PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

  • सप्तरीमा बाढीले आधादर्जन गाउँ डुबानमा, १५ सय परिवार जोखिममा

    सप्तरीमा बाढीले आधादर्जन गाउँ डुबानमा, १५ सय परिवार जोखिममा

    सप्तरी : शुक्रबार मध्यरातदेखि परेको अविरल वर्षाका कारण खाडो, त्रियुगा, जिता लगायतका नदीमा आएको बाढीले राजविराज नगरपालिकाका दुईवटा वडाका साथै आधा दर्जन गाउँ डुबानमा परेका छन्।  बाढीबाट राजविराज नगरपालिकाको वडा नं ९ र १० का साथै मैनाकडेरी, बसबिट्टी, तिलाठी, पौआ, मुसहरनिया पिपराही, रायपुर, लौनिया, रुपनी, पकरी, रम्पुरा मलहनिया, मधवापुर भारदह, पोर्ताहालगायतका गाउँ डुबानमा परेका छन्। गाउँमा बाढी पसेकाले तीन फिटसम्म…

    विस्तृतमा पढ्नुस्

  •  एउटै चुनाव चिह्नमा लडेका चार पार्टीलाई हराउँदै एमाले विजयी

      एउटै चुनाव चिह्नमा लडेका चार पार्टीलाई हराउँदै एमाले विजयी

    खोटाङ : खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरी डाँडामा गठबन्धनका साथ एउटै चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, सङ्घीय समाजवादी पार्टी फोरम र नयाँ शक्ति पार्टी नेपाललाई नेकपा एमालेले पराजित गरेको छ ।  तालमेल गरेर एउटै चुनाव चिह्न लिई चुनावी मैदानमा उत्रिएका चार पार्टीको संयुक्त समूहलाई एमालेका लीलाकुमार चौहानको एक्लो प्यानलले पराजित गरेको हो।  मत परिणामअनुसार…

    विस्तृतमा पढ्नुस्

  • मुगुमा बाबुछोरासहित तीनजनालाई खोलाले बगायो

    मुगुमा बाबुछोरासहित तीनजनालाई खोलाले बगायो

    मुगुः पाटनबाट यार्सागुम्बा टिपेर घर फर्कंदै गरेका यहाँका एक गाउँका बाबुछोरासहित तीनजनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ।  शनिबार बेलुका ५ बजे यार्सा टिपेर घर फर्कंदै गरेका मुगमकार्मारोङ गाउँपालिका वडा नं ६ पुअ गाउँका ३४ वर्षीय तेन्जेन लामा, १४ वर्षीय उर्गिन लामा र २४ वर्षीय कुन्जाङ लामा गाउँभन्दा एक घण्टा टाढा वडा नं ५ मा रहेको सेरोगगाढ खोला तर्दै गर्दा बाढीले…

    विस्तृतमा पढ्नुस्

  •  सिटौलाको गृहनगरमा राप्रपा उम्मेदवार विजयी

     सिटौलाको गृहनगरमा राप्रपा उम्मेदवार विजयी

    झापा : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगरमा राप्रपाले विजयी सुरुवात गरेको छ ।  नेपालकै होचो ठाउँका रुपमा चिनिएको कचनाकवल गाउँपालिकामा राप्रपाले जित सुरुवात गरेको हो। कचनाकवल गाउँपालिका–१ मा राप्रपाका लक्ष्मीनारायण यादव ८६० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रुद्रमणि दाहालले ७३२ मत प्राप्त गरे।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपा…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा कांग्रेस ७, माओवादी केन्द्र १२ र एमाले १ वडामा विजयी

    रोल्पामा कांग्रेस ७, माओवादी केन्द्र १२ र एमाले १ वडामा विजयी

    रोल्पा : रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम सार्वजनिक गरिएका वडामा नेकपा माओवादीले अग्रता लिएको छ भने नेपाली कांग्रेसले माओवादी केन्द्रलाई पछ्याउँदै गएको छ। यसैगरी नेकपा एमाले तेस्रो स्थानमा देखिएको छ।  घोषित परिणाम अनुसार कांग्रेस सातवटा वडा र नेकपा माओवादी केन्द्रले १२ वटा वडामा विजयी हासिल गरेको छ। नेकपा एमाले भने अहिलेसम्म एक वडामा मात्र सीमित…

    विस्तृतमा पढ्नुस्

  • कोहलपुर १ मा एमाले विजयी

    कोहलपुर १ मा एमाले विजयी

    बाँके : बाँकेको कोहलपुर नगरपालिका–१ मा नेकपा एमालेका गोपी खनाल अध्यक्षमा निर्वाचित भएका छन्।  खनाल ५०९ मतका साथ अध्यक्षमा विजयी भएका हुन्। वडा नं १ मा खनालसँगै एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको हो ।  उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३४४ मत र नेपाली कांग्रेसका उम्मेदवारले २८० मत प्राप्त गरेका थिए । रासस   

    विस्तृतमा पढ्नुस्

  •  झापामा एमाले र माओवादी केन्द्रको विजयी सुरुवात

     झापामा एमाले र माओवादी केन्द्रको विजयी सुरुवात

    झापाः झापामा नेकपा एमाले र नेकपा माओेवादी केन्द्रले खाता खोलेका छन्। बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडा अध्यक्षमा माओवादी केन्द्र र अन्य चार पदमा एमालेले जितेको छ।  बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी भएका छन्। त्यस्तै, प्राप्त पछिल्लो मत परिणामअनुसार गाउँपालिका अध्यक्षका लागि कांग्रेसका खड्प्रसाद राजवंशीले ६१४ र…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा नेपाली कांग्रेसको अग्रता, एमाले दोस्रो स्थानमा

    सुनसरीमा नेपाली कांग्रेसको अग्रता, एमाले दोस्रो स्थानमा

    इटहरी : सुनसरीको पछिल्लो मतपरिणाम अनुसार १२ स्थानीय तहमध्ये धरान उपमहानरपालिका, इटहरी उपमहानगरपालिका तथा इनरुवा र बराह नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने नेकपा एमालेले दोस्रो स्थानमा छ।  सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले ७६९ मतसहित अग्रता हासिल गरिरहेका छन्। यसैगरी, उपमेयरमा  विमला ढकालले ७८९ मत ल्याएकी छन्।  चुनावी प्रतिस्पर्धामा नेकपा एमालेका मेयरका उम्मेदवार द्वारिकलाल चौधरीले ६३६…

    विस्तृतमा पढ्नुस्

  • थानकोटबाट लागूऔषधसहित तीनजना पक्राउ

    थानकोटबाट लागूऔषधसहित तीनजना पक्राउ

    काठमाडौँ : उपत्यका भित्रिने प्रमुख नाका थानकोटबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा पर्सा जगरनाथपुर– ३ विजवनीयाका रामेश्वर साह, पर्सा सुवर्णपुर– ४ का रोज राना र सर्लाही हरीवन – ९ का प्रदीप यादव छन्।  महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले लागूऔषध लिएर काठमाडौँ आउँदै गरेको बेला छुटाछुट्टै बसबाट उनीहरुलाई पक्राउ गरेको हो। प्रहरीले साह र रानालाई वीरगन्जदेखि बनेपा…

    विस्तृतमा पढ्नुस्

  • सिरियाले भन्यो–हामीसँग रासायनिक हतियार नै छैन

    सिरियाले भन्यो–हामीसँग रासायनिक हतियार नै छैन

    दमास्कसः सिरियाली विदेश मन्त्रालयले अमेरिकाद्वारा हालै दाबी गरिएजस्तो रासायनिक हतियार प्रयोग गर्ने कुनै योजना नबनाएको भन्दै अमेरिकी दाबीलाई आधारहीन भनेको छ।  सिरियाले आफ्नो साथमा रासायनिक हतियार नै नभएको दाबीसमेत गरेको छ। मन्त्रालयले अमेरिकाले विगत केही दिनयता गलत अफवाह फैलाएको विज्ञप्ति जारी गरी जनाएको छ।  अमेरिकाले सिरियाले आफ्नै देशका सरकारविरोधी नागरिकविरुद्ध रासायनिक आक्रमण गर्दै छ भनी चलाएको हल्ला विल्कुलै आधारहीन भएको विज्ञप्तिमा…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको रामपुर–१ र १० मा एमालेको समूह विजयी

    पाल्पाको रामपुर–१ र १० मा एमालेको समूह विजयी

    पाल्पा : पाल्पाको रामपुर नगरपालिका–१ र १० मा नेकपा एमालेको समूह विजयी भएको छ।  वडा नं १ को वडा अध्यक्षमा नेकपा एमालेका मित्रलाल कँडेलले ७८५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कपिलबहादुर खाँणले ६२६ मत ल्याएका छन्। वडासदस्यमा एमालेकै उम्मेदवार विजयी भएका छन्।  त्यस्तै वडा नं १० मा पनि वडा अध्यक्ष र सदस्यमा एमालेको पूरै…

    विस्तृतमा पढ्नुस्

  • कालीखोलामा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    कालीखोलामा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।  नौ बजेर ४० मिनेट जाँदा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु रोकिएका छन्। पहिरो पन्छाउने कार्य दुवैतर्फबाट भइरहेको र पहिरो पन्छाउन करिब तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । रासस   

    विस्तृतमा पढ्नुस्

  • पोखरालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने

    पोखरालाई साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने

    पोखरा : पोखरा लेखनाथ महानगरपालिकालाई आगामी साउन १ गतेदेखि ‘हर्न निषेधित’ क्षेत्र बनाइने भएको छ।  महानगर कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेयर  मानबहादुर जिसीले महानगरलाई ध्वनी प्रदूषणबाट मुक्त गर्ने योजनाअनुरुप हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी दिए।  ट्राफिक प्रहरी कार्यालयले निर्धारण गरेको स्थानलाई समेटेर हर्न निषेधित योजना तयार पारिएको जानकारी दिँदै उनले यसको सफताका लागि सबै पक्षको सहयोग अपरिहार्य भएको…

    विस्तृतमा पढ्नुस्

  • भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा कांग्रेस विजयी

    भोजपुर नगरपालिका–३, ४, ७ र ८ मा कांग्रेस विजयी

    भोजपुर : भोजपुर नगरपालिका–३, ४, ७ र ८ नम्बर वडामा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र र २ मा एमाले विजयी भएको छ।  भोजपुर नगरपालिका– ३ को वडा अध्यक्षमा कांग्रेसका कमल राईको समूह विजयी भएको छ। राईले ४१४ मत प्राप्त गरी एमाले उम्मेदवारलाई पराजित गरेका हुन्। भोजपुर– ४ को वडा अध्यक्षमा कांग्रेसका प्रेम…

    विस्तृतमा पढ्नुस्

  • पाल्पाको रिब्दीकोट–१ मा कांग्रेस, २ र ३ मा एमाले विजयी

    पाल्पाको रिब्दीकोट–१ मा कांग्रेस, २ र ३ मा एमाले विजयी

    पाल्पा : पाल्पाको रिब्दीकोट गाउँपालिका– १ मा नेपाली कांग्रेस समूह विजय भएको छ।  वडा अध्यक्षमा कांग्रेसका विष्णुप्रसाद गैरे ६०४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५६३ मत प्राप्त गरेका छन्।  त्यस्तै, दलित महिला सदस्यमा गीता कौशल, महिला सदस्यमा हुमा कुमाल र खुला सदस्यमा नारायण पराई तथा धनबहादुर सुनार निर्वाचत भएका छन्। उनीहरु सबैजना…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी सर्वोच्च अदालतद्वारा मुस्लिम नागरिकलाई अमेरिका जान प्रतिबन्ध लगाउने ट्रम्पको नीति सदर

    अमेरिकी सर्वोच्च अदालतद्वारा मुस्लिम नागरिकलाई अमेरिका जान प्रतिबन्ध लगाउने ट्रम्पको नीति सदर

    वासिङटन: अन्ततः अमेरिकाले मुस्लिम बाहुल्य रहेका विभिन्न देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच महिना अघिदेखि नै सो कानुनको घोषणा गरेका थिए। तर अमेरिकाका अधिकारवादी र अदालतको विरोधका कारण ती देशका नागरिक र शरणार्थीमाथिको यात्रा प्रतिबन्धको कानुनको कार्यान्वयन हुन सकेको थिएन।  पहिले राष्ट्रपति ट्रम्पले मुस्लिम बाहुल्य रहेका इरान, सोमालिया, लिबिया, सुडान, सिरिया र यमन गरी…

    विस्तृतमा पढ्नुस्

  • अमरगढी नगरपालिकामा एमाले विजयी

    अमरगढी नगरपालिकामा एमाले विजयी

    डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ।  नगर प्रमुखमा एमालेका विश्वेश्वरप्रसाद ओझा तीन हजार ७६८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिल्लीराज जोशीले तीन हजार ६४० मत प्राप्त गरेका छन्।  उपप्रमुखमा एमालेकी सङ्गीता भण्डारी गिरी तीन हजार ५०८ मत प्राप्त गरी विजयी भइन्। एनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पार्वती झुकालले तीन हजार २०८…

    विस्तृतमा पढ्नुस्

  • ११ दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द, भारतबाट ल्याइयो खराबी पत्तालगाउने मेसीन 

    ११ दिनदेखि माडीमा विद्युत् आपूर्ति बन्द, भारतबाट ल्याइयो खराबी पत्तालगाउने मेसीन 

    नारायण ढुँगाना  चितवन : चितवन राष्ट्रिय निकुञ्जस्थित जमिनमुनी गाडिएको विद्युत्को तारमा देखिएको खराबी पत्ता लगाउन भारतबाट मेसिन ल्याइएको छ।  तारमा खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि जमिनमुनीको खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट फाइन्डिङ मेसिन) भारतबाट ल्याइएको हो। आज चितवन आइपुगेको मेसिनलाई आजैदेखि प्रयोगमा ल्याइने छ।  निकुञ्जभित्रको जमिनमुनी बिच्छ्याइएको तारको खराबीका कारण ११ दिनदेखि दक्षिण चितवनको माडी नगरपालिका विद्युत्विहीन भएको…

    विस्तृतमा पढ्नुस्

  • हङकङमा एक राष्ट्र दुई व्यवस्था निरन्तर

    हङकङमा एक राष्ट्र दुई व्यवस्था निरन्तर

    हङकङ : एकजना चिनियाँ राजदूतले हङकङमा अहिलेकै जस्तो एक देश दुई व्यवस्था कायमै रहने जानकारी दिएका छन्।  भियतनामका लागि हङकङका राजदूत च्यो योङ्ले बिहीबार साँझ भियतनामको राजदूताबासमा अयोजना गरिएको स्वागत समारोहमा सो धारणा राखेका हुन्।  उनले भने– ‘हाल हङकङमा एक देश र दुई राजनीतिक व्यवस्थाको अवस्था छ, त्यो यहाँ आगामी दिनमा पनि निरन्तर नै रहने छ, यसैमा हङकङको आर्थिक तथा…

    विस्तृतमा पढ्नुस्

  • गच्छदारको गाउँमा कांग्रेस विजयी

    गच्छदारको गाउँमा कांग्रेस विजयी

    इनरुवा : सुनसरीको दुहवी नगरपालिका– २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका अरविन्द्रकुमार विश्वास ६२० मत प्राप्त गरी विजयी भएका छन्। नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको गाउँमा सोही पार्टीका ललितनारायण चौधरीलाई १४० मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन्।रासस   

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell