिमा तामाङ ८००, दलित महिला सदस्यमा सावित्रा शिवा ८२५, खुल्ला सदस्यमा लोकबहादुर घिमिरे ७८५…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको माथागढी गाउँपालिकामा कांग्रेसको समूह विजयी

    पाल्पाको माथागढी गाउँपालिकामा कांग्रेसको समूह विजयी

    पाल्पा : पाल्पाको माथागढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।  अध्यक्षमा सन्तोषकुमार थापा छ हजार ९६ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विमल काफ्लेले चार हजार २१ मत प्राप्त गरे।  त्यस्तै, उपाध्यक्षमा कांसकै निर्मला भट्टराईले पाँच हजार ६२४ मत प्राप्त गरी विजयी भएकी हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेकी मायाँ चिदीले चार हजार १०१…

    विस्तृतमा पढ्नुस्

  • चाँडो मन्त्री फेरिनेको अग्रपङ्क्तिमा पर्यटन मन्त्रालय, वर्षमै ५ मन्त्री फेरिए

    चाँडो मन्त्री फेरिनेको अग्रपङ्क्तिमा पर्यटन मन्त्रालय, वर्षमै ५ मन्त्री फेरिए

    सिबी अधिकारी  काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एक वर्षमा पाँच र पाँच वर्षमा १२ मन्त्री फेरिएका छन् ।  अन्य मन्त्रालयका तुलनामा पर्यटन मन्त्रालय सबैभन्दा चाँडो मन्त्री फेरिनेमा अग्रपङ्क्तिमा छ । यसले मन्त्रालयको योजना, नीति र कार्यक्रमको प्रभावकारिता र निरन्तरतामा असर पार्ने गरेको छ।  मन्त्रालय तथा मातहत निकायको विकास र योजना कार्यक्रम प्रभावकारिता त्यसको नेतृत्वकर्तासँगै जोडिएको हुन्छ। चाँडो…

    विस्तृतमा पढ्नुस्

  • तेह्रथुमको म्याङलुङमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु, तीन घाइते

    तेह्रथुमको म्याङलुङमा पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्यु, तीन घाइते

    तेह्रथुमः तेह्थुमको म्याङलुङ नगरपालिका–५ आम्दिममा गएराति पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।  घरमाथिबाट खेतमा सिँचाइका लागि लगेको कुलो भत्किएर पहिरो जाँदा घर पुरिएको थियो। घरमा रहेका ५० वर्षीया कुमारी सोदेम्बा, उनकी नातिनी १२ वर्षीया प्रिति सोदेम्बा र नाति नौ वर्षीय प्रेम सोदेम्बाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। पहिरोमा परी ३६…

    विस्तृतमा पढ्नुस्

  • भारतमा नयाँ कर प्रणाली लागू

    भारतमा नयाँ कर प्रणाली लागू

    नयाँदिल्ली : भारतको केन्द्रीय सरकारले १ जुलाई २०१७ देखि देशभर प्रभावकारी हुने गरी नयाँ तथा एकीकृत कर प्रणाली लागू गरेको छ।  माल सामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स – जिएसटि) नामाकरण गरिएको नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापी रुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा विद्यामान अलग अलग राज्य र संघीय कर व्यवस्था खारेजीमा परेको छ। …

    विस्तृतमा पढ्नुस्

  • ब्रेक्जिट र मध्यावधिको बहसमा बेलायतको राजनीति

    ब्रेक्जिट र मध्यावधिको बहसमा बेलायतको राजनीति

    एकराज पाठक  काठमाडौँ : ‘म्याडम’ युरोपेली युनियनबाट बेलायत कहिले निस्किने भनी प्रश्न गर्ने गरिएका प्रधानमन्त्रीमाथि यतिखेर थपएिका दुई खरो प्रश्न हुन्–मध्यावधि निर्वाचन किन गराएको ? आफ्नो पार्टीको छँदाखाँदाको बहुमत किन गुमाएको ?  वास्तवमा यीनै दुई प्रमुख विषयमा अल्झिएको छ यतिखेरको बेलायतको राजनीति  बेलायतमा उसले युरोपेली युनियनबाट बाहिरिनुपर्ने बहस चलेको दुई वर्ष भयो। यस विषयले त्यहाँको राष्ट्रिय राजनीतिमा विगत लामो समयदेखि…

    विस्तृतमा पढ्नुस्

  • फिदिम नगरपालिकामा मिश्रित परिणाम

    फिदिम नगरपालिकामा मिश्रित परिणाम

    पाँचथर : पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाको १, २, ३ मा कांग्रेस, १२, १३ मा माओवादी केन्द्र र १४ नम्बर वडामा नेकपा एमालेका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन्।  फिदिम– १, को अध्यक्षमा कांग्रेसका हर्क मोक्तान, वडा नम्बर– २ को अध्यक्षमा सुकपाल तुम्बापो, ३ मा पनि कांग्रेस नै विजयी भएको छ ।  फिदिम–१२, को अध्यक्षमा माओवादी केन्द्रका सन्तोष आचार्य…

    विस्तृतमा पढ्नुस्

  • दोलखामा पहिरोमा बेपत्ता दुई बालबालिकाको शव भेटियो

    दोलखामा पहिरोमा बेपत्ता दुई बालबालिकाको शव भेटियो

    चरिकोट : गत बुधबार दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर– ९ लाकुरीडाँडास्थित कुतकुते भन्ने स्थानमा पहिरो जाँदा बेपत्ता भएका दुई जनाको शव पहिरोले पुरिएको अवस्थामा भेटिएको छ।  भेटिएका शव सोही स्थानका १२ वर्षीय रितु थामी र १५ वर्षीय रोषनी थामीको रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।  कुतकुतेको पहिरोमा परी हालसम्म चारजनाको मृत्यु भएको छ। यसअघि पहिरोले पुरिएकै अवस्थामा ३५ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • आठराई त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी

    आठराई त्रिवेणी गाउँपालिकामा कांग्रेस विजयी

    ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विश्वनाथ सिटौला विजयी भएका छन्।  उनी दुई हजार २२७ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीबहादुर केक्सोले दुई हजार २१४ मत प्राप्त गरे।  उपाध्यक्षमा एमालेकी मञ्जु भट्टराई दुई हजार १८१ मत ल्याई विजयी भइन् भने प्रतिद्वन्द्वी कांग्रेसकी ममता सुब्बाले दुई हजार २४ मत ल्याइन्। आठराई त्रिवेणी नगरपालिकाको पाँच…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरणद्वारा धादिङमा भासिएको प्रसारण प्रणाली पुनर्निर्माण, उपत्यका अन्धकार हुने खतराबाट जोगियो

    विद्युत प्राधिकरणद्वारा धादिङमा भासिएको प्रसारण प्रणाली पुनर्निर्माण, उपत्यका अन्धकार हुने खतराबाट जोगियो

    रमेश लम्साल  काठमाडौँ : काठमाडौँ उपत्यकाको एक तिहाई भन्दा बढी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने गरी धादिङमा भासिएको नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणाली पुनःनिर्माण गरिएको छ।  प्राधिकरणकाअनुसार मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनको टावर नं १७९ गोरखा भूकम्पको क्रममा भासिएको थियो। धादिङको नौबिसे र गजुरीका बीचमा पर्ने सो टावर पुनःनिर्माणका लागि ९२ दिन लागेको छ। सिग्मा कोन प्रालिले सो टावरको मर्मत…

    विस्तृतमा पढ्नुस्

  • एयरबस खरिदका लागि वायु सेवा निगमद्वारा सरकारसँग २० अर्ब माग

    एयरबस खरिदका लागि वायु सेवा निगमद्वारा सरकारसँग २० अर्ब माग

    काठमाडौँ : मुलुकको प्रतिष्ठासँग जोडिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले करिब छ दशक लामो यात्रामा विभिन्न आरोह अवरोहलाई चिर्दै सफलतातिर लम्किरहेको छ।  स्थापनाको ५९ औँ वर्ष पूरा गरी हीरक जयन्ती मनाउने तयारीमा रहेको निमगले देशको राजनीतिक परिस्थिति र आर्थिक समाजिक अवस्थाका बाबजुत पनि आफ्नो व्यावसायिक क्षमतालाई दर्शाउने मार्गचित्र प्रस्तुत गरेको छ। विगत पाँच वर्षको तुलनामा निगमले गरेको प्रगति र व्यावसायिक…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगको निर्देशनः मतपेटिकाको मत सङ्ख्यालाई नै आधार मान्नु

    निर्वाचन आयोगको निर्देशनः मतपेटिकाको मत सङ्ख्यालाई नै आधार मान्नु

    काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले मतपेटिकामा भएका मतसंख्यालाई आधार मानेर मतगणना अगाडि बढाउन निर्देशन दिएको हो। असार १४ गते दोस्रो चरणमा सम्पन्न गाउँपालिका/नगरपालिका निर्वाचनको मतगणनाको क्रममा…

    विस्तृतमा पढ्नुस्

  •  वैदेशिक रोजगारीपछि थरिथरीका समस्या

    किरण भट्टराई  रामेछाप : रामेछापकी सुनिता (नाम परिवर्तन) वैदेशिक रोजगारीको सिलसिलामा २०७१ साल माघमा कुवेत गइन् । रोजगारीमा जाँदा विभिन्न सपना सङ्गालेकी उनलाई रोजगारीमा गएपछिका दिन भने सोँचेजस्ता भएनन्।  श्रीमान्ले छोडेपछि माइतीमा बस्दैआएकी उनी राजधानी काठमाडौँमा रोजगारको खोजीमा आइपुगेकी थिइन् । काठमाडौँमा रोजगारीकै क्रममा साथीभाइको लहलहैमा परेर उनी ‘हाउसमेड’ अर्थात घरेलु कामदारको रुपमा कुवेत गइन्।  कुवेत पुगेपछि मालिकको घरको सम्पूर्ण…

    विस्तृतमा पढ्नुस्

  • नदी फोहर गर्ने ३८१ को सूचीमा सांसद पनि, २९ लाख जरिवाना असुल

    नदी फोहर गर्ने ३८१ को सूचीमा सांसद पनि, २९ लाख जरिवाना असुल

    पूर्णप्रसाद मिश्र  काठमाडौँ : काठमाडौँ उपत्यकाका नदीमा फोहर फाल्नेविरुद्ध कडा कारबाही थालिएको छ। यसक्रममा अस्पतालदेखि सांसदसमेत कारबाहीमा परेका छन्।  प्रदूषणमुक्त राजधानी निर्माणको अभियान जारी रहेका बेला नदी किनारमा फोहर फाल्नेहरुलाई तह लगाउन काठमाडौँ र ललितपुर महानगरपालिकाले कारबाही अभियान पनि साथै सञ्चालन गरेका छन्।  अभियानअन्तर्गत बितेका चार वर्षमा एक हजार ३८१ जनालाई कारबाही गरिएको वागमती सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • भारी वर्षाका कारण चीनमा २ लाख ६० हजार बासिन्दा विस्थापित

    भारी वर्षाका कारण चीनमा २ लाख ६० हजार बासिन्दा विस्थापित

    चीन : चीनको मध्यभागमा पर्ने हुनान प्रदेशमा लगातारको भीषण वर्षापछिको बाढीपहिरोका कारण दुई लाख ६० हजार भन्दाबढी बासिन्दा विस्थापित भएका छन्।  जुन २२ तारिखदेखि बाढीपहिरोको प्रकोप सुरु भएको प्रान्तीय बाढी नियन्त्रण कार्यालयका अधिकारीले जानकारी दिएका छन्। हुनान प्रदेशको सिआङजीआङ र जिजिआङ नदी सो भारी बर्षाको कारण आएको बाढीबाट अत्यन्त प्रभावित भएको प्रान्तीय बाढी नियन्त्रण र अनावृष्टि उद्धार कार्यालयले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • धनकुटाको चौबिसेमा एमाले विजयी

    धनकुटाको चौबिसेमा एमाले विजयी

    धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका खजिन्द्र राई तीन हजार ७८२ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हर्क चेम्जोङले तीन हजार २७९ प्राप्त गरेका छन्।  त्यस्तै, उपाध्यक्षमा एमालेकी यज्ञकुमारी रुचाल तीन हजार ६९६ मत प्राप्त गरी निर्वाचित भइन्। रासस   

    विस्तृतमा पढ्नुस्

  • ओली र सिटौलालाई गृहनगरमा चुनौती

    ओली र सिटौलालाई गृहनगरमा चुनौती

    झापा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा आएको मत परिणामले सबैलाई आश्चर्य बनाएको छ।  सिटौलाको क्षेत्रमा एमाले र ओलीको क्षेत्रमा राप्रपासँगै प्रतिस्पर्धा भएपछि जिल्लावासीलाई आश्चर्य बनाएको हो।  सिटौलाकै पकड क्षेत्र मानिएको भद्रपुरमा एमालेले भारी मतले अग्रता लिएको छ। हालसम्म सात हजार ३०० मत गणना हुँदा प्रमुख पदमा कांग्रेसको एक हजार ५९९ र…

    विस्तृतमा पढ्नुस्

  • मतपरिणामको विषयलाई लिएर कञ्चनपुरको पुनर्वासमा तनाव, प्रहरीद्वारा हवाईफायर

    मतपरिणामको विषयलाई लिएर कञ्चनपुरको पुनर्वासमा तनाव, प्रहरीद्वारा हवाईफायर

    भीमदत्तनगरः  मतपरिणामको विषयलाई लिएर तनाव उत्पन्न हुँदा कञ्चनपुरको पुनर्वास नगरपालिकामा प्रहरी र असन्तुष्ट पक्षबीच झडप भएको छ। झडपमा प्रहरी र केही आन्दोलनकारी घाइते भएका छन्।  पुनर्वास नगरपालिका–१ मा फर्जी मत भेटिएको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएपछि शनिबार दिउँसोपछि मतगणना स्थगित भएको छ।  काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले वडा नं १ को मतपरिणामका विषयमा असन्तुष्टि जनाउँदै मतगणनास्थलमा…

    विस्तृतमा पढ्नुस्

  • त्रि–म्याराथनमा आर्मी ‘ए’ विजयी

     त्रि–म्याराथनमा आर्मी ‘ए’ विजयी

    धादिङः  प्रथम प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि–म्याराथन प्रतियोगिता–२०१७ मा त्रिभुबन आर्मी क्लबको टिम ‘ए’ ले जितेको छ।  प्रतियोगितामा प्रथम हुने समूहलाई कामु प्रधानसेनापति बलदेवराज महतले शनिबार धादिङमा आयोजित कार्यक्रममा एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे।  प्रतियोगितामा चार/चार जनाको आठ नेपाली टोली र मित्रराष्ट्र बङ्गलादेश, बेलायत, अमेरिकालगायत १२ टोलीको सहभागीता थियो ।  प्रतियोगितामा रनिङ, साइक्लिङ र र्याफ्टिङ खेल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell